शुभशेर राई स्मृति प्रतिष्ठानलाई परिवारको १६ लाख ९० हजार, ५ जना सम्मानित
खोटाङ, भदौ ५ । सोर्गीय शिक्षक शुभशेर राईको परिवारले शुभशेर राई स्मृति प्रतिष्ठानलाई रु १६ लाख ९० हजार ९ रुपैयाँको चेक हस्तान्त्रण गरेको छ । राईको वार्षिक पुण्य तिथिको अवसरमा आइतबार (आज) जिल्ला समन्व समितिको हलमा कार्यक्रमको आयोजना गरेर परिवारका सदस्यबाट उक्त रकम प्रतिष्ठानलाई हस्तान्त्रण गरिएको हो ।
वि.स. २००७ सालमा जन्मनुभएका स्व. शिक्षक राईको वि.स. २०७८ साल भदौ ५ गते निधन भएको थियो । ४३ वर्ष लामो समय शिक्षण पेशामा आबद्ध राई नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो । स्व. राईको जेठा छोरा देव विक्रम राई अध्यक्ष रहनेगरी शुभशेर राई स्मृति प्रतिष्ठानको स्थापना गर्दै गत साउन ३० गते जिल्ला प्रशासनमा दर्ता गरिएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष कुमार पराजुलीले जानकारी दिनुभयो । प्रतिष्ठानलाई आज परिवारका सदस्यहरुले रकम संकलन गरेर स्व. राईकी श्रीमती जम्मासरी राईको हातबाट ...









