Sunday, August 30News That Matters

Banner News 3

दिक्तेल रुपाकोटले पाठेघरको समस्या भएका महिलाको निःशूल्क अप्रेसन गरिदिने

दिक्तेल रुपाकोटले पाठेघरको समस्या भएका महिलाको निःशूल्क अप्रेसन गरिदिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन तथा स्वास्थ्य परिक्षण गरिदिने भएको छ । काभ्रेस्थित मेमोरीयल अस्पताल बनेपामा लगेर पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन तथा स्वास्थ्य परिक्षण गरिदिने भएको हो । सामुदायिक सेवा प्रतिष्ठान मध्यपुरठिमि भक्तपुरको आर्थिक सहयोगमा नगरपालिकाले महिलाहरुको निःशूल्क उपचार गर्न लागेको जनाएको छ । केही समय अघि सबै वडामा पुगेर नगरपालिकाको स्वास्थ्य टोलीले पाठेघर खसेका महिलाहरुको पहिचान गरेको थियो । पहिलो र दोस्रो डिग्रीसम्म समस्या भएका महिलाहरुको पाठेघरमा रिङ प्रेसरी राखेर सोही समयमा उपचार गरिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । तेस्रो र चौथो डिग्री समस्या भएका महिलाहरु ३२ जना रहेका छन् । उनिहरुको अप्रेसन नै गर्नु पर्ने भएकाले मेमोरीयल अस्पताल लान...
खोटाङको लालुपाते सहकारी प्रकरणमा आठ जना पक्राउ

खोटाङको लालुपाते सहकारी प्रकरणमा आठ जना पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १२ । खोटाङको दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रकरणमा आठ जना पक्राउ परेका छन् । केही समय अघि ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले आइतबार थप ५ जनालाई पक्राउ गरेको हो । आइतबार पक्राउ पर्नेहरुमा सहकारी सञ्चालक समितिका उपाध्यक्ष अजुर्न चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) बेनु कार्कीले जानकारी दिनुभभयो । यस अघि प्रहरीले सञ्चालक समितिका अध्यक्ष अनिल जोशीका परिवारलाई पक्राउ गरेको थियो । आफूहरुले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठजना बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । बचतकर्ताले दिएको जाहेरीको ...
हलेसीमा भेटिएको ४ लाख बराबरको नगद र सुनचाँदी सम्बन्धित ब्यक्तिलाई बुझाइयो

हलेसीमा भेटिएको ४ लाख बराबरको नगद र सुनचाँदी सम्बन्धित ब्यक्तिलाई बुझाइयो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा भेटिएको नगद र सुनचाँदी सम्बन्धित ब्यक्तिलाई बुझाइएको छ । त्रिःधार्मिक स्थल हलेसी मन्दिर नजिकै रहेको ट्राफिक चोकमा भेटिएको नगद र सुनचाँदी सम्बन्धित ब्यक्तिलाई बुझाइएको हो । इलाका प्रहरी कार्यालय हलेसीमा कार्यरत सिपाही सविना तामाङले भेटाएको नगद रु ६१ हजार ५०० र सुनचाँदी कार्यालयमा राखिएको थियो । कात्तिक ४ गते साँझ करीब ६ बजे भेटिएको उक्त धनमाल अनुसन्धान पश्चात बिहिबार सम्बन्धित ब्यक्तिलाई बुझाइएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख (प्रहरी निरीक्षक) दिनेश अधिकारीले जानकारी दिनुभयो । महिलाले बोक्ने साइड ब्याग भित्र रहेको नगद र सुनचाँदी भोजपुरको सिद्धेश्वर नगरपालिका–४ का कुशल प्रधानको रहेको पाइएपछि उनलाई सामान बुझाइएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।...
खोटाङमा चिरपटले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

खोटाङमा चिरपटले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १० । खोटाङमा श्रीमानले चिरपटले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन् । ४० वर्षीय दावाले मादक पदार्थ सेवन गरी बिहिबार साँझ करीब ७ बजे ३६ वर्षिया लाक्पा डिकु शेर्पालाई चिरपट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनिहरुबीच सामान्य विवादहुँदा श्रीमानले चिरपट प्रहार गरेको बताइएको छ । श्रीमती लाक्पाको शव घरदेखि करीब २०० मिटर टाढा गोरेटो बाटोमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताउनुभयो । चिरपटले हानेर हत्या गर्ने श्रीमान दावालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।...
खोटाङको एउटै पालिकाबाट दसैँमा एक करोड ७५ लाखको खसी बिक्री

खोटाङको एउटै पालिकाबाट दसैँमा एक करोड ७५ लाखको खसी बिक्री

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ३  । खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु १ करोड ७५ लाख बराबरको खसी निर्यात भएको छ । दसैँ तिहारको अवसरमा जिल्लाको एउटै स्थानीय तह बराहपोखरी गाउँपालिकाबाट रु १ करोड ७५ लाख बराबरको खसी निर्यात भएको गाउँपालिकाको पशु शाखाले जनाएको छ । गाउँपालिकाको ६ वटै वडामा पुगेर ठेकेदारहरुले कृषकका खसी खरिद गरेका हुन् । कृषकका घरबाट खरिद गरिएको सबै खसी राजधानी काठमाण्डौं लगिएको बराहपोखरी गाउँपालिकाका पशु शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिनुभयो । ठेकेदारको ५ समुह गाउँपालिकामा खसी खरिद गर्न प्रवेश गरेको थियो । पालिकाको सबै वडाबाट खरिद गरिएको खसी खोटाङ र उदयपुरको सिमाना धाप्लाङघाटस्थित सुनकोसी नदिसम्म हिँडाएर पु¥याएका थिए । धाप्लाङघाटमा पक्की पुल नहुँदा गाडी वारपार गर्न नसक्दा उनिहरुले त्यहाँसम्म खसी हिँडाएर लगेका हुन् । धाप्लाङघाटस्थित सुनकोसी नदि पार गराएपछि भने आठ वटा ट्रक र दुई वटा बोलेरोम...
चाडपर्वको मौका पारेर दोब्बरसम्म भाडा लिदै खोटाङ आवतजावत गर्ने सुमोहरु

चाडपर्वको मौका पारेर दोब्बरसम्म भाडा लिदै खोटाङ आवतजावत गर्ने सुमोहरु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २८ । खोटाङ आवतजावत गर्ने सावारी साधनहरुले चाडपर्वको मौका पारेर दोब्बरसम्म भाडा लिने गरेको पाइएको छ । बिशेषगरी सुमोहरुले यात्रुबाट दोब्बरसम्म भाडा लिने गरेको पाइएको हो । आउँदै गरेको दशैँ, तिहार तथा छट लगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले खोटाङमा शुरु गरेको विशेष सवारी जाँच अभियानको दोश्रो दिनमै बढी भाडा लिने चारवटा यात्रुबाहक सुमो (जीप) कारबाहीमा परेका छन् । सुमो चालकले यात्रुबाट निर्धारण गरिएको भाडादरभन्दा झण्डै दोब्बर बढी भाडा लिने गरेको पाइएपछि कारबाही शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले जानकारी दिनुभयो । सहायक निरीक्षक पौडेलका अनुसार दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार १० कायम गरेको भएपनि सुमो चालक तथा सञ्चालकले विभिन्न बहानामा यात्रुबाट रु २ हजार २०० देखि रु ३ हजार ५०० सम्म भाड...
हरमटारमा चिकित्सक र ल्याबसहित चौबीसै घण्टा स्वास्थ्य सेवा पुनः सुरु

हरमटारमा चिकित्सक र ल्याबसहित चौबीसै घण्टा स्वास्थ्य सेवा पुनः सुरु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २६ । खोटाङको रावा बेसी गाउँपालिकाको केन्द्र हरमटारमा चिकित्सकसहितको चौबीसै घण्टा स्वास्थ्य सेवा सुरु भएको छ । गाउँपालिकाले स्थापना गरेको ५ शैयाको अस्तालमा पुनः चिकित्ससहितको चौबीसै घण्टा स्वास्थ्य सेवा सुरु भएको हो । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणकालागि कर्मचारी आवास भवनमा अस्थायी कोभिड–१९ अस्पतालका रुपमा २०७७ सालमा स्थापना गरिएको थियो । कोरोना सङ्क्रमण सामान्य भएसँगै अन्य कोभिड अस्पताल बन्द भए पनि रावा बेसी गाउँपालिकाले अस्पतालमा रुपान्तरण गरेको थियो । कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका थिए । तर, चिकित्सक र ल्याब टेक्नेसियनको अभावहुँदा केही समययता स्थानीय सेवाबाट बञ्चित थिए । गाउँपालिकाले पुनः चिकित्सक र ल्याब टेक्नेसियनको व्यवस्था गरेर चौबीसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले ...
हलेसी तुवाचुङका शिक्षकको तलब मासिकरुपमा सम्बन्धित व्यक्तिको बैंक खातामा

हलेसी तुवाचुङका शिक्षकको तलब मासिकरुपमा सम्बन्धित व्यक्तिको बैंक खातामा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकको तलब बैंक खाताबाट प्रदान गर्न सुरु गरेको छ । यसअघि विद्यालयको खातामा जम्मा गरिने शिक्षक र अन्य कर्मचारीको तलब सम्बन्धित व्यक्तिकै खातामा जम्मा गर्न सुरु गरेको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ लाई शैक्षिक सुधार र पूर्वधार विकास वर्षकोरुपमा लिएको नगरपालिकाले विद्यालय र शिक्षकहरुको सहजताका लागि सम्बन्धित व्यक्तिकै खातामा तलब जम्मा गर्न सुरु गरेको नगरपालिकाका सामाजिक विकास समिति संयोजक रुद्रकुमार राईले बताउनुभयो । नगरपालिका भरिका सबै शिक्षक तथा कर्मचारीको साउन, भदौ र असोज महिनाको तलब खातामा जम्मा गरिसकेको उहाँको भनाइ छ । नगरपालिका भरिका ९० वटा सामुदायिक विद्यालयका ५०० शिक्षक तथा कर्मचारीको सिधै खातामा तलब पुगिसकेको नगर शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताउनुभयो । माध्यमिक शिक्षक ५० जना, निम्नमाध्यमिक शिक्षक ३९ जना, प्...
खोटाङमा खोलामा डुबेर एक ब्यक्तिको मृत्यु

खोटाङमा खोलामा डुबेर एक ब्यक्तिको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २४ । खोटाङमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालु खोलामा डुबेर सोही ठाउँका अन्दाजी ५० वर्षका डिक कुमार राईको मृत्यु भएको हो । घर नजिकै रहेको खोलामा डुबेर मृत्यु भइसकेको अवस्थामा राई फेला परेका थिए । बुधबार बिहान करीब ९ बजे मृतक अवस्थामा फेला परेका राईको जिल्ला अस्पतालमा पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक टिरा बरालले जानकारी दिनुभयो । मृतक राईले मद्यपान अत्याधिक सेवन गर्ने गरेका थिए । मद्यपान सेवन गरेको बेला खोलामा पसेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपी यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बरालले बताउनुभयो । श्रीमतीसँग छोडपत्र गरेका राई लामो समयदेखि डिप्रेशनको बिरामी रहेको बताइएको छ ।...
श्रीमान अशक्त, श्रीमतीलाई चेस्ट ट्युमर, अप्रेसनका लागि सहयोग अपिल

श्रीमान अशक्त, श्रीमतीलाई चेस्ट ट्युमर, अप्रेसनका लागि सहयोग अपिल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २४ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित राधा बन्जरा तिम्सिनालाई चेस्ट ट्युमर रोगले सताएको पाँच वर्ष चयो । दुई पटक अप्रेसन गरे पनि ट्युमर पूर्णरुपमा ठिक नभएपछि परिवार आर्थिक संकटमा परेको छ । श्रीमान चन्द्र शेखर तिम्सिना पनि अशक्त छन् । ब्रेनमा समस्याहुँदा बेहोस जस्तै अवस्थामा श्रीमान रहेका छन् । यता श्रीमती राधाको दुई चोटी सम्म जग्गा जमिन बिक्री गरेर अप्रेसन गराईएको थियो । तर अहिले पुनः रोग बल्झिएपछि परिवार थप पिडामा पुगेको छ । ट्युमरको अप्रेसन गर्न आर्थिक अभाव भएकाले सहयोगको अपिल गरिएको छ । उपचारका लागि स्थानीय युवाहरुले आर्थिक संकलन अभियानसमेत सुरु गरेका छन् । हालसम्म केही आर्थिक जम्मा भएको स्थानीय आशिस बन्जराले बताए । हाल राधालाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा राखिएको छ । अस्पतालमा राधासँगै उनका छोरा छन् । उनि बुवालाई अस्पतालबाट घर ल्याएर आमालाई पुनः अस्पताल लिएर ...