रावाबेँसीमा एमालेको प्रतिबद्धता – एक वडा : एक उत्पादन, आधारभूत शिक्षा अंग्रेजी माध्यममा
खोटाङ, वैशाख २५ । संघीयता कार्यान्यवनपछिको दोस्रो स्थानीय तहको निर्वाचन, २०७९ यही वैशाख ३० गते हुँदैछ । चुनावी मैदानमा रहेका उम्मेदवारहरू आफ्ना घोषणा र प्रतिबद्धता लिएर नागरिकका घरआँगन पुगिरहेका छन् । खोटाङको रावाबेँसी गाउँपालिकामा हरि पोख्रेल नेकपा एमालेबाट अध्यक्षको उम्मेदवार छन् । ४२ वर्ष कम्युनिस्ट पार्टीमा जीवन बिताएका पोखेरल आफू निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने पारिश्रमिक नलिने घोषणासहित चुनावी मैदानमा छन् ।
यी हुन् हरि पोख्रेलका प्रतिबद्धता :
–पालिका अध्यक्षमा विजय भइसकेपछि सरकारबाट प्राप्त पारिश्रमिक गरिब तथा विपन्न परिवारको शिक्षामा कोष स्थापना गरी जनताको कर जनताको पक्षमा लगानी गर्ने
–पालिकाको केन्द्र हरमटारलाई व्यवस्थित बजारीकरण गरी नमुना गाउँपालिका केन्द्र बनाउने
–युवा स्वरोजार कोष स्थापना गरी युवालाई कृषि तथा पशुपालनसँग जोड्ने र कृषकले उत्पादन गरेका उपभोग्य वस्तुको ब...









