Monday, August 31News That Matters

Banner News 3

ठेकेदारलाई पक्राउ गर्न दिक्तेल नगरपालिकाले लेख्यो प्रशासनलाई पत्र

ठेकेदारलाई पक्राउ गर्न दिक्तेल नगरपालिकाले लेख्यो प्रशासनलाई पत्र

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको मोटरेबल पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानूनी कारबाही गर्न भन्दै नगरपालिकाले प्रशासनलाई पत्र लेखेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पंखु खोला पुलको काम अलपत्र पार्ने सिरुवा कन्ट्रक्सन प्रालिका प्रोजेक्ट मेनेजर सन्तोष ढुंगानालाई कानुनी दायरामा ल्याउन प्रशासनलाई पत्र लेखिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । सिरुवा कन्ट्रक्सनले २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७२ असोज ६ गते ठेक्का सम्झौता गरेको थियो । तेश्रोपल्ट थप भएको २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यस यता पुलको म्याद थप नभएको पुष्पलाल (...
दर्ता नगरी सञ्चालन भएका दिक्तेलका तीन औषधि पसलमा ताला लगाइयो

दर्ता नगरी सञ्चालन भएका दिक्तेलका तीन औषधि पसलमा ताला लगाइयो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २४ । दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्था बिभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो । बिभागमा दर्ता गरेर मात्र औषधि पसल सञ्चालन गर्नु पर्ने भए पनि तीन पसलले दर्ता नगरेका कारण सिलबन्दी गरिएको बिभागमा कार्यरत नायब सुब्बा हरिस सुबेदीले जानकारी दिनुभयो । बिहिबार अनुगमनको क्रममा दिक्तेल बजारमा सञ्चालित अपोगी हेल्थ केयर एण्ड डायग्नोस्टीक सेन्टर प्रालि, ॐ हलेसी मेडिकेयर क्लिनिक र न्यु हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सु फार्मेसी दर्ता नभएको पाइएपछि सिलबन्दी गरिएको सुबेदीले बताउनुभयो । बिभागमा आवश्यक कागजातसहित उपस्थित भएर दर्ता गरेपछि मात्र पसल खोलिने बिभागले जनाएको छ ।...
सर्वाधिक पुरस्कार राशिको ‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ वैशाख ४ देखि, ८ टिमको प्रतिस्पर्धा

सर्वाधिक पुरस्कार राशिको ‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ वैशाख ४ देखि, ८ टिमको प्रतिस्पर्धा

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २३ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा २ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ आगामि वैशाख ४ गतेबाट हुने भएको छ । जन्तेढुंगा गाउँपालिका–५ खर्क खेलमैदानमा हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशिको गोल्डकपमा ८ समहुले प्रतिस्पर्धा गर्ने छन् । जन्तेढुंगा गाउँपालिकाको विशेष सहयोगमा जन्तेढुंगा खेलकुद विकास समितिले गोल्डकपको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा वैशाख ४ गते आयोजक जन्तेढुंगा फुटबल क्लब र न्यु त्रियुगा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख ५ गते हुने दोस्रो खेलमा बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ क्लबबीच खेल हुँदा तेस्रो खेलमा ६ गते भोजपुर फुटबल संघ र बेल्टार एकता क्लब भिड्ने छन् । पहिलो चरणको अन्तीम खेल ७ गते गोलबजार स्पोट्र्स क्लब र भगवती स्पोट्र्स क्लब मैदान उत्रिने आयोकज जन्तेढुंगा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिए । व...
विद्यालयलाई सिकाइ उपलब्धि बढाउने गरी कार्ययोजना बनाउन नगरपालिकाको निर्देशन

विद्यालयलाई सिकाइ उपलब्धि बढाउने गरी कार्ययोजना बनाउन नगरपालिकाको निर्देशन

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालयहरुलाई सिकाइ उपलब्धि बढाउने गरी वार्षिक कार्ययोजना बनाउन निर्देशन दिएको छ । कक्षागत नतिजा विश्लेषण गरी हालको (सक्षमता) उत्तिर्ण प्रतिशत भन्दा आगामी दिनमा सिकाइ उपलब्धि वार्षिक न्यूनतम तीन प्रतिशतको वृद्धि लक्ष्य राखेर कार्ययोजना बनाउन नगरपालिकाले निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र २०८० मा लक्ष्य निर्धारण गरेर सिकाइ उपलब्धि बढाउने गरी विद्यालयलाई निर्देशन गरिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । नगरका सामुदायिक विद्यालयहरुले वार्षिक कार्ययोजना निर्माण गरेर आगामि वैशाख १० गते भित्र नगर शिक्षा शाखामा पेश गर्न भनिएको उहाँको भनाइ छ । यस्तै, कतीपय विद्यालयमा विद्यार्थी संख्या र भर्ना संख्यामा फरक परिरहेकाले आइ.इ.एम.आइ.एस र विद्यालयमा भर्ना दरमा फरक नपर्ने गरी विद्यार्थी संख्या पेश गर्नसमेत पत्रमार्फत विद्यालयहरुलाई निर्द...
खानेपानीको समस्याले खोटाङको एक गाउँ पुरै रित्तियो

खानेपानीको समस्याले खोटाङको एक गाउँ पुरै रित्तियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, चैत १४ । खानेपानीको चरम समस्याले खोटाङको एउटा गाउँ रित्तिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ खानेपानीको समस्याले अहिले रित्तो भएको छ । करीब ५५ घर परिवार बसोबास गर्ने पुरानो गाउँमा अहिले जम्मा ४ घर मात्र बाकी रहेका छन् । ५१ घर परिवार पुरानो गाउँबाट बसाइँसराइ गएपछि अहिले गाउँ वनमारा घारीले घेरिएको छ । प्राय घरहरु लडिसकेका छन्, केही घर लड्न तरखरमा छन् । मानिसको बसोबास हुँदासम्म मकै, गहुँ, गहत, दाल प्रशस्त फल्ने बारीमा अहिले सेतो वनमारा मात्र भेटिन्छ । सगरमाथा राजमार्गले छोए पनि खानेपानीको समस्याले ग्रसीत पुरानो गाउँबासी अन्ततः गाउँ छाड्न बाध्य भएका हुन् । अहिले उक्त गाउँमा बस्दै आएका ४ घर मध्ये १ घरमा बस्दै आउनु भएका नवराज रेग्मी बाध्यताले मात्र बस्नु परेको बताउनुहुन्छ । नजिकैको महंकला आधारभुत विद्यालयको प्रधानाध्यापकसमेत ...
रावाबेँसी गाउँपालिका लिची  प्रवद्र्धनमा जुट्यो

रावाबेँसी गाउँपालिका लिची प्रवद्र्धनमा जुट्यो

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत १३ । खोटाङको रावाबेँसी गाउँपालिकाले लिचीलाई प्रवद्र्धन गर्ने भएको छ । पालिका भित्रका अधिकांश क्षेत्रमा उत्पादन भइरहेको लिची फललाई  प्रवद्र्धन गरेर लाने गाउँपालिकाले जनाएको छ । जसअनुसार गाउँपालिकाको वडा नम्बर १ कुभिण्डेका लिचीको माउबोट छानेर ट्याग लगाएको छ । लिचीको बेर्ना उत्पादनमा प्रयोग गर्नका लागि स्वस्थ र गुणस्तरिय दाना फल्ने २० बोटलाई माउबोटका रुपमा छानेर ट्याग लगाइएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राई जानकारी दिनुभयो । करिब अढाइ सय वर्ष अघिदेखि व्यवसायीक रुपमा लिची उत्पादन हुँदैआएको कुभिन्डेमा लिचीको आफै गुणस्तरिय बेर्ना उत्पादन गर्ने र बेर्ना खरिदका नाममा बाहिरिने रकमलाई गाउँमै रोक्ने लक्ष्यका साथ माउबोट छानिएको राईले बताउनुभयो । कुभिन्डेमा लिचीका ठूलाठूला करिब तीन–चार सय बोट छन् । वडा समिति, कृषि प्राविधिक, अगुवा तथा अनुभवी किसानसँगको छलफलबाट १३ किसानको बगानका २०...
खोटाङ उद्योग वाणिज्य संघको १६ गते चुनाव, अध्यक्षमा ३ जनाको भिडन्त

खोटाङ उद्योग वाणिज्य संघको १६ गते चुनाव, अध्यक्षमा ३ जनाको भिडन्त

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत १३ । खोटाङ उद्योग वाणिज्य संघको निर्वाचन १६ गते हुने भएको छ । यसअघि राजनीतिक भागबन्डाका आधारमा मिलाउने भनिए पनि अन्ततः चुनाव हुने निश्चित भएको हो । चुनावका लागि सोमबार अध्यक्षमा तीनजनाको उम्मेदावरी दर्ता भएको छ । अध्यक्षका लागि समुन्द्र प्रसाद जोशी, राजन प्रसाद आचार्य र राजेन्द्र लयालुको भिडन्त हुने पक्का भएको हो । वरिष्ठ उपाध्यक्षका लागि मनोज कुमार वजिमय, वुद्धि विनोद लुइटेल, प्रथम उपाध्यक्षका लागि विजयश्वर श्रेष्ठ, जयप्रसाद राई र द्धितीय उपाध्यक्षका लागि मणिशोभा राई र फुर्वा दोर्जी शेर्पाको उम्मेदवारी दर्ता भएको छ । महासचिवका लागि अजय बस्नेत, सुमन श्रेष्ठ, सचिवका लागि राजु श्रेष्ठ, लेख बहादुर खड्का(बिनोद) तथा कोषाध्यक्षका लागि नेत्र बहादुर कटुवाल र युधिर शाक्यको उम्मेदवारी परेको छ । खुला सदस्यमा १२ तथा महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । सात जना पदाधिकारी तथा खुल्ला ...
हलेसी तुवाचुङका विद्यालयमा एसईई मोडलमा परिक्षा सुरु, उत्कृष्ट हुनेलाई २ लाख पुरस्कार

हलेसी तुवाचुङका विद्यालयमा एसईई मोडलमा परिक्षा सुरु, उत्कृष्ट हुनेलाई २ लाख पुरस्कार

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका कक्षा ४–९ सम्मको वार्षिक परिक्षा नगरले लिन सुरु गरेको छ । विद्यार्थीको क्षमताको निष्पक्ष मुल्याङकनका लागि नगरको मातहतमा नगर स्तरीय परिक्षा सञ्चालन गरिएको मेयर विमला राईले बताउनुभयो । विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परिक्षण गर्दा विद्यार्थीको सही मुल्याङकन हुन नसकेकाले (एसईई) मोडलमा परिक्षा सञ्चालन सुरु गरिएको मेयर राईको भनाइ छ । नगरपालिकाको मातहतमा प्रश्नपत्र तयार पारेर बिहिबारबाट परिक्षा सुरु गरिएको छ । नगरपालिका भित्रका ९० वटा सामुदायिक विद्यालयमध्ये ७० वटा विद्यालयलाई परिक्षा केन्द्र तोकिएको शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । सबै परिक्षा केन्द्रमा फरक विद्यालयका शिक्षकलाई केन्द्र अध्यक्ष बनाएर परिक्षा सञ्चालन भएको उहाँको भनाइ छ । नगर स्तरीय परिक्षा सञ्चालन गरिरहेको नगरपालिकाले उत्कृष्ट अंक ल्याउने...
अहिलेको सरकार आगामि वर्षको बजेट ल्याउन नसक्ने अवस्थामा छ

अहिलेको सरकार आगामि वर्षको बजेट ल्याउन नसक्ने अवस्थामा छ

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, चैत ९ । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले अहिलेको संघीय सरकारले आगामि आर्थीक वर्ष २०८०\०८१ को बजेट ल्याउन नसक्ने अवस्थामा रहेको दावी गरेका छन् । एमालेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्यक्रममा खोटाङ आएका रायामाझीले यस्तो दावी गरेका हुन् । नेकपाकोे सरकार ढालेर बनेका नयाँ सरकारले दुई वर्षको अन्तरालमा महंगी मात्र बढाएको रायमाझीको भनाइ छ । ‘एमालेको सरकार ढालेर अन्य सरकार बनकोे यो दुई वर्ष कहालीलाग्दो छ । महंगी उकालो लागेको छ, तर विकास ठप्प छ । यो सरकार आगामि बजेट ल्याउन नसक्ने अवस्थामा छ, धेरै बजेट कटौती हुनेवाला छ ।’ उनले भने, ‘त्यही पनि यस्तो सरकारमा जान राजनीतिक दलको कुटाकुट छ । राजनीतिमा इमानदारीता भन्ने हराएको छ ।’ तासको जोकरले बाजी मार्छ तर मान्छे जोकर भएर देश खक्तम भएको रायमाझीको टिप्पणी छ । जसले गर्दा देशको राजनीतिमा खतरा देखिएको उनको भनाइ छ । एमाले...
हलेसी तुवाचुङका सबै कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

हलेसी तुवाचुङका सबै कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँहरुमा मादक पदार्थ सेवन (मापसे) परिक्षण गर्ने भएको छ । शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगिहरुले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परिक्षण गर्ने निर्णय गरिएको मेयर विमला राईले जानकारी दिनुभयो । मंगलबार बसेको नगर कार्यापालिकाको बैठकलले ब्रेथलाइजरबाट मापसे परिक्षण गर्ने मेशिन खरिद गर्ने निर्णय गरेको छ । नगरपालिकाले ७ वटा मेशिन खरिद गरेर नगर भित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा दिने निर्णय गरिएको मेयर राईले बताउनुभयो । ‘केही विद्यालयमा शिक्षकहरु मापसे गरेर विद्यालय आउने गरेको गुनासो आएको छ । स्वास्थ चौकिमा केही स्वास्थ्य कर्मी पनि मापसे गरेर आउने गरेका रहेछन् । अझ वडा कार्यालयमासमेत सहयोगि कर्मचारीहरु मापासे गरेर कार्यालय नै नियमित नआएने गरेको गुनासो ...