Monday, August 31News That Matters

Banner News 3

हलेसीकी डेनिका विश्व च्याम्पियनसिप खेल्न थाइल्यान्ड जाँदै, नगरले गर्यो आर्थीक सहयोग

हलेसीकी डेनिका विश्व च्याम्पियनसिप खेल्न थाइल्यान्ड जाँदै, नगरले गर्यो आर्थीक सहयोग

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २९ । विश्व मुवाँथाई च्याम्पियनसिपको १७औं संस्करणमा प्रतिस्पर्धा गर्न दुई नेपाली खेलाडी थाइल्यान्ड जाने भएका छन् । पटायामा नोभेम्बर १५ देखि नोभेम्बर २२ सम्म हुने प्रतियोगिताका लागि गुणराज रुचाल र डेनिका राई थाइल्यान्ड जाने भएका हुन् । गुणराजले पुरुष ५७ केजी तौल समूह र डेनिका राईले महिला ४८ केजीमा प्रतिस्पर्धा गर्ने बताइएको छ । डेनिका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी हुन् । विश्व मुवाँथाई च्याम्पियनसिप खेल्न बिदेश जानेभएपछि नगरपालिकाले उनलाई आर्थीक सहयोग गरेको छ । च्याम्पियनसिप खेल्न जान आर्थीक अभाव भएपछि उनका बुवा एकप्रसाद राईले नगरपालिकामा आर्थीक सहयोगको लागि निवेदन दिएका थिए । सोही अनुसार नगरपालिकाले रु १ लाख सहयोग गरेको मेयर विमला राई बताउनुभयो । थाइल्यान्ड जाने नेपाली टिमलाई नेपाल मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले शुभकामनासहित बिदाइ गरेका छन् ।...
ढल फुटेर दुर्घटनाको जोखिम भएको भन्दै स्थानीयले गरे सडक बन्द

ढल फुटेर दुर्घटनाको जोखिम भएको भन्दै स्थानीयले गरे सडक बन्द

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २६ । जिल्ला अस्पताल–दोर्पा दुम्ली सडक खण्ड अन्तरगत थर्पुचोकस्थित सडकको बिचमा बार लगाएर स्थानीयले सडक बन्द गरेका छन् । बीच सडकमा ढल फुट्दा सवारी साधन आवतजावसँगै स्थानीयलाई यात्रा गर्न सास्ती भएकाले सडक बन्द गरिएको स्थानीयले बताएका छन् । करीब ४ महिना अगाडि सडकको बिचमा ढल फुटेर समस्या उत्पन्न भएपनि सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो नदिएकाले सडक बन्द गर्न बाध्य भएको स्थानीयको भनाइ छ । करीब ५ मिटरको चौडाइ रहेको उक्त सडकको ३ मिटर जती भाग फुटेको छ । बीचमा गाडीको टायर राखेर सवारी साधान वारपार गर्ने गरिएको छ । पशुचौपाय हिड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरुको भनाइ छ । बिशेषगरी बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन हुनेगरेको स्थानीय हिरालाल रिजालले बताउनुभयो । सोही ठाउँमा केही दिन अगाडि विद्युतको पोलमा ठोक्कीएर बस दुर्घटनासमेत भएको थियो । दुर्घटनामा एउटा...

चुनाव जिताउनुहोस्, बङ्सिलाघाट र धाप्लाङघाटमा पुल हामी बनाउछौँ : भुपेन्द्र राई

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । आसन्न मंसिर ४ गतेको आम निर्वाचनमा खोटाङ जिल्लामा जनताले गठबन्धनलाई जिताएमा बङ्सिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण गर्ने जिम्मा गठबन्धनले लिने प्रदेशसभा ‘ख’ का उम्मेद्वार भुपेन्द्र राईले बताउनुभएको छ । जन्तेढुंगाको चिसापानी बजारमा शुक्रबार भएको चुनावीसभालाई सम्बोधन गर्दै बाम–लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार कांग्रेस प्रदेश नम्बर एकका महामन्त्री राईले यस्तो बताउनुभएको हो । खोटाङ प्रदेशसभा ‘ख’ को नाका अर्थात बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका जोड्ने धाप्लाङघाटस्थित शुनकोशी नदिमा लामो समयदेखि १५ प्रतिशत मात्र काम भएर पुल अलपत्र बनेको छ । गठबन्धन विजयी भएमा उक्त अलपत्र बनेको पुल र बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बङिसलाघाटस्थित शुनकोशी नदिमा पक्की पुल निर्माणको जिम्मा लिने राईको भनाइ छ । ‘२०५६ सालमा...
पञ्चदोबाटो–ढकालबेँसी सडक पक्की र दिखुवा खोलामा पुल निर्माणकालागि १० करोड बजेट विनियोजन

पञ्चदोबाटो–ढकालबेँसी सडक पक्की र दिखुवा खोलामा पुल निर्माणकालागि १० करोड बजेट विनियोजन

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २५ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित पञ्चदोबाटोदेखि वडा नम्बर १५ विजयखर्कको वडा कार्यालय, स्वास्थ्य चौकी हुँदै ढकालबेँसीसम्मको १७ किलो मिटर सडक पक्की हुने भएको छ । उक्त सडक पक्की गर्न र सोही वडा र खाल्लेको बिचमा पर्ने दिखुवा खोलामा पक्की पुल निर्माण गर्न शहरी विकास मन्त्रलायबाट रु १० करोड बजेट बिनियोजन भएको छ । उक्त आयोजनालाई बहुवर्षिय योजनामा समावेश गर्न नगरपालिकाले गत असोज ४ गते मन्त्रालयमा पत्र पठाएको थियो । सोही अनुसार आर्थीक वर्ष २०८९/०८० मा रु २ करोड ५० लाख र आर्थीक वर्ष २०८०÷०८१ मा बाकी रकम व्यवस्था हुनेगरी बहुवर्षिय योजनामा समावेश गरिएको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई शहरी विकास तथा भवन निर्माण विभागले पत्र मार्फत जानकारी गराएको छ । पत्रमा उल्लेख भए अनुसार उक्त आयोजना कात्तिक २२ गते बसेको नेपाल सरकार (सचिवस्तर) को निर्णयले स्वीकृत गरे...
हलेसी आँखा शिविरमा ७६ जनाको शल्यक्रिया

हलेसी आँखा शिविरमा ७६ जनाको शल्यक्रिया

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ७६ जनाको शल्यक्रिया गरिएको छ । शनिबारदेखि सोमबारसम्म सञ्चालन भएको शिविरमा ६२ जनाको मोतिबिन्दु र १४ जनाको सामान्य आँखामा मासु पलाएकाहरुको निशुल्क शल्यक्रिया गरिएको हो । तीन दिनसम्म सञ्चालन भएको शिविरको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गर्नुभएको थियो । हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको थियो । शिविरमा ७ सय ६५ जनाले निशुल्क आँखा परिक्षण गरेका छन् । आवश्यकता अनुसार सुपथ मुल्यमा चस्मा र निशुल्क औषधी प्रदान गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शि...
काम नसकी ठेकेदार अन्तै जान खोजेपछि नगरपालिकाद्धारा मेशिन तालाबन्दी

काम नसकी ठेकेदार अन्तै जान खोजेपछि नगरपालिकाद्धारा मेशिन तालाबन्दी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २० । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदार कम्पनीको मेशिनमा तालाबन्दी गरेको छ । जिम्मा लिएको काम सम्पन्न नगरी मेशिन अन्यन्त्र ठाउँमा लान खोजेपछि नगरपालिकाले तादाबन्दी गरेको हो । जिल्ला अस्पताल चोक–लफ्याङ सडक खण्डको सडक स्तरोन्नतीको जिम्मा करीब ५ करोडमा ढुकुचु बगाले विएण्टी जे.भि.कम्पनीले पाएको हो । सम्झौता अनुसार काम सम्पन्न गर्न ४ महिना बाकी छ । सम्झौता मिति सकिन लाग्दा पनि काम सम्पन्न गर्नुको सट्टा मेशिनहरु नै लिएर अन्यन्त्र जान खोजेपछि ताला लगाइएको नगरपालिकाले जनाएको छ । टिप्फर लगायतका केही सामान कम्पनीले केही समय अगाडि रातको समय पारेर लागिसकेको पाइएको छ । बाकी रहेका केही मेशिन लान खोज्दा आइतबार (आज) नगरपालिका प्रवक्त एवं वडा नम्बर ५ का वडाध्यक्ष दिनेश घिमिरे, वडा नम्बर एकका वडाध्यक्ष नवराज राई लगायतले विज्ञप्ति जारी गर्दै ताला लगाउनुभएको हो । कात्तिक ३ गते पत्रक...
खोटाङ कांग्रेसका अधिकांश नेता गठबन्धनमा खुले

खोटाङ कांग्रेसका अधिकांश नेता गठबन्धनमा खुले

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १९ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनकालागि खोटाङमा चुनावीसभा सुरु भएको छ । लोकतान्त्रीक बाम गठबन्धनले शुक्रबारबाट सभा सुरु गरेको छ । नेकपा एमालेले आइतबारबाट सभा सुरु गर्दैछ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भने घरदैलोमा व्यस्त छन् । सिट भागबन्डामा असन्तुष्टि जनाउदै खोटाङ प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसले स्वतन्त्र उम्मेद्वार उठाएको छ । महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई स्वतन्त्र उम्मेद्वार उठाएका कांग्रेसका नेताहरु वर्तमान अवस्थामा गठबन्धनमा खुल्न थालेका छन् । मनोनयन दर्ताको समयमा पुर्व मन्त्री सर्वधन राईले प्रतिनिधिसभामा र महाधिवेशन प्रतिनिधि सुबासकुमार पोखरेलले प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेद्वार दिनुभयो थियो । तर सर्वधन र सुबासले उम्मेद्वारी फिर्ता लिनुभयो भने धर्मराजको उम्मेद्वारी कायम छ । सुरुवाती चरणमा धर्मराज जिताउनु पर्छ भन्दै होमिएका ने...
हलेसीमा आँखा शिविर सुरु, पहिलो दिन २३ जनाको शल्यक्रिया

हलेसीमा आँखा शिविर सुरु, पहिलो दिन २३ जनाको शल्यक्रिया

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निशुल्क आँखा शिविर सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गरेसँगै सुरु भएको हो । हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ । शिविरमा निशुल्क आँखा जाँच हुनेछ भने मोतिबिन्दु पहिचान भएमा निशुल्क शल्यक्रिया गरिनेछ । आवश्यक अनुसार चस्मा ससुल्क र औषधी निशुल्क प्रदान गरिने आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा मोतिबिन्दुसँगै आँखामा मासु पलाएको, मासुको डल्ला पलाएको र परेलाको भाग भित्र छिरेको पनि शल्यक्रिया मार्फत निशुल्क उपचार हुनेछ । कोभिड–१९ सुर...
डिजिटल सुशासनमा खोटाङका स्थानीय तहहरु कमजोर रहेको गुनासो

डिजिटल सुशासनमा खोटाङका स्थानीय तहहरु कमजोर रहेको गुनासो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १८ । डिजिटल सुशासनमा खोटाङका स्थानीय तहहरु कमजोर रहेको गुनासो आएको छ । इन्टरनेट प्रविधि र डिजिटल सुशासन सम्बन्धि समसामयिक छलफल कार्यक्रममा जिल्लाका सरोकार निकायले यस्तो गुनासो गरेका हुन् । भिजन फर चेन्ज संस्थाको आयोजना तथा खोटाङ उद्योग वाणिज्य संघको सहकार्यमा शुक्रबार संघको कार्यालयमा छलफल कार्यक्रम भएको हो । कार्यक्रममा संघका अध्यक्षसहित अन्य पदाधिकारी, पत्रकार, महिला उद्यमी प्रतिनिधि, घरेलु तथा साना उद्योग संघका प्रतिनिधि लगायत विभिन्न संघ संगठनका प्रतिनिधिको उपस्थिती रहेको थियो । वर्तमान अवस्थामा इन्टरनेट प्रविधि र डिजिटल सुशासन सम्बन्धि भिजन फर चेन्ज संस्थाका कार्यक्रम व्यवस्थापक गीता बरामुले जानकारी गराउनुभएको थियो । सन २०२२ को जनवरीसम्मको तथ्यांक अनुसार नेपालमा ११.५ मिलियन इन्टरनेट प्रयोगकर्ताहरु रहेका छन् । हाल इन्टनेट अपरिहार्य जस्तै भएको र यसका सकारात्मक, नकारात्म...

दिक्तेल : निर्वाचन कार्यालय अगाडिको सडक ढलान धमाधम, हेलिप्याडसम्म सडक पुग्दै

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १७ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडक ढलान कार्य धमाधम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट लोकसेवा र निर्वाचन कार्यालय हुँदै जिल्ला अस्पताल जाने सडकको ढलान कार्य धमाधम भइरहेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहनेगरी विनियोजन गरेको आर्थीक वर्ष २०७९/८० को रु ५६ लाख ६४ हजारमा उक्त सडक ढलान भइरहेको हो । ३० पौषमा सम्पन्न गर्नेगरी २६ असोजमा सम्झौता भएको सडक ढलानको हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । सोही रकमले अल्छेढुंगाबाट अस्पतालसम्मको सडकमा बिग्रीएको ठाउँमा सोलिङ पनि गर्नुपर्ने छ । यस्तै, सोही रकमले लोकसेवा कार्यालय अगाडिबाट जनता समाजवादी पार्टीको कार्यालय हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडिसम्मको सडकको ट्रयाक खोलि...