सामाजिक सेवा दिवसमा खोटाङमा तीन व्यक्ति सम्मानित
खोटाङ, असोज १५ : ४२ औँ सामाजिक सेवा दिवसका अवसरमा खोटाङमा तीन जना व्यक्ति सम्मानित भएका छन् । सामाजिक क्षेत्रमा विशेष योगदान दिने तीन जनालाई सम्मान गरिएको गैरसरकारी संस्था महांसघ नेपाल, जिल्ला शाखा खोटाङका अध्यक्ष दानबहादुर राईले जानकारी दिनुभयो ।
सम्मानित हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडा सदस्य प्रकाशकुमार श्रेष्ठ, सोही वडाका युवा कविराज रिजाल र सोही नगरपालिका २ सोल्माका समाजसेवी चन्द्रप्रसाद आचार्य रहनुभएको छ ।
वडा सदस्य श्रेष्ठलाई कोभिड महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिएको, रिजाललाई कलिलो उमेरमै पनि कोभिड महामारी नियन्त्रणमा दिलोज्यान लगाएर खटिएको तथा आचार्यलाई वृद्धवृद्धा, अशक्त तथा अपांगलाई ४ हजार २ सय बढी लट्ठी निःशुल्क वितरण गरेर सहयोग गरेकाले सम्मान गरिएको अध्यक्ष राईले बताउनुभयो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि खोटाङका प्रमुख जिल्ला अधि...








