Monday, May 25News That Matters

राजनीति

चुनाव जिताउनुहोस्, बङ्सिलाघाट र धाप्लाङघाटमा पुल हामी बनाउछौँ : भुपेन्द्र राई

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । आसन्न मंसिर ४ गतेको आम निर्वाचनमा खोटाङ जिल्लामा जनताले गठबन्धनलाई जिताएमा बङ्सिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण गर्ने जिम्मा गठबन्धनले लिने प्रदेशसभा ‘ख’ का उम्मेद्वार भुपेन्द्र राईले बताउनुभएको छ । जन्तेढुंगाको चिसापानी बजारमा शुक्रबार भएको चुनावीसभालाई सम्बोधन गर्दै बाम–लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार कांग्रेस प्रदेश नम्बर एकका महामन्त्री राईले यस्तो बताउनुभएको हो । खोटाङ प्रदेशसभा ‘ख’ को नाका अर्थात बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका जोड्ने धाप्लाङघाटस्थित शुनकोशी नदिमा लामो समयदेखि १५ प्रतिशत मात्र काम भएर पुल अलपत्र बनेको छ । गठबन्धन विजयी भएमा उक्त अलपत्र बनेको पुल र बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बङिसलाघाटस्थित शुनकोशी नदिमा पक्की पुल निर्माणको जिम्मा लिने राईको भनाइ छ । ‘२०५६ सालमा...

निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँछौँ : बाम–लोकतान्त्रिक गठबन्धन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि एवम् पद्धतिमार्फत व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएको छ । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारहरुले संयुक्तरुपमा हातेपर्चा प्रकाशन गरेर प्रतिवद्धता जनाएका हुन् । खेतीपाती, पशुपालन, फलफूलखेतीलाई व्यावसायीकरण गर्नका लागि पकेट क्षेत्र निर्धारण गरेर कार्यक्रम लागु गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायिकरणको लागि आधुनिक यन्त्र, मल र बीऊ, बहु उद्देश्यीय नर्सरी स्थापना गर्न समूह, सहकारी तथा कृषि फार्ममार्फत अनुदानको व्यवस्था मिलाउने, खाद्यन्न, फलफूल र तरकारी आदि कृषि उत्पादनको लागि सङ्कलन र शितभण्डारण केन्द्र स्...
खोटाङ कांग्रेसका अधिकांश नेता गठबन्धनमा खुले

खोटाङ कांग्रेसका अधिकांश नेता गठबन्धनमा खुले

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १९ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनकालागि खोटाङमा चुनावीसभा सुरु भएको छ । लोकतान्त्रीक बाम गठबन्धनले शुक्रबारबाट सभा सुरु गरेको छ । नेकपा एमालेले आइतबारबाट सभा सुरु गर्दैछ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भने घरदैलोमा व्यस्त छन् । सिट भागबन्डामा असन्तुष्टि जनाउदै खोटाङ प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसले स्वतन्त्र उम्मेद्वार उठाएको छ । महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई स्वतन्त्र उम्मेद्वार उठाएका कांग्रेसका नेताहरु वर्तमान अवस्थामा गठबन्धनमा खुल्न थालेका छन् । मनोनयन दर्ताको समयमा पुर्व मन्त्री सर्वधन राईले प्रतिनिधिसभामा र महाधिवेशन प्रतिनिधि सुबासकुमार पोखरेलले प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेद्वार दिनुभयो थियो । तर सर्वधन र सुबासले उम्मेद्वारी फिर्ता लिनुभयो भने धर्मराजको उम्मेद्वारी कायम छ । सुरुवाती चरणमा धर्मराज जिताउनु पर्छ भन्दै होमिएका ने...
जसपाका खम्बुसहित ३८ जना, एमालेका आचार्यसहित ६ जना माओवादी केन्द्र प्रवेश

जसपाका खम्बुसहित ३८ जना, एमालेका आचार्यसहित ६ जना माओवादी केन्द्र प्रवेश

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १७ । जनता समाजवादी पार्टी (जसपा) को भातृ संगठन समाजवादी विद्यार्थी प्रदेश नम्बर एकका अध्यक्ष एवं खोटाङका प्रचार विभाग प्रमुख रविन खम्बु लगायत जसपाका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय दिक्तेलमा पत्रकार सम्मेलन गरेर जसपा त्याग गर्दै खम्बुसहित ३८ जना माओवादीमा प्रवेश गरेका हुन् । प्रतिक्रियावादी एमालेसँग गठबन्धन गरेर जसपाले गलत गरेकाले पार्टी छाड्न बाध्य भएको खम्बुले बताए । जसपा युवा संघ जिल्ला अध्यक्ष÷जिल्ला पार्टी उत्पादन तथा स्वरोजगार विभाग प्रमुख गजेन्द्र राई, सचिवालय सदस्य तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पृथ्वीकुमार राई, सचिवालय सदस्य मेघराज राई, प्रवास समिति कतारका गजेन्द्र खालिङ, दिरुमनपा नगर सह–सचिव सौराज राई छन् । जसपाको विभिन्न जिम्मेवारीमा रहेका प्रज्वल राई, सरजित तामाङ, गोविन्द राई, रो...

खोटाङ कांग्रेस : माओवादीसँग छलफल गर्न कार्यदल गठन, सहमतिको प्रयास गरिने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १६ । नेकपा माओवादी केन्द्रसँग छलफल गर्न नेपाली कांग्रेस खोटाङले कार्यदल गठन गरेको छ । गठबन्धनमा उत्पन्न विवाद छलफलबाट अन्त्यका लागि जिल्ला उप–सभापति इवन राईको संयोजकमा कार्यदल गठन गरिएको कांग्रेसले जनाएको छ । तीन सदस्य कार्यदलमा संयोजक राईसँगै महाधिवेशन प्रतिनिधि विश्वनाथ निरौला र मनोज तिमिल्सीना रहनुभएको छ । उक्त कार्यदलले माओवादीसँग छलफल गरेर आगामी निर्वाचनमा कसरी जाने भन्ने विषयको निष्कर्ष निकाल्ने कांग्रेस सभापति विष्णुकुमार राईले बताउनुभयो ।‘हाम्रो आजको छलफलले कार्यदल गठन गरेको छ । जिल्ला कार्यसमितिसहित प्रदेशसभा ‘क’ का सबै नेता कार्यकर्ताको उपस्थितिमा भएको छलफल अनुसार कार्यदल बनेको हो । उक्त कार्यदलले माओवादीसँग छलफल गर्ने छ । छलफलबाट आएको निर्णय अनुसार हामी अगाडी बढ्ने छौँ ।’ सभापति राईले भन्नुभयो । गठबन्धनको भागबण्डामा खोटाङ प्रदेशसभा ‘क’ एकीकृत समाजवादीले भाग पाएस...
को हुन् बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पासाङ ?

को हुन् बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पासाङ ?

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । वि.सं. २०४१ सालबाट राजनीति शुरु गर्नुभएका रामकुमार राई ‘पासाङ’ आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जामन्त्री पासाङ बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुभएको हो । वि.सं. २०६४ सालमा भएको पहिलो संविधानसभा सदस्यको निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सभाषद बन्नुभएका पासाङ वि.सं. २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (ख)बाट निर्वाचित हुनुभएको थियो । खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा वि.सं. २०२५ वैशाख–१४ गते जन्मनुभएका पासाङ वि.सं. २०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील हुनुभएको थियो । तत्कालीन नेकप...

खोटाङमा गठबन्धनले १८ गतेबाट संयुक्त चुनावीसभा गर्ने (यस्तो छ तालिका)

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । खोटाङमा लोकतान्त्रिक वाम गठबन्धनले कात्तिक १८ गतेबाट चुनावीसभा गर्ने भएको छ । गठबन्धनका उम्मेद्वार र गठबन्धनमा आवद्ध दलका जिल्लास्तरका शिर्ष नेताहरुको उपस्थितीमा १८ गतेबाट २९ गतेसम्म जिल्लाका दश वटै पालिकामा संयुक्त चुनावीसभा गर्न लागिएको चुनाव परिचालन मुल समितिले जनाएको छ । कात्तिक १८ गते खोटेहाङको खोटाङ बजार, १९ गते साकेलाको मानेभञ्ज्याङ, २० गते ऐँसेलुखर्कको ऐँसेलुखर्क बजार, २१ गते केपिलासगढीको बाक्सीला, २२ गते रावाबेसीको हरमटारमा चुनावीसभा हुनेछ । यस्तै, २३ गते हलेसी तुवाचुङको दुर्छिम, २५ गते जन्तेढुंगाको चिसापानी, २६ गते बराहपोखरीको धर्तुङ, २८ गते दिप्रुङ चुईचुम्माको पञ्चमीबजार, र २९ गते दिक्तेल रुपाकोट मझुवागढीको दिक्तेलस्थित हेलिप्याडमा गठबन्धनको संयुक्त चुनावीसभा हुने बताइएको छ । गठबन्धनबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई पासाङ, प्रदेश ‘क’ मा ने...
गठबन्धनका उम्मेद्वार जिताउन ऐसेलुखर्क गाउँपालिकामा तीन दल एक ठाउँमा

गठबन्धनका उम्मेद्वार जिताउन ऐसेलुखर्क गाउँपालिकामा तीन दल एक ठाउँमा

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । खोटाङमा बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन ऐसेलुर्खक गाउँपालिकामा तीनै दल एक ठाउँमा उभिएका छन् । प्रदेशसभा ‘क’ मा कांग्रेसबाट धर्मराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता गराएर कांग्रेसका केही नेताले स्वतन्त्र उम्मेद्वारलाई भोट मागिरहेपनि ऐँसेलुखर्क गाउँपालिकामा भने तीनै दल एक ठाउँमा उभिएका हुन् । गठबन्धन घटक दलले विभिन्न समितिहरु गठन गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन मुल निर्वाचन, आर्थिक, आमसभा व्यवस्थापन र चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । ऐसेलुखर्क बजारमा सोमबार नेपाली कांग्रेसका सभापति रमेश गुरुङको अध्यक्षता र कांग्रेस महाधिवेशन प्रतिनिधि तथा निवर्तमान गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, नेकपा माओवादी केन्द्रका पालिका इन्चार्ज श्री बहादुर राई र नेकपा एकीकृत समाजवादी पार्टीका पालिका...
एमालेले चुनाव जित्दा विकासमा खोटाङ १० वर्षले पछि पर्यो : भुपेन्द्र राई

एमालेले चुनाव जित्दा विकासमा खोटाङ १० वर्षले पछि पर्यो : भुपेन्द्र राई

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । नेपाली कांग्रेस एक नम्बर प्रदेशका महामन्त्री एवं खोटाङ प्रदेशसभा ‘ख’बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार भुपेन्द्र राईले एमालले चुनाव जितेका कारण विकासमा खोटाङ १० वर्षले पछि परेको आरोप लगाउनुभएको छ । आइतबार नेर्पामा भएको गठबन्धनको संयुक्त बैठक एवं उम्मेद्वार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राईले यस्तो बताउनुभएको हो । ‘एमालेका विशाल भट्टराईलाई जनताले चुनाव जिताएर खोटाङ विकासमा दश वर्षले पछि पर्यो, त्यो छुट अब जिल्लाका जनतालाई छैन्, यहाँका अग्रजहरुलाई त्यस्तो छुट छैन् । जिल्लाको विकासकालागि वाम–लोकतान्त्रिक गठबन्धनको बिकल्प अरु हुन सक्दैन ।’ राईले भन्नुभयो । घरघरमा ग्यासको पाइप पु¥याउने, रेल कुदाउने लगायतका झुटा आश्वासन बाडेर एमालेले चुनाव जितेको राईको भनाइ छ । एमालेले चुनाव जित्दा देशमा विकास भन्दा पनि केपी ओलीको तानाशाह मात्र आएको राईको आरोप छ । ‘२०७४ सालको चुन...

खोटाङमा एमालेले ११ ठाउँमा चुनावीसभा गर्ने (तालिका सहित)

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १३ । खोटाङमा नेकपा एमालेले कात्तिक १९ गतेबाट चुनावीसभ गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेद्वारहरुको संयुक्त चुनावी सभा जिल्लाका दश वटै स्थानीय तहमा गर्नेगरी १९ गतेबाट सुरु गर्न लागिएको एमालेले जनाएको छ । कात्तिक १९ गते ऐँसेलुखर्क बजारबाट सुरु भएको एमालेको चुनावीसभा मंसिर १ गते बराहपोखरी गाउँपालिकाको धर्तुङमा गएर टुंगिने एमाले सचिव कुमार आचार्यले जानकारी दिनुभयो । कात्तिक २० गते रावाबेसीको हरमटार, २३ गते केपिलासगढीको बाक्सीला, २४ गते दिप्रुङ चुईचुम्माको पञ्चमी बजार, २५ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपास्थित पञ्चदोबाटो, २६ गते साकेलाको मानेभञ्ज्याङ, २७ गते दिक्तेल बजार, २८ गते जन्तेढुंगाको चिसापानी बजार, २९ गते हलेसी बजार, ३० गते खोटेहाङको इन्द्रेणीपोखरीमा चुनावी सभा गरिने सचिव आचार्यले बताउनुभयो । एमालेकोतर्फबाट प्रतिनिधिसभामा पोलिटब्युरो सदस्य विशा...