Wednesday, April 29News That Matters

Banner News 2

बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने

बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । खकलुङ युनाइटेड क्लबले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक २३ गतेबाट सुरु हुने बताइएको छ । खकलुङ युनाइटेड क्लबको खोक्मा खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल कात्तिक २५ गते हुने आयोजकले जनाएको छ । खेलमा सहभागी जनाउन कात्तिक २० गतेभित्र टिम दर्ता गरिसक्नु पर्ने छ । २१ गते खेल तालिका प्रकाशन गरिने खेल संयोजक किरण राईले जानकारी दिए । हरेक वडाले सहभागी जनाउन पाउने खेलको प्रथम टिमले नगद रु ३० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । दोस्रो हुने टिमले नगद रु २० हजारसहित ट्रफी र मेडल पाउने छ । यस्तै, प्रतियोगिताको सेमिफाईनलिस्ट दुबै टिमलाई नगद रु ६÷६ हजार प्रदान गरिने संयोजक राईले बताए । खकलुङ युनाइटेड क्लबले हरेक वर्ष दसैँ र तिहारको अवसर पारेर फुटबल प्रतियोगिता सञ्चालन...
बिदा सकिए पनि विद्यालयमा पठनपाठन भएन, हलेसी तुवाचुङले सोध्यो स्पष्टीकरण

बिदा सकिए पनि विद्यालयमा पठनपाठन भएन, हलेसी तुवाचुङले सोध्यो स्पष्टीकरण

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १३ । बिदा सकिए पनि पठनपाठन नभएको पाइएपछि हलेसी तुवाचुङ नगरपालिकाले विद्यालयलाई स्पष्टीकरण सोधेको छ । दसैँ बिदा सकिएर कात्तिक १२ गतेबाट विद्यालय सञ्चालन हुनु पर्ने भएपनि कतीपय विद्यालयमा पठनपाठन नभएको पाइएको हो । विद्यालय सञ्चालन भएको पहिलो दिन १२ गते अर्थात आइतबार नगरपालिकाको टोली अनुगमनमा पुग्दा विद्यालयमा पठनपाठन नभएको पाइएको बताइएको छ । नगरपालिकाका मेयर विमला राई, सामाजिक विकास शाखा संयोजक रुद्रकुमार राई लगायतको टोली आइतबार विद्यालय अनुगमनमा पुगेको थियो । तर, विद्यालयमा पठनपाठन ठप्प भएको पाइएको हो । सबै शिक्षक र विद्यार्थी उपस्थित नभएकाले विद्यालय समयसम्म पठनपाठन नभएको विद्यालयले जनाएका छन् । आइतबार ३ वटा विद्यालयमा अनुगमन गर्दा विद्यालय नै बन्द रहेको भेटिएको सामाजिक विकास शाखा संयोजक राईले बताउनुभयो । वडा नम्बर १ बाहुनिडाँडास्थित मालिकादेवी माध्यमिक विद्यालय, दुधकोशी आ...
खोटाङमा ५ दिनदेखि बेपत्ता वृद्धा खोज्न कुकुरसहित प्रहरी घटना स्थलमा

खोटाङमा ५ दिनदेखि बेपत्ता वृद्धा खोज्न कुकुरसहित प्रहरी घटना स्थलमा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ११ । पाँच दिनदेखि वेपत्ता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी जैसीमाया ढुंगाना खोज्न प्रहरीले कुकुर परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट कुकुर (पुलिस डग) ल्याएर जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्कासहितको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार पनि घटनास्थल निरिक्षणका लागि पुग्नु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) बेनु कुमार कार्कीले जानकारी दिनुभयो । विजया दशमीको दिन आफन्तकोमा टिका लगाएर घर फर्किनेक्रममा वृद्धा ढुंगना हराएको परिवारले जनाएका छन् । श्रीमानसँगै घर फर्किएकी वृद्धा घर नजिकै बाटोमा हराएको उनिहरुको भनाइ छ । बाटोमा श्रीमान भन्दा केही पछि रहेकी वृद्धा ढुंगाना घर नआएकाले खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए । वृद्धा हराएको खबर पा...
हराएको ४ दिनपछि ७७ वर्षीया छलमाया मगरको सकुशल उद्धार

हराएको ४ दिनपछि ७७ वर्षीया छलमाया मगरको सकुशल उद्धार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २५ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी ७७ वर्षीया छलमाया मगरको सकुशल उद्धार गरिएको छ । हराएको ४ दिनपछि सोमबार स्थानीयले बृद्धा मगरलाई सकुशल उद्धार गरेका हुन् । शुक्रबार बिहान १० बजे नजीकै रहेको सम्धीको घर जान्छु भनेर हिडेकी बृद्धा मगर बेपत्ता भएकी थिइन् । शुक्रबार साँझसम्म घर नर्फिएपछि स्थानीयले खोजतालस गरेका थिए । खोजतालसका लागि परिवारले डुम्रुेधारापानी प्रहरी चोकीमा निवेदनसमेत दिएका थिए । बेपत्ता भएको ४ दिनपछि सोमबार बिहान करीब १० बजे घर भन्दा थोरै टाढा रहेको खहरे खोल्साबाट स्थानीयले उद्धार गरेका हुन् । डुम्रेधारापानीस्थित हिडपा र धारापानीकोबीचको खोल्सामा हिडिरहेको अवस्थामा भेटिएको स्थानीय खिला भट्टराईले बताए । गाउँलेले छुट्टा छुट्टै समुह बनाएर खोजतालस गर्नेक्रममा भट्टराईको समहुले खोल्सामा हिडिरहेको अवस्थामा फेला पारेको बताइएको छ । आफु दुधकोशी पुगेको र घर फर्क...
हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ

हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १८  । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्ष भरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको आइतबार सार्वजनिक सुनुवाइ गरेको हो । नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा रु ७३ करोड ९० लाख २३ हजार १ सय ८५ अनुमानित बजेट ल्याएको थियो । जसमा कुल बजेटको ८६.६ प्रतिशत खर्च भएको छ । चालुतर्फ ९०.५४ प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगततर्फ ७८.२८ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा रु १ करोड ११ लाख १५ हजार ७ सय २१ राजश्व संकलन गरेको जनाएको छ । नगरपालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवालजवाफ भएको थियो । आइतबार नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घाटन संघीय सांसद राम...
खोटाङका ९ वटा अपुरो योजनाको विषयमा प्रजिअ सुनारलाई एमालेको ध्यानाकर्षण

खोटाङका ९ वटा अपुरो योजनाको विषयमा प्रजिअ सुनारलाई एमालेको ध्यानाकर्षण

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, साउन २५ । जिल्लामा सञ्चालन भइरहेका ९ वटा अपुरो योजनाको विषयमा नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय खोटाङलाई ध्यानाकर्षण गराएको छ । एमालेका प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद पाँचकर्ण राईसहितको टोलीले बिहिबार जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण गराएको हो । काम अपुरो रहेका त्यी योजनाहरुको काम सम्पन्नका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई एमालेका जिल्ला कमिटी उपाध्यक्ष देव विक्रम राईले ध्यानकर्षण पत्र बुझाउनु भएको हो । जिल्लाका ५ सडक र ३ वटा पुल निर्माण सम्पन्न गर्न पहल गरिदिन ध्यानाकर्षण पत्रमा भनिएको छ । यस्तै दुधकोशी जलविद्युत आयोजनाको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारी सुनारलाई अनुरोध गरिएको छ । ६३५ मेगावट क्षमताको उक्त आयोजनाको हालसम्म मुआब्जा निर्धाणरको काम भएको छैन् । आयोजनामा २ आर्थिक वर्षमा विनियोजन भएको १ अरब १४ करोड बजेटको सार्वजनिक सुनुवाइ हुन...
मिश्रा गुरुङको गजल गीत “फूलको धार” सरिता राईको आवाजमा सार्वजनिक

मिश्रा गुरुङको गजल गीत “फूलको धार” सरिता राईको आवाजमा सार्वजनिक

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
साउन २४ । मिश्रा गुरुङको गजल गीत “फूलको धार” सार्वजनिक भएको छ । गुरुङको शब्द रहेको गजल गीतमा गायीका सरिता राईको आवाज, दुर्गा पराजुलीको संगीत र किरण कडेलको एरेन्ज रहेको छ । गजल गीतको भिडियोसमेत तयार गरिएको छ । भिडियोमा यसराज गराच, रचना शिवाकोटी र विमला खाजुम लिम्बुको अभिनय रहेको छ । गीतको भिडियो वरिष्ठ नुत्य निर्देशक कमल राईले तयार पारेका हुन् । यस्तै भिडियोको नुत्यमा सुमित गुरुङ, छायांकनमा शिव ढकाल र सम्पादन, कलरिङ्गमा मनोज कार्की रहेका छन् । भिडियो क्यास म्युजिक च्यानलमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/0zR_u0kDnFA...
राष्ट्रिय युवा संघ खोटाङले मिशन नेक्स्ट इलेक्शन टार्गेट न्यु जेनेरेशन अभियान चलाउने

राष्ट्रिय युवा संघ खोटाङले मिशन नेक्स्ट इलेक्शन टार्गेट न्यु जेनेरेशन अभियान चलाउने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन २२ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ खोटाङले आगामी चुनाव लक्षित अभियान चलाउने भएको छ । जिल्ला अधिवेशन पश्चात सोमबार दिक्तेलमा बसेको पहिलो बैठकले मिशन नेक्ष्ट इलेक्शन टार्गेट न्यु जेनेरेशन अभियान चलाउने भएको हो । केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेश उत्प्रेरक कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा संघको पहिलो जिल्ला बैठक बसेको छ । संघको केन्द्रीय योजना अनुसार खोटाङमा पनि मिशन नेक्स्ट इलेक्शन टार्गेट न्यु जेनेरेशन अभियान सफल बनाउने निर्णय भएको जिल्ला अध्यक्ष रोशन राईले बताउनुभयो । संगठनलाई पुनर्ताजगी गर्ने यो अभियान नयाँ रक्तसञ्चार बन्ने युवा संघको विश्वास छ । सबै युवाहरुमा पुगेर युवाको समस्याको टिपोर्ट गरी चुनौतीको समाधानको खोजी गर्ने गरी अभियान चलाउने केन्द्रीय उपाध्क्ष केसिले बताउनुभयो । यो अभियान अन्तरगत खेलकुद र मनोरञ्जनसँग जोडिएर सदस्यता विस्तार गर्ने, अभिलेख गर्ने ...
डेंगु रोकथामका लागि खोटाङमा ‘लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान’

डेंगु रोकथामका लागि खोटाङमा ‘लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान’

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १९ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सुरु गरिएको छ । जिल्लामा डेंगुका बिरामी बढ्न थालेपछि रोकथामका लागि लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलको संयुक्त आयोजनामा शुक्रबार लार्भा नष्ट गर्ने जनचेतनामुलक अभियान सञ्चालन गरिएको हो । शुक्रबार जिल्ला सदरमुकाम दिक्तेल बजारमा लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान चलाइएको छ । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि स्वास्थ्यकर्मीहरुको उपस्थितिमा जनचेतना दिइएको छ । हाल जिल्लमा ५ जनामा डेंगु संक्रमण पुष्टि भ...
ताराखसे सामुदायिक वनमा ८ सय फलफुलका बिरुवा रोपियो

ताराखसे सामुदायिक वनमा ८ सय फलफुलका बिरुवा रोपियो

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन १० । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित ताराखसे सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । बाँझो बन्दै गएको सामुदायिक वनको ४ रोपनी क्षेत्रफलमा वृक्षारोपण गरिएको हो । वनको ४ रोपनी क्षेत्रफलमा ८०० बिरुवा रोपिएको छ । साना किसान कृषि सहकारी संस्था दुर्छिम र वृक्षारोपण पहल नेपालको समन्वयमा सामुदायिक वनमा फलफुल साथै अन्य बिरुवा रोपिएको बताइएको छ । सामुदायिक वनको झाडी फडानी गरेर दन्ते ओखर, आँप, अम्बा लगायतका ८०० बिरुवा रोपिएको वृक्षारोपण पहल नेपाल दुर्छिमका म्यानेजर मोतिराज राईले बताए । सहकारी संस्थाका अध्यक्ष मनकुमार राईको नेतृत्वमा सहकारीका शेयर सदस्य, सामुदायिक वनका समिति र वृक्षारोपण नेपालका पदाधिकारी लगायतको उपस्थितिमा बिरुवा रोपिएको राईको भनाइ छ । ताराखसे सामुदायिक वनको ४ रोपनी क्षेत्रफलमा ३ दिन लगाएर बिरुवा रोपिएको हो । वृक्षारोपण पश्चात वरिपरि घेराबारा पनि गरिएको छ । बाँझो बन्...