खोटाङ र उदयपुर जोड्ने निर्माणधिन पुलको टावर ढलेपछि सामान बोकेर ६ महिनादेखि ठेकेदार गायब
राजकुमार सरगम (भट्टराई)
खोटाङ, भदौ १४ । खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणधिन रहेको झोलुङ्गे पुलको टावर गत चैतमा ढलेको थियो । केही समयभित्र पुनः टावर निर्माण गर्ने ठेकेदारले प्रतिबद्धता दिए पनि हालसम्म पुल निर्माणको काम भएको छैन् । टावर पुनः निर्माण गर्नुको सट्टा उल्टै टावरको सामान बोकेर ठेकेदार हिडेको स्थानीयको भनाइ छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने उक्त झोलुङ्गे पुल निर्माणको सम्झौता मिति सकिसकेको छ । पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको भएपनि ठेकेदारको चरम ढिलासुस्तीको कारण पुल अलपत्र छ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत तीन करोड ५० लाखमा पुल निर्माणको जिम्मा लिएका ठेकेदार बशन्त बुढाथोकी अहिले गायब छन् ।
ढिलासुस्तीमा काम भइरहेदा निर्माण सम्पन्न नहुँदै चैतम...









