Monday, May 25News That Matters

राजनीति

खोटाङमा १४ उम्मेद्वारले बुझाए खर्च विवरण, भट्टराईको १० लाख, पासाङको १७ लाख (अरुको कती)?

खोटाङमा १४ उम्मेद्वारले बुझाए खर्च विवरण, भट्टराईको १० लाख, पासाङको १७ लाख (अरुको कती)?

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर २३ । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा खोटाङको ३ पदका लागि २२ जनाले उम्मेद्वारी दिएका थिए । २२ जना मध्ये १४ जनाले चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु पर्ने प्रावधान छ । सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ । शुक्रबारसम्ममा २२ जनाले मात्र खर्च विवरण बुझाएको निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो । हालसम्म प्राप्त खर्च विवरण अनुसार प्रतिनिधिसभाका उम्मेद्वार माओवादी केन्द्रका रामकुमार राई (पासाङ) को १७ लाख ३३ हजार, एमालेका विशाल भट्टराईको १० लाख ९३ हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाइएको छ । यस्तै प्रतिनिधिसभाका उम्मेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठको ८ लाख ८२ हजार ५ सय, नेपाल मजदुर किस...
खोटाङ : प्रतिनिधिसभा समानुपातिकमा एमालेलाई पहिलो मत, कुन दलले कति पाए ?

खोटाङ : प्रतिनिधिसभा समानुपातिकमा एमालेलाई पहिलो मत, कुन दलले कति पाए ?

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर १० । खोटाङमा प्रतिनिधिसभा समानुपातिक निर्वाचनमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । जिल्लामा साना तथा ठूला गरी ४७ दललाई समानुपातिक मत जदा एमालेको पक्षमा सबै भन्दा धेरै मत परेको हो । एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मत खसेको थियो । जसमा ३ हजार ६२० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदर मत मध्ये सबै भन्दा धेरै एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको छ । कांग्रेसलाई १८ हजार ६७२, नेकपा माओवादी केन्द्रलाई ११ हजार ८४५, नेकपा (एकीकृत समाजवादी)लाई ३ हजार ३६, जसपालाई २ हजार २४८, राप्रपालाई १ हजार २५५ मत प्राप्त भएको छ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४९७ मत पाएको छ । आमूल परिवर्तन मसिहा पार्टीलाई १५३, मंगोल नेशनल अर्गनाइजेसनलाई १२१, राष्ट्रिय जनमोर्चाको ४५, नेपाल मजदुर किसान प...

हामीले पाएको मत अनुसार हीनताबोध हुनुपर्ने अवस्था छैन् : विशाल भट्टराई

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मङ्सिर १० । नेकपा एमालेले खोटाङमा पाएको मत अनुसार हीनताबोध गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । प्रतिनिधिसभाका उम्मेद्वार विशाल भट्टराईले शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै स्थानीय तहमा पार्टीले पाएको मत भन्दा प्रतिनिधिसभा र प्रदेशसभामा बढी मत पाएकाले हीनताबोध हुनुपर्ने अवस्था एमालेको नरहेको बताउनुभएको हो । भट्टराईले भन्नुभयो, ‘स्थानीय तहको चुनावमा नेकपा एमालेले पाएको मत भन्दा गठबन्धनमा आबद्ध दलले पाएको मत जोड्दा उनिहरु बलिया देखिन्थे तर हामीले प्रतिनिधिसभामा धेरै मत पायौँ, झिनो मतले हारेका छौँ । यसमा नेकपा एमाले हीनताबोध भन्दा उत्साहित भएको छ ।’ अन्य पार्टीको धेरै मत तान्न सकेपनि आवश्यक मत तान्न नसक्दा पराजित भएको उहाँको भनाइ छ । सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको परिणाम अनुसार खोटाङसँगै देशैभरी गठबन्धन असफल भएको भट्टराईको टिप्पणी छ । ‘देशमा अहिले अस्थिरता पैदा भएक...
दिक्तेलमा गठबन्धनको विजयी जुलुस, भट्टराई र दंगालले दिए बधाई (फोटो फिचर)

दिक्तेलमा गठबन्धनको विजयी जुलुस, भट्टराई र दंगालले दिए बधाई (फोटो फिचर)

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर ८ । खोटाङ सदरमुकाम दिक्तेलमा बाम लोकतान्त्रीक गठबन्धनले विजयी जुलुस निकालेको छ । प्रतिनिधिसभामा नेकपा माओवादीका रामकुमार राई (पासाङ) र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका भुपेन्द्र राईको जीतमा गठबन्धनले संयुक्त विजयी जुलुस निकालेको हो । दिक्तेलस्थित हाडडाँडाबाट सुरु भएको जुलुस रत्नपार्कसम्म पुगेर कोर्णसभामा परिणत हुने गठबन्धनले जनाएको छ । माओवादीका राईसँग एमालेका उम्मेद्वार विशाल भट्टराई २ हजार ६ सय ६९ मतले पराजित हुनुभएको हो । राईले ३१ हजार ३ य ५१ मत पाउदा भट्टराईको पक्षमा २८ हजार ६ सय ८२ मत परेको छ । राई विजयी भएको घोषणा भएपश्चात गठबन्धनले निकालेको जुलुसमा पुगेर भट्टराईले राईलाई बधाई दिनुभएको छ । यस्तै, प्रदेशसभा ‘ख’ मा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका भुपेन्द्र राईलाई पनि एमालेका उम्मेद्वार राम प्रसाद दंगालले जुलुसमा पुगेर बधाई दिनुभएको छ । दंगा...

पिकेको जीतमा दिक्तेलमा एमालेको विजयी जुलुस (फोटो फिचर)

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर ८ । खोटाङ सदरमुकाम दिक्तेलमा नेकपा एमालेले विजयी जुलुस निकालेको छ । प्रदेशसभा (क) मा एमालेका पाँचकर्ण राई (पिके)को जीतमा एमालेले विजयी जुलुस निकालेको हो । एमालेको पार्टी कार्यालय भवनगैराबाट सुरुभएको जुलुस हाडडाँडामा पुगेर फर्किएको छ । हाडडाँडाबाट फर्किएको जुलुस रत्नपार्कसम्म पुग्ने एमालेले जनाएको छ । एमालेका पिके राई बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वार एकीकृत समाजवादीका वीरबलकाजी राईलाई १ हजार १ सय ९२ मतले पछि पार्दै विजयी हुनुभएको हो । पिकेले १३ हजार १ सय ५७ मत पाउदा वीरबलले ११ हजार ९ सय ६५ मत प्राप्त गर्नुभयो । यस्तै स्वतन्त्र उम्मेद्वार धर्मराज पोखरेलले ३ हजार १ सय ४५, जसपाका राकेश राईले २ हजार ३ सय ४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार ५ सय २५, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले १ सय ६४, नेमकिपाका केशव राईले ८२ र स्वतन्त्र उम्मेद्वार कुमारप्रसाद भट्टराईल...
खोटाङबाट प्रतिनिधिसभामा रामकुमार राई विजयी, विशाल भट्टराई पराजित

खोटाङबाट प्रतिनिधिसभामा रामकुमार राई विजयी, विशाल भट्टराई पराजित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर ८ । खोटाङबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) विजयी हुनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार राईले एमालेका उम्मेद्वार विशाल भट्टराई २ हजार ६ सय ६९ मतले पराजित गर्नुभएको हो । राईले ३१ हजार ३ य ५१ मत पाउदा भट्टराईको पक्षमा २८ हजार ६ सय ८२ मत परेको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राई खोटाङबाट तेस्रो पटक सांसदमा निर्वाचित हुनुभएको हो । २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका राई ०७४ सालमा प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएर प्रदेश नम्बर एकको खानेपानी, सिँचाई तथा उर्जा मन्त्रीसमेत बन्नुभयो । २०७० सालमा संविधानसभामा निर्वाचित एमालेका पोलिटव्युरो सदस्य भट्टराई ०७४ मा प्रतिनिधिसभामा निर्वाचित भएर संसदीय दलको प्रमुख सचेतक बन्नुभएको थियो । यस्तै, खोटाङबाट प्रतिनिधिसभाका अन्य उम्मेद्वार जनता समाजवादी पार्टीका कृष्णकुमार राईले...
खोटाङ प्रदेशसभा ‘ख’ मा कांग्रेसका भुपेन्द्र राई विजयी

खोटाङ प्रदेशसभा ‘ख’ मा कांग्रेसका भुपेन्द्र राई विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर ८ । खोटाङ प्रदेशसभा ‘ख’ मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका भुपेन्द्र राई विजयी हुनुभएको छ । कांग्रेस प्रदेश नम्बर एकको महामन्त्रीसमेत रहनुभएका राईले नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका राम प्रसाद दंगाललाई २ हजार १ सय ४० मतले पछि पार्दै विजयी हुनुभएको हो । राईले १६ हजार ४ सय ९६ मत ल्याएर विजयी हुँदा दंगालले १४ हजार ३ सय ५६ मत ल्याउनुभयो । यस्तै, जसपाका प्रेमकुमार राईले ९ सय ३५, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३ सय १३, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले १ सय १ र नेमकिपाका ध्यानप्रसाद ढकालले १ सय ९ मत पाउनुभएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...

खोटाङ प्रदेशसभा ‘क’ मा एमालेका पिके राई विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर ८ । खोटाङ प्रदेशसभा (क) मा एमालेका पाँचकर्ण राई (पिके) विजयी हुनुभएको छ । राईले बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार एकीकृत समाजवादीका वीरबलकाजी राईलाई १ हजार १ सय ९२ मतले पछि पार्दै विजयी हुनुभएको हो । पिकेले १३ हजार १ सय ५७ मत पाउदा वीरबलले ११ हजार ९ सय ६५ मत प्राप्त गर्नुभयो । यस्तै स्वतन्त्र उम्मेद्वार धर्मराज पोखरेलले ३ हजार १ सय ४५, जसपाका राकेश राईले २ हजार ३ सय ४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार ५ सय २५, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले १ सय ६४, नेमकिपाका केशव राईले ८२ र स्वतन्त्र उम्मेद्वार कुमारप्रसाद भट्टराईले १२ मत पाउनुभएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
चार पालिकाको मत गणना सकिदा पासाङ ८२४ मतले अघि

चार पालिकाको मत गणना सकिदा पासाङ ८२४ मतले अघि

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर ७ । खोटाङमा प्रतिनिधिसभाको हालसम्म चार पालिकाको मत गणना सम्पन्न भएको छ । दश पालिका मध्ये हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा र जन्तेढुंगा गाउँपालिकाको मत गणना सम्पन्न भएर खोटेहाङ गाउँपालिकाको मत गणना गर्न सुरु गरिएको बताइएको छ । हालसम्म गणना भएको २० हजार ८ सय ८० मत गणना हुँदा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङको पक्षमा १२ हजार १ सय २५ मत रहेको छ । उहाँको निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार विशाल भट्टराईको पक्षमा ११ हजार ३ सय १ मत रहेको छ । दुइ जनाको मतान्तर ८ सय २४ रहेको छ । यस्तै, जनता समाजवादी पार्टीका उम्मेद्वार कृष्णकुमार राईले ६९९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार सर्जु श्रेष्ठले २८२, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले ४८, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार दिपक मगरले ८९, आमूल परिवर्तन मस...
खोटाङमा गठबन्धनको अग्रता कायमै, पासाङ र भुपेन्द्र ४ सय बढी मतले अगाडि

खोटाङमा गठबन्धनको अग्रता कायमै, पासाङ र भुपेन्द्र ४ सय बढी मतले अगाडि

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर ६ । खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारले अग्रता बढाउदै लगेका छन् । हाल प्रतिनिधिसभाको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रको मत गणना भइरहेको छ । प्रदेश सभा ‘क’ मा केपिलासगढी गाउँपालिकाको सकेर ऐसेलुखर्क गाउँपालिका र प्रदेशसभा ‘ख’ मा खोटेहाङ गाउँपालिका क्षेत्रको मत गणना जारी छ । प्रतिनिधिसभामा ६ हजार २ सय ९५ मत गणना हुँदा गठबन्धनका उम्मेद्वार रामकुमार राई (पासाङ) ले एमालेका उम्मेद्वार विशाल भट्टराईलाई ४ सय ९ मतले पछि पार्नुभएको छ । राईले ३ हजार १ मत पाउदा भट्टराईले २ हजार ५ सय ९२ मत प्राप्त गर्नुभएको छ । हालसम्मको बदर मत ८७ रहेको छ । जिल्लामा जम्मा ६७ हजार ७ सय ३ मत खसेको छ । प्रदेशसभा ‘क’ तर्फ गठबन्धनका उम्मेद्वार एकीकृत समाजवादीका वीरवलकाजी राईले ३ हजार २ सय ६६ मत पाउदा एमालेका पाँचकर्ण राईले ३ हजार २ सय २६ मत पाउनुभएको छ । जसपाक...