Monday, October 26News That Matters

स्थानीय

खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ घाईते, ३ जनालाई काठमाडौं लगियो

खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ घाईते, ३ जनालाई काठमाडौं लगियो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २६ । खोटाङमा बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा तीन जना गम्भीर घाईते भएका छन् । आइतबार ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीको सानोडुम्रेस्थित मयुर आधारभुत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाईते भएका हुन् । गम्भीर घाइते भएका तीन जनालाई हेलीकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बिरामी भएकी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी रोमन अर्यालले बताउनुभयो । दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाईते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार...
सांसद पाँचकर्णलाई कालो मोसो दल्न खोज्ने पहिचान पक्षधर चार युवा पक्राउ गरेर छाडियो

सांसद पाँचकर्णलाई कालो मोसो दल्न खोज्ने पहिचान पक्षधर चार युवा पक्राउ गरेर छाडियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, रोचक, समाचार, स्थानीय
खोटाङ, चैत २५ । खोटाङमा प्रदेश सांसद पाँचकर्ण राई बिरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर चार युवा पक्राउ परेका छन् । कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गरेको भन्दै सांसद राई बिरुद्ध शनिबार समन्वय समितिको सभाहलमा भइरहेको जिल्लासभामा उनिहरु कालो झण्डासहित प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पुर्वउपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् । जिल्लासभा सञ्चालन भइरहकैबेला प्रवेश गरेर नाराबाजी गर्दै कालो झण्डा देखाइएको थियो । बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । यायोक्खाका अध्यक्ष बाहेक अन्य तीन जनालाई भने हतकडी हालेर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथ...
ठेकेदारलाई पक्राउ गर्न दिक्तेल नगरपालिकाले लेख्यो प्रशासनलाई पत्र

ठेकेदारलाई पक्राउ गर्न दिक्तेल नगरपालिकाले लेख्यो प्रशासनलाई पत्र

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको मोटरेबल पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानूनी कारबाही गर्न भन्दै नगरपालिकाले प्रशासनलाई पत्र लेखेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पंखु खोला पुलको काम अलपत्र पार्ने सिरुवा कन्ट्रक्सन प्रालिका प्रोजेक्ट मेनेजर सन्तोष ढुंगानालाई कानुनी दायरामा ल्याउन प्रशासनलाई पत्र लेखिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । सिरुवा कन्ट्रक्सनले २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७२ असोज ६ गते ठेक्का सम्झौता गरेको थियो । तेश्रोपल्ट थप भएको २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यस यता पुलको म्याद थप नभएको पुष्पलाल (...
कांग्रेस निकट नेपाल किसान महासंघको खोटाङ अध्यक्षमा बाजिन्द्र बिष्ट

कांग्रेस निकट नेपाल किसान महासंघको खोटाङ अध्यक्षमा बाजिन्द्र बिष्ट

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, चैत २४ । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ खोटाङ जिल्ला अध्यक्षको जिम्मेवारी बाजिन्द्र बिष्टले पाएका छन् । बिष्टलाई महासंघको केन्द्रीय समितिले जिल्ला अध्यक्षमा शुक्रबार मनोनयन गरेको हो । किसान महासंघ जिल्ला अध्यक्षको जिम्मेवारी पाएका बिष्ट खोटाङको जन्तेढुंगा गाउँपालिकाको पार्टी सभापतिसमेत रहेका छन् । नेपाल किसान महासंघको संगठन विस्तार एवं आगामी जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्नेगरी महासंघको जिल्ला अध्यक्षमा मनोनयन गरिएको नेपाल किसान महासंघ केन्द्रीय समितिले जनाएको छ । जिल्लाका सम्पूर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेशन केन्द्रले तोकेकै समयमा गराउन जिम्मेवारी दिइएको नेपाल किसान महासंघ केन्द्रीय समिति अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले दिएको मनोनयन–पत्रमा उल्लेख छ ।...
बाक्सिलामा वैशाख ६ गते गायिका मेलिना राई लगायतका कलाकारले नचाउने

बाक्सिलामा वैशाख ६ गते गायिका मेलिना राई लगायतका कलाकारले नचाउने

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, चैत २४ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा सांगीतिक कार्यक्रम हुने भएको छ । नयाँ वर्ष २०८० सालको अवसरमा वैशाख ६ गते हुन लागेको सांगीतिक कार्यक्रममा नेपालको चर्चित गायिका मेलिना राई लगायतका कलाकारहरुको प्रस्तुति रहेने बताइएको छ । केपिलासगढी गाउँपालिकाको आर्थीक सहयोगमा ग्रामीण युवा विकास मञ्च केपिलासगढीको आयोजनामा सांगीतिक एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित गायिका मेलिना राईसँगै, गायक तथा संगीतकार विक्रम राई, बिनोद खम्बु, राकेश किराती, पदम थुलुङ, सुरेश कोयी राई र उमेश दुमी राईको सांगीतिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो । गीत संगीतमार्फत मनोरञ्जन दिदै पर्यटन प्रवद्र्धनका लागि सांगीगितक कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका सदस्य प्रताप राईले बताउनुभयो । बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको...
दर्ता नगरी सञ्चालन भएका दिक्तेलका तीन औषधि पसलमा ताला लगाइयो

दर्ता नगरी सञ्चालन भएका दिक्तेलका तीन औषधि पसलमा ताला लगाइयो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २४ । दर्ता नगरी सञ्चालन भएका खोटाङका तीन औषधि पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सञ्चालन भइरहेका तीन पसलमा औषधि व्यवस्था बिभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो । बिभागमा दर्ता गरेर मात्र औषधि पसल सञ्चालन गर्नु पर्ने भए पनि तीन पसलले दर्ता नगरेका कारण सिलबन्दी गरिएको बिभागमा कार्यरत नायब सुब्बा हरिस सुबेदीले जानकारी दिनुभयो । बिहिबार अनुगमनको क्रममा दिक्तेल बजारमा सञ्चालित अपोगी हेल्थ केयर एण्ड डायग्नोस्टीक सेन्टर प्रालि, ॐ हलेसी मेडिकेयर क्लिनिक र न्यु हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सु फार्मेसी दर्ता नभएको पाइएपछि सिलबन्दी गरिएको सुबेदीले बताउनुभयो । बिभागमा आवश्यक कागजातसहित उपस्थित भएर दर्ता गरेपछि मात्र पसल खोलिने बिभागले जनाएको छ ।...
धितुङका ४ आमा समुहलाई कुटानी पिसानी मिल

धितुङका ४ आमा समुहलाई कुटानी पिसानी मिल

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ४ आमा समुहले कुटानी पिसानी मिल पाएका छन् । उनिहरुको दैनिकीमा सहजता ल्याउन वडाले बिहिबार मिल प्रदान गरेको जनाएको छ । चालु आर्थीक वर्ष २०७९\०८० मा वडाबाट विनियोजित २ लाख बजेटबाट ४ वटा कुटानी पिसानी मिल खरिद गरेर आमा समुहलाई प्रदान गरिएको वडाध्यक्ष टेकराज राईले जानकारी दिनुभयो । वडाले प्रदान गरेको मिल भाडबेँसी, पन्थे, दियाले र नयाँ बस्तीका आमासमुहरुले पाएका छन् । अन्य आमा समुहले पनि माग गरिरहेकोहुँदा नगरपालिकासँग समन्वय गरेर आगामी दिनमा मिल उपलब्ध गराइने वडाध्यक्ष राईले बताउनुभयो । हाल ढिकी जाँतोमा अन्न पिस्दै आएका आमाहरुको सहजताका लागि मिल प्रदान गरिएको उहाँको भनाइ छ । कुटानी पिसानी मिलले आमाहरुको घरायसी कामको केही बोझ हटाउनेमा विश्वस्त रहेको उहाँले सुनाउनुभयो ।...
सर्वाधिक पुरस्कार राशिको ‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ वैशाख ४ देखि, ८ टिमको प्रतिस्पर्धा

सर्वाधिक पुरस्कार राशिको ‘जन्तेढुंगा आमन्त्रित गोल्डकप’ वैशाख ४ देखि, ८ टिमको प्रतिस्पर्धा

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २३ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा २ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ आगामि वैशाख ४ गतेबाट हुने भएको छ । जन्तेढुंगा गाउँपालिका–५ खर्क खेलमैदानमा हुने जिल्लाकै सर्वाधिक पुरस्कार राशिको गोल्डकपमा ८ समहुले प्रतिस्पर्धा गर्ने छन् । जन्तेढुंगा गाउँपालिकाको विशेष सहयोगमा जन्तेढुंगा खेलकुद विकास समितिले गोल्डकपको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा वैशाख ४ गते आयोजक जन्तेढुंगा फुटबल क्लब र न्यु त्रियुगा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख ५ गते हुने दोस्रो खेलमा बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ क्लबबीच खेल हुँदा तेस्रो खेलमा ६ गते भोजपुर फुटबल संघ र बेल्टार एकता क्लब भिड्ने छन् । पहिलो चरणको अन्तीम खेल ७ गते गोलबजार स्पोट्र्स क्लब र भगवती स्पोट्र्स क्लब मैदान उत्रिने आयोकज जन्तेढुंगा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिए । व...
विद्यालयलाई सिकाइ उपलब्धि बढाउने गरी कार्ययोजना बनाउन नगरपालिकाको निर्देशन

विद्यालयलाई सिकाइ उपलब्धि बढाउने गरी कार्ययोजना बनाउन नगरपालिकाको निर्देशन

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालयहरुलाई सिकाइ उपलब्धि बढाउने गरी वार्षिक कार्ययोजना बनाउन निर्देशन दिएको छ । कक्षागत नतिजा विश्लेषण गरी हालको (सक्षमता) उत्तिर्ण प्रतिशत भन्दा आगामी दिनमा सिकाइ उपलब्धि वार्षिक न्यूनतम तीन प्रतिशतको वृद्धि लक्ष्य राखेर कार्ययोजना बनाउन नगरपालिकाले निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र २०८० मा लक्ष्य निर्धारण गरेर सिकाइ उपलब्धि बढाउने गरी विद्यालयलाई निर्देशन गरिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । नगरका सामुदायिक विद्यालयहरुले वार्षिक कार्ययोजना निर्माण गरेर आगामि वैशाख १० गते भित्र नगर शिक्षा शाखामा पेश गर्न भनिएको उहाँको भनाइ छ । यस्तै, कतीपय विद्यालयमा विद्यार्थी संख्या र भर्ना संख्यामा फरक परिरहेकाले आइ.इ.एम.आइ.एस र विद्यालयमा भर्ना दरमा फरक नपर्ने गरी विद्यार्थी संख्या पेश गर्नसमेत पत्रमार्फत विद्यालयहरुलाई निर्द...
दिक्तेल नगरपालिकाको नगर ‘सद्भावना दूत’मा गायक राजेश पायल राई

दिक्तेल नगरपालिकाको नगर ‘सद्भावना दूत’मा गायक राजेश पायल राई

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, रोचक, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चर्चित गायक राजेश पायल राई (राई इज किंग) लाई नगरपालिकाको ‘सद्भावना दूत’मा राखेको छ । नगर कार्यपालिकाको चैत १९ गतेको निर्णयले गायक राईलाई ‘सद्भावना दूत’मा राखिएको मंगलबार पत्रकार सम्मेलन गरेर मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मनु भएका राई हाल देशकै चर्चित गायकको रुपमा स्थापित हुनुहुन्छ । गायक राईलाई नगरपालिकाले शान–मान र स्वाभिमानकोरुपमा लिएकाले समृद्धि र पहिचानका लागि नगर ‘सद्भावना दूत’मा राखिएको मेयर भट्टराईले बताउनुभयो । गायक राईले पनि समृद्धि र पहिचानका लागि आफु लागि पर्ने प्रतिबद्धता दिएको उहाँको भनाइ छ । गायक राईको देश तथा विदेशमा हुने नियमित भ्रमणले नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त रहेको मेयर भट्टराईले बताउनुभयो । यस्तै, सोही कार्यपालिकाले विभिन्न सल्ला...