संघीयता खारेजको माग गर्दै खोटाङमा राप्रपाका भातृ संगठनको प्रदर्शन
खोटाङ, साउन १८ । संघीयता खारेजको माग गर्दै बुधबार (आज) खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भातृ संगठनहरुले बिरोध प्रदर्शन गरेका छन् । संघीयताले भ्रष्ट्रचार मौलाएको, महङ्गी बढेको, देशको आर्थीक स्थिती खस्केको कारण संघीयता खारेज गर्नुपर्ने माग राख्दै राप्रपाको युवा, महिला र विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेको हो ।
राप्रपाको पार्टी कार्यालय दिक्तेल स्थित पुरानो बैंक चोकबाट कालो पट्टि बाँधेर नाराबाजीसहितको बिरोध प्रदर्शन किरात चोक (रत्नपार्क) मा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा राप्रपाको महिला संगठनका अध्यक्ष टिका खत्री, युवा संगठनका उपध्यक्ष प्रकाश थापा, विद्यार्थी संगठनका अध्यक्ष बिदेश राई र राप्रपाका जिल्ला अध्यक्ष ललित कुमार राईले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधन गर्दै युवा संगठनका उपाध्यक्ष थापाले देशको नेतृत्व अहिलेकै तरीकाले भइरहेने हो भने युवाहरु हतियार बोकेर आ...









