रावा बेसी नामकरण गरिएको ७ वर्ष पुरा, पालिकामा मनाइयो वार्षिक उत्सव
खोटाङ, साउन २३ । खोटाङको रावा बेसी गाउँपालिकाको नामकरण गरिएको ७ वर्ष पुरा भएको छ । नामकरण गरिएको दिन साउन २२ गते पालिकाकले पहिलो पटक वार्षिक उत्सव मनाएको छ ।
राज्य पुनःसंरचनाको क्रममा २०७३ साल साउन २२ गते तत्कालिन ६ वटा गाउँ विकास समितिलाई मिलाएर रावा बेसी गाउँपालिका नाम र केन्द्र हरमटार राख्न पहल सुरु गरिएको थियो । हाल भएको रावा बेसी गाउँपालिकालाई छुट्टै पालिका घोषणा नगरिएपछि साउन २२ देखि करीब ६ महिना आन्दोलन गरिएको हालका पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको भनाइ छ ।
रावा बेसी गाउँपालिकाका हालका वडाहरु ३ लामिडाँडालाई हलेसी तुवाचुङ नगरपालिकामा, ४ डुम्रेधारापानी र ५ दुवेकोललाई ऐसेलुखर्क गाउँपालिकामा, ६ हौँचुरलाई दिक्तेल नगरपालिकामा, १ कुभिण्डे र २ खार्पा लगायतको गाविस जोडेर महुरेगढी गाउँपालिकामा बनाउने गरी तयारी गरिएको थियो । तसर्थ २०७३ साउन २२ गते कुभिण्डे, खार्पा, लामिडाँडा, डुम्रेधारापा...









