Monday, August 31News That Matters

Banner News 3

विद्यालयमा राजनीतिकरण : व्यवस्थापन समितिमा पार्टीगत चुनाव हुँदा एमाले विजयी

विद्यालयमा राजनीतिकरण : व्यवस्थापन समितिमा पार्टीगत चुनाव हुँदा एमाले विजयी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ५ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित शारदा माध्यमिक विद्यालयमा राजनीतिकरण भएको छ । विद्यालयको व्यवस्थापन समितिमा राजनीतिक दलको आधारमा चुनाव भएको छ । विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएसँगै गत माघ २७ गते नयाँ समिति गठनका लागि विद्यालयले अभिभाबकलाई पत्र काटेर बोलाएको थियो । तर नयाँ समिति गठनमा राजनीतिकरण हुँदा सर्वसम्मत समिति गठन हुन सकेन् । २७ गतेको अभिभाबकको भेलामा करीब २५ जनाले समितिमा बस्न आकांक्षा ब्यक्त गरेको प्रधानाध्यापक हर्क बहादुर कार्कीले बताउनुभयो । आकांक्षीहरु धेरै भएपछि सर्वसम्मतका लागि धेरै पटक छलफल गर्दा पनि सहमति हुन नसकेको उहाँको भनाइ छ । केही ब्यक्तिले नाम फिर्ता लिए पनि समितिमा आवश्यक भन्दा धेरै आकांक्षी पछि नहटेपछि शुक्रबार चुनाव भएको छ । २ महिला र २ पुरुष सदस्यका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । पटक पटकको छलफलमा सहमति नजुटेपछि अ...
दिक्तेलमा १०३ वर्षका वृद्धसहित ६४ जनाको मोतिविन्दुको शल्यक्रिया

दिक्तेलमा १०३ वर्षका वृद्धसहित ६४ जनाको मोतिविन्दुको शल्यक्रिया

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ११ सय बढीले सेवा लिएका छन् । जिल्ला आयुर्वेद अस्पतालमा मंगलबारदेखि बिहिबारसम्म तीन दिनसम्म सञ्चालन भएको शिविरमा ११ सय ३७ जनाले आँखा परिक्षण गराएको नगरपालिकाले जनाएको छ । शिविरमा ६४ जनाको शल्यक्रिया गरिएको छ । १ सय ३ वर्षका बृद्धदेखि दुवै गोडा नभएका अपांगता भएका ब्यक्तिसम्मको शिविरमा शल्यक्रिया गरिएको नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो । जिल्ला अस्पताल चोक निवासी १ सय ३ वर्षिय खड्ग बहादुर राउतको सफलता पूर्वक सम्पन्न भएको छ । जन्मजातै अपांगता भएका (दुवै गोडा) नभएका रावा बेसी गाउँपालिका–६ हौँचुरका ६० वर्षिय पुर्ण गुरुङको पनि आँखाको मोतिविन्दुको शल्याक्रिया गरिएको छ । शिविरमा ९ जनाको टेरिजिएम शल्यक्रिया, ३ जनाको इन्ट्रोपिएन शल्यक्रिया गरिएको छ । सोही शिविरमा...
खोटाङ : बनमा लागेको डढेलोले दुई घर र चौपाया जल्यो, १० लाख बराबरको क्षति

खोटाङ : बनमा लागेको डढेलोले दुई घर र चौपाया जल्यो, १० लाख बराबरको क्षति

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुईवटा घर र एकवटा गोठ जलेर नष्ट भएको छ । । बनमा लागेको डढेलोले घर र गोठ जल्दा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बुधबार दिउँसो साढे दुई बजे दुर्छिमको आमकासुकसे सामुदायिक बनमा लागेको आगो अचानक हावाले उडाई ल्याउँदा बस्नेतको ढुंगा र माटोले बनेको फुसको छानो भएको दुई तलाको दुई वटा घर र काठले बनेको गाईबस्तु राख्ने एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगोले दुईवटा घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद १ लाख, सुन ४ तोला, चाँदी २ तोला र गोठमा रहेको गाईको बाछी १ वटा तथा १ वटा बाख्रा पूर्णरुपमा जलेको छ । आगोलाई स्थानीय र प्रहरीले साँझ ६ बजेर ४० मिनेटमा नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।...
राष्ट्रपति जो भए पनि गठबन्धन टुट्दैन् : सांसद पासाङ

राष्ट्रपति जो भए पनि गठबन्धन टुट्दैन् : सांसद पासाङ

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन ४ । नेकपा माओवादी केन्द्रका नेता तथा खोटाङ प्रतिनिधि सभाका सांसद रामकुमार राई (पासाङ) ले राष्ट्रपति जो भए पनि गठबन्धन नटुट्ने बताउनुभएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनले सत्ता गठबन्धनप्रति आशंका उत्पन्न भइरहेको बेला सांसद राईले यस्तो बताउनुभएको हो । बिहिबार खोटाङ सदरमुकाम दिक्तेलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम बोल्दै राईले भन्न्ुभयो, ‘राजनीतिमा भएको पछिल्लो समिकरण राष्ट्रपतिको चुनावमा टुट्दैन । किन भने यो समिकिरण जे थियो राष्ट्रपतिको चुनावले छेदविछेद हुँदैन । राष्ट्रपति राष्ट्रि सहमतिमै हुन्छ, तर गठबन्धनको एउटा आधार तयार भइसकेको छ, अब त्यति सजिलै अर्को सरकार बन्दैन् । केही दलहरु सरकारबाट बाहिरीने भित्रीने चलिरहन्छ यो संविधान अनुसार नै हो यसलाई सत्ताको खेल भन्न मिल्दैन् ।’ माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्प कम...
खोटाङमा प्रहरीसँग हात हालाहाल हुँदा एक किशोर घाईते

खोटाङमा प्रहरीसँग हात हालाहाल हुँदा एक किशोर घाईते

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १ । खोटाङमा प्रहरीसँग हात हालाहाल हुँदा एक किशोर घाईते भएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान सागर राई र सोही ठाउँका १४ वर्षीय अशोक दाहालबीच हात हालाहालहुँदा दाहाल घाईते भएका हुन् । सामान्य विषयमा विवाद हुँदा राई र दाहालबीच सोमबार बिहान करीब ९ बजे हात हालाहाल भएको थियो । दाहालले हात हालेपछि प्रहरी जवान राईले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आफुमाथि कुटपिट भएको भन्दै दाहाल पुःन हतियारसहित प्रहरीमाथि जाइलागेपछि उनीमाथि थप कुटपिट भएको थियो । दाहालमाथि प्रहरी हवल्दार प्रभुराम बास्तोलाले पनि कुटपिट गरेको आमा मुना दाहालले दावी गरिन् । केही समयअघि एपेन्डिसाइटको अप्रेसन गरेका दाहालको निरन्तर पेट दुखेपछि एम्बूलेन्समार्फत जिल्ला अस्पताल दिक्तेल लगिएको छ । कुटपिटमा संलग्न प्रहरी जवान राईलाई छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा...
डिपिआर निर्माणमा गाउँपालिकाको लापर्बाहीले १० शैयाको अस्पताल अलपत्र

डिपिआर निर्माणमा गाउँपालिकाको लापर्बाहीले १० शैयाको अस्पताल अलपत्र

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, माघ २६ । खोटाङको रावा बेसी गाउँपालिकाले डिपिआर निर्माणमा लापर्बाही गर्दा १० शैयाको अस्पताल अलपत्र परेको छ । गाउँपालिका–२ खार्पामा निर्माणधिन रहेको अस्पताल भवनको डिपिआर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत नगरेपछि निर्माणको काम अघि बढ्न नसकेको हो । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीति अनुसार १० शैयाको अस्पताल निर्माण गर्न सरकारले रावा बेसी गाउँपालिकालाई भवनको नक्सा पठाएको थियो । ०७७ मङ्सिर १५ गते स्वास्थ्य चौकी खार्पालाई १० शैयाको अस्पतालमा रुपान्तरण गर्नेगरी तत्कालिन संघीय सांसद विशाल भट्टराई र तत्कालिन गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले भवनको शिलान्यास गर्नुभएको थियो । ७ करोड ५७ लाख ५१ हजार ६ सय २ रुपैयाँ ८७ पैसा (भ्याट सहित) मा ३७ महिनामा काम सक्ने गरी ०७८ असार २१ गते महादेव खिम्ती अन्जान रुजन जे.भिले भवन निर्माणको सम्झौत...
बिजयखर्क लिफ्टिङ खानेपानी आयोजनामा राजनीति

बिजयखर्क लिफ्टिङ खानेपानी आयोजनामा राजनीति

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, २५ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित साप्सु खोला लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु भएको छ । संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयमार्फत प्राप्त भएको २९ करोड (भ्याट सहित) मा निर्माण सुरु गरिएको लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु गरिएको हो । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ जेठमा सम्झौता गरिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका क्रममा विवाद निस्किएको हो । वडामा पार्टीलाई पुग्ने लाभ र हानीको हिसाव किताव गर्न थालिएका कारण लिफ्टिङ खानेपानी योजनामा बखेडा निस्किएको हो । साप्सु खोला लिफ्टिङ खानेपानी योजना ठेक्का प्रकृयाबाट सञ्चालन भइरहेको छ । एमाले वडा कमिटि अध्यक्ष एबं वडासदस्य युवबहादुर कार्की, नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष पुष्पलाल खनाल र सरोकारवालाकोतर्फबाट प्रेम खनालले संयुक्त विज्ञाप्ती जारी गर्दै सरोज राई अध्यक्ष रह...
मन्त्री र सचिवको घर छेउको विद्यालय ०२७ सालदेखि एउटै भवनमा

मन्त्री र सचिवको घर छेउको विद्यालय ०२७ सालदेखि एउटै भवनमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २५ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पा हुलाकीस्थित कालिका आधारभुत विद्यलाय वि.स. २०२७ सालमा स्थापना भएदेखि अहिलेसम्म एउटै भवनमा सिमित छ । विद्यालय छेउका घरका ब्यक्तिहरु मन्त्री भए सचिव भए तर विद्यालयमा कसैको नजर गएन । विद्यालय स्थापना कालमा जन्मिएका मानिसहरु बृद्ध अवस्थामा पुगिसके । तर विद्यालयको भवनले भने अहिले पनि युवा नै हुनु परेको छ । ०२७ सालदेखि उक्त भवन भित्र बसेर विद्यार्थीहरुले आफ्नो भविष्य निर्माण गरिरहेका छन् । विद्यालय छेउका मानिसहरु नेपाल सरकारको शिक्षा मन्त्री र सचिवसम्म भएका छन् । तर विद्यालयको भवनले त्यनै ब्यक्तिहरुलाई कुरीकुरी गरिरहेको छ । नेकपा माओवादीका नेता तथा नेपाल सरकारका पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल, गृह सचिव पदम पोखरेल र सरकारका सचिव देवराज पोखरेलको घर कालिका आधारभुत विद्यालय नजिकै छ । गृह सचिव भइसक्नु भएका पोखरेलले अध्...
दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती

दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २३ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती भएको छ । करीब एक घण्टाको दुरीमा पालिका केन्द्र र बैंक रहदा सास्ती खेप्नु परेको नागरिकले गुनासो गरेका छन् । सामान्य कागजपत्र नमिलेर बैंक र पालिका कार्यालय २/३ पटकसम्म ओहोरदोहोर गर्दा पुरै एक दिन लाग्ने गरेको नागरिकहरुले गुनासो गरेका हुन् । गाउँपालिकाको केन्द्र वडा नम्बर ५ स्थित याङसोलाटारमा रहेको छ । पालिका भित्र रहेको एक मात्र बैंक सानिमा बैंकको कार्यालय वडा नम्बर २ स्थित ओख्रेमा छ । पैदल हिडेर पालिका कार्यालयबाट बैंकसम्म पुग्न करीब एक घण्टा लाग्छ । सवारी साधन हुनेलाई धेरै समस्या नभएपनि नहुनेले सास्ती खेप्नु परेको डाँडागाउँका स्थानीय रोसन रोक्काले बताउनुभयो । ‘खास भन्ने हो भने यो उपभोक्ता समितिमा बस्नेहरुलाई धेरै समस्या हुँदो रहेछ । वडाबाट सिफारिस लिएर पालिका आयो अनि बैंकमा गयो । कहिलेकाहीँ का...
भीमकन्या प्राविको कन्त विजोग : डेढ वर्षदेखि कार्यालय सहयोगी मात्र, भवन पनि जीर्ण

भीमकन्या प्राविको कन्त विजोग : डेढ वर्षदेखि कार्यालय सहयोगी मात्र, भवन पनि जीर्ण

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, माघ २२ । खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो । २०७८ भदौ १२ गते उक्त विद्यालयमा रहनु भएका एक जना शिक्षक सरुवा भएर गएपछि विद्यालयको पुरै जिम्मा कार्यालय सहयोगी हिरा थापा मगरको काँधमा आएको हो । कक्षा १–३ सम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले १४ जना विद्यार्थी अध्ययनरत छन् । ३ वटै कक्षाका विद्यार्थीलाई डेढ वर्षदेखि कार्यालय सहयोगी मगरले अध्यापन गराइरहनु भएको छ । विद्यालयमा अन्य शिक्षक नभएपछि विरामी हुँदासमेत विद्यालय जानु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । ‘विद्यालय बन्द गर्न मिलेन, त्यसैले विरामी हुँदा पनि जानु पर्ने समस्या छ । ओढ्ने ओछ्याउने कपडा लिएर जान्छु विद्यालय र आराम गर्दै विद्य...