Monday, May 25News That Matters

राजनीति

खोटाङ : एसबाट संघमा राजन राई, प्रदेशसभा ‘क’ मा ७ र ‘ख’ मा ८ जनाको नाम सिफारिस

खोटाङ : एसबाट संघमा राजन राई, प्रदेशसभा ‘क’ मा ७ र ‘ख’ मा ८ जनाको नाम सिफारिस

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १२ । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनकालागि खोटाङबाट उम्मेदरका आकांक्षीहरुको नाम पठाएको छ । प्रतिनिधि सभाकालागि पार्टीका पोलिटव्युरो सदस्य राजन राईको नाम सिफारिस भएको छ । हाल प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्रीसमेत रहनुभएका राईलाई एसले जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । यस्तै प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस भएको पार्टीले जनाएको छ । जिल्लाको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । बीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल र तेजबहादुर राईको नाम प्रत्यक्षतर्फको उम्मेद्वारकालागि पाठाइएको छ भने समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ । प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ ८ ज...
‘जनताको साथमा कांग्रेस’ अभियानको खोटाङमा उद्घाटन

‘जनताको साथमा कांग्रेस’ अभियानको खोटाङमा उद्घाटन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १० । नेपाली कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रम खोटाङमा आजबाट औपचारिकरुपमा सुरु भएको छ । कांग्रेसको जिल्ला कार्य समिति खोटाङले पार्टी कार्यालयमा बैठक राखेर कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार ‘जनताको साथमा कांग्रेस’ कार्यक्रम लिएर केन्द्रिय प्रतिनिधिहरु प्रत्येक जिल्लामा पुगेका छन् । खोटाङमा केन्द्रबाट प्रतिनिधिकोरुपमा केन्द्रिय सदस्य एवं पुर्व राज्य मन्त्री तारामान गुरुङ आउनुभएको छ । प्रदेशबाट प्रदेश सभा ‘क’ मा कमला गुरुङ र प्रदेश सभा ‘ख’ मा सबिता राई आउनुभएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको जिल्ला प्रतिनिधि एवं केन्द्रिय सदस्य गुरुङले बताउनुभयो । स्थानीय तह निर्वाचनमा कांग्रेस देशमा पहिलो पार्टी बने जस्तै मंसिर ४ गते देशैभर एकैसाथ हुने प्र...
पार्टी प्रतिको अपेक्षा र सुझाव सुन्न खोटाङ कांग्रेस जनताको घरमा जाने

पार्टी प्रतिको अपेक्षा र सुझाव सुन्न खोटाङ कांग्रेस जनताको घरमा जाने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, भदौ ७ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । खोटाङ जिल्लाकालागि केन्द्रिय सदस्य तारामान गुरुङलाई खटाइएको छ । केन्द्रिय सदस्य गुरुङ जिल्ला आएपछि १० गते पार्टी कार्यालयमा बैठक बसेर अभियान सुरु गर्ने जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ । जसअनुसार ११ गतेबाट जिल्ला घुम्ने कार्यक्रम सुरु हुने सभापति राईको भनाइ छ । ‘केन्द्रिय सदस्य तारामान ज्यु आएपश्चात हामी एक खालको बैठक बस्छौँ । त्यसपछि जिल्लाका सबै पालिकाका हरेक वडामा, हरेक जनताका घरमा पुग्छ...
एमालेका कारण प्रदेश एकको नाम राख्न सकिएन : खानेपानी मन्त्री राई

एमालेका कारण प्रदेश एकको नाम राख्न सकिएन : खानेपानी मन्त्री राई

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, भदौ २ । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर एकका खानेपानी सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ) ले अहिलेको सरकारको कार्यकाल भित्र प्रदेशको नाम जुर्न कठिन रहेको बताउनुभएको छ । प्रेस सेन्टर खोटाङले बिहिबार (आज) दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री राईले नेकपा एमालेका कारण एक नम्बर प्रदेशको नाम राख्न नसकिएको आरोप लगाउनुभएको छ । पहिले नेकपाको सरकार हुँदा दुई तिहाइ भएपनि एमालेको नेतृत्वले नाम राख्न आनाकानी गरेको उहाँको आरोप छ । ‘प्रदेश एकमा शेरधन राईको नेतृत्वमा नेकपाको सरकार हुँदा दुई तिहाई थियो, प्रदेशको नाम पास गर्न कुनै समस्या थिएन तर एमालेको नेतृत्वले आनाकानी गरेपछि प्रदेशको नाम राख्न सकिएन ।’ मन्त्री राईले भन्नुभयो । पहिचानसहितको नाम राख्न अहिलेको गठबन्धन सरकार लागि परेपनि एमाले कोशी प्रदेश भन...
अखिल क्रान्तिकारी प्रदेश एक ४ वटा कमाण्डसहित विद्यालय र क्याम्पसमा

अखिल क्रान्तिकारी प्रदेश एक ४ वटा कमाण्डसहित विद्यालय र क्याम्पसमा

ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन ३१ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्रदेश एक समितिले ४ वटा कमाण्ड निर्माण गरेरको छ । साउन २९ गते धरानमा बसेको समितिको तेस्रो पुर्ण बैठकले ४ वटा कमाण्ड निर्माण गर्दै विद्यार्थी माझमा जाने निर्णय गरेको प्रदेश समिति सचिव डिआर खड्काले जानकारी दिनुभयो । खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्ला समेटेर कमाण्ड (क), सुनसरी, झापा र मोरङ जिल्ला समेटेर कमाण्ड (ख), धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्ला समेट्दै (कमाण्ड) ग र इलाम, पाँचथर, ताप्लेजुङ तीन जिल्लालाई कमाण्ड (घ) बनाइएको छ । उक्त कमाण्डको इन्चार्ज प्रदेश समिति उपाध्यक्षहरु शंकर तिमिल्सिना, मनिपा आचार्य, योगेस भट्टराई र खेम रणपहेलीलाई तोकिएको उहाँले बताउनुभयो । प्रदेश नम्बर एकका विद्यालयहरुमा पुगेर विद्यालय एवं क्याम्पस सरसफाइ देखि प्रशिक्षण लगायत विभिन्न कार्यक्रम गर्ने अखिलको योजना छ । यस्तै ...
खोटाङका स्थानीय तहमा चरम दुरुपयोग, जनप्रतिनिधि र कर्मचारी लिन्छन् दोहोरो भत्ता

खोटाङका स्थानीय तहमा चरम दुरुपयोग, जनप्रतिनिधि र कर्मचारी लिन्छन् दोहोरो भत्ता

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ३० । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ ले खोटाङका स्थानीय तहहरु भत्ता मोहमा चुर्लुम्म डुबेको देखाएको छ । दश वटै स्थानीय तहका अधिकांश जनप्रतिनिधि र कर्मचारीले आर्थीक वर्ष २०७७/७८ मा दोहोरो भत्ता लिएको देखाएको हो । दोहोरो भत्ता सँगसँगै कानुनमा नदिएको सेवा सुविधा लिएर अनावश्यक काममा राज्यको रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थीक वर्ष २०७७/७८ मा कर्मचारी र पदाधिकारी बैठकका लागि रु ४२ लाख २४ हजार १ सय ९२ खर्च गरेको महालेखाले देखाएको छ । यस्तै भ्रमण तथा अनुगमन खर्च तर्फ रु ५४ लाख १८ हजार ३ सय ६५ खर्च भएको छ । विविध खर्चमा नगरपालिकाले ३२ लाख ८५ हजार ७ सय ८४ खर्च गरेकोमा अधिकांश खर्च कर्मचारी र पदाधिकारीको खाजा, खाना, चिया र होटल खर्चमा देखिएको छ । दोहोरो नागरिकता भएका, मृत्यु भइसकेका, बसाईँसराइ गएका...
खोटाङबाट जिल्ला अध्यक्षसहित ठुलो संख्यामा जसपा परित्याग

खोटाङबाट जिल्ला अध्यक्षसहित ठुलो संख्यामा जसपा परित्याग

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, साउन ३० । जनता समाजवादी (जसपा) खोटाङका जिल्ला र प्रदेस समितिमा रहेका नेता कार्यकर्ताले ठुलो संख्यामा पार्टी छाडेका छन् । जसपाका केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक बहादुर थापा लगायत ३८ जनाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरी पार्टी छाडेको घोषणा गरेका हुन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृति हावी भएपछि आफुहरुले पार्टी छाड्न बाध्य भएको नेताहरुले बताएका छन् । नेतृत्वले सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेकाले उक्त पार्टीमा बसिरहन उचित नरहेको उनिहरुको निष्कर्ष छ । जसपा खोटाङको ५३ सदस्य रहेको सचिवालयमा २३ जनाले पार्टी छाडेका छन् । केन्द्रिय सदस्य मदन राई र सुर्य राईले यस अघि नै पार्टी परित्याग गरेको घोषणा गरिसकेका हुन् । सि...
चुनावमा माओवादीसँग गठबन्धन हुनसक्छ : एमाले स्थायी कमिटि सदस्य गौतम

चुनावमा माओवादीसँग गठबन्धन हुनसक्छ : एमाले स्थायी कमिटि सदस्य गौतम

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन २५ । नेकपा एमालेका स्थायी कमिटि सदस्य राजेन्द्र गौतमले आगामि चुनावमा नेकपा माओवादीसँग गठबन्धन हुनसक्ने बताउनुभएको छ । नेपाल प्रेस चौतारी खोटाङले बुधबार (आज) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मंसिर ४ गते देशभर एकै पटक हुने संघीय र प्रदेश सभाको चुनावमा प्रगतिसिल, लोकतान्त्रीक र देशभक्त राजनीतिक पार्टी तथा संगठनसँग मिलेर एमाले जाने निर्णय भएको गौतमले बताउनुभयो । कांग्रेसको नेतृत्वमा समाजवादमा नपुगिने भन्दै नेपालमा वामपन्थीहरु एक हुनुपर्ने गौतमको भनाइ छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री स्विकारेर एमालेले माओवादीसँग गठबन्धन गर्नेहोलानी भन्ने पत्रकारको प्रश्नमा कोही व्यक्तिलाई प्रधानमन्त्री स्विकारर्न नसकिने तर माओवादीसँग गठबन्धन हुन सक्ने स्थिायी कमिटि सदस्य गौतमको जफाव छ । गौतमले भन्नुभयो, “कोही व्यक्तिलाई चुनाव अगाडिनै ...
संघीयता खारेजको माग गर्दै खोटाङमा राप्रपाका भातृ संगठनको प्रदर्शन

संघीयता खारेजको माग गर्दै खोटाङमा राप्रपाका भातृ संगठनको प्रदर्शन

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन १८ । संघीयता खारेजको माग गर्दै बुधबार (आज) खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भातृ संगठनहरुले बिरोध प्रदर्शन गरेका छन् । संघीयताले भ्रष्ट्रचार मौलाएको, महङ्गी बढेको, देशको आर्थीक स्थिती खस्केको कारण संघीयता खारेज गर्नुपर्ने माग राख्दै राप्रपाको युवा, महिला र विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेको हो । राप्रपाको पार्टी कार्यालय दिक्तेल स्थित पुरानो बैंक चोकबाट कालो पट्टि बाँधेर नाराबाजीसहितको बिरोध प्रदर्शन किरात चोक (रत्नपार्क) मा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा राप्रपाको महिला संगठनका अध्यक्ष टिका खत्री, युवा संगठनका उपध्यक्ष प्रकाश थापा, विद्यार्थी संगठनका अध्यक्ष बिदेश राई र राप्रपाका जिल्ला अध्यक्ष ललित कुमार राईले सम्बोधन गर्नुभएको थियो । सम्बोधन गर्दै युवा संगठनका उपाध्यक्ष थापाले देशको नेतृत्व अहिलेकै तरीकाले भइरहेने हो भने युवाहरु हतियार बोकेर आ...
कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने

कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
३ साउन । नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ । गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ । गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, कांग्रेसले दर्जन बढी स...