Friday, April 17News That Matters

Author: रुपाकोट खबर

विशाल भट्टराई एमालेको केन्द्रीय सदस्य मनोनीत

विशाल भट्टराई एमालेको केन्द्रीय सदस्य मनोनीत

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
मंसिर २६, खोटाङ । खोटाङबाट निर्वाचित प्रतिनिधि सभा सांसद विशाल भट्टराईलाई नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटि सदस्यमा मनोनीत गरेको छ । हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलका सचेतकसमेत रहनुभएका भट्टराईलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गर्नुभएको हो । यसअघि चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा भट्टराई एमालेको केन्द्रीय सदस्यमा नपरेको भन्दै सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी आएका थिए । अध्यक्ष ओलीले आज भट्टराईसहित ३० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गर्नुभएको हो । तर, केही नेताहरूले ओलीको यो प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।...
मौवाबोटेमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार

मौवाबोटेमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २४ । खोटाङको वराहपोखरी गाउँपालिका–६ मौवाबोटेमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार भएको छ । प्रदेश १ सरकार, वराहपोखरी गाउँपालिका र वडा कार्यालय मौवाबोटेको १ करोड ५० लाख बजेटमा वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो । विद्युतको आज वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच खोटाङ प्रदेशसभा ‘ख’ का सांसद रामकुमार राई ‘पासाङ’ ले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद राईले वराहपोखरी र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बङ्सिलाघाटमा चालु आर्थिक वर्षभित्रै पक्की पुल निर्माण गरिने बताउनुभयो । प्रक्रिया थालेको डेढ वर्षपछि वडाका ६० प्रतिशत भू–भागमा बिजुली बलेको वडाध्यक्ष दुर्गाबहादुर राईले बताउनुभयो । टेण्डर प्रक्रियामा सामग्री खरिद गरी स्थानीयको जनश्रमदानबाट वडाका करिब १ सय ५० घरधुरीमा बिजुली बाल्न सफल भएको वडाध्यक्ष राईको भनाइ छ । बिजुली पुग्न ब...
मानव अधिकार : माथिल्लो सगरमाथाका तीन जिल्लामा केहि सुधार तर अवस्था चिन्ताजनक

मानव अधिकार : माथिल्लो सगरमाथाका तीन जिल्लामा केहि सुधार तर अवस्था चिन्ताजनक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २४ । मानव अधिकारको सवालमा माथिल्लो सगरमाथाका तिन जिल्लाको अवस्था चिन्ताजनक रहेको मानव अधिकार आयोगले जनाएको छ । दिक्तेलमा आज भएको ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ शाखा कार्यालय खोटाङलका प्रमुख श्याम बाबु काफ्ले यस्तो बताउनु भएको हो । प्रमुख काफ्लेका अनुसार खोटाङमा अघिल्लो आ.व. र यस आ.व.को चारमहिना भित्रमा गरी ९३ जनाबाट आत्महत्या भएको छ । यसै अवधिमा ओखलढुंगामा ६१ र सोलुखुम्बुमा ९३ जनाले आत्महत्या गरेका छन । तर त्यसको रोकथामको प्रभावकारी कार्य हुन भने सकेको छैन । यस्तै अघिल्लो आर्थिक आ.व. र यस आ.व. को कार्तिक मसान्त सम्म खोटाङमा महिला हिंसा विरुद्धका विभिन्न ४६, ओखलढुंगामा ८६ र सोलुखुम्बुमा पनि ४६ वटा घटना प्रहरी कार्यालयमा पुगेका छन् । मानसिक समस्या भएका महिला समेत...
खोटाङमा मानव अधिकार चोक

खोटाङमा मानव अधिकार चोक

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २४ । खोटाङमा मानव अधिकार चोक बनेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारस्थित सिँचाइ गेट चोकलाई मानव अधिकार चोक नामकरण गरिएको हो । नगरको निर्णय अनुसार ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनका कार्यक्रमको अवसरमा शुक्रबार उक्त चोकलाई मानव अधिकार चोक घोषणा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले जानकारी दिनुभयो ।...
हिंसा पीडितलाई दिक्तेल रुपाकोट मझुवागढीको आर्थिक सहयोग

हिंसा पीडितलाई दिक्तेल रुपाकोट मझुवागढीको आर्थिक सहयोग

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
२४ मंसिर, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हिंसा पीडित तीन महिला र एक पुरुषलाई आर्थिक सहयोग गरेको छ । ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा आज जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजित कार्यक्रमकाबीच नगरपालिकाले उनीहरूलाई जनही २० हजार नगद प्रदान गरेको हो । नगरपालिकाको आर्थिक सहयोग पाउनेमा हिंसा पीडित एकल महिलाहरू वडा नं १ दिक्तेलकी हर्किमाया बस्नेत, सोही स्थानकी हरिमाया सुन्दास, हिंसा पीडित वडा नं. २ सोल्माकी टिकादेवी पुरी र वडा नं. ६ नेर्पाका हिंसा पीडित एकल पुरुष नरबहादुर गुरुङ रहनुभएको छ । हिंसा पीडितको जीवीकोपार्जनमा टेवा पु-याउने उद्देश्यले आर्थिक सहयोग गरिएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मन्दिरा घिमिरेले जानकारी दिनुभयो । पीडितरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिस...
प्रसूति व्यथाले गम्भीर सावाकटहरेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार

प्रसूति व्यथाले गम्भीर सावाकटहरेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
२३ मंसिर, खोटाङ । खोटाङमा प्रसूति व्यथाले गम्भीर एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका विष्टको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरमार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो । प्रसूति व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि उहाँलाई स्वास्थ्य चौकी, सावाकटहरे लगिएको थियो । जाँचका क्रममा उहाँमा उच्च रक्तचाप तथा कम्पनको समस्या इक्लामसिया देखिएको स्वास्थ्य चौकी प्रमुख रामकुमार मग्रातीले बताउनुभयो । स्वास्थ्य अवस्था थप जटिल बनेपछि त्यहाँ उपचार सम्भव नहुने जनाउँदै स्वास्थ्य चौकीले उद्धारका लागि गरेको आग्रह अनुसार खोटेहाङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइ सिंहदरवारलाई हेलिको...
खोटाङ बन्यो कोरोना भाइरस (कोभिड–१९)  संक्रमण मुक्त जिल्ला

खोटाङ बन्यो कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त जिल्ला

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २३ । खोटाङ कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त जिल्ला बनेको छ । हिजो सम्म एक जना संक्रमित रहेकोमा आज उक्त संक्रमित निको भएसँगै खोटाङ कोरोना भाइरस संक्रमण मुक्त जिल्ला बनेको हो । आज जिल्लाका बिभिन्न ठाउँमा १५ जना संकास्पद ब्यक्तिमा एन्टीजेन परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । जिल्लामा अहिले सम्म ३ हजार ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने संक्रमण कारण १५ जनाको ज्यान गएको छ । जिल्ला संक्रमण मुक्त भएपनि नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएको कारण सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुण्य प्रसाद सिक्देलले अनुरोध गर्नुभएको छ ।  जिल्लामा कोरोना विरुद्धको खोपप्रति आकर्षण बढ्यो कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले खोटाङमा कोरोना विरुद्धको खोपप्रति आकर्षण बढेको...
क्यान्सर पीडित कुमारी राई बचाउन सहयोगको अपिल

क्यान्सर पीडित कुमारी राई बचाउन सहयोगको अपिल

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, मङ्सिर २२ । खोटाङको ऐसेलुखर्क गाउँपालिका ७ माक्पाकी कुमारी राईको उपचारको लागि सहयोगको अपिल गरिएको छ । परिवारको आर्थीक अवस्था नाजुक भएकाले घाँटिमा क्यान्सर भएकी राईको उपचार गर्न कठिन भएको पारिवारीक स्रोतले बताएको छ । कुमारीको श्रीमानसँग लामो समय अगाडिनै छोडपत्र भईसकेको बताईएको छ । ललितपुरको नखुमा डेरामा बस्दै आएको कुमारीको परिवारमा दुई बालक छोरा मात्र रहेका छन । घाँस काट्ने क्रममा लडेर मेरुदण्ड भाँचिएपछि बिगत ७ बर्ष देखि राई हिँडडुल समेत गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । झन केहि समय अघिदेखी घाँटिमा क्यान्सर आएपछि अवस्था झनै नाजुक भएको छ । चिकित्सकको सुझाव अनुसार चाडै उपचार नगाराए क्यान्सर फैलिदै जाने भएको कारण उपचारको लागि परिवारले सहयागको अपिल गरेको छ । सहयोग गर्न चाहानेले ९८६०३२६४७६ मा इसेवा गर्न र ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर ०७०७०१०००६८९७ मा रकम जम्मा गर्न सकिने छ ...
खोटाङका ५९ वडामा बर्थिङ सेन्टर, मातृ र शिशु मृत्युदर घट्यो

खोटाङका ५९ वडामा बर्थिङ सेन्टर, मातृ र शिशु मृत्युदर घट्यो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, मङ्सिर २२ । खोटाङका ५९ वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन । जिल्लामा ७९ वडा रहकोमा अहिले सम्म ७४ प्रतिशत अर्थात ५९ वडामा बर्थिङ सेन्टर निर्माण पश्चात सञ्चालनमा आएको वानहर्ट वल्डवाईड खोटाङका ट्रेनिङ फिल्ड सुपरभाईजर राजकिशोर प्रसाद चौधरीले जानकारी दिनुभयो । २ नगरपालिका र ८ गाउँपालिका गरी यस जिल्लामा १० स्थानीय तह रहेका छन । जसमध्ये ११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिका र ७\७ वटा वडा रहेको दिप्रुङ चुईचुम्मा र केपीलासगढी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन भईरहेका छन । यस्तै ६ वडा रहेको रावाबेसी गाउँपालिकाको ५ वटा वडामा सेन्टर सञ्चालनमा आएको छ भने वडा नम्बर ५ दुबेकोलमा निर्माणको काम भईरहेको गाउँपालिकाले जनाएको छ । ७ वडा रहेको जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा ४ वटा वडामा, १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकमा ९ वटा वडामा, ५ वडा रहेको सा...
पीपलडाँडा मा.वि मंगलटारमा विज्ञान प्रयोगशाला स्थापना

पीपलडाँडा मा.वि मंगलटारमा विज्ञान प्रयोगशाला स्थापना

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, मङ्सिर २० । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । विद्यार्थीहरूको सिकाइलाई व्यावहारिक र गुणात्मक बनाउने उद्देश्यका साथ नगरपालिकाको सशर्त अनुदानको ६ लाख लागतमा विज्ञान प्रयोशाला निर्माण भएको हो । प्रयोगशाला निर्माण पश्चात आईतबारबाट सञ्चालनमा आएको वडाध्यक्ष रमेश राउतले जानकारी दिनुभयो । प्रयोगशाला सञ्चालनमा आएसँगै कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले विज्ञान विषयको पाठ्यक्रममा समावेश विषयवस्तुलाई प्रयोगात्मक रूपमा पनि सिक्न थालेका विद्यालयले जनाएको छ । यसअघि उक्त विद्यालयमा पुस्तकालय स्थापना, सूचना सञ्चार प्रविधि विषय अध्यापन, इन्टरनेट जडान लगायतका कार्य भइसकेको छ । यससँगै उच्चतम शैक्षिक सस्थालाई उपकरण र प्रविधिमैत्री बनाइ शिक्षाको गुणस्तर निर्माण गर्ने कार्यमा मंगलटारले फड्को मार्न सफल भएको वडाध्यक्ष रा...