Friday, April 17News That Matters

Author: रुपाकोट खबर

एमालेको दशौ महाधिवेशनका लागी खोटाङबाट १८ जनाले प्रतिनिधित्व गर्ने

एमालेको दशौ महाधिवेशनका लागी खोटाङबाट १८ जनाले प्रतिनिधित्व गर्ने

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ कार्तिक २७ : नेपाल कम्युनिष्ट पार्टी एमालेको मंसिर १० गते चितवनमा हुने दशौ महाधिवेशनका लागि खोटाङबाट १८ जनाले प्रतिनिधित्व गर्ने भएका छन । एमालेले आज जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधिको टुंगो लगाएसँगै जिल्ला प्रतिनिधि र केन्द्रबाट गरी १८ जनाले खोटाङको प्रतिनिधित्व गर्न लागेका हुन । एमाले खोटाङका पार्टी ईन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य एवम् संसदिय दलका प्रमुख सचेतक विशाल भट्टराई, जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण बहादुर घले र नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश कुमार पौडेल स्वतः महाधिवेशन प्रतिनिधि भएका एमालेका खोटाङ जिल्ला कमिटि सचिव कुमार प्रसाद आचर्यले जानकारी दिनुभयो । यस्तै सचिव आभर्यका अनुसार जिल्लाबाट हरिकुमार पोखरेल, पाँचकर्ण(पीके)राई, उषाकला राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खडेन्द्र साम्पाङ, देवविक्रम र...
अनेरास्ववियु (क्रान्तिकारी) खोटाङको दोस्रो पुर्ण बैठक सम्पन्न, के के भए निर्णय ?

अनेरास्ववियु (क्रान्तिकारी) खोटाङको दोस्रो पुर्ण बैठक सम्पन्न, के के भए निर्णय ?

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ कार्तिक २७ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) बिद्यार्थी संगठन खोटाङको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी सेक्रेटरी जीवन राईको प्रमुख आतिथ्यता, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य नतासा सुबेदिको बिशेष आतिथ्यता र जिल्ला पार्टी सदस्य सुदिप शर्मा लगाएतका नेता कार्यकर्ताको उपस्थितीमा दोस्रो पुर्ण बैठक सम्पन्न भएको अनेरास्ववियु (क्रान्तिकारी) खोटाङले जनाएको छ ।  बैठकको अध्यक्षता अनेरास्ववियु (क्रान्तिकारी) खोटाङका अध्यक्ष निराजन किरातीले गर्नु भएको थियो । किरातीले भर्खरै खोटाङ, सोलुखुम्बु र भोजपुर गरी तीन जिल्ला इन्चार्जको जिम्मेवारी समेत पाउनु भएको छ । हलेसीमा आज सम्मपन्न दोस्रो पुर्ण बैठकले नयाँ बाकि इकाई सम्मेलन चाडै गर्ने, पार्टीको सांगठनिक अभियानहरु सञ्चालन गर्दै लाने, बैचारिक प्रशिक्षण गर्ने निर्णय गरेको अखिल (क्रान...
उपभोक्ता समितिको सहजताको लागि केपिलासगढीमा अभिमुखिकरण तालिम

उपभोक्ता समितिको सहजताको लागि केपिलासगढीमा अभिमुखिकरण तालिम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २६ : उपभोक्ता समितिको सहजताको लागि खोटाङको केपिलासगढी गाउँपालिकाले अभिमुखिकरण तालिम प्रदान गर्न सुरु गरेको छ । हिजो देखि गाउँपालिकाको वडा नम्बर १ फेदिबाट सुरु भएको तालिम आज (शुक्रबार) खार्ताम्छामा प्रदान गरिएको गाउँपालिकाका प्रशासन प्रमुख सौधन राई (युनिक साम्पाङ)ले जानकारी दिनुभयो । राईका अनुसार बिगतका बर्षमा उपभोक्त समितिमा रहेका ब्यक्तिहरुलाई सबै ज्ञान नहुँदा उनिहरुले सास्ती खेप्नु परेको थियो । चालु आर्थीक बर्ष २०७८÷०७९मा उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरुको सहजताको लागि वडागत रुपमा समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गर्न सुरु गरिएको उहाँले बताउनु भयो । तालिम पश्चात उपभोक्ता समितिहरुले हरेक योजना उत्कृष्टको साथ सम्पन्न गर्ने बिश्वास गाउँपालिकाले लिएको पनि उहाँको भनाई छ । योजना सम्झौता कसरी गर्ने, खाता सञ्चालन कसरी गर्ने, माईन्युट, सिफारिस र निवेदन कसरी ल...
खोटाङमा ५ सय बढी गाँजाको बोट प्रहरीद्धारा नष्ट

खोटाङमा ५ सय बढी गाँजाको बोट प्रहरीद्धारा नष्ट

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खेतबारीमा उम्रिएको लागु औषध (गाँजा) प्रहरीले नष्ट गरेको छ । नगरपालिकाको वडा नम्बर ५ दुर्छिम राबु स्थीत करीब २ रोपानी क्षेत्रफल जग्गामा रहेको ५ सय भन्दा बढी गाँजाको बोट नष्ट गरिएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ । सामाजिक अपराधलाई निस्तेज पार्न र अपराध नियन्त्रण गर्न गस्तिलाई तिब्रता गर्दै लैजाने क्रममा आज इलाका प्रहरी कार्यलय हलेसीकाका प्रमुख एवं प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा नष्ट गरेको कार्यलयले जनाएको छ ।...
नेकपा एमाले खोटाङको १२ औँ पुर्ण जिल्ला कमिटि बैठक सम्पन्न, के के भए निर्णय ?

नेकपा एमाले खोटाङको १२ औँ पुर्ण जिल्ला कमिटि बैठक सम्पन्न, के के भए निर्णय ?

Banner News 1, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ कार्तिक २६ : नेकपा एमाले खोटाङको १२ औँ पुर्ण जिल्ला कमिटि बैठक सम्पन्न भएको छ । एमालेका संसदिय दलका प्रमुख सचेतक एवं केन्द्रिय सदस्य बिशाल भट्टराईको उपीस्थतीमा आज सम्पन्न बैठकले बिभिन्न महोत्वपुर्ण निर्णय गरेको नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष राम दंगालले जानकारी दिनुभयो । केहि समय अगाडि वडा र पालिका अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न गरेको एमालेले आगामि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने १० औँ राष्ट्रिय माहाधिवेशनको लागि प्रतिनिधि छनोट बैठकको मुख्य बिषय रहेको उहाँले बताउनु भयो । खोटाङबाट १४ जना माहाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्ने अठोट लिएको एमालेले भोली सम्ममा सचिवालयको बैठकले प्रतिनिधि छनोट गर्ने उहाँको भनाई छ । जिल्ला कमिटि बैठकले वडा र पालिका अधिवेशनको समयमा अन्य पार्टीबाट आएका करीब ३ हजार जना नेता कार्यक्रतालाई बिभिन्न जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै आगामी तिन म...
खोटाङ : चार दिनमा प्रसव व्यथाले थलिएका चार गर्भवतीको हेलिकोप्टरबाट उद्धार

खोटाङ : चार दिनमा प्रसव व्यथाले थलिएका चार गर्भवतीको हेलिकोप्टरबाट उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
२५ कात्तिक, खोटाङ । खोटाङमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको जन्तेढुंगा गाउँपाािलका–५, चिसापानीकी १९ वर्षीया हीरा राया खड्कालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाइ सेवाबाट उद्धार गरिएको हो । पारिवारिक स्रोतका अनुसार खड्कालाई हिजोदेखि प्रसव व्यथा लागेको थियो । अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पुग्नुभएकी खड्काको बच्चा खेल्ने पानीको मात्रा घटेको देखिएको केन्द्रले जनाएको छ । केन्द्रले त्यहाँ उपचार सम्भव नभएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालय खोटाङलाई पत्र पठाएको थियो । केन्द्रले पठाएको पत्रका आधारमा प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, समन्वय इकाइ, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि पत्र ल...
खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?

खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २३ : कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित खोटाङका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप १० हजार रुपैयाँ पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेसँगै जिल्लाका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप उक्त रकम पाउने भएका हुन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका ६ सय २ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ सय ३७ अति विपन्न परिवारले राहत रकम पाउने राजपत्रमा उल्लेख छ । यस्तै साकेला गाउँपालिकाका १९३, दिप्रुङ चुइचुम्मा गाउँपालिकका ३ सय ३८, खोटेहाङ गाउँपालिकाका ४ सय १७, जन्तेढुङ्गा गाउँपालिकाका ३ सय ५ र वराहपोखरी गाउँपालिकाका २ सय ४७ परिवारले राहत रकम पाउने भएका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटले कोरोनाबाट प्रभावित अ...
खोटाङ : बढी असुल भएको सवारी भाडा यात्रुलाई फिर्ता

खोटाङ : बढी असुल भएको सवारी भाडा यात्रुलाई फिर्ता

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
प्रतीकात्मक तस्वीर २३ कात्तिक, खोटाङ । खोटाङमा चाडपर्वको मौका छोपेर यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबही गरिएको छ । ना १ ज ६२११ र ना १ ज ६४६० नं. को टाटासुुमो कारबाहीमा परेका हुन् । प्रहरी चेकजाँचको क्रममा सोमबार ऐँसेलुखक गाउँपालिका–३, ऐँसेलुखर्क र केपिलासगढी गाउँपालिका–४, बाक्सिलाबाट काठमाडौँका लागि छुटेका ती टाटासुमोले यात्रुबाट बढी भाडा लिएको पाइएको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बढी असुल भएको भाडा जफत गरेर यात्रुलाई फिर्ता गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्सालले जानकारी दिनुभयो । बढी भाडा असुल्ने टाटासुमो चालकलाई जरिवाना तिराएर छाडिएको पनि उहाँले बताउनुभयो । प्रहरीले यसअघि पनि हलेसीमा बढी असुल भएको भाडा यात्रुलाई फिर्ता गराएको थियो । यस्तै ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ४ वटा बस, एउटा ट्याक्टर, १...
बन्ने भयो शिक्षक अस्पताल, देशभरका शिक्षक हर्षित

बन्ने भयो शिक्षक अस्पताल, देशभरका शिक्षक हर्षित

ताजा अपडेट, समाज
कार्तिक २३ : शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले हिजो (सोमबार) शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई उपयुक्त जग्गा खोज्न दुई महीने कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिनुभयो । समितिले देशका मुख्य शहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभानिबत हुने अपेक्षा गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गर्नु भएको थियो । बजेट कार्यान...
खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत उद्धार

खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २२ : खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत निःशुल्क उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत प्रसव बेदनाले पीडित दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१ की २३ वर्षीया दीपा आचार्य, सोही स्थानकी २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका–५ की २४ वर्षीया सुनिता राईको उद्धार गरिएको हो । आचार्य र राईलाई सामान्यतया सुत्केरी हुुनुपर्ने समय अगावै प्रसव वेदना लागेकोे र खड्काको सुत्केरी हुनुपर्ने समय नाघिसक्दा पनि उच्च रक्तचापका कारण सुत्केरी हुन नसकेको जिल्ला अस्पताल खोटाङकी जीपी डा. नितु लामाले बताउनुभयो । उहाँहरूको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । अस्पतालबाट यसबारे जानकारी भएपछि लगत्तै प्रशासनले उद्धारका लागि महिला तथा बालबालिका मन्त्रालयमा सिफा...