Sunday, August 30News That Matters

Banner News 3

उपचार गर्न नसकेर थलिएका लफ्याङका जयकृष्णलाई नगरले लग्यो अस्पताल

उपचार गर्न नसकेर थलिएका लफ्याङका जयकृष्णलाई नगरले लग्यो अस्पताल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर ४ । रुखबाट लडेर थला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ५६ वर्षीय जयकृष्ण राईलाई नगरपालिकाले उपचारका लागि अस्पताल लगेको छ । घाँस झार्ने क्रममा रुखबाट लडेर बायाँ खुट्टाको गेडी भाँचिएका राईलाई उपचारका लागि नगरपालिकाले एम्बूलेन्समा हालेर ट्रमा सेन्टर काठमाडौं लगेको हो । गत कात्तिक ७ गते डाले घाँस झार्ने क्रममा रुखबाट लडेर खुट्टाको गेडी टुक्रिएका कारण संक्रमण भएर तिघ्राको मासु कुहिएर गन्हाउन थालेपछि राईलाई कात्तिक १३ गते जिल्ला अस्पतालमा लगिएको थियो । तर जिल्ला अस्पतालले तत्काल अन्यत्र लैजान भनेपछि उनलाई सोही दिन दिक्तेलको फेमिली केयर अस्पतालमा पु¥याइएको थियो । फेमिली केयरमा एक्स–रे गरेपछि राईको गेडी भाँचिएको पूष्टि भएको थियो । फेमिली केयरका सञ्चालक डा. कृष्णकुमार राई (केके)का अनुसार घाइतेको हिपज्वइन्टमा फ्याक्चर्ड नेक अफ फेमर भएको छ । उपचार गर्नेक्रममा ग...
बाक्सिलामा एक घर जलेर नष्टहुँदा १५ लाख बराबरको क्षति, भाग्ने क्रममा लडेर एक जना घाइते

बाक्सिलामा एक घर जलेर नष्टहुँदा १५ लाख बराबरको क्षति, भाग्ने क्रममा लडेर एक जना घाइते

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर ४ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । घरमा पालिएको ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र विजुलीको रातो चिमबाट आगो सल्किएर आइतबार राती किशोर दुमी राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आइतबार राती करीब ११ः४५ बाट सुरु भएको आगो इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी र स्थानीयले राती २ बजे नियन्त्रणमा लिएका थिए । चल्लालाई तातो दिन राखिएको कोईला र विजुलीको रातो चिमबाट आगो सल्किएर ३ तले घर जलेर नष्टहुँदा करीब रु १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङ सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । आगलागीबाट ३ तले घरसँगै घर भित्र राखिएको २ तोेला सुन, ४ तोला चाँदि, ब्रोइलर कुखुराको चल्ला, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायत जलेर पूर्णरुपमा नष्ट भएको छ । घरमा आगलागी भएपछ...
दिक्तेलस्थित हाडडाँडा हाट अब बिहान ७ बजेबाट सुरु हुने

दिक्तेलस्थित हाडडाँडा हाट अब बिहान ७ बजेबाट सुरु हुने

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर २ । खोटाङको जिल्ला सदरमुकामसमेत रहेको प्रमुख व्यापारिक केन्द्र दिक्तेलमा लाग्दै आएको हाटको समय परिवर्तन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित हाटडाँडामा हरेक बुधबार र शनिबार लाग्दै आएको हाटको समय परिवर्तन गरिएको हो । हाटडाँडामा बिहान ३ बजे सुरु भएर करीब ७ बजे बजार उठ्ने गरेको छ । अब बिहान ७ बजेबाट बजार लाग्न सुरु हुने गरी समय परिवर्तन गरिएको बताइएको छ । बिहान ३ बजे बजार सुरुहुँदा टाढाका किसानहरु कृषि उपज लिएर अघिल्लै दिन एवं राती नै हिड्नु पर्ने बाध्यता छ । कृषि उपज खरिद बिक्री गर्न भइरहेको कठिनतालाई मध्यनजर गरेर बजार लाग्ने समय परिवर्तन गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । नगरपालिका, जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ लगायतको समझदारीमा बजार लाग्ने समय परिवर्तन भएसँगै आगामी बुधबारबाट बिहान ७ बजेदेखि बजार सुरु हुने छ । बजार लाग्ने समय परिवर्...
निःशूल्क अप्रेसनका लागि पाठेघरको समस्या भएका बिरामीलाई शनिबार बनेपा लगिने

निःशूल्क अप्रेसनका लागि पाठेघरको समस्या भएका बिरामीलाई शनिबार बनेपा लगिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसनका लागि शनिबार काभ्रे लाने भएको छ । काभ्रेस्थित श्रीमेमोरीयल अस्पताल बनेपामा लगेर पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन तथा स्वास्थ्य परिक्षण गरिने नगरपालिकाले जनाएको छ । मंसिर २ गते शनिबार पहिलो पटकमा १७ जना बिरामी र उनिहरुको कुरुवा गरी ३४ जनाको टोली नगरपालिकाले रिजर्भ गरेको बसमा काभ्रे प्रस्थान गर्ने छन् । उपचारको लागि बिरामी लिएर नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राईसहितको टोली काभ्रे जाने नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । बिरामीको एक जना कुरुवासहित बिरामी अस्पतालसम्म जान आउन, खान बस्नसँगै उपचारमा कुनै शूल्क लाग्ने छैन् । यो वर्ष पाठेघरको समस्या भएका करीब ६० जना बिरामीको निःशूल्क अप्रेसन गर्ने तयारी नगरपालिकाको छ । तर ...
टेम्मामा आयोजित भलिबलको उपाधि पुरुषतर्फ राजापानी र महिलातर्फ टेम्माले जिते

टेम्मामा आयोजित भलिबलको उपाधि पुरुषतर्फ राजापानी र महिलातर्फ टेम्माले जिते

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २६ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा आयोजित साबिकको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र महिलातर्फ दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले जितेको छ । टेम्मास्थित धिप्लुङ झर्ना न्यु स्टार युवा संस्थाले आयोजना गरेको भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिसँगै राजापानीले नगद रु ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषतर्फ दोस्रो र तेस्रो हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको खुमुम्बु र सोही गाउँपालिकाको वडा नम्बर ७ टेम्मास्थित गोपिलेले क्रमस नगद रु २० हजार र रु १० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष विविचन राईले बताए । महिलातर्फ प्रथम भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा गोपिले नगद रु ७ हजार ७७७ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो र...
खोटाङमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

खोटाङमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २४ । खोटाङमा राती १० बजेसम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा सञ्चालन हुने देउसी, भैलो, नाचगान जस्ता सांस्कृतिक क्रियाकलाप राती १० बजेसम्म मात्र गर्न पाइने भएको हो । परम्परालाई मर्यादित एवं अनुशासित बनाउन भन्दै राती १० बजे पश्चात देउसी, भैलो नखेल्न एवं नाचगान नगर्न जिल्ला प्रशासन कार्यालय खोटाङले सूचना जारी गर्दै जानकारी गराएको छ । यस्तै, आतिसवाजी, पटका जस्ता विस्फोटक पदार्थ ओसार–पसार तथा बिक्री वितरण नगर्न पनि प्रशासनले भनेको छ । प्रशासनले जारी गरेको सूचना अवज्ञा गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनुभयो । यस्तै, चाडपर्वमा अखाद्य तथा गुणस्तरहिन वस्तु बिक्री नगर्न, जुवातास, सट्टेवाजी, चिट्ठा जस्ता क्रियाकलाप नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न पनि सूचनामा भनिएको छ । यदि कसैले यस्तो गरेको प...
तीर्थालुका लागि त्रि–धार्मिक स्थल हलेसीमा सुविधायुक्त अतिथि गृह

तीर्थालुका लागि त्रि–धार्मिक स्थल हलेसीमा सुविधायुक्त अतिथि गृह

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २२ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त अतिथि गृह (धर्मशाला) निर्माण गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा तीर्थालुका लागि करीब ५ करोडको लगानिमा सुविधायुक्त अतिथि गृह निर्माण गरिएको हो । त्रि–धार्मिक स्थल हलेसीमा आउने तीर्थालुको सहजताका लागि हलेसी तुवाचुङ नगरपालिका र नेपाल आयल निगमले संयुक्त लगानिमा भवन निर्माण गरेका हुन् । आर्थिक वर्ष २०७६/०७७ बाट भवन निर्माण गर्न सुरु गरिएको थियो । सुरुमा सबै लगानि आयल निगमको हुने भनिएको थियो । तर आयल निगमबाट रु २ करोडमात्र भुक्तानी भएपछि नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा रु २ करोड ९६ लाख बजेट विनियोजन गरेर भवन निर्माण सम्पन्न गरेको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । कुल लागत रु ४ करोड ९६ लाख (भ्याटसहित) अनिल लक्ष्मि जेभी निर्माण कम्पनीले अतिथि गृह निर्माण गरेर जिम्मा लगाइसकेको छ ।...
रावा बेसीमा वडावडामै योजना सम्झौता, उपभोक्तालाई सहज

रावा बेसीमा वडावडामै योजना सम्झौता, उपभोक्तालाई सहज

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १९ । खोटाङको रावा बेसी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेको छ । गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । गाउँपालिकाबाट छनोट भएका पालिका स्तरीय एवं वडाबाट छनोट भएका वडा स्तरीय योजनाहरु सम्बन्धित वडा कार्यालयमा पुगेर सम्झौता गरिएको हो । चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन भएको बजेटबाट सञ्चालन हुने योजनाहरु उपभोक्ताको सहजताका लागि वडामै पुगेर सम्झौता गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख विनोद राईले बताउनुभयो । कात्तिक १३ गतेबाट सुरु भएको योजना सम्झौता कार्यक्रम १९ गते अर्थात आइतबार (आज) वडा नम्बर ६ हौँचुरमा सञ्चालन भएको थियो । ६ वटा वडा रहेको रावा बेसी गाउँपालिकामा हालसम्म वडा नम्बर ६ हौँचुरसँगै वडा नम्बर २ खार्पा, ४ डुम्रेधारापानी र ५ दुवेकोलका योजनाहरु सम्झौता भइसकेका छन् । वडा नम्बर १ कुभिण्डेमा २१ गते र वडा नम्बर ३ लामिडाँडामा २३...
विद्यालय बन्द गरेर सरस्वती माविका शिक्षकहरु शैक्षिक भ्रमणमा

विद्यालय बन्द गरेर सरस्वती माविका शिक्षकहरु शैक्षिक भ्रमणमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १९ । खोटाङको जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका छन् । विद्यालय नै बन्द गरेर विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीसहित शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका हुन् । एक साताका लागि कात्तिक १७ गतेबाट समाविको टोली भ्रमणमा निस्किएको बताइएको छ । शिक्षकहरु भ्रमणमा निस्किएपछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ । नमुना विद्यालयको कार्यक्रम अन्तरगत शिक्षकहरु भ्रमणमा गएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख तीर्थ विश्वकर्माले बताउनुभयो । ‘उहाँहरु नमुना विद्यालयको कार्यक्रम अन्तरगत भ्रमणमा गएको भन्ने जानकारी नगरपालिकामा आएको छ ।’ उहाँले भन्नुभयो, ‘काम विशेषले केही दिन म पनि बाहिर थिएँ, त्यसैले कहिलेसम्म र कहाँ गएको भन्ने मलाई जानकारी छैन् ।’ हप...
कुलमान घिसिङ र एडिबी प्रतिनिधि दूधकोशी जलविद्युत् आयोजना स्थल रभुँवामा

कुलमान घिसिङ र एडिबी प्रतिनिधि दूधकोशी जलविद्युत् आयोजना स्थल रभुँवामा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १५  । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानी कर्ता एशियाली विकास बैंक (एडिबी) का प्रतिनिधिहरुले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरिक्षण गरेका छन् । निर्देशक घिसिङसहित एडिबी मनिला हेडक्वाटरबाट रमशे शुक्रमन्याम र एडिबीका नेपाल कन्ट्री डारेक्टर अर्नर्ड कुस्वा बुधबार (आज) आयोजना स्थल रभुँवामा आउनुभएको हो । आयोजनाको पछिल्लो अवस्थाको विषयमा बुझ्न उहाँहरु रभुँवा आउनुभएको प्राधिकरणका उपनिर्देशक एवं दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका प्रशासन प्रमुख वासु कलौनीले जानकारी दिनुभयो । उहाँहरुले आयोजनाबाट प्रभावित क्षेत्रका जनप्रतिनिधि र नागरिकसँग छलफलसमेत गर्नुभएको छ । प्रभावित क्षेत्रबाट उपस्थित रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निसा...