दसैँको अवसरमा हौँचुरमा वडा स्तरीय खुला भलिबल प्रतियोगिता हुने
खोटाङ, असोज १५ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुरले दसैँको अवसरमा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा हौँचुर खेलकुद विकास समितिले भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
दसैँको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन असोज ३० गते हुने छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २ गते हुने खेलकुद विकास समितिले जनाएको छ । प्रत्येक वडाले सहभागी जनाउन सक्ने प्रतियोगितामा असोज २९ गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने बताइएको छ ।
शारदा माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन हुने प्रतियोगिताको प्रथम हुने टिमले नगद रु ४४ हजार ४४४ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, दोस्रो, तेस्रो र सान्त्वना टिमलाई क्रमस नगद रु २५ हजार ५५५, १५ हजार ५५५ र १० हजार ५५५ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिकम ...









