Sunday, August 30News That Matters

Banner News 3

खोटाङमा एक महिलाको शव फेला

खोटाङमा एक महिलाको शव फेला

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, वैशाख ४ । खोटाङमा एक महिलाको शव फेला परेको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोला हाइड्रोपावरबाट अन्दाजी ३०० मिटर अगाडि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा पर्ने जंगलमा अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो । मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सागर शाहको नेतृत्वमा प्रहरी टोली पुगेको छ । ५.२ फिट उचाइ भएकी, सुस्त मनस्थितिकी जस्तो देखिने ती महिलाको लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । केही सडेको अवस्थामा भेटिएको शव हेर्दा ५/६ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने घटनास्थलबाट प्रहरी निरीक्षक शाहले बताउनुभयो । शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि दिक्तेल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
हलेसी प्रहरी प्रमुख कार्की फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

हलेसी प्रहरी प्रमुख कार्की फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, वैशाख ३ । इलाका प्रहरी कार्यालय हलेसीमा प्रहरी प्रमुखको रूपमा कार्यरत प्रहरी निरीक्षक प्रमोद कार्की फागुन महिनाको उत्कृष्ट प्रहरी बन्नुभएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी निरीक्षक कार्कीले अपराध अनुसन्धानमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै उत्कृष्ट प्रहरी घोषित गरेको हो । विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेकाले उहाँलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताउनुभयो । प्रहरी निरीक्षक कार्कीले फागुन २३ गते हलेसी तुवाचुङ नगरपालिका–५ बतासेघाटमा ३२ किलो ४८५ ग्राम गाँजा कारोबारमा संलग्नलाई पक्राउ गरी लागुऔषध नियन्त्रण्मा महत्त्वपूर्ण भूमिका खेलेको, प्रहरी साझेदारी कार्यक्रममार्फत बालबालिक...
खोटाङ : कृषि गणनाका लागि ६२ जना गणक र १७ जना सुपरीवेक्षक खटिने

खोटाङ : कृषि गणनाका लागि ६२ जना गणक र १७ जना सुपरीवेक्षक खटिने

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, वैशाख १ । खोटाङमा कृषि गणनाको लागि ६२ जना गणक र १७ जना सुपरीवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो । गणनाका लागि खोटाङमा गणक र सुपरीवेक्षक गरी जम्मा ७९ जना स्थलगत कर्मचारी खटाइने कृषि गणना कार्यालय खोटाङका अधिकृत जितबहादुर कोइरालाले जानकारी दिनुभयो । गणनामा खटिने कर्मचारीका लागि दिक्तेलमा चैत २५ गतेदेखि तालिम सञ्चालन भइरहेको छ । तालिम वैशाख ३ गतेसम्म जारी रहनेछ । कोइरालाका अनुसार कृषि गणना कार्य वैशाख ६ देखि जेठ १९ गतेसम्म हुनेछ । ४५ दिनमा दुई चरणमा गणना हुनेछ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ । कृषि गणनाका लागि जिल्लाका १० वटै पालिकाहरूका ७९ वडामध्ये ७४ वडाका १८१ वटा क्षेत्र छानिएका छन् । छानिएका गणना क्षेत्रबाट २० देखि ३...
ज्यामिरेमा एमालेबाट वडाध्यक्षका लागि युवा नेता भट्टराईसँगै ६ जनाको दावी

ज्यामिरेमा एमालेबाट वडाध्यक्षका लागि युवा नेता भट्टराईसँगै ६ जनाको दावी

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, चैत ३० । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा देशैभर राजनीतिक दलहरू जुटिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि खोटाङमा राजनीतिक दलहरु पनि धमाधम आफ्ना उम्मेद्वार छनोट गरिरहेका छन् । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा एमालेबाट वडाध्यक्षका लागि ६ जनाले आकांक्षा देखाएका छन् । वडा कमिटिले सर्वसम्मत उम्मेद्वार टुंगो लगाउन नसकेपछि पालिका कमिटिमा ६ जनाकै नाम सिफारीस गरिएको एमेला ज्यामिरे वडा कमिटिले जनाएको छ । ६ जना मध्ये वडाध्यक्षका लागि वडा कमिटिबाट २७ वर्षका युवा नेता युवराज भट्टराईको पनि नाम सिफरीस भएको छ । १४ वर्षको उमेरमा वि.स. २०६५ साल देखि एमाले निकट विद्यार्थी संघटन अनेरास्ववियु हुँदै राजनीति सुरु गरेर लामो समय पार्टीको संगठन निर्माणमा एकचित्त भएर लागेका कारण आफु वडाध्यक्षका लागि योग्य उम्मेद्वार भएको उहाँको भनाई छ । वि.स. २०६८ देखि लगातार दुई कार्यकाल ...
खोटाङ : छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ

खोटाङ : छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २९ । खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल ईन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन् । त्यहाँ अध्ययनरत छात्राहरूले आफूहरूलाई पटकपटक यौनजन्य हिंसा गर्दै आएको र मंगलबार पनि दुई जना छात्राहरूबाट आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्ने गुनासो आएपछि नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थीहरूले प्रिन्सिपल आचार्यलाई शिक्षालयमै गएर कालो मोसो दलेका थिए । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले कालो मोसो दलेपछि सोही स्थानमा बोलाएर आचार्यलाई प्रहरीको  जिम्मा लगाइएको बताउनुभयो । एमाले निकट अनेरास्ववियुका तर्फबाट अध्यक्ष संग्राम र माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) की जिल्ला सदस्य रमिला बाँस्तोलाले संयुक्त प्रेस विज्ञप्ति ज...
खोटाङका पाँच पालिकामा भोलि दिनभर विद्युत अवरुद्ध हुने

खोटाङका पाँच पालिकामा भोलि दिनभर विद्युत अवरुद्ध हुने

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २९ । खोटाङका पाँच स्थानीय तहमा भोलि बुधबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र अन्तर्गत बुइपा सबस्टेसनबाट उत्पादित हलेसी ११ केभी लाइनको दायाँबायाँ बुस कटिङ गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, ऐँसेलुखर्क र केपिलासगढी गाउँपालिकाका सम्पूर्ण भूभाग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका केही भूभागमा विद्युत आपूर्ति बन्द हुुने भएको हो । तोकिएको समयभन्दा अगावै बुस कटिङ कार्य सम्पन्न भए बेलुका ५ बजेभन्दा अगाडि नै पनि विद्युत सुचारु हुन सक्ने नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनुभयो ।...
पत्रकारले पेशागत मर्यादा सधैँ ख्याल गर्नुपर्नेमा जोड

पत्रकारले पेशागत मर्यादा सधैँ ख्याल गर्नुपर्नेमा जोड

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत २८ । नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले ‘स्थानीय तहको निर्वाचनमा पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित नवकिरण सेवा समाजको हलमा बसेको युनियनको तेस्रो विस्तारित बैठकमा प्रेस युनियन आबद्ध जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको हो । निर्वाचनको समयमा पत्रकार तथा सञ्चारकर्मीले समाचार लेखन, प्रकाशन तथा प्रसारण गर्दा ध्यान दिनुपर्ने विषयमा बैठकमा वृहत छलफल भएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दीलिप खत्री र नेपाल प्रस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईंले पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत मर्यादा सधैँ ख्याल राख्नुपर्नेमा जोड दिनुभयो । पत्रकार आम नागरिकको विश्वासपात्र भएकाले सोही अनुसार काम गर्नुपर्ने उहाँहरूको भनाइ थियो । समाजमा भ्रम सिर्जना गरी...
प्रदेश १ का १३२ पालिकाको संस्थागत क्षमता स्वमूल्यांकलनमा दिप्रुङ चुइचुम्मा चौथो

प्रदेश १ का १३२ पालिकाको संस्थागत क्षमता स्वमूल्यांकलनमा दिप्रुङ चुइचुम्मा चौथो

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
-पवन खड्का खोटाङ, चैत २६ । स्थानीय तहहरूको सुशासनको अवस्था मापन गर्ने संस्थागत क्षमता स्वमूल्यांकलन (लिजा) मा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अब्बल देखिएको छ । संस्थागत क्षमता स्वमूल्यांकनमा दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रदेश १ मा चौथो बनेको छ । १३७ वटा स्थानीय तह रहेको प्रदेश १ का लिजा प्रणालीमा प्रविष्ट १३२ वटा स्थानीय तहमध्ये दिप्रुङ चुुइचुम्मा गाउँपालिका ८०.५ अंक प्राप्त गरेर प्रदेशभर चौथो र जिल्लामा पहिलो भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रदेश १ का स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा इलामका स्थानीय तह अगाडि देखिएका छन् । इलामको इलाम नगरपालिका ८६ अंकसहित पहिलो हुुँदा धनकुटाको पाख्रीबास नगरपालिका ८४ अंकसहहित दोस्रो भएको छ । प्रदेश १ मै अगाडि देखिएको इलामको सूर्योदय नगरपालिका ८१.२५ अंकसहित तेस्रो भएको छ । खोटाङका स्थानीय तहको संस्थागत क्षमत...
बुइपामा बन्यो खोटाङकै पहिलो चिस्यान केन्द्र, भण्डारणको समस्याबाट किसान चिन्तामुक्त

बुइपामा बन्यो खोटाङकै पहिलो चिस्यान केन्द्र, भण्डारणको समस्याबाट किसान चिन्तामुक्त

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
-पवन खड्का खोटाङ, चैत २६ । खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) सञ्चालनमा आएको छ । हरेक शुक्रबार जिल्लाकै सर्वाधिक ठूलो साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रको शुक्रबार प्रतिनिधिभा सांसद विशाल भट्टराईले उद्घाटन गर्नुभएको हो । लाखौँ रुपैयाँको कृषि उपज कारोबार हुने हटियामा यसअघि चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या थियो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै उक्त समस्या अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका ...
ऐँसेलुखर्कले बनायो सय जना अट्ने सुविधा सम्पन्न सभाहल

ऐँसेलुखर्कले बनायो सय जना अट्ने सुविधा सम्पन्न सभाहल

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत २५ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा एक सय जना अटाउने क्षमताको सुविधा सम्पन्न सभाहल बनेको छ । गाउँपालिकाले ७६ लाख ८२ हजार ९ सय ८२ रुपैयाँको ठेक्का आह्वान गरेकोमा सक्षम निर्माण सेवा, सुनसरीले ४७ लाख ७६ हजार ८ सय ८ रुपैयाँमा गाउँपालिकाको सभाहल निर्माण गरेको हो । चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएकोमा निर्माण कम्पनीले सम्झौता मिति अगावै निर्माणको काम सकेर सभाहल गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सभाहलको शुक्रबार गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । सभाहलमा दुई वटा स्टोर रूमसमेत निर्माण गरिएको छ भने सभाहलबाहिर तीन वटा हात धुने धारा पनि जडान गरिएको छ । सभाहल उद्घाटनसँगै शुक्रबार नै गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को विशेष गाउँसभासमेत बसेको छ । गाउँसभाले यसअघि कार्यप...