Wednesday, April 29News That Matters

Banner News 2

खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला

खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, १९ फागुन । खोटाङमा काम गर्न आएका एक मजदुर सुतेकै ठाउँमा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका लागि आएका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत भेटिएका हुन् । सदा दुई तीन दिनदेखि बिरामी परेका सदा बिहिबार भने काममा जान सकेका थिएनन् । शुक्रबार बिहान सुतेकै ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो । नियमित जाँडरक्सी सेवन गर्ने सदा बिहिबार बेलुका मकै खाएर सुतेका बताइएको छ । उनले राती वान्ता पनि गरेको खुलेको प्रहरीले जनाएको छ । लेवरको काम गर्न आएका सदा मुढेका राजकुमार तामाङको घरमा बस्दैआएका थिए ।...
स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले खोटाङका सबै क्याम्पसमा संगठन दर्ता गरायो

स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले खोटाङका सबै क्याम्पसमा संगठन दर्ता गरायो

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन १९ । नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि खोटाङका सातै वटा क्याम्पसमा संगठन दर्ता गरेको छ । चैत ५ गते हुने (स्ववियु) निर्वाचनमा भाग लिन अनेरास्ववियुले जिल्लाका सबै क्याम्पसहरुमा संगठन दर्ता गरेको हो । त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार शुक्रबार सबै क्याम्पसमा पुगेर संगठन दर्ता गरिएको अनेरास्ववियु खोटाङका जिल्ला कमिटि सदस्य कैलाश खड्काले बताउनुभयो । दिक्तेल बहुमुखी क्याम्पस र हलेसी क्याम्पसमा संगठनका जिल्ला सचिव विष्णु उपरकोटीको नेतृत्वमा, साकेला क्याम्पसमा उपाध्यक्ष यम खड्काको नेतृत्वमा, चिसापानी र सिम्पानी क्याम्पसमा सह–सचिव सुरेश प्रदानको नेतृत्वमा, खोटाङ क्याम्पसमा प्रदेश सदस्य संकर खनालको नेतृत्वमा र रावा क्याम्पसमा जिल्ला सदस्य युवराज कट्वालको नेतृत्वमा संगठन दर्ता गरिएको खड्काको भनाइ छ ।...
अब केपिलासगढीबाट छोटो दुरीमा भोजपुर हुँदै पूर्वी तराई जान सकिने

अब केपिलासगढीबाट छोटो दुरीमा भोजपुर हुँदै पूर्वी तराई जान सकिने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १६ । खोटाङको केपिलासगढी गाउँपालिका पूर्वी तराईसँग छोटो दुरीको सडक सञ्जालले जोडिएको छ । अब केपिलासगढी गाउँपालिकाको वडा नम्बर १ फेदीबाट भोजपुरहुँदै पूर्वी तराई जान सकिने भएको हो । गाउँपालिकाले निर्माण गरेको छोटो दुरीको ‘फेदी–धोध्रे–भोजपुर सडक खण्ड सोमबार गाउँपालिकाका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । अघिल्लो स्थानीय सरकारले सुरु गरेको काम वर्तमान सरकारले पुरा गरेर सडक उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ । फेदीबाट लामो चउरसम्म र भोजपुरतर्फबाट धोध्रेको भालु खोलासम्म खनेर छोडिएको सडकलाई चालु आर्थीक वर्षको साँढे दशलाख बजेटबाट डेढ किलोमिटर मिटर खनेपछि सडक सञ्जालले पूर्णतापाएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताउनुभयो । फेदीबाट भोजपुरसम्म सडक सञ्जाल सुरु भएपछि केपिलासगढी गाउँपालिका बासिन्दाहरु पूर्वी तराई झर्न दिक्तेल–हलेसी सडक भन्दा यो ...
केपिलासगढी : राष्ट्रपति रनिङ शिल्डमा पहिलो पृथ्वी मावि हुँदा, सुर्य मावि दोस्रो र सुक्रजित मावि तेस्रो

केपिलासगढी : राष्ट्रपति रनिङ शिल्डमा पहिलो पृथ्वी मावि हुँदा, सुर्य मावि दोस्रो र सुक्रजित मावि तेस्रो

Banner News 2, खेलकुद, समाचार, स्थानीय
खोटाङ, फागुन ११ । खोटाङको केपिलासगढी गाउँपालिकामा भएको पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिका भरीका आठ वटा माविको सहभागिता प्रतियोगितामामा सुर्य मावि सुङदेल दोस्रो भएको छ । १९ स्वर्ण, ८ रजत र ३ कास्य सहित प्रतियोगितामा पहिलो बनेको पृथ्वी माविले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सुर्य मावि सुङदेल ५ स्वर्ण, ८ रजत र ६ कास्य ल्याएर दोश्रो भएको छ । सुक्रजित मावि खार्ताम्छाले ५ स्वर्ण, २ रजत र ३ कास्य ल्याएर तेश्रो भएको गाउँपालिकाले जनाएको छ । दोश्रो भएको सुर्य माविले ३० हजार र तेश्रो हुने सुक्रजित माविले २० हजारका साथमा शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरे भने, सहभागी अन्य पाँच विद्यालयले आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप जनही १५ हजार र सहभागिताको प्रमाणपत्र पाएको शिक्षा संयोजक ...
२ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुँदै

२ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुँदै

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ५ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा २ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । आगामि वैशाख २ गतेदेखी ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकप जन्तेढुंगा गाउँपालिकाका–५ खर्क खेलमैदानमा आयोजना हुने गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको प्रथम हुने टिमले रु २ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । दोश्रो हुने टिमले १ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विद्यातर्फ बेष्ट स्टाइकरलाई, बेष्ट गोल्डकिपर, बेष्ट डिफेण्डरलाई नगद रु १० हजार र म्यान अफ द म्याचलाई नगद रु ५ हजा...
दिक्तेलमा आँखा शिविर सुरु, मोतिविन्दुको शल्यक्रियासँगै निःशूल्क चस्मा वितरण

दिक्तेलमा आँखा शिविर सुरु, मोतिविन्दुको शल्यक्रियासँगै निःशूल्क चस्मा वितरण

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका एवं जिल्ला सदरमुकाम दिक्तेलमा निःशूल्क आँखा शिविर सुरु भएको छ । जिल्ला आयुर्वेद अस्पतालको भवनमा तीन दिनसम्म सञ्चालन हुने शिविरको मंगलबार उद्घाटन गरिएको हो । नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वय, वि.पि कोइराला लाईन्स आँखा अध्ययन केन्द्र (टिचिङ अस्पताल) को प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजनामा शिविर सुरु भएको हो । दिक्तेलका ८४ वर्षीया बिष्णुमाया आचार्यको आँखा परिक्षण गरेर शिविरको सुरु गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरमा करीब १ हजार जनालाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको नगरपालिकाका जन स्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । कम्तीमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया गरिने उहाँको भनाइ छ । शिविरका सञ्चालनका लागि सह–प्राध्यापक डाक्टर रन्जु खरेल सिटौलाको नेतृत्वमा १३ जनाको समुह दिक्तेल...
हलेसीका २८ जना महिलाको पाठेघर शल्यक्रियाका लागि निःशूल्क अस्पताल लगियो

हलेसीका २८ जना महिलाको पाठेघर शल्यक्रियाका लागि निःशूल्क अस्पताल लगियो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघरको समस्या भएका २८ जना महिलाको शल्यक्रियामार्फत उपचार गर्न निःशूल्क अस्पताल लगेको छ । शल्यक्रियामार्फत उपचार गर्नुपर्ने देखिएका ३२ जना मध्ये २८ जनालाई सोमबार भक्तपुरको बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको हो । अन्य ४ जना नगएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । पाठेघरको रोग पहिचान र उपचारका लागि माघ १ देखि ९ गतेसम्म नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । जसमा ३२ जनाको पाठेघर खसेका महिलाहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको संयोजक घिमिरेले बताउनुभयो । उहाँहरुलाई सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको सहयोगमा निःशूल्क उपचार गर्न लगिएको हो । अस्पताल पुगेका २८ जना मध्ये १० जनाको सोमबार बाट उपचार प्रक्रिया सुरु भएको छ । त्यसपछि अन्यको उपचार प्रक्रिया सुरु हुने घिमिरेको भनाइ छ । उपचा...
पिपलडाँडा माविले उचाल्यो उपाधि, सरस्वती मावि दोस्रो हुँदा ज्योति मावि तेस्रो

पिपलडाँडा माविले उचाल्यो उपाधि, सरस्वती मावि दोस्रो हुँदा ज्योति मावि तेस्रो

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले जितेको छ । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य गरी कुल १४ पदकसहित मंगलटारस्थित पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले उपाधि जितेको हो । प्रतियोगितामा अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालय ५ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १४ पदकसहित दोश्रो भएको छ । राजापानीस्थित ज्योति माध्यमिक विद्यालय ५ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल १० पदक सहित तेश्रो भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम बहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै, महेन्द्रोय माध्यमिक विद्यालयले ५ स्वर्ण र ३ कास्य पदक हात पार्दा च्यास्मिटार माध्यमिक विद्यालयले ३ स्वर्ण, ६ रजत र ७ कास्य, दुर्छिम माध्यमिक विद्यालयले २ स्वर्ण, ३ रज...
अनेरास्ववियु खोटाङले सम्झियो स्वर्गीय मिलन राईलाई

अनेरास्ववियु खोटाङले सम्झियो स्वर्गीय मिलन राईलाई

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, माघ २७ । अनेरास्ववियु खोटाङका पूर्व अध्यक्ष तथा तत्कालिन केन्द्रीय सदस्य स्वर्गीय मिलन राईको छैटौँ स्मृति दिवस मनाइएको छ । नेकपा एमाले खोटाङको पार्टी कार्यालयमा स्वर्गीय राईको फोटोमा माल्यार्पण गरेर दिवस मनाइएको हो । छोटो समयमा विद्यार्थी राजनीतिमा फड्को मारेका स्वर्गीय राईलाई कुशल नेतृत्वको रुपमा विद्यार्थी नेताहरुले सम्झने गरेका छन् । संगठनकै काममा काठमाडौँबाट घर फर्कदा भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा राई गम्भीर घाइते बन्नु भएको थियो । घाइते राईको २०७३ साल माघ २७ गते उपचारको क्रममा अस्पतालमा निधन भएको थियो । अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन पोखरेलको अध्यक्षतामा भएको माल्यार्पण कार्यक्रममा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, सचिव कुमार प्रसाद आचार्य, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य खेमराज राई, नेकपा एमाले जिल्ला कमिटी खोटाङका सचिवालय सदस्य दिपक ठटाल र रमेश परियार, जिल...
हलेसी तुवाचुङमा ३० स्वर्ण पदकका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हलेसी तुवाचुङमा ३० स्वर्ण पदकका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २५। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर स्तरीय तेश्रो संस्करणको अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको ३ नम्बर वडा च्यास्मिटारको खेलमैदानमा बुधबारबाट सुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा छात्राछात्रतर्फ एथलेटिक्सको १३/१३ स्वर्ण, छात्राछात्र भलिवलमा एक÷एक र छात्राछात्र कबड्डीमा एक÷एक स्वर्ण पदकका लागि खेल हुनेछ । स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल, प्रमाण पत्र पाउनेछन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सम्पूर्ण विधामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिईने सितोरियो करातेका प्रशिक्षक मिलन कसजुले जानकारी दिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन केन्द्रले १ ल...