हलेसी तुवाचुङमा फस्टाउदै कपास खेती
खोटाङ, मङ्सिर १६ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा कपास खेती फस्टाउदै गएको छ । दुई वर्ष अघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेती अहिले फस्टाउदै गएको हो ।
आर्थीक वर्ष २०७७/०७८ मा १० लाख बजेट बिनियोजन गरेर कपास खेतीलाई प्रवद्र्धन गर्न सुरु गरेको नगरपालिकाले अहिले पनि निरन्तर दिदै आएको छ । पुर्खाको पालामा हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका धेरै ठाउँमा कपास खेती हुने गरेको थियो । कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको त्यस क्षेत्रका पुर्खाहरुको भनाइ छ । लोपोन्मुख बनेको कपास खेती र खाँडीका कपडाको संरक्षण र प्रवद्र्धन गर्नु नगरपालिकाको दायित्व रहेकाले बजेट बिनियोजन गरेरै काम सुरु गरिएको नगरपालिकाका मेयर बिमला राईले बताउनुभयो ।
‘म यस नगरको उपमेयर हुँदै गर्दा मेरै नेतृत्वमा कपास खेती प्रवद्र्धन कार्यक्रम सुरु गरिएको थियो । सुरुमा हामीले विभिन्न समुह मार्फ...






