Monday, May 25News That Matters

राजनीति

बराहपोखरी गाउँपालिका अध्यक्षमा पुनः कांग्रेसका बन्जरा, उपध्यक्षमा एसका राई

बराहपोखरी गाउँपालिका अध्यक्षमा पुनः कांग्रेसका बन्जरा, उपध्यक्षमा एसका राई

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको बराहपोखरी गाउँपालिकामा पुनः शालिकराम बन्जरा निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचितहुनुभएका बन्जरा थप पाँच वर्षे कार्यकालकोलागि निर्वाचित हुनुभएको हो । गठबनधनको तर्फबाट बन्जराले ३ हजार १ सय ८१ मत पाएर विजयी हुँदा एमालेकी गोमा मगरले २ हजार ३ सय ३० मत पाउदै पराजित हुनुभएको छ । मगर गाउँपालिका निर्वतमान उपाध्यक्ष हुनुहुन्छ । यस्तै उपाध्यक्षमा गठबन्धनबाट एकीकृत समाजवादीका भुवलराज राई निर्वाचित हुनुभएको छ । राईले २ हजार ६ सय ९४ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका जीवन राईले २ हजार २ सय ९५ मत पाउनु भएको छ । बराहपोखरी गाउँपालिका अध्यक्ष : शालिकराम बन्जरा (कांग्रेस) उपाध्यक्ष : भवलराज राई (एस) १ नम्बर वडाध्यक्ष ढकबहादुर कार्की (कांग्रेस) २ नम्बर वडाध्यक्ष पदम मगर (माओवादी) ३ नम्बर वडाध्यक्ष ताराकान्त राई (एमाले) ४ नम्बर वडा...
ऐँसेलुखर्क गाउँपालिकाअध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

ऐँसेलुखर्क गाउँपालिकाअध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका उम्मेद्वार माओवादीका श्री बहादुर राईलाई पछि पार्दै एमालेका गिरेन्द्र बहादुर राई विजयी हुनुभएको हो । उपाध्यक्षमा भने एमालेकी पुस्पकला भुजेललाई हराउदै गठबन्धनबाट कांग्रेसका राजेश राजभण्डारी विजयी हुनुभएको छ । पालिका अध्यक्षमा निर्वाचित गिरेन्द्र बहादुर राईले २ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी श्री बहादुर राईले २ हजार ४ सय ८० मत प्राप्त गर्नुभएको छ । यस्तै पालिका अध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेद्वार सन्तविर तामाङले १ हजार ६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित राजभण्डारीले ३ हजार १ सय ४६ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी भुजेलले २ हजार ५ सय ९५ मत पाउनु भएको छ । ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष : गिरेन्द्र बहादुर राई (ए...
रावाबेसीमा एमालेले खाता खोल्यो, लामिडाँडाको वडाध्यक्षमा बिरेन्द्र मगर विजयी

रावाबेसीमा एमालेले खाता खोल्यो, लामिडाँडाको वडाध्यक्षमा बिरेन्द्र मगर विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, जेठ १ । खोटाङको रावाबेसी गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । वडा नम्बर ३ लामिडाँडामा एमालेका बिरेन्द्र मगर वडाध्यक्षमा विजयी भएसँगै सो पालिकामा एमालेले खाता खोलेको हो । मगरले ७०७ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका बिदुर खतिवडाले ६६४ मत पाउनु भएको छ । खतिवडा अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएको थियो । तर दोस्रो कार्यकालकालागि उम्मेद्वार दिनुभएका खतिवडा पराजित हुनुभएको हो । अन्य वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी हुनुभएको छ । गठबन्धनकाबाट पालिका अध्यक्षका उम्मेद्वार फट्टिक श्रेष्ठको वडा समेत रहेको लामिडाँडाको वडाध्यक्षमा एमाले विजयी भएको हो । एमालेका उम्मेद्वार हरी पोखरलेको वडा समेत रहेको खार्पामा भने कांग्रेसको प्यानल विजयी भएको छ । यस्तै वडा नम्बर कुभिण्डेमा पनि नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । पालिका अध्यक्ष उपाध्यक्षमा गठ...
जन्तेढुंगा : गठबन्धनबाट अध्यक्षमा माओवादीकी अरुणादेवी र उपाध्यक्षमा कांग्रेसका खेमबाहदुर विजयी

जन्तेढुंगा : गठबन्धनबाट अध्यक्षमा माओवादीकी अरुणादेवी र उपाध्यक्षमा कांग्रेसका खेमबाहदुर विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ १ । खोटाङको जन्ते ढुंगा गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा प्रमुखमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेद्वार एवं निर्वतमान अध्यक्ष र उपाध्यक्ष शंखर बहादुर राई र बिमला राई पराजित हुनुभएको छ । अध्यक्षमा निर्वाचित माओवादीकी अरुणादेवी राईले २८८१ मत ल्याउर विजय हासिल गर्नु भएको हो भने उहाँका प्रतिस्पर्धी एमालेका शंखर बहादुर राईले २५७५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित कांग्रेसका खड्काले २८०५ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी एमालेकी राईले २४९५ मत पाउनु भएको हो ।  ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस ३, माओवादीले २ र एमालेले १ वडामा जीत हात पारेका छन् । वडा नं १ मा माओवादीका केदारमान राई, वडा नं २ मा माओवादीका मस्तबहादु...
बाहुनीडाँडाँमा एमाले र माओवादी गठबन्धनका उम्मेद्वारलाई हराउदै कांग्रेसको प्यानल विजयी

बाहुनीडाँडाँमा एमाले र माओवादी गठबन्धनका उम्मेद्वारलाई हराउदै कांग्रेसको प्यानल विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, जेठ १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनिडाँडामा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । वडाध्यक्षमा रुद्रकुमार राई ४८८ मत ल्याएर प्यानल सहित विजयी हुनुभएको हो । अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएका राई पुनः वडाध्यक्षमा विजयी हुनुभएको छ । वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारले ४०६ र एमालेका उम्मेद्वारले ३३५ मत पाउनु भएको छ । एमाले र माओवादी बिच गुपचुप गठबन्धन भएको यस नगरपालिकामा बाहुनिडाँडा माओवादीको भागमा परेको थियो । नगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेद्वारको अग्रता छ ।...
रावाबेसी–१ कुभिण्डे : फराकिलो मतान्तरसहित कांङग्रेसको प्यानल विजयी

रावाबेसी–१ कुभिण्डे : फराकिलो मतान्तरसहित कांङग्रेसको प्यानल विजयी

Banner News 1, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख ३१ । खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिण्डेमा फराकिलो मतान्तरले नेपाली कांङग्रेसको प्यानल विजयी भएको छ । नेकपा माओवादी र एमालेका उम्मेद्वारलाई फराकिलो मतअन्तरले पछि पार्दै कांङग्रेसका गेहेन्द्रमान वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । राईले ४३२ मत ल्याएर विजयी हुँदा मओवादीका ककुमार राईले २१३ र एमालेका रामबहादुर राईले २०७ मत पाउनु भएको छ । वडा सदस्यामा पनि कांङग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् । यस वडामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको थियो भने हाल निर्वाचित राई पराजित हुनुभएको थियो । गाउँपालिकामा नेपाली कांङग्रेस र माओवादी केन्द्र बिच गठबन्धन भएपनि वडामा भने एक्ला एक्ले चुनावी मैदानमा उत्रिका थिए । यस वडाको मत परिणाम अनुसार गठबन्धनका उम्मेद्वारको अग्रता छ ।...
खोटाङमा कांङग्रेसले खोल्यो खाता : याम्खामा केशव खत्रीको प्यानल विजयी

खोटाङमा कांङग्रेसले खोल्यो खाता : याम्खामा केशव खत्रीको प्यानल विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख ३१ । खोटाङमा नेपाली काङग्रेसले खाता खोलेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा–१ याम्खामा कांङग्रेसका उम्मेद्वार विजयी भएसँगै खाता खोलेको हो । याम्खामा कांङग्रेसका केशव खत्रीले ३९२ मत प्राप्त गरेर प्यानलसहित विजयी हुनुभएको छ । माओवादी केन्द्रका राजेन्द्र राईले ३८० र एमालेका दिपबहादुर खत्रीले ३४४ मत प्राप्त गर्नुभएको छ । तीन राजनीतिक दलको कडा प्रतिस्पर्धा भएको याम्खामा कांङग्रेसका खत्रीले माओवादीका राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको छ । यस्तै एमाले र माओवादीले पनि जिल्लामा खाता खोलिसकेका छन् । जन्तेढुंगा गाउँपालिका–१ मा माओवादी र बराहपोखरी गाउँपालिका– ५ मा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयी भएका छन् ।...
बराहपोखरी–५ पौवासेरामा एमालेका फौदराज राई पुनः वडाध्यक्षमा विजयी

बराहपोखरी–५ पौवासेरामा एमालेका फौदराज राई पुनः वडाध्यक्षमा विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख ३१ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा एमालेका फौदराज राई विजयी हुनुभएको छ । राईले ४६४ मत प्राप्त गरेर विजयी हुनुभएका हो । राई २०७४ सालमा भएको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेसका देबेन्द्र राईले ३०७, एकीकृत समाजवादीका हरीबहादुर मगरले १२२ र माओवादीका धुर्बजीत राईले ५५ मत पाउनु भएको छ । वडा सदस्यामा एक जना कांग्रेसबाट निर्वाचित हुनुभएको छ भने अन्य एमालेबाटै हुनुहुन्छ । गाउँपालिका अध्यक्ष र उपाध्याक्षमा चार दलीय गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेद्वारले अग्रता कायमै राखेका छन् ।...
जन्तेढुंगा गाउँपालिका–१ : गठबन्धनबाट माओवादीका केदारमान विजयी

जन्तेढुंगा गाउँपालिका–१ : गठबन्धनबाट माओवादीका केदारमान विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, ३१ बैसाख । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा गठबन्धनले जीत हात पारेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी गरी चार दलीय गठबन्धनबाट उठ्नु भएका माओवादी केन्द्रका केदारमान राई विजयी हुनु भएको छ । उहाँले ४५९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । एमालेका बलराम राईले ४५१ मत प्राप्त गर्नुभएको छ । एमालेका बलरामलाई ९ मतले हराएर गठबन्धनका राई केदारमान निर्वाचित हुनुभएको हो । वडा सदस्यमा एमालेबाट १ जना र अन्य गठबन्धनबाटै निर्वाचित हुनुभएको छ । पालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनका उम्मेद्वार अगाडि छन् ।...
रावाबेसीमा २ सय मत गणना हुँदा गठबन्धन अगाडि

रावाबेसीमा २ सय मत गणना हुँदा गठबन्धन अगाडि

Banner News 3, ताजा अपडेट, राजनीति
खोटाङ, वैशाख ३१ । खोटाङको रावाबेसी गाउँपालिकामा राती १ः३० बजेबाट मत गणनाा सुरु भएको छ । वडा नम्बर १ कुभिण्डे बाट सुरु गरिको मत गणनामा हाल सम्म २ सय मत गणना भएको मुख्य निर्वाचन अधिकृत लाल बहादुर कार्कीले जानकारी दिनुभयो । सुरुवाती प्ररम्भिक परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन अगाडि रहेको छ । गठबन्धनबाट अध्यक्षका उम्मेद्वार फट्टिक कुमार श्रेष्ठले ९७ मत ल्याउदै अग्रता लिनुभएको छ भने एमालेबाट अध्यक्षका उम्मेद्वार हरी पोखरेलले ६८ र जसपाकाका मोहन गुरुङले १० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा गठबन्धनका लिलानारायण श्रेष्ठले ९५ मत पाउदा एमालेका उपाध्यक्षका उम्मेद्वार गुरुङले ७० मत पाउनु भएको छ । वडामा कांग्रेसको अग्रता छ । कांग्रेसका उम्मेद्वारले ८५, एमालेका उम्मेद्वारले ५१, माआवादीका उम्मेद्वारले ५५ र जसपाका उम्मेद्वार २ मत प्राप्त गरेका छन् ।...