Sunday, October 25News That Matters

Banner News 2

बास्पानीमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई, सुङ्देल दोस्रो

बास्पानीमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई, सुङ्देल दोस्रो

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीमा आयोजित अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा फुटबल क्लबले जितेको छ । खकलुङ युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै नेर्पाले नगद रु ३० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । खकलुङ युनाइटेड क्लबको खोक्मा खेल मैदानमा बिहिबारबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । शनिबार भएको फाइनल खेलमा सुङ्देल फुटबल क्लबलाई ६–१ गोल अन्रतले हगाउदै नेर्पाले उपाधि जितेको हो । दोस्रो भएको सुङ्देलले नगद रु २० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको खेल संयोजक किरण राईले जानकारी दिए । प्रतियोगिताको सेमिफाईनलिस्ट हुने राईजिङ स्पोर्टस् क्लब बाम्राङ र सप्तेस्वर स्पोर्टस् क्लबलाई नगद रु ६÷६ हजार प्रदान गरिएको छ । उक्त वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजन राईले...
खोटाङ : जसले ढिलो मोटरसाइकल चलाउछ, उसले १० हजार जित्ने प्रतियोगिताहुँदै

खोटाङ : जसले ढिलो मोटरसाइकल चलाउछ, उसले १० हजार जित्ने प्रतियोगिताहुँदै

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २२ । खोटाङमा “स्लो राइड” मोटर साइकल प्रतियोगिता हुने भएको छ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल खोटाङको आयोजनामा “स्लो राइड” मोटर साइकल प्रतियोगिता हुन लागेको हो । जिल्ला सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा कात्तिक २४ गते हुने उक्त प्रतियोगितामा प्रथाम हुने ब्यक्तिले रु १० हजार १११ नगदको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । दोस्रो र तेस्रो हुने ब्यक्तिले क्रमश रु ६ हजार ६६६, रु ४ हजार ४४४ नगदको साथमा मेडल र प्रमाणपत्र पाउने खेल संयोजक कविराज रिजालले बताउनुभयो । यस्तै, “स्लो राइड” मोटर साइकल प्रतियोगितासँगै हण्डिफोर प्रतियोगिता पनि युवा संघले आयोजना गरेको छ । हण्डिफोरको प्रथम हुने ब्यक्तिले रु ५ हजार ५५५ नगदसँगै मेडल र प्रमाणपत्र पाउने छन् । सोही दिन शुभ दिपावलीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम पनि हुने राष्ट्रिय युवा संघ नेपा...
हलेसी तुवाचुङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकको तलबबाट भूकम्पपीडितलाई सहयोग

हलेसी तुवाचुङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकको तलबबाट भूकम्पपीडितलाई सहयोग

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, कात्तिक २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने तलब कटाएर जाजरकोट र रुकुमका भूकम्पपीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । उनिहरुले पाउने दुई दिनको तलबभत्ता नगरपालिकाको तर्फबाट कटाएर रु ११ लाख बढी आर्थिक भूकम्पपीडितलाई सहयोग गरिएको हो । जनप्रतिनिधि, कर्मचारी र शिक्षक गरी ७०४ जना व्यक्तिले नियमित पाउने दुई दिनको रु ११ लाख ५१ हजार १०० भूकम्पपीडितका लागि राहतस्वरुप पठाइएको नगरपालिकाले जनाएको छ । भूकम्पपीडितका लागि राहतस्वरुप उक्त रकम प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो । “कातिक–१७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट, रुकुम र आसपासका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ । यसप्रति हाम्रो नगरपालिका दुःख व्यक्त गर्दछ । यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कातिक–१९ गते बस...
अनेरास्ववियुको खोटाङ अधिवेशन मङ्सिर २९ र ३० गते ऐँसेलुखर्कमा हुने

अनेरास्ववियुको खोटाङ अधिवेशन मङ्सिर २९ र ३० गते ऐँसेलुखर्कमा हुने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको खोटाङ  जिल्ला अधिवेशन मङ्सिरमा हुने भएको छ । २४ औँ जिल्ला अधिवेशन मङ्सिर २९ र ३० गर्ने निर्णय भएको मंगलबार पत्रकार सम्मेलनमार्फत अनेरास्ववियुले जानकारी गराएको हो । सोमबार बसेको आयोजक कमिटीको पूर्ण बैठकले अधिवेशनको मिति टुंगो लगाएको बताइएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐँसेलुखर्कस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अनेरास्ववियुको अधिवेशन कार्यक्रम हुनेछ । प्राय जिल्ला सदरमुकाम दिक्तेलमा हुने कार्यक्रमलाई यस पटक सदरमुकाम बाहिर लाने निर्णय गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मोहन पोखरेलले बताउनुभयो । अधिवेशनका लागि अनेरास्वविय जिल्ला संयोजक यम खड्काको संयोजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति, जिल्ला इन्चार्ज पोखरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, जिल्ला सह–संयोजक बिष्णु उपरकोटीको संयोजकत्वमा प्रचार ...
बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने

बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । खकलुङ युनाइटेड क्लबले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक २३ गतेबाट सुरु हुने बताइएको छ । खकलुङ युनाइटेड क्लबको खोक्मा खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल कात्तिक २५ गते हुने आयोजकले जनाएको छ । खेलमा सहभागी जनाउन कात्तिक २० गतेभित्र टिम दर्ता गरिसक्नु पर्ने छ । २१ गते खेल तालिका प्रकाशन गरिने खेल संयोजक किरण राईले जानकारी दिए । हरेक वडाले सहभागी जनाउन पाउने खेलको प्रथम टिमले नगद रु ३० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । दोस्रो हुने टिमले नगद रु २० हजारसहित ट्रफी र मेडल पाउने छ । यस्तै, प्रतियोगिताको सेमिफाईनलिस्ट दुबै टिमलाई नगद रु ६÷६ हजार प्रदान गरिने संयोजक राईले बताए । खकलुङ युनाइटेड क्लबले हरेक वर्ष दसैँ र तिहारको अवसर पारेर फुटबल प्रतियोगिता सञ्चालन...
बिदा सकिए पनि विद्यालयमा पठनपाठन भएन, हलेसी तुवाचुङले सोध्यो स्पष्टीकरण

बिदा सकिए पनि विद्यालयमा पठनपाठन भएन, हलेसी तुवाचुङले सोध्यो स्पष्टीकरण

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १३ । बिदा सकिए पनि पठनपाठन नभएको पाइएपछि हलेसी तुवाचुङ नगरपालिकाले विद्यालयलाई स्पष्टीकरण सोधेको छ । दसैँ बिदा सकिएर कात्तिक १२ गतेबाट विद्यालय सञ्चालन हुनु पर्ने भएपनि कतीपय विद्यालयमा पठनपाठन नभएको पाइएको हो । विद्यालय सञ्चालन भएको पहिलो दिन १२ गते अर्थात आइतबार नगरपालिकाको टोली अनुगमनमा पुग्दा विद्यालयमा पठनपाठन नभएको पाइएको बताइएको छ । नगरपालिकाका मेयर विमला राई, सामाजिक विकास शाखा संयोजक रुद्रकुमार राई लगायतको टोली आइतबार विद्यालय अनुगमनमा पुगेको थियो । तर, विद्यालयमा पठनपाठन ठप्प भएको पाइएको हो । सबै शिक्षक र विद्यार्थी उपस्थित नभएकाले विद्यालय समयसम्म पठनपाठन नभएको विद्यालयले जनाएका छन् । आइतबार ३ वटा विद्यालयमा अनुगमन गर्दा विद्यालय नै बन्द रहेको भेटिएको सामाजिक विकास शाखा संयोजक राईले बताउनुभयो । वडा नम्बर १ बाहुनिडाँडास्थित मालिकादेवी माध्यमिक विद्यालय, दुधकोशी आ...
खोटाङमा ५ दिनदेखि बेपत्ता वृद्धा खोज्न कुकुरसहित प्रहरी घटना स्थलमा

खोटाङमा ५ दिनदेखि बेपत्ता वृद्धा खोज्न कुकुरसहित प्रहरी घटना स्थलमा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ११ । पाँच दिनदेखि वेपत्ता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी जैसीमाया ढुंगाना खोज्न प्रहरीले कुकुर परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट कुकुर (पुलिस डग) ल्याएर जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्कासहितको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार पनि घटनास्थल निरिक्षणका लागि पुग्नु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) बेनु कुमार कार्कीले जानकारी दिनुभयो । विजया दशमीको दिन आफन्तकोमा टिका लगाएर घर फर्किनेक्रममा वृद्धा ढुंगना हराएको परिवारले जनाएका छन् । श्रीमानसँगै घर फर्किएकी वृद्धा घर नजिकै बाटोमा हराएको उनिहरुको भनाइ छ । बाटोमा श्रीमान भन्दा केही पछि रहेकी वृद्धा ढुंगाना घर नआएकाले खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए । वृद्धा हराएको खबर पा...
हराएको ४ दिनपछि ७७ वर्षीया छलमाया मगरको सकुशल उद्धार

हराएको ४ दिनपछि ७७ वर्षीया छलमाया मगरको सकुशल उद्धार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २५ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी ७७ वर्षीया छलमाया मगरको सकुशल उद्धार गरिएको छ । हराएको ४ दिनपछि सोमबार स्थानीयले बृद्धा मगरलाई सकुशल उद्धार गरेका हुन् । शुक्रबार बिहान १० बजे नजीकै रहेको सम्धीको घर जान्छु भनेर हिडेकी बृद्धा मगर बेपत्ता भएकी थिइन् । शुक्रबार साँझसम्म घर नर्फिएपछि स्थानीयले खोजतालस गरेका थिए । खोजतालसका लागि परिवारले डुम्रुेधारापानी प्रहरी चोकीमा निवेदनसमेत दिएका थिए । बेपत्ता भएको ४ दिनपछि सोमबार बिहान करीब १० बजे घर भन्दा थोरै टाढा रहेको खहरे खोल्साबाट स्थानीयले उद्धार गरेका हुन् । डुम्रेधारापानीस्थित हिडपा र धारापानीकोबीचको खोल्सामा हिडिरहेको अवस्थामा भेटिएको स्थानीय खिला भट्टराईले बताए । गाउँलेले छुट्टा छुट्टै समुह बनाएर खोजतालस गर्नेक्रममा भट्टराईको समहुले खोल्सामा हिडिरहेको अवस्थामा फेला पारेको बताइएको छ । आफु दुधकोशी पुगेको र घर फर्क...
हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ

हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १८  । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्ष भरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको आइतबार सार्वजनिक सुनुवाइ गरेको हो । नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा रु ७३ करोड ९० लाख २३ हजार १ सय ८५ अनुमानित बजेट ल्याएको थियो । जसमा कुल बजेटको ८६.६ प्रतिशत खर्च भएको छ । चालुतर्फ ९०.५४ प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगततर्फ ७८.२८ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा रु १ करोड ११ लाख १५ हजार ७ सय २१ राजश्व संकलन गरेको जनाएको छ । नगरपालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवालजवाफ भएको थियो । आइतबार नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घाटन संघीय सांसद राम...
खोटाङका ९ वटा अपुरो योजनाको विषयमा प्रजिअ सुनारलाई एमालेको ध्यानाकर्षण

खोटाङका ९ वटा अपुरो योजनाको विषयमा प्रजिअ सुनारलाई एमालेको ध्यानाकर्षण

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, साउन २५ । जिल्लामा सञ्चालन भइरहेका ९ वटा अपुरो योजनाको विषयमा नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय खोटाङलाई ध्यानाकर्षण गराएको छ । एमालेका प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद पाँचकर्ण राईसहितको टोलीले बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण गराएको हो । काम अपुरो रहेका त्यी योजनाहरुको काम सम्पन्नका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई एमालेका जिल्ला कमिटी उपाध्यक्ष देव विक्रम राईले ध्यानकर्षण पत्र बुझाउनु भएको हो । जिल्लाका ५ सडक र ३ वटा पुल निर्माण सम्पन्न गर्न पहल गरिदिन ध्यानाकर्षण पत्रमा भनिएको छ । यस्तै दुधकोशी जलविद्युत आयोजनाको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारी सुनारलाई अनुरोध गरिएको छ । ६३५ मेगावट क्षमताको उक्त आयोजनाको हालसम्म मुआब्जा निर्धाणरको काम भएको छैन् । आयोजनामा २ आर्थिक वर्षमा विनियोजन भएको १ अरब १४ करोड बजेटको सार्वजनिक सुनुवाइ हुन...