Friday, October 23News That Matters

स्थानीय

खोटाङ : चार दिनमा प्रसव व्यथाले थलिएका चार गर्भवतीको हेलिकोप्टरबाट उद्धार

खोटाङ : चार दिनमा प्रसव व्यथाले थलिएका चार गर्भवतीको हेलिकोप्टरबाट उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
२५ कात्तिक, खोटाङ । खोटाङमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको जन्तेढुंगा गाउँपाािलका–५, चिसापानीकी १९ वर्षीया हीरा राया खड्कालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाइ सेवाबाट उद्धार गरिएको हो । पारिवारिक स्रोतका अनुसार खड्कालाई हिजोदेखि प्रसव व्यथा लागेको थियो । अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पुग्नुभएकी खड्काको बच्चा खेल्ने पानीको मात्रा घटेको देखिएको केन्द्रले जनाएको छ । केन्द्रले त्यहाँ उपचार सम्भव नभएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालय खोटाङलाई पत्र पठाएको थियो । केन्द्रले पठाएको पत्रका आधारमा प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, समन्वय इकाइ, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि पत्र ल...
खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?

खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २३ : कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित खोटाङका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप १० हजार रुपैयाँ पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेसँगै जिल्लाका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप उक्त रकम पाउने भएका हुन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका ६ सय २ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ सय ३७ अति विपन्न परिवारले राहत रकम पाउने राजपत्रमा उल्लेख छ । यस्तै साकेला गाउँपालिकाका १९३, दिप्रुङ चुइचुम्मा गाउँपालिकका ३ सय ३८, खोटेहाङ गाउँपालिकाका ४ सय १७, जन्तेढुङ्गा गाउँपालिकाका ३ सय ५ र वराहपोखरी गाउँपालिकाका २ सय ४७ परिवारले राहत रकम पाउने भएका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटले कोरोनाबाट प्रभावित अ...
खोटाङ : बढी असुल भएको सवारी भाडा यात्रुलाई फिर्ता

खोटाङ : बढी असुल भएको सवारी भाडा यात्रुलाई फिर्ता

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
प्रतीकात्मक तस्वीर २३ कात्तिक, खोटाङ । खोटाङमा चाडपर्वको मौका छोपेर यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबही गरिएको छ । ना १ ज ६२११ र ना १ ज ६४६० नं. को टाटासुुमो कारबाहीमा परेका हुन् । प्रहरी चेकजाँचको क्रममा सोमबार ऐँसेलुखक गाउँपालिका–३, ऐँसेलुखर्क र केपिलासगढी गाउँपालिका–४, बाक्सिलाबाट काठमाडौँका लागि छुटेका ती टाटासुमोले यात्रुबाट बढी भाडा लिएको पाइएको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बढी असुल भएको भाडा जफत गरेर यात्रुलाई फिर्ता गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्सालले जानकारी दिनुभयो । बढी भाडा असुल्ने टाटासुमो चालकलाई जरिवाना तिराएर छाडिएको पनि उहाँले बताउनुभयो । प्रहरीले यसअघि पनि हलेसीमा बढी असुल भएको भाडा यात्रुलाई फिर्ता गराएको थियो । यस्तै ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ४ वटा बस, एउटा ट्याक्टर, १...
खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत उद्धार

खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २२ : खोटाङमा एकैदिन प्रसव बेदनाले पीडित तीन जना महिलाहरूको हेलिकप्टर मार्फत निःशुल्क उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत प्रसव बेदनाले पीडित दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१ की २३ वर्षीया दीपा आचार्य, सोही स्थानकी २४ वर्षीया मेनुका खड्का र साकेला गाउँपालिका–५ की २४ वर्षीया सुनिता राईको उद्धार गरिएको हो । आचार्य र राईलाई सामान्यतया सुत्केरी हुुनुपर्ने समय अगावै प्रसव वेदना लागेकोे र खड्काको सुत्केरी हुनुपर्ने समय नाघिसक्दा पनि उच्च रक्तचापका कारण सुत्केरी हुन नसकेको जिल्ला अस्पताल खोटाङकी जीपी डा. नितु लामाले बताउनुभयो । उहाँहरूको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि उद्धारको पहलका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । अस्पतालबाट यसबारे जानकारी भएपछि लगत्तै प्रशासनले उद्धारका लागि महिला तथा बालबालिका मन्त्रालयमा सिफा...
खोटाङमा १२ औँ राष्ट्रिय जनगणनाका लागि मूल गणनाको तयारी पूरा

खोटाङमा १२ औँ राष्ट्रिय जनगणनाका लागि मूल गणनाको तयारी पूरा

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २१ : १२ औँ राष्ट्रिय जनगणना २०७८ अन्तर्गत खोटाङमा मूल गणनाको तयारी पूरा भएको छ । कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने मूल गणनाका लागि आवश्यक तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय खोटाङले जनाएको छ । मूूल गणनाका लागि छनोट भएका २ सय ९० गणकलाई काक्ति १३ देखि १६ गतेसम्म तालिम दिइएको थियो । तालिम प्राप्त गणकहरूलाई कात्तिक २५ गतेदेखि तथ्यांक संकलन गर्ने गरी आवश्यक सामग्रीसहित फिल्डमा खटाइसकिएको जिल्ला जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी) ले बताउनुभयो । उहाँले कात्तिक २४ गते घर तथा घर परिवारको सूचीकरणमा खटिएका सुपरीवेक्षकले गणकलाई कार्यक्षेत्र देखाउने बताउनुभयो । गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना संकलन गर्ने बताइएको छ । ८० प्रश्नसहित गणक घरघरमा मूल गणनाका लागि आउँदा उनीहरूलाई सही सूचना दिन पनि जिल्ला जनगणना कार्यालयले आग्रह गरेको छ । जनगणनालाई प्रभावकारी ...
खोटाङमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

खोटाङमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
१७ कात्तिक, खोटाङ । खोटाङमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण जोखिम, शान्ति सुरक्षालगायत कुरालाई ध्यानमा राख्दै राति ९ बजेभन्दा पछि र बिहान ६ बजेसम्म देउसी–भैलो खेल्न नपाइने निर्णय गरेको हो । तिहार मनाउँदा सरकारले तोकेका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, अत्यधिक भीडभाडजन्य कार्य नगर्न जिल्ला प्रशासन कार्यलय खोटाङले जिल्लाबासीलाई आग्रह गरेको छ । यस्तै आगलागीबाट क्षति हुन सक्ने कुरालाई ख्यालमा राख्दै तिहारको समयमा पटका, आतिसबाजी लगायत प्रज्ज्वलनशील विष्फोटक पदार्थ बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ । सार्वजिनिक रूपमा मदिरा सेवन गरी होहल्ला गर्ने, जुवातास खेल्ने कार्य नगर्न पनि जिल्ला प्रशासनले आग्रह गरेको छ । तोकिएका नियम विपरीत कसैले कार्य गरे/गराएको पाइए तत्काल पक्राउ गरी कानुनी कारबाही गरिने प्रशासनले...
वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न विद्यार्थीलाई  सचेतना

वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न विद्यार्थीलाई सचेतना

Banner News 1, समाचार, समाज, स्थानीय
१५ कात्तिक, खोटाङ । जिल्लामा वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेस्थित शितला माविका विद्यार्थीहरूलाई सोसम्बन्धी सचेतना प्रदान गरिएको हो ।  विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई वैदेशिक रोजगारीका कारण हुन सक्ने मनोसामाजिक समस्या र ठगी तथा त्यसबाट जोगिने उपायबारे सचेतना दिइएको हो । वैदेशिक रोजगार सेवा समाज दिक्तेलको आयोजना र सुरक्षित आप्रवासन परियोजना (सामी), खोटाङको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा सामीका कार्यक्रम संयोजक सन्तोष राई र सोही परियोजनाका मनोसामाजिक परामर्शदाता प्रमोद श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा खाल्लेका वडाध्यक्ष डिल्लीकुमार राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज केसी र अन्य पदाधिकारी, शिक्षकहरू उपस्थित थिए ।...
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अनेरास्ववियु क्रान्तीकारीको कमिटी गठन

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अनेरास्ववियु क्रान्तीकारीको कमिटी गठन

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ कार्तिक १३ गते : जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अनेरास्ववियु क्रान्तीकारीले प्रथम ऐतिहासिक गाउँपालिका सम्मेलन सम्पन्न गरेको छ । आज (शनिबार) सम्पन्न सम्मेलनबाट आदेश थापाको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियु क्रान्तीकारी खोटाङले जनाएको छ । नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश सांसद राम कुमार राई (पासाङ) को प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलबाट अनेरास्ववियु क्रान्तीकारीको गाउँपालिका कमिटीको अध्यक्षमा आदेश थापा, उपाध्यक्षमा एनिसा परियार, शुसिला श्रेष्ठ र कञ्चन राई चयन हुनु भएको छ । यस्तै पालिका कमिटिको सचिवमा क्यामेस्ट्रि राई, सह सचिवमा सुवास बस्नेत, दिनेश मग्राती र करुणा राई र कोषाध्यक्षमा तजिना मगर चयन हुनु भएको अनेरास्ववियु क्रान्तीकारी खोटाङका संयोजक डिआर खड्काले जानकारी दिनुभयो ।...
हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको नगर स्तरीय कार्यलय स्थापना

हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको नगर स्तरीय कार्यलय स्थापना

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ कार्तिक १३ गते : जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसले नगर स्तरीय कार्यलय स्थापना गरेको छ । नेपाली कांग्रेसका क्षेत्रिय सभापती एवं हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईको प्रमुख आतिथ्यमा आज (शनिबार) एक कार्यक्रमका बिच कार्यलय स्थापना गरिएको नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाको ५ नम्बर वडा दुर्छिममा कार्यलय स्थापनासँगै नगर कार्य समितिको पहिलो पुर्ण बैठक पनि सम्पन्न भएको नगर कार्य समितिका सचिव कमल गिरीले जानकारी दिनुभयो । सचिव गिरीका अनुसार नगर कार्य समिति र नगरपालिका भित्रका ११ वटै वडाका सभापतीहरुहरुलाई कांग्रेसका स्थानीय नेता कार्यक्रताले दोसल्ला लगाएर कार्य सफलताको शुभकामना पनि दिएका छन । यस्तै कार्यलय स्थापना कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा दर्जनौँ नेता कार्यक्रता प्रवेश गरेको नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिका...
नगरपालिकाद्धारा निर्मलीडाँडाका महिलालाई ढाका बुनाइ तालिम प्रदान

नगरपालिकाद्धारा निर्मलीडाँडाका महिलालाई ढाका बुनाइ तालिम प्रदान

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक १३ गते : जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन तीन महिने सीपमूलक ढाका बुनाइ तालिम प्रदान गरेको छ । आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाको ९ नं. वडा निर्मलीडाँडास्थित साकेला महिला समूहका ७ जना महिलालाई तालिम दिइएको नगरपालिकाकी उपप्रमुख विणादेवी राईले जानकारी दिनुभयो । नगरपालिका र ९ नं. वडाको आर्थिक सहयोगमा गत साउन १४ गतेबाट सुरु तालिममा चन्द्रकला राईले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी महिलाले ढाकाको कपडाबाट साडी, कोट, सललगायतका कपडा बनाउन सिकेका छन् । उनीरूले उत्पादनसमेत थालिसकेका र ठूलो मात्रामा उत्पादन गरे नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने उपप्रमुख राईले बताउनुभयो । तालिमका समापनका अवसरमा आज प्रशिक्षिकालाई प्रशंसापत्र र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाले विगतका वर्षमा पनि नगरभित्रका ...