Thursday, April 16News That Matters

खेलकुद

लफ्याङमा डेढ लाख पुरस्कार राशिको वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै

लफ्याङमा डेढ लाख पुरस्कार राशिको वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज १७ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा डेढ लाख पुरस्कार राशिको वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । “मझुवागढी कालिका भगवती दोस्रो संस्करण, ११–ए साइड खुल्ला अन्तर वडा स्तरीय पुरुष फुटबल कप” आगामी पुस २० देखि २७ गतेसम्म सञ्चालन हुने बताइएको छ । प्रतियोगिताको वडा कार्यालय आयोजक तथा नमुना स्पोर्टस क्लब सह–आयोजक रहेका छन् । प्रतियोगिता लफ्याङस्थित रणजितमान राई खेलमैदानमा सञ्चालन हुने खोटाङ जिल्ला फुटबल संघको कार्यालय दिक्तेलमा बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । एक टिममा १६ जना खेलाडी हुनेछन् । एउटा वडाले ३ जना जिल्ला भन्दा बाहिरको र ४ जना वडा बाहिरको तर जिल्ला भित्रको खेलाडी राख्न पाउने नमुना स्पोर्टस क्लकका पूर्वअध्यक्ष एवं खोटाङ जिल्ला फुटबल संघका महासचिव काजिमान राईले बताउनुभयो । प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ५१ हजार १११ रुपैयाँ न...
दिक्तेलमा भोलीबाट भेट्रान फुटबल प्रतियोगिता

दिक्तेलमा भोलीबाट भेट्रान फुटबल प्रतियोगिता

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज ६ । जिल्ला सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सोबारबाट भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदै छ । तेस्रो केएफए अन्तर संस्थागत तथा भेट्रान फुटबल प्रतियोगिता सोमबार बिहान १०ः३० बजे उद्घाटन हुनेछ । खोटाङ फुटबल एकेडेमी मुख्य आयोजक एवं मनोज स्मृति प्रतिष्ठान सह–आयोजक रहेको यस प्रतियोगिताको तेस्रो संस्करणमा १० टिमले सहभागि जनाएका छन् । सोमबार भोली हुने उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबीच प्रतिस्पर्धा हुने छ । खेल बिहान ११ बजे सुरु हुने आयोजक संस्था केएफएका मुख्य प्रशिक्षक रोशेष श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको दोस्रो खेल सोमबार दिउँसो १ बजे आयोजक केएफए र भुगर्व वेस्ट मेनेजमेन्ट प्रालि दिक्तेलबीच पतिस्पर्धा हुने छ । तेस्रो खेलमा दिउँसो ३ बजे नेर्पा स्पोर्टस क्लब र नुनथला स्पोर्टस क्लब भिड्ने छन् । पहिलो चरणको चौथो खेलमा मंगलब...
खोटाङ फुटबल एकेडेमीले विभिन्न उमेर समुहका खेलाडी छनोट गर्दै 

खोटाङ फुटबल एकेडेमीले विभिन्न उमेर समुहका खेलाडी छनोट गर्दै 

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २९ । खोटाङ फुटबल एकेडेमी (केफए) ले विभिन्न उमेर समुहका खेलाडी छनोट गर्ने भएको छ । केफएको ९ औँ ब्याचको लागि तीन उमेरसमुहको खेलाडी छनोट गर्न लागिएको हो । केफएका मुख्य प्रशिक्षक रोशेष श्रेष्ठका अनुसार १० देखि १३ वर्ष भित्रका १५ जना, १४ देखि १६ वर्ष भित्रका २० जना र १७ देखि १८ वर्ष भित्रका १५ जना खेलाडी छनोट गर्न लागिएको हो । छनोट भएका खेलाडीलाई विशेष प्रशिक्षण दिएर खोटाङको उमेर समुहको फुटबल टिम निर्माण गरिने श्रेष्ठले बताए । १० देखि १३ वर्ष भित्रका उमेर समहको खेलाडी जेठ ३० देखि ३२ गतेसम्ममा माटिकोरे खेल मैदानमा विहान ५–७ः३० बजेसम्म छनोट गरिने छ । यस्तै, १४–१६ उमेर समुहको खेलाडी जेठ ३० देखि असार ४ गतेसम्म विहान ५–७ः३० बजेसम्म छनोट गरिने छ । १७–१८ उमेर समुहको खेलाडी जेठ ३० देखि असार २० गतेसम्म विहान ५–७ः३० बजेसम्म छनोट गरिने प्रशिक्षक श्रेष्ठले बताए । छनोटमा सहभागि खेलाडीले जन्मदर्...
यस्तो छ, यो वर्षको खोटाङ फुटबल एकेडेमीको कार्यतालिका

यस्तो छ, यो वर्षको खोटाङ फुटबल एकेडेमीको कार्यतालिका

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २० । खोटाङ फुटबल एकेडेमी (केएफए) ले आफ्नो वार्षिक कार्य तालिका निर्माण गरेको छ । केही दिन अघि सुचन राई स्मृति दिक्तेल हलेसी मेयर कपको पाचौँ संस्करण सम्पन्न गरेको केएफएले आगामी दिनको कार्यक्रमहरुका लागि वार्षिक कार्य तालिका निर्माण गरेको हो । हाल केएफएले ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम अन्तरगत ७ देखि १८ वर्षसम्मका बालबालिकालाई फुटबल खेल प्रशिक्षण गराइरहेको छ । सोही ग्रासरुट प्रशिक्षणबाट उत्पादन भएका खेलाडी राष्ट्रिय अण्डर–१३ पुरुष फुटबल टिममा पहिलो पटक खोटाङबाट छनोटसमेत भएका छन् । कोशी प्रदेशहुँदै खोटाङका एन्जल राई राष्ट्रिय अण्डर–१३ मा छनोट भएका हुन् । यस्तै, विभिन्न उमेर समुहका अन्य खेलाडीलाई पनि माटिकोरे खेलमैदानमा प्रशिक्षण भइरहेको छ । ०८१ जेठ १ गतेबाट सुरु भएको दुवै प्रशिक्षण कार्यक्रम ०८२ को जेठ ३० गतेसम्म सञ्चालन हुने एफएका मुख्य प्रशिक्षक रोषेश श्...
राष्ट्रिय अण्डर–१३ फुटबल खेलाडीमा पहिलो पटक खोटाङबाट एन्जल राई छनोट

राष्ट्रिय अण्डर–१३ फुटबल खेलाडीमा पहिलो पटक खोटाङबाट एन्जल राई छनोट

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ ५ । राष्ट्रिय अण्डर–१३ पुरुष फुटबल खेलाडीमा पहिलो पटक खोटाङबाट एन्जल राई छनोट भएका छन् । कोशी प्रदेशहुँदै खोटाङका एन्जल राई राष्ट्रिय अण्डर–१३ मा छनोट भएका हुन् । सबै प्रदेशका करीब २ हजार ५ सय जनाबाट अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट गरेको ९० भित्र एन्जल पर्न सफल भएका हुन् । राष्ट्रिय अण्डर–१३ मा छनोट भएसँगै अब एन्जलले एन्फा एकेडेमी धरानमा बसेर प्रशिक्षण लिने छन् । फुटबल प्रशिक्षणसँगै उनको पठनपाठन सबै निःशूल्क हुने छ । राष्ट्रिय स्तरमा जिल्लाबाट पहिलो पटक फुटबल खेलाडी छनोट हुन सफल भएको खोटाङ फुटबल एकेडेमीका मुख्य प्रशिक्षक रोषेश श्रेष्ठले बताए । जिल्ला फुटबल संघ खोटाङ र एकेडेमीले जिल्लामा बिगत ७ वर्षदेखि “ग्रासरुट कार्याक्रम” सञ्चालन गरिरहेको छ । जिल्लामा दक्ष खेलाडी उत्पादन गर्न सुरु गरिएको “ग्रासरुट कार्याक्रम” ले पहिलो पटक ठुलो सफलता प्राप्त गरेको श्रेष्ठले बताए । राष्ट्...
कुभिण्डेमा नयाँ वर्षको अवसरमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक

कुभिण्डेमा नयाँ वर्षको अवसरमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २४ । नयाँ वर्ष २०८१ को अवसरमा रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक हुने भएको छ । नयाँ वर्षको अवसरमा चैत २९ गतेदेखि वैशाख २ गतेसम्म सञ्लान हुने गरी विभिन्न कार्यक्रम आयोजना गरिएको हो । रावा बेसी गाउँपालिका र कुभिण्डे वडा कार्यालयको आर्थिक सहयोगमा कुभिण्डे युवा, खेलकुद तथा सांस्कृतिक विकास समितिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई बाहिरबाट विभिन्न ब्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका छन् । ४ दिनसम्म सञ्चालन हुने कार्यक्रममा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, वडा स्तरीय पुरुष डोरी तान प्रतियोगिता आयोजना गरिएको छ । यस्तै, वडा स्तरीय सामुहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ । कार्यक्रममा रावा बेसी गाउँपालिका भित्रका विभिन्न जातजातीले आफ्नो मौलिक झाँकी प्रदर्शन पनि गर्ने कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । वडा स...
खोटाङका दिदिबहिनीलाई सैलुङ अल्ट्रा म्याराथनको उपाधि

खोटाङका दिदिबहिनीलाई सैलुङ अल्ट्रा म्याराथनको उपाधि

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
खोटाङ, चैत १९ । रामेछापमा सम्पन्न सैलुङ अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि खोटाङका दिदिबहिनीले जितेका छन् । दिदि निर्मला राईले ५५ किलोमिटर दूरीको र बहिनी प्रियाले २५ किलोमिटर दूरीको उपाधि जितेका हुन् । उपाधिसँगै निर्मलाले रु ८० हजार र प्रियाले रु ४५ हजार नगद पाएका छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल स्थायी घर भएका उनीहरु नेपालमा आयोजना भएको म्याराथन प्रतियोगिताको प्राय उपाधि जितिरहेका हुन्छन् । केही समय अगाडि ओखलढुंगामा सम्पन्न म्यारथनमा पनि प्रिया प्रथम र निर्मला दोस्रो भएका थिए । प्रिया राईले नेपालको प्रतिनिधित्व गर्दै केही अन्तराष्ट्रिय म्याराथनकोसमेत उपाधि जितेकी छिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ ५५, २५ र ५ किलोमिटर दूरीको...
राष्ट्रिय म्याराथनको उपाधि खोटाङकी प्रिया राईले जितिन्, दोस्रो पनि खोटाङकै निर्मला राई

राष्ट्रिय म्याराथनको उपाधि खोटाङकी प्रिया राईले जितिन्, दोस्रो पनि खोटाङकै निर्मला राई

Banner News 3, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
खोटाङ, फागुन १९ । ओखलढुंगामा आयोजना गरिएको खिजीदेम्बा अल्ट्रा फुल म्याराथनको पाँचौ संस्करणको उपाधि महिलातर्फ खोटाङकी प्रिया राईले जितेकी छिन् । खोटाङकै निर्मला राई प्रतियोगिताको दोस्रो भएकी छिन् । राष्ट्रिय विधाको महिलातर्फत प्रथम र दोस्रो भएका प्रिया र निर्मलाले नगद रु ७० हजार र ६० हजारसँगै मेडल र प्रमाणपत्र पाएका छन् । प्रियाले ५ घण्टा ४३ मिनेट २९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उपाधी हात पारेकी हुन् । दोस्रो भएकी निर्मलाले ५ घण्टा ४३ मिनेट ३१ सेकेन्डमा दुरी पार गरेरेको आयोजकले जनाएको छ । पहिलो र दोस्रो हुने प्रिया र निर्मला दुवैको घर खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोल हो । प्रिया र निर्मला दिदिबहिनी हुन् ।  यस्तै, ५ घण्टा ४७ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै प्युठानकी हुमी बुढामगर तेस्रो र ५ घण्टा ५१ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै ओखलढुंगाकी छोकी शेर्पा सान्त्वना भ...
भलिबलमा स्वर्ण पदक जित्ने टिमलाई गाउँपालिकाले गर्यो नगदसहित सम्मान

भलिबलमा स्वर्ण पदक जित्ने टिमलाई गाउँपालिकाले गर्यो नगदसहित सम्मान

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन १९ । खोटाङमा सम्पन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्र भलिबलको उपाधि जित्ने टिमलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । दिक्तेलमा शुक्रबार सम्पन्न प्रतियोगितामा छात्रतर्फको भलिबलमा स्वर्ण पदक रावा बेसी गाउँपालिकाको टिमले जितेको थियो । स्वर्ण पदक जित्ने खेलाडी, व्यवस्थापक र टिम कोचलाई शनिबार गाउँपालिकाले नगदसहित सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडा नम्बर ४ का वडाध्यक्ष ज्ञान बहादुर पाण्डे, वडा नम्बर ६ का वडाध्यक्ष चिरञ्जीवि कार्की, शिक्षा शाखा प्रमुख सन्तोष तिमिल्सीना, कम्प्युटर अपरेटर नरबहादुर श्रेष्ठ लगायतको उपस्थितिमा व्यवस्थापक तेजिन्द्र घिमिरे, टिम कोच रचन गुरुङ र खेलाडीहरुलाई नगद १२ हजारसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । समग्रमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भने दिक्तेल...
सर्वाधिक पुरस्कार राशीको “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” चैतमा

सर्वाधिक पुरस्कार राशीको “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” चैतमा

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ८ । ऐसेलुखर्क गाउँपालिकामा सर्वाधिक पुरस्कार राशीको “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” आगामि चैतमा हुने भएको छ । चैत ७ देखि १० गतेसम्म आयोजना गर्न लागिएको “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” मा अन्तर पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने छ । ऐसेलुखर्क गाउँपालिकाको मुख्य प्रायोजनमा ऐसेलुखर्क खेलकुद विकास समितिले प्रथम अध्यक्ष कप आयोजना गरेको हो । प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टोलीले रु २ लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमश रु १ लाख, ५० हजार र ३० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ऐसेलुखर्क खेलकुद विकास समितिका अध्यक्ष रजिन राईले जानकारी दिनुभयो । यस्तै, महिलातर्फ प्रथम हुने टोलीले रु १ लाख २५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो, तेस्र...