Friday, April 17News That Matters

स्थानीय

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अनेरास्ववियु क्रान्तीकारीको कमिटी गठन

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अनेरास्ववियु क्रान्तीकारीको कमिटी गठन

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ कार्तिक १३ गते : जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अनेरास्ववियु क्रान्तीकारीले प्रथम ऐतिहासिक गाउँपालिका सम्मेलन सम्पन्न गरेको छ । आज (शनिबार) सम्पन्न सम्मेलनबाट आदेश थापाको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियु क्रान्तीकारी खोटाङले जनाएको छ । नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश सांसद राम कुमार राई (पासाङ) को प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलबाट अनेरास्ववियु क्रान्तीकारीको गाउँपालिका कमिटीको अध्यक्षमा आदेश थापा, उपाध्यक्षमा एनिसा परियार, शुसिला श्रेष्ठ र कञ्चन राई चयन हुनु भएको छ । यस्तै पालिका कमिटिको सचिवमा क्यामेस्ट्रि राई, सह सचिवमा सुवास बस्नेत, दिनेश मग्राती र करुणा राई र कोषाध्यक्षमा तजिना मगर चयन हुनु भएको अनेरास्ववियु क्रान्तीकारी खोटाङका संयोजक डिआर खड्काले जानकारी दिनुभयो ।...
हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको नगर स्तरीय कार्यलय स्थापना

हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको नगर स्तरीय कार्यलय स्थापना

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ कार्तिक १३ गते : जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसले नगर स्तरीय कार्यलय स्थापना गरेको छ । नेपाली कांग्रेसका क्षेत्रिय सभापती एवं हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईको प्रमुख आतिथ्यमा आज (शनिबार) एक कार्यक्रमका बिच कार्यलय स्थापना गरिएको नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाको ५ नम्बर वडा दुर्छिममा कार्यलय स्थापनासँगै नगर कार्य समितिको पहिलो पुर्ण बैठक पनि सम्पन्न भएको नगर कार्य समितिका सचिव कमल गिरीले जानकारी दिनुभयो । सचिव गिरीका अनुसार नगर कार्य समिति र नगरपालिका भित्रका ११ वटै वडाका सभापतीहरुहरुलाई कांग्रेसका स्थानीय नेता कार्यक्रताले दोसल्ला लगाएर कार्य सफलताको शुभकामना पनि दिएका छन । यस्तै कार्यलय स्थापना कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा दर्जनौँ नेता कार्यक्रता प्रवेश गरेको नेपाली कांग्रेस हलेसी तुवाचुङ नगरपालिका...
नगरपालिकाद्धारा निर्मलीडाँडाका महिलालाई ढाका बुनाइ तालिम प्रदान

नगरपालिकाद्धारा निर्मलीडाँडाका महिलालाई ढाका बुनाइ तालिम प्रदान

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक १३ गते : जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन तीन महिने सीपमूलक ढाका बुनाइ तालिम प्रदान गरेको छ । आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाको ९ नं. वडा निर्मलीडाँडास्थित साकेला महिला समूहका ७ जना महिलालाई तालिम दिइएको नगरपालिकाकी उपप्रमुख विणादेवी राईले जानकारी दिनुभयो । नगरपालिका र ९ नं. वडाको आर्थिक सहयोगमा गत साउन १४ गतेबाट सुरु तालिममा चन्द्रकला राईले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी महिलाले ढाकाको कपडाबाट साडी, कोट, सललगायतका कपडा बनाउन सिकेका छन् । उनीरूले उत्पादनसमेत थालिसकेका र ठूलो मात्रामा उत्पादन गरे नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने उपप्रमुख राईले बताउनुभयो । तालिमका समापनका अवसरमा आज प्रशिक्षिकालाई प्रशंसापत्र र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाले विगतका वर्षमा पनि नगरभित्रका ...
उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई दिरुमनपाको पूर्ण छात्रवृत्ति

उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई दिरुमनपाको पूर्ण छात्रवृत्ति

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का/११ कात्तिक, खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमखी क्याम्पसमा अध्ययन गर्ने दलित विद्यार्थीले उच्च शिक्षा निःशुल्क लिन पाउने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उक्त क्याम्पसमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्न थालेको हो । क्याम्पसमा बिहिबार आयोजित कार्यक्रमकाबीच शैक्षिक सत्र २०७८ मा क्याम्पसमा भर्ना भएका २९ जना दलित छात्रछात्रालई छात्रवृत्ति प्रदान गरेर नगरपालिकाले पूर्ण छात्रवृत्ति वितरण कार्यक्रमको सुरुवात गरेको हो । उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाको नीतिगत निर्णयअनुसार चालु शैक्षिक सत्रबाट यो कार्यक्रम सुरु गरिएको उपप्रमुख विणादेवी राईले बताउनुभयो । यो वर्ष कोरोना महामारीका कारण छात्रवृत्ति वितरण गर्न भने केही ढिलाइ भएको उहाँको भनाइ छ । शिक्षामा समतामूलक पहुँच ...
बेमौसमी वर्षाले खोटाङमा ७ हजार ७ सय ४६ हेक्टरको अन्नबालीमा क्षति

बेमौसमी वर्षाले खोटाङमा ७ हजार ७ सय ४६ हेक्टरको अन्नबालीमा क्षति

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का/११ कात्तिक, खोटाङ । असोज ३१ देखि कात्तिक २ गतेसम्म भएको बेमौसमी वर्षाले खोटाङमा ७ हजार ७ सय ४६ दशमलव ९६ हेक्टर क्षेत्रफलको अन्नबालीमा क्षति पुगेको छ । स्थानीय तहका कृषि शाखाले ढिला गरी उपलब्ध गराएको विवरणका आधारमा सो क्षति पुगेको देखिएको कृषि ज्ञान केन्द्र खोटाङले जनााएको छ । बेमौसमी वर्षाले जिल्लामा सबैभन्दा बढी धानबालीमा क्षति पु-याएको छ । १२ हजार ८ सय ९८ हेक्टरमा लगाइएको धानमध्ये ५ हजार ५ सय २२ दशमलव ६२ हेक्टरमा क्षति पुगेको केन्द्रका प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । यसैगरी २१ हजार ३ सय १५ हेक्टरमा लगाइएको कोदो बालीमध्ये २१ सय ७३ दशमलव ७९ हेक्टरमा क्षति पुगेको छ । ७ दशमलव ५ हेक्टरमा लगाइएको मकै, ३ हेक्टरमा लगाइएको जुनेलो, १ दशमलव ०५ हेक्टरमा लगाइएको फापर र १ हेक्टरमा लगाइएको गहतमा क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । बेमौसमी वर्षाले जिल्लामा लगाइएको तरकारी त...
एमाले पालिका अधिवेशन : खोटाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

एमाले पालिका अधिवेशन : खोटाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
कार्तिक १०, खोटाङ । खोटाङका सबै पालिकामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट एमालेले सहमतिमै नेतृत्व टुंगो लगाएको हो । एमाले खोटाङका अनुसार दुई नगरपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र सचिवमा चित्रकुमार राई साथै हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ र सचिवमा प्रमोद श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । यस्तै आठ गाउँपालिकामध्ये केपिलासगढीको अध्यक्षमा खगेन्द्र राइ, सचिवमा नारायण राई, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा टेकेन्द्र राजभण्डारी, सचिवमा माधव राई, रावाबेँसीको अध्यक्षमा बलराम रिजाल, सचिवमा यज्ञनारायण श्रेष्ठ (राजु) सर्वसम्मत चयन हुनुभएको नेकपा एमाले खोटाङले जनाएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँ कमिटिको अध्यक्षमा कृष्ण कार्की, सचिवमा मनोज राई, साकेला गाउँ कमिटिको ...
लिच्कीराम्चेमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी वाईसीएल नेपाल टेम्मालाई

लिच्कीराम्चेमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी वाईसीएल नेपाल टेम्मालाई

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ कार्तिक ९ गते : खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चेमा सम्पन्न खुल्ला वडा स्तरीय भलिबल प्रचियोगिताको उपाधी वाईसीएल नेपाल दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्माले जितेको छ । लिच्कीराम्चे खेलकुद समितिले दशै तिहार चाडको अवसरमा आयोजना गरेको प्रतियोगिताको उपाधी आज दिप्रुङ चुईचुम्मा गाउँपालिका ३ छोरोम्बुलाई हराउदै वाईसीएल नेपालले जितेको हो । १५ समुह सहभागि भलिबल प्रतियोगिता आईतबार नेकपा एमालेका संसदिय दलका प्रमुख सचेतक एवं खोटाङका संघिय सांसद बिशाल भट्टराईले उद्धघाटन गर्नु भएको थियो । उपाधी जितेसँगै वाईसीएल नेपालले रु ५१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने दिप्रुङ चुईचुम्मा गाउँपालिका ३ छोरोम्बुले रु ३१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, खोटेहाङ गाउँपालिका २ वाप्लुखालाई हराउदै तेस्रो भएको आयोजक लिच्कीराम्चेले रु २१ हजार नगदक...
खोटाङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउने बढे

खोटाङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउने बढे

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ९ गते : जिल्लामा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधन कारबाहीबाट संकलन हुने राजश्वमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले पछिल्लो एक महिनामा ४ लाख ७० हजार राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार असोज महिनामा ५ सय ५० वटा सवारी साधन कारबाहीबाट उक्त परिमाणको राजश्व उठेको हो । अघिल्लो महिना भदौमा ५ सय ८७ सवारी साधन कारबाहीबाट ४ लाख ४४ हजार राजश्व संकलन भएको थियो । असोज महिनामा नेपालीहरूको महान चाड दसैँ परेकोले विगतमा भन्दा ट्राफिक सुरक्षा व्यवस्था कडा पारिएको तथा सोहीबीच बेमौसमी वर्षाले जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सवारी साधन कम चलेकाले कारबाहीको संख्या भने केही घटेको खत्रीको भनाइ छ । ट्राफिक प्रहरीका अनुसार जिल्लामा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा पर्ने गरेका छन् । असोज महिनामा मात्र ३ सय २१ वटा मो...
सुमोसँग मोटरसाइकल ठोक्किँदा खोटाङमा एक जना गम्भीर घाइते

सुमोसँग मोटरसाइकल ठोक्किँदा खोटाङमा एक जना गम्भीर घाइते

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ८ गते : मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको बगालेचोकमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज दिउँसो करिब ३ बजे काठमाडौँबाट दिक्तेलतर्फ आउँदै गरेको ना. १ ज. ४६९१ को नं. को सुमो र विपरीत दिसाबाट जाँदै गरेको बा ८२ प ५३६० नं. को मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घनामा परी मोटरसाइकल चालक रावाबेँसी गाउँपालिका–१, कुभिण्डेका २६ वर्षीय सोम राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुयभो । घाइते राईको अनुहार र चिउँडोमा गहिरो चोट लागेको र उहाँलाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । ठक्कर दिने सुमोसँगै सुमोका चालक राबावेँसी गाउँपालिका–३ का ३१ वर्षीय उमेश खत्री र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरह...
खोटाङमा तास खेलिरहेको अवस्थामा ७१ हजार नगद सहित ५ जना पक्राउ

खोटाङमा तास खेलिरहेको अवस्थामा ७१ हजार नगद सहित ५ जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ काक्तिक ८ गते : खोटाङमा तास खेलिरहेको अवस्थामा ७१ हजार २० रुपैयाँ नगद सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल हस्पिटल चोकबाट तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । दिक्तेलको हस्पिटल चोक स्थीत हरी जोशीको घरमा डेरा लिएर बस्दै आएका साकेला गाउँपालिका ५ का २७ बर्षिय हिराधन राईको कोठामा जुवा (तास) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले आज (सोमबार) राती १ बजे पक्राउ गरेको हो । तास खेलिरहेको ठाउँबाट प्रहरीले ७१ हजार २० रुपैयाँ नगद र ५२ पत्ति तास बरामत गरेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । पक्राउ पर्नेमा राई सहित, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षका बसन्त राई, सोहि नगरपा...