Sunday, August 30News That Matters

Banner News 3

माओवादी केन्द्र खोटाङ काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई

माओवादी केन्द्र खोटाङ काठमाण्डौ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ मंसिर १८ : नेकपा माओवादी केन्द्र खोटाङ काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन हुनुभएको छ । सम्पर्क समन्वय समितिको चौथो जिल्ला सम्मेलनले आज राईलाई अध्यक्षतामा चयन गरेका हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अनुशासन विभाग प्रमुख टंक राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यमले राईको अध्यक्षतामा ५५ सदस्य समिति गठन गरेको बताईएको छ । कमिटिको उपाध्यक्षमा तेज बहादुर राई, मुना राई, दुर्गा भण्डारी, सचिवमा नित्यराज दाहाल र कोषाध्यक्षमा प्रेमिला राई चयन हुनु भएको माओवादी केन्द्र खोटाङले जनाएको छ ।  ...
पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा भाका लिएर बजारमा (भिडियो सहित)

पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा भाका लिएर बजारमा (भिडियो सहित)

Banner News 3, ताजा अपडेट, मनोरञ्जन
खोटाङ मङ्सिर १७ : पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा नेपाली लोक भाका लिएर बजारमा आउनु भएको छ । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा जन्मीनु भएका दुर्लभ जेठामान नामले परिचित हिरन कुमार राईको आवाज र संगित रहेको पश्चिमेली “जोवान बैना देउ” कौडा लोक भाका बिहिबार बिमोचन भएको हो । उक्त भाकामा जेठामानसँगै चर्चित रियालिटि सो “द भोईस अफ नेपाल सिजन ३” को उपबिजेता तारा श्रीस मगरको पनि आवाज रहेको छ भने भाकाको शब्द कुमारी बाठा मगर (मनु) को रहेको छ । गुड लक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा दुर्लभ जेठामान, तारा श्रीस मगर, अनुप राना , प्रिया घर्ति मगर र अन्जलि गुरुङको अभिनय रहेको छ । भिडियोको नृत्य तथा निर्देशन केशु पुन मगरको रहेको छ । कडा मेहनतले गीत एवं भिडियो तयार गरिएको कारण एक पटक सबै दर्सक स्रोताले सुनेर र हेरेर प्रतिक्रिया दिन गायक एवं संगितकार जेठामानले अनुर...
दिक्तेल रुपाकोटका तीन वडामा नेकपा (एस) को वडा कमिटि गठन

दिक्तेल रुपाकोटका तीन वडामा नेकपा (एस) को वडा कमिटि गठन

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ मङ्सिर १६ : जिल्लाको दिक्तेल रुपाकोटम मझुवागढी नगरपालिका ४ खाल्लेमा नेकपा (एकीकृत समाजबादी) को वडा कमिटि गठन गरिएको छ । पार्टीका केन्द्रीय कमिटि सदस्य कुल प्रसाद शर्मा फुयलको प्रमुख आतिथ्यमा बुधबार बिषन राईको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा राम प्रसाद घिमिरे, सचिवमा सुजन लम्साल, उपसचिवमा चन्द्रमणी घिमिरे, कमला थापा, डम्बर पौडेल र कोषाध्याक्षमा कल्याण राई रहनुभएको छ । सोहि भेलाले उदिम राईको अध्यक्षतामा युवा संगठन वडा कमिटी पनि गठन गरेको छ । यस्तै खाल्लेमा पार्टी कार्यालय समेत उद्घाटन गरिएको नेकपा (एकीकृत समाजबादी) पार्टी खोटाङले जनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलामा लिलाबहादुर तामाङको अध्यक्षतामा र सोहि नगरपालिका ५ लफ्याङमा सोमबार भिमप्रसाद राईको अध्यक्षतामा २९÷२९ सदस्यीय वडा कमिटी गठन गरिएको पार्टीले जनाएको छ ।...
केपिलासगढी गाउँपालिका अब आफ्नै प्रशासनिक भवनमा

केपिलासगढी गाउँपालिका अब आफ्नै प्रशासनिक भवनमा

Banner News 3, ताजा अपडेट, स्थानीय
१४ मंसिर, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिन सुरु गरेको छ । यसअघि वडा नं. ४, तत्कालीन बाक्सिला गा.वि.स. र पृथ्वी मा.वि. को जीर्ण भवन मर्मत गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सोमबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । बहुवर्षीय योजना अन्तर्गत निर्माण सम्पन्न भएको भवनको गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन (गिरी) ले सोमबार संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको छ । रु. १ करोड ८० लाख लागतमा निर्माण सम्पन्न भएको भवनमा सभाहलसहित १३ वटा प्रशासनिक कोठाहरू छन् । एकद्वार प्रणाली लागु गर्दै विषयगत सबै शाखा, उपशाखाहरू नयाँ भवनमा समेटिएको छ । नागरिकले इच्छाएको सेवालाई नयाँ भवनबाट अझ प्रभावकारी ढंगले प्रवाह गरिने गाउँपालिकाले जनाएको छ । सुविधा सम्पन्न नयाँ प्रशासनिक भवनबाट सेवा दिन पाउँदा उत्प्रेरणा बढेको गाउँपालिकाका कर्...
खोटाङका १० वटै पालिकामा माओवादीको सर्वसम्मत नेतृत्व चयन

खोटाङका १० वटै पालिकामा माओवादीको सर्वसम्मत नेतृत्व चयन

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, मङ्सिर १२ ।  नेकपा माओवादी केन्द्रले खोटाङका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । पार्टीको शनिबार सम्पन्न पालिकास्तरीय अधिवेशनले जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा सहमतीय प्रक्रियाबाट नेतृत्व छनोट गरेको हो । माओवादी केन्द्र खोटाङका संयोजक देवान किराती ‘पृथ्वी’ का अनुसार दिक्तेल रुपाकोट मझुवागढीमा विषण राई र हलेसी तुवाचुङमा राजुविक्रम चाम्लिङको अध्यक्षतामा पार्टीको नगरपालिका कमिटि गठन भएको छ । साकेलामा अर्जुनकुमार खड्का ‘झङ्कार’, दिप्रुङ चुइचुम्मामा राजेन्द्र राई, खोटेहाङमा दिपेन राई, रावाबेसीमा रामबहादुर राई ‘बाबुराम’ को अध्यक्षतामा गाउँपालिका कमिटि निर्माण गरिएको छ । ऐँसेलुुखर्कमा अगमसिं राई, केपिलासगढीमा रुद्र राई, जन्तेढुङ्गामा बद्री किराती र वराहापोखरीमा युवराज मगर गाउँपालिका कमिटिको अध्यक्ष चयन हुनुभएको छ ।...
खोटाङ कांग्रेस : सभापतिमा बिष्णु कुमार राई सहित प्यानलनै बिजयी

खोटाङ कांग्रेस : सभापतिमा बिष्णु कुमार राई सहित प्यानलनै बिजयी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ मंसिर ९ : नेपाली कांग्रेस खोटाङ जिल्ला कार्य समितिमा पुर्व पार्टी एवं महासमिति सदस्य बिष्णु कुमार राईको प्यानल नै बिजयी भएको छ । जिल्ला कार्य समिति र माहाधिवेशन प्रतिनिधिका लागी सदरमुकाम दिक्तेलमा ८ गते मतदान सम्पन्न भएको थियो । केहि समय अगाडि सम्पन्न मतगणना अनुसार पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णु कुमार राई पुनः पुरै प्यानल सहित खोटाङ जिल्ला सभापतिमा निर्वाचित हुनु भएको छ । जिल्लामा १ हजार ३ सय २२ मत खसेकोमा राईले ६६९ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । यस्तै सभापतिका प्रतिस्पर्धी पुर्व राज्यमन्त्री सर्वधन राईले ६१० मत प्राप्त गर्नु भयो । बिष्णु कुमारले सर्वधनलाई ५९ मतले पराजित गर्नु भएको हो । यस्तै उपसापतिमा बिष्णु प्यानलका इवन राई र तिर्थराज भट्टराई बिजयी हुनु भएको छ । राईले ७५३ मत र भट्टराईले ७४२ मत प्राप्त गर्दा उपसभापतिका उम्मेद्वार मनोज तिमिल्सीनाले ५४३ र राजन स...
हरम्टारमा रा.वा. बैंकको शाखा विस्तारको लागि सम्झौता, पुस ७ गते उद्घाटन हुने

हरम्टारमा रा.वा. बैंकको शाखा विस्तारको लागि सम्झौता, पुस ७ गते उद्घाटन हुने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ९ : खोटाङको रावाबेसी गाउँपालिकामा पहिलोपटक बैंकको शाखा विस्तार हुने भएको छ । जिल्लाका अन्य सबै पालिकामा विभिन्न बैंकका शाखा विस्तार भइसक्दा रावाबेसीमा भने हालसम्म कुनै पनि बैंकको शाखा विस्तार हुन सकेको थिएन । जनप्रतिनिधि र कर्मचारीको लामो समयको पहलपछि गाउँपालिका केन्द्र हरम्टार कुभिण्डेमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार हुने भएको हो । राष्ट्रिय वाणिज्य बैंकले यसअघि जिल्लाका विभिन्न चार स्थानमा शाखा विस्तार गरिसकेको छ । रावाबेसीमा बैंकको ५ औँ शाखा विस्तार हुन लागको हो । त्यसका लागि आवश्यक सम्झौता भएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो । भवन निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन रा.वा.बैंक १ नं. प्रदेश कार्यालय विराटनगर, रा.वा. बैंक शाखा कार्यालय दिक्तेल र गाउँपालिकाबीच आज (बिहिबार) सम्झौता भएको छ । तत्काललाई पुस ७ गते बैंकको उद्घाटन गरेर गाउँ पालिकाको ...
खोटाङमा एक ग्रील पसलले चोरी गरी विद्युत प्रयोग गरेको भेटियो

खोटाङमा एक ग्रील पसलले चोरी गरी विद्युत प्रयोग गरेको भेटियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ९ : जिल्लामा एक ग्रिल तथा बिजुली पसलले विद्युत चोरी गरी प्रयोग गरेको पाइएको छ । नेपाल विद्यत प्राधिकरण दिक्तेल वितरण केन्द्रले गरेको छड्के अनुगमनका क्रममा जिल्लाको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा उक्त पसलले चोरी गरी विद्युत उपयोग गरेको भेटिएको हो । चोरी गरेर विद्युत प्रयोग गरिरहेको उक्त पसलको लाइन काटिएको र चुहावट विनियमावली नियमअनुसार कारबाही गरिने विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुुभयो । सोही क्रममा खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा पनि अनुगमन गरिएको तर त्यहाँ अनियमितता फेला नपरेको उहाँको भनाइ छ । वितरण केन्द्रका अनुसार जिल्लाभरि लस अत्यधिक बढेकाले विद्युत चुहावट नियन्त्रण गर्न अनुगमन तीव्र पारिएको छ । यस्तै ५ हजार बढी महसुल र महसुल नतिरेको ५ महिना बढी समय नाघेका ग्राहकहरूको लाइन काट्ने क्रम पनि जारी रहेको वितरण केन्दले बताएको छ ।...
विपन्न र दीर्घरोगीको साहारा बन्दै जनप्रतिनिधि

विपन्न र दीर्घरोगीको साहारा बन्दै जनप्रतिनिधि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ९ : जिल्लाको बराहपोखरी गाउँपालिका–३ साउनेचौरका जनप्रतिनिधि विपन्न र दीर्घरोगीको साहारा बनेका छन । उनिहरुले वडा कार्यलयबाट बजेट बिनियोजन गरेर वडा भित्रका विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिदिएका छन । आर्थीक बर्ष २०७६\७७ बाट सुरु भएको उक्त कार्यक्रमबाट अहिलेसम्म वडा भित्रका ६७ जना विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष शम्भु निरौलाले जानकारी दिनुभयो । यस्तै वडा क्षेत्रमा कार्यरत १५ जना स्वयंसेविकाको पनि वडा कार्यालयले ५० प्रतिशत रकम बेहोरेर स्वास्थ्य बीमा गराएको उहाँको भनाई छ । वडाध्यक्ष निरौलाले भन्नु भयो, “२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावबाट वडाको नेतृत्व गर्न नागरिकले हामीलाई जिताएर पठाए, त्यसबेला हामीले जितेका मात्र थिएनौँ कि हाम्रो काधमा ठुलो जिम्मेवारी पनि आएको थियो” । सोहि अनुसार वडाको बिभिन्न क्षेत्रमा निरन्तर विकास ग...
जिल्ला अदालत खोटाङबाट चार महिनामा ५१ वटा मुद्दाको फैसला

जिल्ला अदालत खोटाङबाट चार महिनामा ५१ वटा मुद्दाको फैसला

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
०८ मंसिर, खोटाङ । जिल्ला अदालत खोटाङले चालु आर्थिक वर्ष २०७८/०७९ को चार महिनामा ५१ वटा मुद्दाको फैसला गरेको छ । एक आर्थिक वर्षभित्र २४१ वटा मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएको अदालतले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म विभिन्न प्रकृतिका ५१ मुद्दा किनारा लगाएको हो । अदालतका नायब सुब्बा बाबुराम बस्नेतका अनुसार एक आर्थिक वर्षभित्र २८८ वटा मुद्दा दर्ता हुने अनुमान गरिएकोमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १२९ वटा र नयाँ ९३ वटा गरी यस अवधिमा २२२ वटा मुद्दा दर्ता भएका छन् । दुनियावादी देवानी १२० मध्ये ३५ वटा, सरकारवादी फौजदारी ८८ मध्ये १४ वटा र दुनियावादी फौजदारी १४ मध्ये २ वटा मुद्दाको फैसला भएको र बाँकी प्रक्रियामा रहेको नासु बस्नेतले जानकारी दिनुभयो । अदालतले हालसम्म वार्षिक लक्ष्यको २१ दशलमव १६ प्रतिशत मुद्दा फस्र्यौट गरिसकेको छ । १७१ वटा मुद्दा चालुु अवस्थामा रहेको अदालतले जना...