Monday, May 25News That Matters

राजनीति

माओवादीले खोटाङका १० वटै पालिकामा इन्चार्ज र सह–इन्चार्ज तोक्यो

माओवादीले खोटाङका १० वटै पालिकामा इन्चार्ज र सह–इन्चार्ज तोक्यो

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ १२ । जिल्ला नेतृत्व परिवर्तनसँगै नेकपा (माओवादी केन्द्र) ले खोटाङका १० वटै पालिकामा इन्चार्ज र सह–इन्चार्ज पनि टुंगो लगाएको छ ।  माओवादी केन्द्र प्रदेश १ समितको हिजो विराटनगरमा बसेको बैठकले यसअघिका जिल्ला समन्वय समिति संयोजक देवान किराँती ‘पृथ्वी’ १ नं. प्रदेश समिति उपाध्यक्षमा निर्वाचित भएपछि जिल्ला संयोजकमा दीपक पाण्डे ‘आकाश’ र सचिवमा जीवन राई ‘सँगीन’ लाई चयन गरेको थियो । त्यसको भोलिपल्टै आज पार्टीले जिल्लाका १० वटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी पनि तोकेको हो । जिल्ला संयोजक पाण्डेलाई केपिलासगढी गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा होमकाजी आचार्य ‘विनोद’ तथा सह–इन्चार्जमा विकाश राईलाई जिम्मेवारी दिइएको छ भने हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ चयन हुनुभएको छ । यसैगरी ऐँसेलुख...
खोटाङमा चार ठूला पार्टीका जिल्ला प्रमुख एकै पालिकाका

खोटाङमा चार ठूला पार्टीका जिल्ला प्रमुख एकै पालिकाका

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ १२ । नेपालका चार ठूला पार्टीका खोटाङ जिल्ला प्रमुख एउटै पालिकाका भएका छन । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीका जिल्ला प्रमुख नेता एकै पालिकाका भएका हुन । यी चार ठूला पार्टीका जिल्ला प्रमुखहरु दिप्रुङ चुईचुम्मा गाउँपालिकाका रहेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत जिल्ला अधिवेशनबाट बिष्णुकुमार राई केही महिना अगाडि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । राईको घर दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु हो । यस्तै नेकपा एमालेको ७ औँ जिल्ला अधिवेशनबाट केही समय अगाडि रामप्रसाद दंगाल अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भयो । दंगालको घर दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे रहेको छ । यस्तै जनता समाजवादी (जसपा)का जिल्ला अध्यक्ष टंक थापाको घर पनि सोहि गाउँपालिका–२ डाँडागाउँ हो ।  यसअघि तीन ठूला पार्टी...
बुवालुङमा अनियमितता भएको भन्दै गठबन्धनको निरीक्षण

बुवालुङमा अनियमितता भएको भन्दै गठबन्धनको निरीक्षण

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ ११ । खोटाङको दिक्तेल रुपाकोठ मझुवागढी नगरपालिका–८, बुवालुङमा सञ्चालित विभिन्न योजनामा अनियमितता र ढिलासुस्ती भएको भन्दै गठबन्धन दलले चासो देखाएको छ । बुवालुङस्थित मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको सडक निर्माण गुणस्तरहीन भएको, अन्नपूर्ण माध्यमिक विद्यालयको सिँढी तथा पर्खाल निर्माणमा अनियमितता भएको, एकीकृत बस्ती निर्माण अलपत्र परेकोलगायत विषयमा जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी परेपछि गठबन्धनले मंगलबार ती योजनाको स्थलगत निरीक्षण गरेको हो । स्थलगत निरीक्षणका क्रममा योजना निर्माणको जिम्मा पाएको उपभोक्ता समिति र विद्यालय प्रशासनका प्रतिनिधिलाई भेटेर ध्यानाकर्षण गराइएको नेपाली कांग्रेस खोटाङका उभसभापति तीर्थराज भट्टराईले बताउनुभयो । अनुगमनका क्रममा बुवालुङमा गठबन्धनको बैठक बसेर अनुगमनबाट देखिएको वास्तविकताको प्रतिवेदन जिल्ला प्रशासनमा बुझाउने निर्णय गरिएको भट्टराईको भनाइ...
माओवादी केन्द्र खोटाङको अध्यक्षमा पाण्डे र सचिवमा राई

माओवादी केन्द्र खोटाङको अध्यक्षमा पाण्डे र सचिवमा राई

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, माघ ११ । नेकपा माओवादी केन्द्र खोटाङको जिल्ला समन्वय समितिको अध्यक्षमा दिपक पाण्डे (आकाश) चयन हुनुभएको छ । आज बसेको प्रदेश नम्बर एक समितिको बैठकले उहाँलाई अध्यक्षको जिम्मेवारी दिएको हो । यस्तै सचिवको जिम्मेवारी जीवन राई (संगिन) ले पाउनु भएको रावाबेसी गाउँपालिका माओवादी केन्द्र समिति सचिव उदिम चाम्लिङले जानकारी दिनुभयो । यसअघि जिल्ला अध्यक्षमा पृक्ष्वी किराती रहनु भएको थियो । उहाँ प्रदेश उपाध्यक्ष चुनिएपछि पाण्डेलाई खोटाङ जिल्ला अध्यक्षको जिम्मेवारी पार्टीले प्रदान गरेको हो । जिल्ला समन्वय समितिको अन्य सदस्यमा को–को रहने भन्ने यकिन भइसकेको छैन । यस्तै जिल्लाको सबै पालिकाको इञ्चार्ज र सह–इञ्चार्ज पनि भोली सम्ममा बैठकले तोकि सक्ने चाम्लिङले बताउनु भयो ।...
यस्ता छन गठबन्धनका चार दलले दिप्रुङ चुइचुम्मामा गरेको निर्णय

यस्ता छन गठबन्धनका चार दलले दिप्रुङ चुइचुम्मामा गरेको निर्णय

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, माघ ८ । सत्ता साझेदार दलहरूको पालिका स्तरीय बैठक दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका पालिका सभापति अमृत गिरीको अध्यक्षतामा आज (शनिबार) बसेको बैठकले बिभिन्न निर्णय समेत गरेको छ । केही दिन अगाडि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको जिल्ला स्तरीय दिक्तेलमा संयुक्त बैठक बसेको थियो । बैठकले खोटाङ जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरू जारी राख्ने र गठबन्धनमा आबद्ध दलहरूको पालिकाहरूमा संयुक्त बैठक बसी जनताका माग प्रदेश र संघीय सरकारमार्फत तत्काल सम्बोधन गर्न पहल गर्ने पनि निर्णय गरेको थियो । सोहि निर्णय अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आज बसेको पालिका स्तरीय बैठकले गाउँपालिकामा सडक, खानेपानी , सिंचाइ , पर्यटन , सहरीकरण , खेलमैदान जस्ता क्षेत्रमा योजना माग गर्ने निर्णय गरेको ...
विकास निर्माणमा भएको ढिलासुस्तीप्रति एमाले खोटाङको ध्यानाकर्षण

विकास निर्माणमा भएको ढिलासुस्तीप्रति एमाले खोटाङको ध्यानाकर्षण

Banner News 1, ताजा अपडेट, राजनीति, स्थानीय
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाललगायत । खोटाङ, माघ ४ । नेकपा एमाले खोटाङले विकास निर्माणमा भएको ढिलासुस्तीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्लामा सञ्चालित सडक, पुल, भवन, खानेपानी आयोजना र कार्यालयहरूको सेवा प्रवाहमा देखिएको लापरबाही र ढिलासुस्ती अन्त्य गर्न माग गर्दै एमालेले आज प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमालेले खोटाङ र उदयपुरको सिमाना फोक्सिङ्टारमा निर्माणधीन मोटरेबल पुल, महुरे–फोक्सिङ्टार–गाईघाट सडक, दिक्तेल अस्पताल चौक–खानीडाँडा आहाले सडक, हुर्लुङ जाल्पा–ऐँसेलुखर्क– बाक्सिला सडक, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पङ्घ–लप्से मोटरेबल पुल लगायतका पुलहरू, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगतको निर्माणाधीन सेखुवा सडक तत्काल निर्माण सम्पन्न गर्न माग गरेको छ । यस्तै ...
विप्लव नेतृत्वको नेकपाद्वारा खोटाङमा कृषि उत्पादन सुरु

विप्लव नेतृत्वको नेकपाद्वारा खोटाङमा कृषि उत्पादन सुरु

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, माघ २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले जिल्लामा कृषि उत्पादन सुरु गरेको छ । पार्टीको नीति अनुसार उत्पादनलाई जोड दिने अभियान अन्तरगत आज (आइतबार) पार्टीका नेता कार्यकर्ताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ मा आलु खेती सुरु गरेका हुन् । पार्टीलाई आत्मनिर्भर बनाउन, जनतालाई कृषिमा श्रम गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न र कृषिको सम्भावनाबारे नेपाल सरकारको ध्यान खिच्नको लागि आलु खेती सुरु गरिएको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संघ खोटाङ, भोजपुर र सोलुखुम्बु तीन जिल्लाका इञ्चार्ज निराजन किराँतीले जानकारी दिनुभयो । दोर्पास्थित एकराज बुढाथोकीको दुई रोपनी जग्गामा आलु खेती सुरु गरेको पार्टीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पनि केही दिनपछि आलु लागाउने उहाँले बताउनुभयो । यस्तै आगामी दिनमा रावाबेसी गा...
खोटाङमा गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेद्वार जिताउन जनप्रतिनिधिबीच समन्वय गर्ने

खोटाङमा गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेद्वार जिताउन जनप्रतिनिधिबीच समन्वय गर्ने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २९ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिहरूबीच गठबन्धन दलले आफ्नो पक्षका उम्मेद्वारलाई जिताउन समन्वय गर्ने भएको छ । बुधबार गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त बैठक बसेको थियो । बैठकका निर्णय बिहिबार नेपाली कांग्रेस खोटाङको पार्टी कार्यालय वीपी स्मृति भवन दिक्तेलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै जिल्लामा गठबन्धनको अध्यक्षता गरिरहनुभएका कांग्रेस सभापति विष्णुकुमार राईले उक्त जानकारी दिनुभएको हो । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दलका उम्मेद्वारलाई मतदान गरेर विजयी गराउन जिल्लाका विभन्न पालिकाका जनप्रतिनिधिबीच समन्वय गरिने राईले बताउनुभयो । बैठकले खोटाङ जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरू जारी राख्ने र गठबन्धनमा आबद्ध दलहरूको पालिकाहर...
भ्रष्टाचार र कालोबजारी विरुद्ध एमाले खोटाङ सशक्त रूपमा प्रस्तुत हुने

भ्रष्टाचार र कालोबजारी विरुद्ध एमाले खोटाङ सशक्त रूपमा प्रस्तुत हुने

Banner News 2, ताजा अपडेट, राजनीति, समाज, स्थानीय
खोटाङ, पुस २५ । नेकपा एमाले खोटाङले भ्रष्टाचार र कालोबजारी विरुद्ध सशक्त आवाज उठाउने भएको छ । आज दिक्तेलस्थित होटल शुभदिनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टी जिल्ला सचिव कुमार आचार्यले पार्टीको नवनिर्वाचित कमिटीले भ्रष्टाचार र कालोबजारी विरुद्ध आवाज बुलन्द पार्ने बताउनुभएको हो । कार्यक्रममा सचिव आचार्यले २३औँ जिल्ला अधिवेशनले सर्वसम्मत पारित गरेका प्रतिवेदनहरू सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदनमाथि उठेका प्रश्नको एमाले केन्द्रीय सदस्य उषाकला राई र जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जवाफ दिनुभएको थियो । दिक्तेल माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा हिजो सम्पन्न पार्टीको २३औँ जिल्ला अधिवेशनमा रामप्रसाद दंगालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, कुमार आचार्यले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन, दीपनारायण रिजालले प्रस्तुत गर्नुभएको ‘खोटाङ जिल्लाका समृद्धिका आधार...
नेकपा एमाले खोटाङको अध्यक्षमा दंगाल र सचिवमा आचर्य

नेकपा एमाले खोटाङको अध्यक्षमा दंगाल र सचिवमा आचर्य

Banner News 2, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २४ । नेकपा एमाले जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा राम प्रसाद दंगाल निर्वाचत हुनु भएको छ । शुक्रबारबाट दिक्तेल स्थीत माटिकोरे कर्भडहलमा सुरु भएको सातौँ जिल्ला अअधिवेशनले आज दंगाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै समितिको उपाध्यक्षमा देवबिक्रम राई, सचिवमा कुमार आचर्य, उपसचिवमा दिपनारायण रिजाल र सुरेन्द्र कुमार राई सर्वसम्मत निर्वाचित हुनुभएको नेकपा एमाले खोटाङले जनाएको छ । एमालेको सातौँ जिल्ला अधिवेशनको प्रमुख अतिधिको रुपमा पार्टीका पोलिटव्युरो सदस्य एवं संसदियलका प्रमुख सचेतक विशाल भट्टराई, बिशेष अतिथिमा केद्रिय सदस्य एवं जनसांस्कृतिक महासंघका इञ्चार्ज खगेन्द्र राई, केन्द्रिय सदस्य एवं खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल र केन्द्रिय सदस्य एवं पुर्व प्रदेश सामाजिक विकास मन्त्री उषाकला राईको उपस्थीती रहेको थियो । अधिवेशनमा जिल्ला भरीका १ हजार प्रतिनिधिसँगै कर...