Tuesday, April 21News That Matters

स्थानीय

कम्प्युटर एसोसियसन महासंघ खोटाङको नयाँ कार्य समिति चयन

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, मंसिर १९ । कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा खोटाङले नयाँ कार्य समिति चयन गरेको छ । क्यानको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सोमबार विमला राईको अध्यक्षतामा ७ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्यानको उपाध्यक्षमा कुमार बजिमय, सचिवमा खिला प्रसाद आचार्य, सह–सचिवमा प्रेमकुमार अधिकारी, कोषाध्यक्षमा राजु भट्टराई, सदस्यमा अजय बस्नेत र विनोद बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक अधिवक्ता ओम प्रकाश घिमिरेले नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गर्नुभएको छ । खोटाङ उद्योग वाणिज्य महासंघको कार्यालयमा क्यानका निर्वतमान अध्यक्ष मनोज कुमार बजिमयको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा दिक्तेल रुपाकोट मझ...
थाइल्यान्डमा सम्पन्न विश्व मुवाँथाई च्याम्पियनसिपमा हलेसीकी डेनिका तेस्रो

थाइल्यान्डमा सम्पन्न विश्व मुवाँथाई च्याम्पियनसिपमा हलेसीकी डेनिका तेस्रो

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, मंसिर १८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी डेनिका राईले विश्व मुवाँथाई च्याम्पियनसिपको तेस्रो स्थान हासिल गरेकी छिन् । थाइल्यान्डमा सम्पन्न विश्व मुवाँथाई च्याम्पियनसिपको १७औं संस्करणमा राईले तेस्रो स्थान हासिल गरेकी हुन् । थाइल्यान्डको पटायामा आयोजना गरिएको विश्व मुवाँथाई च्याम्पियनसिपमा २० देशका खेलाडीहरु सहभागी थिए । नेपालको प्रतिनिधित्व गरेर प्रतिस्पर्धा गर्न गएकी राई अन्य १७ देशका खेलाडीलाई पछि पार्दै तेस्रो भएकी हुन् । नेपालबाट उक्त प्रतियोगितामा भाग लिन गुणराज रुचाल र डेनिका राई छनोट भएर थाइल्यान्ड गएका थिए । गुणराजले पुरुष ५७ केजी तौल समूह र डेनिका राईले महिला ४८ केजीमा प्रतिस्पर्धा गरेका हुन् । मुवाँथाईको विश्व च्याम्पियनसिपमा भाग लिन गएकी डेनिका राईलाई हलेसी तुवाचुङ नगरपालिकाले रु १ लाख सहयोग गरेको थियो ।...

हलेसी तुवाचुङ भन्छ खोइ पानी ? ठेकेदार भन्छ अब दुई महिनामा आउँछ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १८ । हलेसी तुवाचुङ नगरपालिकाका नागरिकको घरघरमा (बृहत पम्पिङ) मार्फत खानेपानी पु¥याउने भनिएको ५ वर्ष बितिसक्दा पनि आयोजनाको काम सकिएको छैन् । वि.स. २०७४ सालबाट सुरु भएको आयोजनाको ४ पटक म्याद थपिदा पनि काम अझै सम्पन्न नभएको हो । दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको आयोजनाको काम सम्पन्न हुने कुनै छाटकाट नदेखिएपछि नगरपालिका ‘एक्सन’ मा आएको छ । शनिबार जनप्रतिनिधि, संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रतिनिधि, उपभोक्ता समिति लगायतको छलफल आयोजना गरेर निर्माण कम्पनीलाई नगरपालिकाले खोइ पानी भन्दै प्रश्न गरेको छ । जवाफमा निर्माणको जिम्मा पाएका तिनै वटा निर्माण कम्पनीका प्रतिनिधिले अबको दुई महिनामा पानी ल्याउने बताएका छन् । दुई महिनामा काम सम्पन्न गर्नेगरी उनिहरुले कागजमा हस्ताक्षरसमेत गरेका छन् । सुक्खाग्र...
मात्तिमबाट दिक्तेल आउदै गरेको बस दुर्घटना, चार जना घाईते

मात्तिमबाट दिक्तेल आउदै गरेको बस दुर्घटना, चार जना घाईते

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १८। खोटाङको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट जिल्ला सदरमुकाम दिक्तेल आउदै गरेको बस दुर्घटना भएको छ । बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरास्थित सडकमा ब्रेक फेल भएर बस पल्टिँदा चार जना घाईते भएका छन् । बस गुडिरहेको सडकमा पल्टदा बसका सहचालक शारदा नगरपालिका सल्यानका मिलन मगरसहित अन्य तीन जना घाईते भएका हुन् । घाईते हुनेहरुमा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी रहेका छन् । चालक र सहचालक सहित पाँच जना सवार बसको ब्रेक पाईप फुटेपछि हावा लिक भएर बस सडकमा पल्टिएको चालक सुदन बिकले बताउनुभयो । टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेको अवस्था सामान्य रहेकाले घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ ।...
हलेसी तुवाचुङमा फस्टाउदै कपास खेती

हलेसी तुवाचुङमा फस्टाउदै कपास खेती

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १६ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा कपास खेती फस्टाउदै गएको छ । दुई वर्ष अघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेती अहिले फस्टाउदै गएको हो । आर्थीक वर्ष २०७७/०७८ मा १० लाख बजेट बिनियोजन गरेर कपास खेतीलाई प्रवद्र्धन गर्न सुरु गरेको नगरपालिकाले अहिले पनि निरन्तर दिदै आएको छ । पुर्खाको पालामा हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका धेरै ठाउँमा कपास खेती हुने गरेको थियो । कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको त्यस क्षेत्रका पुर्खाहरुको भनाइ छ । लोपोन्मुख बनेको कपास खेती र खाँडीका कपडाको संरक्षण र प्रवद्र्धन गर्नु नगरपालिकाको दायित्व रहेकाले बजेट बिनियोजन गरेरै काम सुरु गरिएको नगरपालिकाका मेयर बिमला राईले बताउनुभयो । ‘म यस नगरको उपमेयर हुँदै गर्दा मेरै नेतृत्वमा कपास खेती प्रवद्र्धन कार्यक्रम सुरु गरिएको थियो । सुरुमा हामीले विभिन्न समुह मार्फ...
हलेसी मन्दिर वरीपरी २६ शौर्यबत्ती जडान, १२६ जडान गर्ने तयारी

हलेसी मन्दिर वरीपरी २६ शौर्यबत्ती जडान, १२६ जडान गर्ने तयारी

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, मङ्सिर १५ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेव स्थानस्थित त्रि–धार्मिकस्थल हलेसी मन्दिर परिसरमा २६ वटा शौर्यबत्ती जडान गरिएको छ । अन्य १ सय २६ शौर्यबत्ती जडान गर्ने तयारी गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र महादेवस्थान वडा कार्यालयको प्रस्तावमा उज्यालो हलेसी कार्यक्रम अन्तर्गत १ नं.प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयको १० लाख बजेटमा २६ वटा बत्ती जडान भएको महादेवस्थानका वडाध्यक्ष तथा नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । अन्य १ सय २६ वटा बत्ती जडानकालागि १ करोड बजेट विनियोजन भइसकेको छ । जसकालागि बत्ती जडानमा आवश्यक तार लगायतका सामाग्री आइसेको गिरीले बताउनुभयो । हालको २६ वटा बत्ती महेन्द्रोदय माविको छानामा १२ थान सोलार प्यानल राखेर आठ वटा ब्याट्रीमार्फत एक केभीए विद्युत उत्पादनबाट सञ्चालनमा आएको हो । बत्ती जडानकालागि प्रदेशबाटै सामान र प्राविधिक टोली आएको थियो । बत...
रावा बेसी : खाने तेलमा आत्मनिर्भर बन्न कृषकलाई तोरीको बिउ वितरण

रावा बेसी : खाने तेलमा आत्मनिर्भर बन्न कृषकलाई तोरीको बिउ वितरण

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १५ । खोटाङको रावा बेसी गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेको छ । पालिका भित्रका अधिकांश भूभागमा तोरी खेती हुनेभएकाले तेल बाहिरबाट आयत गर्न रोक्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ । रावा बेसी गाउँपालिकामा तेलहन बाली उत्पादनको लागि उर्वरभुमि हुँदाहुँदै पनि करोडौँको खाध्य तेल आयत भइरहेकाले पालिकाले तोरी खेती गर्ने कार्यक्रम सुरु गरेको पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । केही समय अघि ६ वटै वडाको तोरी खेती हुने भूभागको छनोट गरेर कृषकहरुबाट पालिकाले आवेदन माग गरेको थियो । कृषकहरुले दिएको आवेदनको आधारमा तोरीको बिउ वितरण गर्न सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । वडा नम्बर १ कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे र वेल्टार, वडा नम्बर २ खार्पाको दसमुरे र जलजले, वडा नम्बर ३ लामिडाँडाको तिर्पा बेँसीको भूभाग तोरी खेतीकालागि छनोट भएका छन् । यस्तै...
खोटाङ सेवा समाज कतारद्धारा जिल्ला कारागारलाई पुस्तक सहयोग

खोटाङ सेवा समाज कतारद्धारा जिल्ला कारागारलाई पुस्तक सहयोग

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १० । खोटाङ सेवा समाज कतारले जिल्ला कारागार खोटाङलाई पुस्तक सहयोग गरेको छ । कारागारमा जेल जीवन बिताइरहेका कैदिबन्दीलाई लक्षित गर्दै सेवा समाजले विभिन्न प्रकारका पुस्तकहरु सहयोग गरेको हो । कारागारमा यस अघि नै पुस्तकालय स्थापन भइसकेको छ । जसमा आवश्यक पुस्तकसँगै अन्य समाग्री सेवा समाजले कारागारलाई सहयोग गरेको बताइएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह लगायतको हातबाट सेवा समाजले पुस्तक लगायतका अन्य आवश्यक सामाग्री हस्तान्त्रण गरेको छ । २ सय ५५ थान पुस्तक, २ थान पुस्तक राख्ने र्‍याक र एक/एक थान टेबल र बेन्च कारागारलाई प्रदान गरिएको खोटाङ सेवा समाज कतारका वरिष्ठ उपाध्यक्ष डिल्लीशेर खड्काले बताउनुभयो । विभिन्न कारणले जेलमा सजाय भोगिरहेका ब्यक्तिहरुले पुस्तक पढेर नयाँ ज्ञान आर्ज...
खोटाङ : प्रतिनिधिसभा समानुपातिकमा एमालेलाई पहिलो मत, कुन दलले कति पाए ?

खोटाङ : प्रतिनिधिसभा समानुपातिकमा एमालेलाई पहिलो मत, कुन दलले कति पाए ?

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर १० । खोटाङमा प्रतिनिधिसभा समानुपातिक निर्वाचनमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । जिल्लामा साना तथा ठूला गरी ४७ दललाई समानुपातिक मत जदा एमालेको पक्षमा सबै भन्दा धेरै मत परेको हो । एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मत खसेको थियो । जसमा ३ हजार ६२० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदर मत मध्ये सबै भन्दा धेरै एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको छ । कांग्रेसलाई १८ हजार ६७२, नेकपा माओवादी केन्द्रलाई ११ हजार ८४५, नेकपा (एकीकृत समाजवादी)लाई ३ हजार ३६, जसपालाई २ हजार २४८, राप्रपालाई १ हजार २५५ मत प्राप्त भएको छ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४९७ मत पाएको छ । आमूल परिवर्तन मसिहा पार्टीलाई १५३, मंगोल नेशनल अर्गनाइजेसनलाई १२१, राष्ट्रिय जनमोर्चाको ४५, नेपाल मजदुर किसान प...

हामीले पाएको मत अनुसार हीनताबोध हुनुपर्ने अवस्था छैन् : विशाल भट्टराई

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मङ्सिर १० । नेकपा एमालेले खोटाङमा पाएको मत अनुसार हीनताबोध गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । प्रतिनिधिसभाका उम्मेद्वार विशाल भट्टराईले शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै स्थानीय तहमा पार्टीले पाएको मत भन्दा प्रतिनिधिसभा र प्रदेशसभामा बढी मत पाएकाले हीनताबोध हुनुपर्ने अवस्था एमालेको नरहेको बताउनुभएको हो । भट्टराईले भन्नुभयो, ‘स्थानीय तहको चुनावमा नेकपा एमालेले पाएको मत भन्दा गठबन्धनमा आबद्ध दलले पाएको मत जोड्दा उनिहरु बलिया देखिन्थे तर हामीले प्रतिनिधिसभामा धेरै मत पायौँ, झिनो मतले हारेका छौँ । यसमा नेकपा एमाले हीनताबोध भन्दा उत्साहित भएको छ ।’ अन्य पार्टीको धेरै मत तान्न सकेपनि आवश्यक मत तान्न नसक्दा पराजित भएको उहाँको भनाइ छ । सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको परिणाम अनुसार खोटाङसँगै देशैभरी गठबन्धन असफल भएको भट्टराईको टिप्पणी छ । ‘देशमा अहिले अस्थिरता पैदा भएक...