Friday, April 17News That Matters

खेलकुद

बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने

बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक १४ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । खकलुङ युनाइटेड क्लबले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक २३ गतेबाट सुरु हुने बताइएको छ । खकलुङ युनाइटेड क्लबको खोक्मा खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल कात्तिक २५ गते हुने आयोजकले जनाएको छ । खेलमा सहभागी जनाउन कात्तिक २० गतेभित्र टिम दर्ता गरिसक्नु पर्ने छ । २१ गते खेल तालिका प्रकाशन गरिने खेल संयोजक किरण राईले जानकारी दिए । हरेक वडाले सहभागी जनाउन पाउने खेलको प्रथम टिमले नगद रु ३० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । दोस्रो हुने टिमले नगद रु २० हजारसहित ट्रफी र मेडल पाउने छ । यस्तै, प्रतियोगिताको सेमिफाईनलिस्ट दुबै टिमलाई नगद रु ६÷६ हजार प्रदान गरिने संयोजक राईले बताए । खकलुङ युनाइटेड क्लबले हरेक वर्ष दसैँ र तिहारको अवसर पारेर फुटबल प्रतियोगिता सञ्चालन...
टेम्मामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुँदै, भाग्यशाली चिट्ठामा टिभी जित्ने अवसर

टेम्मामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुँदै, भाग्यशाली चिट्ठामा टिभी जित्ने अवसर

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार
खोटाङ, असोज २१ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा दसैँ तिहारको अवसरमा पुरुष तथा महिला भलिबल र भाग्यशाली चिट्ठा कार्यक्रम हुने भएको छ । टेम्मास्थित धिप्लुङ भर्ना न्यु स्टार युवा संस्थाको आयोजनामा चाडपर्वको अवसरमा भलिबल प्रतियोगिता र भाग्यशाली चिट्ठा कार्यक्रम हुने भएको हो । साबिकको खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको कात्तिक २१ गते उद्घाटन हुने छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा डाँडाखर्क खेल मैनादमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुने आयोजक संस्थाका अध्यक्ष विविचन राईले बताए । प्रतियोगिताको पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमश रु ३० हजार, २० हजार र १० हजार नगदको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमश रु ७ हजार ७७७, ५ हजार ५५५ र ४ हजार ४४४ नगदसँगै मेडल र प्र...
दसैँको अवसरमा हौँचुरमा वडा स्तरीय खुला भलिबल प्रतियोगिता हुने

दसैँको अवसरमा हौँचुरमा वडा स्तरीय खुला भलिबल प्रतियोगिता हुने

Banner News 1, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज १५ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुरले दसैँको अवसरमा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा हौँचुर खेलकुद विकास समितिले भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । दसैँको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन असोज ३० गते हुने छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २ गते हुने खेलकुद विकास समितिले जनाएको छ । प्रत्येक वडाले सहभागी जनाउन सक्ने प्रतियोगितामा असोज २९ गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने बताइएको छ । शारदा माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन हुने प्रतियोगिताको प्रथम हुने टिमले नगद रु ४४ हजार ४४४ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, दोस्रो, तेस्रो र सान्त्वना टिमलाई क्रमस नगद रु २५ हजार ५५५, १५ हजार ५५५ र १० हजार ५५५ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिकम ...
वडा स्तरीय भलिबलको उपाधि ज्यामिरेलाई, हौँचुर दोस्रोहुँदा डुम्रे तेस्रो

वडा स्तरीय भलिबलको उपाधि ज्यामिरेलाई, हौँचुर दोस्रोहुँदा डुम्रे तेस्रो

Banner News 1, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १४ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेले जितेको छ । कुभिण्डे वडा र रावा बेसी गाउँपालिकाको आर्थिक सहयोगमा कुभिण्डे खेलकुद विकास समितिले आयोजना गरेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ज्यामिरेले जितेको हो । रावा बेसी–६ हौँचुरलाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको ज्यामिरेले नगद ५५ हजार ५५५ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको हौँचुरले नगद ३३ हजार ३३३ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । १३ टिम सहभागि भएको प्रतियोगितामा रावा बेसी–४ डुम्रे धारापानीले तेस्रो स्थान हात पारेको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई हराउदै तेस्रो भएको डुम्रेले नगद २२ हजार २२२ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी...
बराहपोखरीको वडा स्तरीय फुटबलको उपाधि मौवाबोटेलाई, पौवासेरा दोस्रो

बराहपोखरीको वडा स्तरीय फुटबलको उपाधि मौवाबोटेलाई, पौवासेरा दोस्रो

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख २३ । बराहपोखरी गाउँपालिकाको वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ मौवाबोटेले जितेको छ । शनिबार भएको फाइनल खेलमा वडा नम्बर ५ पौवासेरालाई पेनाल्टीमा हराउदै मौवाबोटेले उपाधि उचालेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा ४–२ गोल अन्तरले पौवासेरालाई हराउदै मौवाबोटेले उपाधि जितेको हो । उपाधिसँगै मौवाबोटेले नगद ४० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको पौवासेराले नगद ३० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो र चौथो हुने वडा नम्बर ४ फाक्टाङ र वडा नम्बर १ बराहपोखरीले क्रमस नगद २० र १० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताउनुभयो । यस्तै, विद्यागततर्फ उत्कृष्ट गोलकिप्परमा पौवासेराका किरण राई, उत्कृष्ट मिट...
खोटेहाङ अध्यक्ष कपको उपाधि पुरुषतर्फ सभापोखरी र महिलातर्फ रामप्रसाद राई गा.पाको पोल्टामा

खोटेहाङ अध्यक्ष कपको उपाधि पुरुषतर्फ सभापोखरी र महिलातर्फ रामप्रसाद राई गा.पाको पोल्टामा

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख १५ । खोटेहाङ गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ सभापोखरी गाउँपालिका–३ संखुवासभा र महिलातर्फ रामप्रसाद राई गाउँपालिका–८ भोजपुरले जितेका छन् । गाउँपालिकाको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अध्यक्ष कप अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि उक्त दुई टिमले आफ्नो पोल्टामा पारेका हुन् । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको प्रांगणमा मंगलबारबाट सुरु भएको अध्यक्ष कपको समापन शुक्रबार गरिएको हो । २६ टिम सहभागि पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको सभापोखरी–३ ले नगद १ लाख १५ हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने टिम रामप्रसाद राई गाउँपालिका–५ भोजपुरले नगद ७० हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । सेमिफाइनलिस्ट २ टिम भोजपुरको आमचोक गाउँपालि...
‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर

‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर

Banner News 1, खेलकुद, समाचार, स्थानीय
खोटाङ, वैशाख ९ । सर्वाधिक पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ को फाइनलमा भोजपुर फुटबल संघ र बसाहा फुटबल क्लब उदयपुर पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जन्तेढुंगा फुटबल क्लबलाई १–० गोलले हराउदै भोजपुर फुटबल संघले फाइनलमा स्थान बनाएको थियो । यस्तै शनिबार भएको सेमिफाइनलको दोस्रो खेलमा भगवती स्पोट्र्स क्लब खोटाङलाई समान १–० गोलले हराउदै बसाहा फुटबल क्लब उदयपुर उपाधिको नजिक पुगेको छ । खोटाङको जन्तेढुंगा गाउँपालिकाको विशेष सहयोगमा जन्तेढुंगा खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकप वैशाख ४ गतेबाट खर्क खेलमैदानमा भइरहेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजक समितिका सचिव अमित राईले जानकारी दिए । प्रतियोगिताको प्रथम हुने टिमले रु २ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । दोश्रो हुने टिमले १ ...
जिल्लास्तरीय भलिबलमा रावा बेसीका ४ खेलाडी छनोट, एउटै वडाका तीन जना

जिल्लास्तरीय भलिबलमा रावा बेसीका ४ खेलाडी छनोट, एउटै वडाका तीन जना

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार
खोटाङ, वैशाख ७ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट खोटाङ जिल्लास्तरीय भलिबल टिममा रावा बेसी गाउँपालिकाका ४ जना खेलाडी छनोट भएका छन् । ४ जना मध्ये ३ जना वडा नम्बर १ कुभिण्डेका रहेका छन् । गत चैत २८ देखि वैशाख १ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट एउटै पालिकाका ४ जना खेलाडी छनोटमा परेका हुन् । वैशाख ११,१२ र १३ गते सुनसरीको इटहरीमा प्रदेशस्तरीय छनोट प्रतियोगिता हुँदैछ । जसकालागि जिल्लास्तरीय छनोट खेलमा भलिबल छात्रतर्फ ९ जना छनोट भएका छन् । ९ जनामा रावा बेसी गाउँपालिकाका ४ जना, हलेसी तुवाचुङ नगरपालिकाका २ जना, दिप्रुङ चुइचुम्मा, साकेला र केपिलासगढी गाउँपालिकाका १÷१ जना रहेका छन् । छनोट हुने खेलाडीहरु सन्तोष पाण्डे (रावाबेसी–४), दिनेश भुजेल, केशव भुजेल र सविन श्रेष्ठ (रावाबेसी–१), किशन कटुवाल र धगिन्द्र राई (हलेसी तुवाचुङ), इश्वर विश्वकर्मा (दिप्रुङ चुइचुम्मा), कविराज खत्री (साकेला) ...
सर्वाधिक पुरस्कार राशिको ‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ वैशाख ४ देखि, ८ टिमको प्रतिस्पर्धा

सर्वाधिक पुरस्कार राशिको ‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ वैशाख ४ देखि, ८ टिमको प्रतिस्पर्धा

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २३ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा २ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ आगामि वैशाख ४ गतेबाट हुने भएको छ । जन्तेढुंगा गाउँपालिका–५ खर्क खेलमैदानमा हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशिको गोल्डकपमा ८ समहुले प्रतिस्पर्धा गर्ने छन् । जन्तेढुंगा गाउँपालिकाको विशेष सहयोगमा जन्तेढुंगा खेलकुद विकास समितिले गोल्डकपको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा वैशाख ४ गते आयोजक जन्तेढुंगा फुटबल क्लब र न्यु त्रियुगा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख ५ गते हुने दोस्रो खेलमा बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ क्लबबीच खेल हुँदा तेस्रो खेलमा ६ गते भोजपुर फुटबल संघ र बेल्टार एकता क्लब भिड्ने छन् । पहिलो चरणको अन्तीम खेल ७ गते गोलबजार स्पोट्र्स क्लब र भगवती स्पोट्र्स क्लब मैदान उत्रिने आयोकज जन्तेढुंगा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिए । व...
खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन २३ । खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय एकल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीस्थित सरस्वती आधारभूत विद्यालयको आयोजनामा मंगलबारबाट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विसन राईलेले उद्घाटन गर्नुभएको हो । प्रमुख भट्टराई र उपप्रमुख राई बीच उद्घाटन खेलसँगै नगरपालिका र उद्योग बाणिज्य संघ खोटाङ बीच मैत्रिपुर्ण खेल भएको थियो । जसमा उद्योग बाणिज्य संघले नगरपालिकाको टिमलाई पराजित गरेको छ । विद्यालयको प्रांगणमा उद्घाटन खेल पश्चात अन्य खेल माटिकोरेस्थित कबर्डहलमा सञ्चालन भइरहेको आयोजक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ शिक्षकले सहभागि जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ११ ...