Sunday, August 30News That Matters

Banner News 3

विद्यालय हरियाली बनाउन विद्यार्थीहरु वृक्षारोपण गर्दै

विद्यालय हरियाली बनाउन विद्यार्थीहरु वृक्षारोपण गर्दै

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ ९ । हलेसी तुवाचुङ नगरपालिकाका विद्यालयहरुलाई हरियाली बनाउन विद्यार्थीहरु वृक्षारोपणमा उत्रिएका छन् । चन्द्र सुर्य साझा बालमञ्चको अघुवाइमा “एक विद्यालय एक बगैँचा” कार्यक्रमको अवधारणा अपनाएर विद्यार्थीहरुले विद्यालय वरिपरी वृक्षारोपण गर्न थालेका हुन् । विद्यालय वरिपरी हरियाली वातावरण र अर्गानिक फलफुलको बगैँचा बनाउने उद्श्यले वृक्षारोपण गरिएको बालमञ्चका अध्यक्ष मोतिराज राईले बताउनुभयो । सोही कार्यक्रम अन्तरगत बुधबार दुर्छिम माध्यमिक र महेन्द्रोदय माध्यमिक विद्यालयको खाली जग्गामा धुपी सल्ला, दार्जिलिङ धुपी, कफी, हाइब्रेट अम्बा, दन्ते ओखर लगायत प्रजातिका २ सय ५० वटा विरुपा रोपिएको राईको भनाइ छ । वृक्षारोपणमा बालमञ्चका पदाधिकारी, शिक्षक, विद्यार्थी सबैको उपस्थिति रहने गरेको उहाँले बताउनुभयो । हाल सम्म हलेसी तुवाचुङ नगरपालिकाका ५ र ७ नम्बर वडाका सबै विद्यालयहरुमा १ हजार २ सय भन्द...
भुक्ते–आयुर्वेद सडकखण्डमा रड बिच्छ्यार छाडिदा स्थानीयलाई सास्ती, तत्काल काम गर्न निर्देशन

भुक्ते–आयुर्वेद सडकखण्डमा रड बिच्छ्यार छाडिदा स्थानीयलाई सास्ती, तत्काल काम गर्न निर्देशन

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ८ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भुक्ते–आयुर्वेद सडकखण्ड ढलानको काम बिचमै छाडिएको छ । सडक ढलान गर्दागर्दै रड बिछ्याएर छाडिएपछि हिडडुल गर्नसमेत समस्या भएको स्थानीयले बताएका छन् । सडकको केही ठाउँमा ढलान गरिएको छ भने केही ठाउँमा रड मात्र बिच्छ्याइएको छ । सडकमा रड बिच्छ्याएर छाडिएपछि मान्छे हिड्न देखि पशुचौपाय हिडाउन समेत समस्या भएको स्थानीय टंक प्रसाद आचार्यले बताउनुभयो । ‘स्थानीयहरुले लेकबेँसी गर्ने बाटो यहि हो, यहाँका मानिसहरु पानीपधेँरो जाने बाटो यहि हो, सबैले गाईबस्तु यही बाटो हिडाउँनु पर्छ, तर बाटोभरी रड बिच्छ्याएर छाडिएको छ । रडमा अल्झिएर खुट्टा भाँचिन्छ भन्ने ठुलो डर छ ।’ स्थानीय राधिका आचार्यले भन्नुभयो । दुई महिना देखि सडक अलपत्र बनाएर ठेकेदार बेपत्ता भएको अर्का स्थानीय भवानी प्रसाद आचार्यलेको भनाइ छ । उक्त सडकमा बिच्छ्याइएको रडले हिडडुल गर्न समस्या ...
रावा बेसी गाउँपालिकाका ८० वर्ष माथीका बृद्धबृद्धालाई सम्मान

रावा बेसी गाउँपालिकाका ८० वर्ष माथीका बृद्धबृद्धालाई सम्मान

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ ७ । रावा बेसी गाउँपालिकाका बृद्धबृद्धालाई पेटी र दोसल्लाले सम्मान गरिएको छ । पालिकाका ६ वटै वडाका ८० वर्ष माथीका बृद्धबृद्धालाई कम्मरमा पेटी लगाइदिएर र दोसल्ला ओढाएर सम्मान गरिएको हो । आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट खरिद गरिएको पेटी र दोसल्लाले अहिले सम्मान कार्यक्रम धमाधम भइरहेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ४ डुम्रेधारापानीमा केही दिन अगाडि सम्मान गरेर सकिएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले जानकारी दिनुभयो । वडा नम्बर ६ हौँचुरमा पनि सम्मान कार्यक्रम भइरहेको वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । वडा नम्बर १ कुभिण्डेमा सोमबार (आज) बृद्धबृद्धाको घर घरमै पुगेर सम्मान गरिएको वडा सदस्य विशाल राईले बताउनुभयो । यस्तै, वडा नम्बर २ खार्पा र ३ लामिडाँडामा पनि सम्मान कार्यक्रम धमाधम भइरहेको सम्बन्धित वडाध्यक्षहरुको भनाइ छ । पालिकाका भरीमा ८० वर्ष पुरा भएका २ सय ८२ जना बृद्धबृद्ध...
खोटाङमा व्यवसायीकरुपमा खुकुरी उत्पादन, अनलाइन डेलिभरी पनि हुने

खोटाङमा व्यवसायीकरुपमा खुकुरी उत्पादन, अनलाइन डेलिभरी पनि हुने

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ७ । खोटाङमा व्यवसायीकरुपमा खुकुरी लगायत घरेलु फलामे औजार उत्पादन गर्न थालिएको छ । बराहपोखरी गाउँपालिका–४ धर्तुङ छुलुवारका सेवन राईले फलामे घरयासी सामाग्री उत्पादन गर्ने कारखाना दर्ता गराएर खुकुरी साथै अन्य घरेलु औजारहरु निर्माण गरिरहनु भएको हो । उहाँकी श्रीमती बिमला राईको नामबाट ९ महिना अगाडि घरेलु तथा साना उद्योयक कार्यालय दिक्तेलमा कारखाना दर्ता गराएको उहाँको भनाइ छ । कारखाना दर्ता गराएको करीब ३ महिना पछिबाट रामकुमारी छुलाछा खुकुरी उद्योग कारखाना खोलेर फलामे औजारहरु उत्पादन गरिरहेको उहाँले बताउनुभयो । कारखानामा फलामे सामाग्री उत्पादन तथा निर्माणकालागि खुकुरीको नेपालकै चर्चित जिल्ला भोजपुरबाट दुई जना कालिगड ल्याइएको सञ्चालक राईले बताउनुभयो । ‘विज्ञ दुई जना कालिगड राखेका छौँ, औजार निर्माणकालागि समस्या छैन् । धरानबाट फलाम ल्याएर यहाँ अहिले खुकुरी, खुर्पा, कुटो, कोदालो सबै निर्म...
कविता : सपनामा लेनिनसँग

कविता : सपनामा लेनिनसँग

Banner News 3, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट
  जब दिनको प्रादूर्भावसँगै रवीकिरणहरू धरतीमा टप्ल्याक् टुप्लुक्क देखिन लाग्दै थिए । मेघगर्जनसहितको अविरल वर्षाले मौसम भयानक बनाउदै थियो । म पुँजीवादी पृष्ठभूमिको दोबाटोमा बेचैनी आत्मका अप्रतीत वाणीहरू ओकल्दै– हत्केलाका ठेलाहरू सुम्सुम्याउदै– च्यात्तिएका अर्धनग्न वस्त्रमा अर्पित भैं शिथिल शरीर बोकेर लम्पसार पल्टिरहेको थिएँ । अनायास ! मैले पुर्वी कोणतिर दृष्टिपात गर्न पुगेछु । जहाँ– धुमिल कुनाबाट लाल छाताभित्र ओतिदै– हँसियाहथौडा कम्मरमा भिरेर– उनी– माक्र्सवादी सिद्धान्तका भिटामिनहरू चपाउँदै– एङ्गेल्सका वैचारिक मन्थनहरू गुनगुनाउँदै– सामन्तवादको कठिन मार्ग छिचोल्दै मतर्फ नजिकिरहेका थिए । जसलाई मैले ठम्याइसकेको थिएँ । उनी त म जस्ता किसान र मजदुरहरू का नायक घगडान लेनीन थिए । उनी– नजिक पर्दासमेत म चुपचाप रहे तर प्रफुल्लित थिएँ । उनी स्वयंले मेरो पुँज...
शुभशेर राई स्मृति प्रतिष्ठानलाई परिवारको १६ लाख ९० हजार, ५ जना सम्मानित

शुभशेर राई स्मृति प्रतिष्ठानलाई परिवारको १६ लाख ९० हजार, ५ जना सम्मानित

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ५ । सोर्गीय शिक्षक शुभशेर राईको परिवारले शुभशेर राई स्मृति प्रतिष्ठानलाई रु १६ लाख ९० हजार ९ रुपैयाँको चेक हस्तान्त्रण गरेको छ । राईको वार्षिक पुण्य तिथिको अवसरमा आइतबार (आज) जिल्ला समन्व समितिको हलमा कार्यक्रमको आयोजना गरेर परिवारका सदस्यबाट उक्त रकम प्रतिष्ठानलाई हस्तान्त्रण गरिएको हो । वि.स. २००७ सालमा जन्मनुभएका स्व. शिक्षक राईको वि.स. २०७८ साल भदौ ५ गते निधन भएको थियो । ४३ वर्ष लामो समय शिक्षण पेशामा आबद्ध राई नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो । स्व. राईको जेठा छोरा देव विक्रम राई अध्यक्ष रहनेगरी शुभशेर राई स्मृति प्रतिष्ठानको स्थापना गर्दै गत साउन ३० गते जिल्ला प्रशासनमा दर्ता गरिएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष कुमार पराजुलीले जानकारी दिनुभयो । प्रतिष्ठानलाई आज परिवारका सदस्यहरुले रकम संकलन गरेर स्व. राईकी श्रीमती जम्मासरी राईको हातबाट ...
दुई बहिनी : जो सडकमा बसेर खनिउँ बेच्छन् अनि कपी डट्पेन किन्छन्

दुई बहिनी : जो सडकमा बसेर खनिउँ बेच्छन् अनि कपी डट्पेन किन्छन्

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, संघर्षको कथा, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, साउन ३१ । हलेसी–घुर्मी सडकखण्ड, पक्की भएपनि ठाउँ ठाउँमा कालोपत्रे उक्किएकाले आफुले चाहे जती सवारी साधन हाक्न नपाइने । सोही दिन फिर्ने गरी खोटाङको सदरमुकाम दिक्तेलबाट बिहान ११ बजे उदयपुरको घुर्मीसम्मको यात्रामा निक्लिएको म बाटोमा कतै नरोक्किने सोँचमा थिएँ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार प्रहरी चौकी भन्दा करीब ३ सय मिटर वर पुगेपछि प्लास्टीकमा केही बोकेर हात हल्लाई रहेका दुई उस्तै र उत्रै बहिनीहरु भेटिए । ‘दाई किन्नुस्न, दाई प्लिज किन्नुस्न’, दुई बहिनीहरु एउटै आवाजमा भनिरहेका थिए । उनिहरु भनिमात्र रहेनन् बिच सडकमै उत्रिए । म मोटरसाइकल रोक्न बाध्य भएँ । ‘मैले के किन्नु पर्यो हौ नानिहो, के हो त्यो प्लास्टिकको ?’, ‘खनिउँ हो दाइ मिठो हुन्छ अनि गर्मिमा सित्तल पनि हुन्छ ।’ ओहो खनिउँ पो, पहिले बाख्रा चराउन जाँदा, घाँस काट्न जाँदा बोटभरी खनिउँका दाना देख्दा वा...
खोटाङका स्थानीय तहमा चरम दुरुपयोग, जनप्रतिनिधि र कर्मचारी लिन्छन् दोहोरो भत्ता

खोटाङका स्थानीय तहमा चरम दुरुपयोग, जनप्रतिनिधि र कर्मचारी लिन्छन् दोहोरो भत्ता

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ३० । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले खोटाङका स्थानीय तहहरु भत्ता मोहमा चुर्लुम्म डुबेको देखाएको छ । दश वटै स्थानीय तहका अधिकांश जनप्रतिनिधि र कर्मचारीले आर्थीक वर्ष २०७७/७८ मा दोहोरो भत्ता लिएको देखाएको हो । दोहोरो भत्ता सँगसँगै कानुनमा नदिएको सेवा सुविधा लिएर अनावश्यक काममा राज्यको रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थीक वर्ष २०७७/७८ मा कर्मचारी र पदाधिकारी बैठकका लागि रु ४२ लाख २४ हजार १ सय ९२ खर्च गरेको महालेखाले देखाएको छ । यस्तै भ्रमण तथा अनुगमन खर्च तर्फ रु ५४ लाख १८ हजार ३ सय ६५ खर्च भएको छ । विविध खर्चमा नगरपालिकाले ३२ लाख ८५ हजार ७ सय ८४ खर्च गरेकोमा अधिकांश खर्च कर्मचारी र पदाधिकारीको खाजा, खाना, चिया र होटल खर्चमा देखिएको छ । दोहोरो नागरिकता भएका, मृत्यु भइसकेका, बसाईँसराइ गएका...
खोटाङबाट जिल्ला अध्यक्षसहित ठुलो संख्यामा जसपा परित्याग

खोटाङबाट जिल्ला अध्यक्षसहित ठुलो संख्यामा जसपा परित्याग

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, साउन ३० । जनता समाजवादी (जसपा) खोटाङका जिल्ला र प्रदेस समितिमा रहेका नेता कार्यकर्ताले ठुलो संख्यामा पार्टी छाडेका छन् । जसपाका केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक बहादुर थापा लगायत ३८ जनाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरी पार्टी छाडेको घोषणा गरेका हुन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृति हावी भएपछि आफुहरुले पार्टी छाड्न बाध्य भएको नेताहरुले बताएका छन् । नेतृत्वले सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेकाले उक्त पार्टीमा बसिरहन उचित नरहेको उनिहरुको निष्कर्ष छ । जसपा खोटाङको ५३ सदस्य रहेको सचिवालयमा २३ जनाले पार्टी छाडेका छन् । केन्द्रिय सदस्य मदन राई र सुर्य राईले यस अघि नै पार्टी परित्याग गरेको घोषणा गरिसकेका हुन् । सि...

दिक्तेलमा प्रदर्शन गरिएको लाखे नाँच (फोटो फिचर)

Banner News 3, ताजा अपडेट, धर्म संस्कृति, मल्टिमिडिया
खोटाङ, साउन २७ । खोटाङको सदरमुकाम दिक्तेलमा प्रदर्शन गरिएको लाखे नाँच,