Monday, August 31News That Matters

Banner News 3

युवा संघ खोटाङमा विवाद, एकतर्फ नयाँ नेतृत्व घोषणा, अर्को तर्फ विज्ञप्ति

युवा संघ खोटाङमा विवाद, एकतर्फ नयाँ नेतृत्व घोषणा, अर्को तर्फ विज्ञप्ति

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन २६ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल खोटाङमा विवाद देखिएको छ । हलेसीमा भएको छैटौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनको विषयमा विवाद देखिएको हो । संघका केन्द्रीय महासचिव क्षितिज थेवेको प्रमुख आतिथ्यमा बिहिवार अधिवेशनको उद्घाटन भएको थियो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल पनि गठन गरिएको थियो । अध्यक्षमा ६ जना आकांक्षी देखिएका थिए । बिहिबार अधिवेशन हलेसीमा उद्घाटन भए पनि शुक्रबार दिक्तेलस्थित एमालेको पार्टी कार्यालयमा आएर रोसन चाम्लिङ राईको नेतृत्वमा ५९ सदस्यीय कमिटी घोषणा गरिएको छ । जसमा उपाध्यक्षमा रामकृष्ण राई ,सचिवमा सविन राई ,उप– सचिवमा सुरेस राई र लक्ष्मी गुरुङ, कोषाध्यक्षमा भैरव बस्नेत चयन गरिएको छ । तर युवा संघमा आबद्ध युवाहरुको भावना र विधान विपरित पार्टीका नेतृत्वले बन्द कोठाबाट नेतृत्व घोषणा गरेकाले गम्भिर आपत्ति भएको भन्दै युवा संघको एक समुहल...
हलेसी तुवाचुङ नगरपालिकाका १७ जना पूर्व महिला जनप्रतिनिधि सम्मानित

हलेसी तुवाचुङ नगरपालिकाका १७ जना पूर्व महिला जनप्रतिनिधि सम्मानित

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १७ जना पूर्व महिला जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले बुधबार दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकामा निर्वाचित कतीपय महिला जनप्रतिनिधि पछिल्लो समय हराइरहेकाले हौसलास्वरुप उहाँहरुलाई सम्मान गरिएको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईले बताउनुभयो । पूर्व महिला जनप्रतिनिधिलाई सम्मानसँगै महिला दिवसको अवसरमा सचेतना मुलक ¥याली, कर्मचारीहरुको सामुहिक स्वागत नृत्य, झाँकी, तामाङ सेलो, साकेला नाँच, बालन, करातेको डेमो प्रदर्शनी लगायतका कार्यक्रम नगरपालिकाले आयोजना गरेको थियो । नगरपालिकाको आयोजनामा हलेसी मन्दिरको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्न पुर्वशहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री,...

हलेसीबाट पूर्वमन्त्री झाँक्रीको उद्घोष राष्ट्रपतिको निर्वाचनपछि राजनीतिले स्थायित्व प्राप्त गर्नेछ

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन २४ । नेपाल सरकारका पूर्वशहरी विकास मन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि राजनीतिले स्थायित्व प्राप्त गर्ने बताउनुभएको छ । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हलेसी मन्दिरको प्रांगणबाट राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक स्थिरताको नयाँ कोर्ष सुरु हुने बताउनु भएको हो । ‘राष्ट्रपतिको विषयमा हाम्रो पार्टीले निर्णय गरिसकेको छ, अब आउने नयाँ राष्ट्रपतिको गर्दैगर्दा राष्ट्रिय राजनीतिमा नयाँ कोर्ष अगाडी बढ्नेछ, राजनीतिले स्थायित्व प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।’ पूर्वमन्त्री झाँक्रीले भन्नुभयो, ‘एउटै दलले एकै पटकमा बहुमत प्राप्त नगरेकाले दुईभन्दा बढी दल मिलेर सरकार बन्ने सन्दर्भमा कहिले काँही गरिएका असल अभ्यासहरु नैतिकताको कसीमा ठिक लाग्दैन । तर,...
शान्ति सम्झौता टुङ्गोमा पुर्‍याउन माग गर्दै वाइसिएल खोटाङको ज्ञापन–पत्र

शान्ति सम्झौता टुङ्गोमा पुर्‍याउन माग गर्दै वाइसिएल खोटाङको ज्ञापन–पत्र

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन २३ । सरकार समक्ष शान्ति सम्झौता टुङ्गोमा पु¥याउन माग गर्दै नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल खोटाङले ज्ञापन–पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइँमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिहंदरबारलाई मंगलबार वाइसिएल खोटाङले बुझाएको ज्ञापन–पत्रमा शान्ति सम्झौता चाडै टुङ्गोमा पु¥याउनु पर्ने लगायत पाँच बुँदे माग रहेका छन् । देशमा शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादी बीच भएका १२ बुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका बिरुद्ध चलखेल भइरहेकाले गम्भिर ध्यानाकर्षण भएको वाइसिएल खोटाङले जनाएको छ । तसर्थ शान्ति क्रियाका बाँकी काम सक्न, द्धोन्दकालीन घटनाका पीडित नागरिक एवं उनिहरुका परिवारलाई न्याय दिन वाइसिएलले माग गरेको छ । यस्तै, व्यवस्था विरुद्धको गतिविधि नियन्त्रण गर्न र संविधानको रक्षा गर्न, जनयुद्ध, जनआन...
महिला दिवसमा पूर्व मन्त्री झाक्री, कांग्रेस केन्द्रीय सदस्य खतिवडा र प्रेरक वक्ता मानव हलेसी आउने

महिला दिवसमा पूर्व मन्त्री झाक्री, कांग्रेस केन्द्रीय सदस्य खतिवडा र प्रेरक वक्ता मानव हलेसी आउने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गतेका दिन मनाइने १३३ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्यताका साथ मनाउने भएको छ । देशका दुई चर्चित महिला नेता, सामाजिक अभियान्ता प्रेरक वक्तासहितको उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्न पुर्वशहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा र प्रेरक वक्ता सुमी मानव हलेसी आउने नगरपालिकाका मेयर बिमला राईले जानकारी दिनुभयो । राईले भन्नुभयो, ‘उहाँहरु नेपालको उच्च ठाउँमा पुग्नु भएको छ । हरेक म्हिलाहरुलाई त्यो ठाउँमा पुग्ने मन हुन्छ, अझ भनौँ उहाँहरुको कुरा सुनेर सबैलाई प्रेरणा मिलोस् की त्यो ठाउँमा पुग्ने सबैको इच्छा चाहना बनोस् । त्यसैले उहाँहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको हो ।’ अहिले हरेक व्यक्ति, परिवार र...
देशभरका चाम्लिङ राईहरुको खोटाङमा भेला, मेयर भट्टराई सम्मानित

देशभरका चाम्लिङ राईहरुको खोटाङमा भेला, मेयर भट्टराई सम्मानित

Banner News 3, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २२ । देशभरका चाम्लिङ राईहरु खोटाङमा भेला भएका छन् । चाम्लिङ राई भाषा सम्बन्धि कार्ययोजना निर्माणका लागि पुर्वको ईलाम, झापा, धनकुटा, सुनसरी, उदयपुरदेखि काठ्माडौंसम्मका १२ जिल्लाका चाम्लिङ राई दिक्तेलमा भेला भएका हुन् । किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एबं किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेलामा पुर्व–पश्चिमका चाम्लिङ राई एउटै थलोमा भेला भएका हुन् । चाम्लिङ राई समुदायको बाहुल्यता रहेको ठाउँका विद्यालयमा चाम्लिङ भाषाको पठन–पाठनलाई व्यापक बनाउने र चाम्लिङ भाषी समुदायको बाहुल्यता रहेको स्थानीय तहमा चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने कार्ययोजना निर्माणका लागि तीन दिने भेला आयोजना गरिएको खाम्बातिमका खाम्वातिमका महासचिव जितकुमार राईले बताउनुभय...
बाक्सीलामा निर्माणधिन ११ करोडको सव–स्टेशन अलपत्र

बाक्सीलामा निर्माणधिन ११ करोडको सव–स्टेशन अलपत्र

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, फागुन १९ । खोटाङमा निर्माणधिन रहेको ११ करोड लागतको सव–स्टेशन अलपत्र परेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीस्थित विद्युत प्राधिकरणको सव–स्टेशन लामो समयदेखि अलपत्र छाडिएको हो । निर्माणस्थलमा सव–स्टेशनको विद्युतीय उपकरणहरु असरल्ल छरिएका छन् । कतिपय उपकरण पानीले भिज्दा बिग्रीने भएपनि खुला आकाशमा राखिएको छ । खुला चौंर भरी थुपारिएका महंगा उपहकरणहरु काम नलाग्ने अवस्थामा पुगेको अनुमान छ । कतिपय संरचनाको पिलर मात्र ठड्याइएको छ भने क्वाटर र कन्ट्रोल बिल्डिङको निर्माणको काम पनि पुरा भएको छैन् । खुला चौरमा छोडिएको सामान हेर्दा राज्यमा नियमन गर्ने कुनै निकाय नै छैन जस्तो देखिने स्थानीय नागरिक बताउछन् । बिराटनगरमा रहेका ट्रान्सफर्मरहरु निर्माणस्थलमा नलगिएको बताइएको छ । भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इन्जियरिङ लिमिटेडले बुईपा–बाक्सिला प्रशारण ल...
‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक ताम्राकारको निधन

‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक ताम्राकारको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १९ । ‘प्रेमपत्र लेख्दै पातपातमा’ चर्चित गीतका गायक आशिष ताम्राकारको निधन भएको छ । २०३५ साल जेठ ७ गते जन्मिएका गायक ताम्राकारको टिचिङ अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ७.२५ बजे ४४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ताम्राकार काठ्माठौं सिनामंगलमा परिवारसहित बस्दै आउनुभएको थियो । कलेजो, मिर्गौला लगायतको समस्यबाट पिडित गायक ताम्राकार दुई तीन हप्तादेखि बिरामी हुनुहुन्थ्यो । उहाँलाई केही समय अल्कामा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो । ताम्राकारका आखिर, प्रेमपत्र लगायतका एल्बम प्रकाशित छन् । उहाँका ‘प्रेमपत्र लेख्दै पातपातमासहित, मलाई पनि सँगै लैजाउ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौं गीत चर्चित छन् । उहाँका श्रीमती र दुई छोरी छन् । ताम्राकारको पशुपति आर्यघाटमा दाहसंस्कार ग...
ज्येष्ठ नागरिक र पूर्व स्वयंसेविकलाई सम्मान, दीर्घरोगिलाई नगद, विपन्नलाई मिटर बक्स प्रदान

ज्येष्ठ नागरिक र पूर्व स्वयंसेविकलाई सम्मान, दीर्घरोगिलाई नगद, विपन्नलाई मिटर बक्स प्रदान

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १७ । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डेका ज्येष्ठ नागरिक र पूर्व स्वयंसेविकालाई सम्मान गरिएको छ । बुधबार वडा कार्यालयले एक कार्यक्रम आयोजना गरेर ८० वर्ष माथिका वडाका ३६ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको स्वस्थताका लागि हर्लिक्स पनि प्रदान गरिएको उहाँको भनाइ छ । यस्तै, २ पूर्व स्वयंसेविका सावित्रादेवी निरौला र अदिरानी राईलाई मायाको चिनो करुवासँगै दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको वडाध्यक्ष राईले बताउनुभयो । सोही कार्यक्रममा वडाका दीर्घरोगिहरुलाई नगद पनि सहयोग गरिएको छ । सधै औषधि खरिद गर्न बाध्य डम्बरकुमारी विश्वकर्मा, दिलबहादुर विश्वकर्मा र धनकुमारी सार्कीलाई वडाको तर्फबाट नगद ५/५ हजार सहयोग प्रदान गरिएको उहाँको भनाइ छ । यस्तै, आफैले खरिद गरेर प्रयोग गर्न नसक्ने अवस्थाका...
खोटाङमा भूमि प्राप्तिका लागि ७ सय ७९ वटा निवेदन

खोटाङमा भूमि प्राप्तिका लागि ७ सय ७९ वटा निवेदन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १६ । खोटाङमा जग्गा प्राप्तिका लागि ७ सय ७९ वटा निवेदन संकलन भएको छ । जिल्लाका दश वटै पालिकाबाट भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिका लागि निवेदन दिएका हुन् । राष्ट्रिय भूमि आयोगले भदौ १ गते सूचना प्रकाशन गरेर ३५ दिन भित्र निवेदन दिन सक्ने बताएको थियो । तर संघ तथा प्रदेशको निर्वाचन मिति घोषणा भएपछि भदौ २९ गते निवेदन संकलन गर्न रोक लगाइएको थियो । पुनः मंसिर २८ गतेबाट पुस २ गतेसम्म गरी दुई चरणमा निवेदन संकलन गरिएको भूमि आयोक खोटाङ सदस्य–सचिव एवं नापी कार्यालय खोटाङका प्रमुख मदन खत्रीले जानकारी दिनुभयो । जिल्लाका सबै पालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम सम्बन्धित वडा कार्यालयमा आएको निवेदन संकलन पश्चात दाविबिरोधका लागि ७ दिनको सूचना वडाले निकालेको थियो । निवेदन संकलनसँगै दावीबिरोध आएको अवस्थामा त्यसको हे...