Sunday, October 25News That Matters

Banner News 2

निर्वाचनलाई लिएर खोटाङ उद्योग वाणिज्य संघमा विवाद

निर्वाचनलाई लिएर खोटाङ उद्योग वाणिज्य संघमा विवाद

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ८ । खोटाङ उद्योग वाणिज्य संघमा विवाद देखिएको छ । संघको ११ औं अधिवेशनलाई लिएर छुट्टा छुट्टै गरिएका निर्णयले विवाद उत्पन्न भएको हो । गत फागुन २३ गते निर्वाचन हुने गरी फागुन १३ गते उद्घाटन भएको संघको निर्वाचन राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको आचारसंहिता लागू भएपछि चैत्र ९ गतेलाई सारिएको थियो । निर्वाचन सरेपछि फागुन १७ गते बसेको संघको सचिवालय बैठकले सदस्यता नविकरण गर्न बाँकी रहेका सदस्यहरुका लागि फागुन ३० गतेसम्म सदस्यता नविकरण खुल्ला गर्ने र उनीहरुलाई चैत्र ९ गते हुने निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको थियो । तर सचिवालयले गरेको निर्णय चैत्र ५ गते बसेकोे पूर्ण बैठकले अनुमोदन गर्न नमानेपछि संघमा विवाद सुरु भएको देखिन्छ । फागुन १७ गते गरिएको निर्णय आधारिक हुने एक पक्षको माग रहेको छ । चैत ५ गते गरिएको निर्णय निर्वाचनलाई प्रभावित गर्ने गरि भएको भन्दै असन्तुष्ट पक्षले खारे...
नगरपालिकाको सहयोगमा साइनो कला केन्द्रले निःशूल्क संगीत प्रशिक्षण गर्ने

नगरपालिकाको सहयोगमा साइनो कला केन्द्रले निःशूल्क संगीत प्रशिक्षण गर्ने

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, चैत ६ । खोटाङमा लामो समयदेखि गीत संगीतको क्षेत्रमा काम गरिरहेको संस्था साइनो कला केन्द्रले आर्थीक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई निःशूल्क संगीत प्रशिक्षण गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोगमा केन्द्रले करीब १५ जना विद्यार्थीलाई निःशूल्क संगीत प्रशिक्षण गर्ने भएको जनाएको छ । संगीत प्रशिक्षणका लागि नगरपालिकाले ३ लाख रकम दिएको बताइएको छ । सोमबार सार्वजनिक सुनुवाइ गर्दै केन्द्रका कोषाध्यक्ष दशरत राईले नगरपालिकाले दिएको रकम मध्ये १ लाख ५० हजार बाध्यबादन खरिद गर्न खर्च गरेको बताउनुभयो । बाकी १ लाख ५० हजार प्रशिक्षकलाई तलब र कार्यालय व्यवस्थापनमा खर्च गरिने उहाँको भनाइ छ । संगीत प्रशिक्षणका लागि आएका धेरै ब्यक्तिहरु शुल्क तिर्न नसकेर बीचैमा कक्षा छाडिरहेकाले उनीहरुलाई नगरपालिकाको आर्थीक सहयोगमा निःशूल्क कक्षाको व्यवस्था गरिएको साइनो कला केन्द्रका अध्यक्ष भक्...
खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन २३ । खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय एकल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीस्थित सरस्वती आधारभूत विद्यालयको आयोजनामा मंगलबारबाट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विसन राईलेले उद्घाटन गर्नुभएको हो । प्रमुख भट्टराई र उपप्रमुख राई बीच उद्घाटन खेलसँगै नगरपालिका र उद्योग बाणिज्य संघ खोटाङ बीच मैत्रिपुर्ण खेल भएको थियो । जसमा उद्योग बाणिज्य संघले नगरपालिकाको टिमलाई पराजित गरेको छ । विद्यालयको प्रांगणमा उद्घाटन खेल पश्चात अन्य खेल माटिकोरेस्थित कबर्डहलमा सञ्चालन भइरहेको आयोजक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ शिक्षकले सहभागि जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ११ ...
रावा बेसीका खेतमा लहलह तोरी, तेल पेल्न मिल खरिद गर्दै गाउँपालिका

रावा बेसीका खेतमा लहलह तोरी, तेल पेल्न मिल खरिद गर्दै गाउँपालिका

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २० । खोटाङको रावा बेसी गाउँपालिका क्षेत्रमा तोरीका बोट लहलह देखिएका छन् । ६ वटा वडा रहेको पालिकाको बेँसी क्षेत्रका खेतहरुमा प्राय तोरी लहलह भएको देख्न सकिन्छ । वडा नम्बर १ कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे र वेल्टार, वडा नम्बर २ खार्पाको दसमुरे र जलजले, वडा नम्बर ३ लामिडाँडाको तिर्पा बेँसी, वडा नम्बर ४ डुम्रे धारापानीको कटहरे बेँसी र खार्पाटार, वडा नम्बर ५ दुवेकोलको राउटार र वडा नम्बर ६ हौँचुरको हौँचुर बेँसी, गिद्दे बेँसी र टार बेँसीमा यतिबेला मनै लोभ्याउने गरी तोरी फुलेका÷फलेका छन् । बेँसीसँगै गाउँका खेतबारीमा पनि कतीपय कृषकले तोरी लगाएका हुन् । अघिल्ला वर्षहरुमा पनि कृषकले थोरै मात्रमा तोरी खेती गर्दै आएका थिए । तर यो वर्ष गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेर उन्नत जातको बिउ वितरण गरेपछि अहिले प्राय कृषकको खेतबारीमा तोरी लहलह भएको छ । चितवन लोकल र म...
खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला

खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, १९ फागुन । खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका लागि आएका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत भेटिएका हुन् । सदा दुई तीन दिनदेखि बिरामी परेका सदा बिहिबार भने काममा जान सकेका थिएनन् । शुक्रबार बिहान सुतेकै ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो । नियमित जाँडरक्सी सेवन गर्ने सदा बिहिबार बेलुका मकै खाएर सुतेका बताइएको छ । उनले राती वान्ता पनि गरेको खुलेको प्रहरीले जनाएको छ । लेवरको काम गर्न आएका सदा मुढेका राजकुमार तामाङको घरमा बस्दैआएका थिए ।...
स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले खोटाङका सबै क्याम्पसमा संगठन दर्ता गरायो

स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले खोटाङका सबै क्याम्पसमा संगठन दर्ता गरायो

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन १९ । नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि खोटाङका सातै वटा क्याम्पसमा संगठन दर्ता गरेको छ । चैत ५ गते हुने (स्ववियु) निर्वाचनमा भाग लिन अनेरास्ववियुले जिल्लाका सबै क्याम्पसहरुमा संगठन दर्ता गरेको हो । त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार शुक्रबार सबै क्याम्पसमा पुगेर संगठन दर्ता गरिएको अनेरास्ववियु खोटाङका जिल्ला कमिटि सदस्य कैलाश खड्काले बताउनुभयो । दिक्तेल बहुमुखी क्याम्पस र हलेसी क्याम्पसमा संगठनका जिल्ला सचिव विष्णु उपरकोटीको नेतृत्वमा, साकेला क्याम्पसमा उपाध्यक्ष यम खड्काको नेतृत्वमा, चिसापानी र सिम्पानी क्याम्पसमा सह–सचिव सुरेश प्रदानको नेतृत्वमा, खोटाङ क्याम्पसमा प्रदेश सदस्य संकर खनालको नेतृत्वमा र रावा क्याम्पसमा जिल्ला सदस्य युवराज कट्वालको नेतृत्वमा संगठन दर्ता गरिएको खड्काको भनाइ छ ।...
अब केपिलासगढीबाट छोटो दुरीमा भोजपुर हुँदै पूर्वी तराई जान सकिने

अब केपिलासगढीबाट छोटो दुरीमा भोजपुर हुँदै पूर्वी तराई जान सकिने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १६ । खोटाङको केपिलासगढी गाउँपालिका पूर्वी तराईसँग छोटो दुरीको सडक सञ्जालले जोडिएको छ । अब केपिलासगढी गाउँपालिकाको वडा नम्बर १ फेदीबाट भोजपुरहुँदै पूर्वी तराई जान सकिने भएको हो । गाउँपालिकाले निर्माण गरेको छोटो दुरीको ‘फेदी–धोध्रे–भोजपुर सडक खण्ड सोमबार गाउँपालिकाका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । अघिल्लो स्थानीय सरकारले सुरु गरेको काम वर्तमान सरकारले पुरा गरेर सडक उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ । फेदीबाट लामो चउरसम्म र भोजपुरतर्फबाट धोध्रेको भालु खोलासम्म खनेर छोडिएको सडकलाई चालु आर्थीक वर्षको साँढे दशलाख बजेटबाट डेढ किलोमिटर मिटर खनेपछि सडक सञ्जालले पूर्णतापाएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताउनुभयो । फेदीबाट भोजपुरसम्म सडक सञ्जाल सुरु भएपछि केपिलासगढी गाउँपालिका बासिन्दाहरु पूर्वी तराई झर्न दिक्तेल–हलेसी सडक भन्दा यो ...
केपिलासगढी : राष्ट्रपति रनिङ शिल्डमा पहिलो पृथ्वी मावि हुँदा, सुर्य मावि दोस्रो र सुक्रजित मावि तेस्रो

केपिलासगढी : राष्ट्रपति रनिङ शिल्डमा पहिलो पृथ्वी मावि हुँदा, सुर्य मावि दोस्रो र सुक्रजित मावि तेस्रो

Banner News 2, खेलकुद, समाचार, स्थानीय
खोटाङ, फागुन ११ । खोटाङको केपिलासगढी गाउँपालिकामा भएको पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिका भरीका आठ वटा माविको सहभागिता प्रतियोगितामामा सुर्य मावि सुङदेल दोस्रो भएको छ । १९ स्वर्ण, ८ रजत र ३ कास्य सहित प्रतियोगितामा पहिलो बनेको पृथ्वी माविले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सुर्य मावि सुङदेल ५ स्वर्ण, ८ रजत र ६ कास्य ल्याएर दोश्रो भएको छ । सुक्रजित मावि खार्ताम्छाले ५ स्वर्ण, २ रजत र ३ कास्य ल्याएर तेश्रो भएको गाउँपालिकाले जनाएको छ । दोश्रो भएको सुर्य माविले ३० हजार र तेश्रो हुने सुक्रजित माविले २० हजारका साथमा शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरे भने, सहभागी अन्य पाँच विद्यालयले आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप जनही १५ हजार र सहभागिताको प्रमाणपत्र पाएको शिक्षा संयोजक ...
२ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुँदै

२ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुँदै

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ५ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा २ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । आगामि वैशाख २ गतेदेखी ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकप जन्तेढुंगा गाउँपालिकाका–५ खर्क खेलमैदानमा आयोजना हुने गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको प्रथम हुने टिमले रु २ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । दोश्रो हुने टिमले १ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विद्यातर्फ बेष्ट स्टाइकरलाई, बेष्ट गोल्डकिपर, बेष्ट डिफेण्डरलाई नगद रु १० हजार र म्यान अफ द म्याचलाई नगद रु ५ हजा...
दिक्तेलमा आँखा शिविर सुरु, मोतिविन्दुको शल्यक्रियासँगै निःशूल्क चस्मा वितरण

दिक्तेलमा आँखा शिविर सुरु, मोतिविन्दुको शल्यक्रियासँगै निःशूल्क चस्मा वितरण

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका एवं जिल्ला सदरमुकाम दिक्तेलमा निःशूल्क आँखा शिविर सुरु भएको छ । जिल्ला आयुर्वेद अस्पतालको भवनमा तीन दिनसम्म सञ्चालन हुने शिविरको मंगलबार उद्घाटन गरिएको हो । नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वय, वि.पि कोइराला लाईन्स आँखा अध्ययन केन्द्र (टिचिङ अस्पताल) को प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजनामा शिविर सुरु भएको हो । दिक्तेलका ८४ वर्षीया बिष्णुमाया आचार्यको आँखा परिक्षण गरेर शिविरको सुरु गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरमा करीब १ हजार जनालाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको नगरपालिकाका जन स्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । कम्तीमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया गरिने उहाँको भनाइ छ । शिविरका सञ्चालनका लागि सह–प्राध्यापक डाक्टर रन्जु खरेल सिटौलाको नेतृत्वमा १३ जनाको समुह दिक्तेल...