Thursday, August 27News That Matters

स्थानीय

राजेश राईलाई उपाधि जिताउन हलेसी तुवाचुङको ५० हजार नगद सहयोग

राजेश राईलाई उपाधि जिताउन हलेसी तुवाचुङको ५० हजार नगद सहयोग

Banner News 1, कला, साहित्य, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक ७ । खोटाङका गायक राजेश राईलाई हलेसी तुवाचुङ नगरपालिकाले नगद सहयोग गरेको छ । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा पुग्न सफल राईलाई उपाधि जिताउन नगरले रु ५० हजार सहयोग गरेको मेयर विमला राईले जानकारी दिनुभयो । भ्वाइस स्टार नेपाल्सले निर्माण गरेको उक्त रियालिटी शोको फाइनलमा राईसँगै अन्य पाँच जना प्रतिस्पर्धि रहेका छन् । राईलाई उपाधि जिताउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–६ निशंखेमा जन्मिनुभएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । करीब ५० वटा गीत रेर्कड गराउनुभएका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा रोटी, तोडियो तोडियो १ र २, आइतबार र कालो कालो बादलु लगायतका गीतहरु चर्चामा छन् । राई जिताउ अभियानमा कात्तिक ६ ...
विद्यालयमा ७ जना विद्यार्थी, २४ जनाको नाममा दिवा खाजा र किताब खरिदको रकम

विद्यालयमा ७ जना विद्यार्थी, २४ जनाको नाममा दिवा खाजा र किताब खरिदको रकम

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक ५ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जलन्धारा प्राथमिक विद्यालयले विद्यार्थीको गलत डाटा नगरपालिकामा पठाउने गरेको पाइएको छ । विद्यालयमा जम्मा ७ जना विद्यार्थी रहेका छन् । तर विद्यालयले आइएमइएस डाटामा २४ जना भरेर पठाएको पाइएको हो । नगरपालिकाका मेयर विमला राई, उप–मेयर रमेश कुमार राउत, शिक्षा शाखा संयोजक पदम बहादुर कार्की लगायतको टोली शुक्रबार विद्यालयको अनुगमन गर्न जादा यस्तो पाइएको मेयर राईले बताउनुभयो । स्थानीय अभिभावकका अनुसार विद्यालयमा ७ जना विद्यार्थीले मात्र नाम दर्ता गराएका छन् । शुक्रबार भने तीन जना मात्र विद्यार्थी विद्यालयमा आएका थिए । विद्यालयमा नाम दर्ता नै नगराएका नक्कली विद्यार्थीको नाम लेखेर शिक्षकले हाजिरीसमेत गर्नेगरेको देखिएको मेयर राईको भनाइ छ । विद्यालयले नगरपालिकामा पठाएको शैक्षिक सत्र २०७९/८० को आइएमइएस डाटामा २४ जना विद्यार्थी रहेको उल्लेख गरिए...
रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धि वित्तीय साक्षरता कक्षा

रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धि वित्तीय साक्षरता कक्षा

ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र १३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धि वित्तीय साक्षरता कक्षा संचालन गरिएको छ । वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा संलग्न व्यक्तीका परिवार, विशेष गरेर महिला सदस्यहरु सहभागी छन् । चार वटा समुह बनाएर एक हप्ता अघिबाट कक्षा सुरु गरिएको बताइएको छ । एउटा समुहमा २० देखि २५ जनाको रहेका छन् । २१ हप्तासम्म निरन्तर वित्तीय साक्षरता कक्षा संचालन गरिने सामी परियोजनाका कार्यक्रम संयोजक ओजोन बाबु आचार्यले जानकारी दिनुभयो । रेमिट्यान्सको सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास आय आर्जनमा वृद्धि गर्ने लक्ष्यले सामी कार्यक्रम अन्तर्गत नगरपालिकाको दुई वटा वडामा उक्त कार्यक्रम गरिएको आचार्यले बताउनुभयो । वित्तीय साक्षरता कक्षामा रेमिट्यान्स सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास आय आर्जनमा वृद्धि, व्यवसायि...
एक वर्ष भित्रमा खानेपानी समस्याको अन्त्य हुन्छ : मेयर विमला राई (अन्तरवार्ता)

एक वर्ष भित्रमा खानेपानी समस्याको अन्त्य हुन्छ : मेयर विमला राई (अन्तरवार्ता)

Banner News 3, अन्तरवार्ता, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भइरहेको खानेपानीको समस्या एक वर्ष भित्रमा समाधान हुने मेयर विमला राईले बताउनुभएको छ । हाल नगरपालिकाका अधिकांश ठाउँमा खानेपानीको समस्या रहेको छ । सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको सात वडामा खानेपानीको समस्या समाधान गर्न बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गरिएको छ । तर सम्झौता समय नाघिसक्दा पनि कामले पुर्णता पाएको छैन् । उक्त आयोजनाबाट तीन हजार ७५६ घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ । हाल अलपत्र जस्तै बनिरहको खानेपानी योजना सम्पन्न गर्न मन्त्रलायदेखि सम्बन्धित सबै निकायमा कुरा गरिरहेको र एक वर्ष भित्र काम सम्पन्न हुने मेयर राईले बताउनुभयो । ‘नगरपालिका भित्र सञ्चालन भइरहेको बृहत् पम्पिङ खानेपानी आयोजनासँगै अन्य खानेपानी योजनाहरु पनि सञ्चालन भइरहेका छन् । त्यी सबै योजना चाडै सम्पन्न हुन्छ, त्यसपछि नगरपालिका...
राजेश राई जिताऔँ अभियानमा कात्तिक ७ गते हलेसीमा सांगीतिक कार्यक्रम हुुने

राजेश राई जिताऔँ अभियानमा कात्तिक ७ गते हलेसीमा सांगीतिक कार्यक्रम हुुने

Banner News 2, कला, साहित्य, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक १ । यहि कात्तिक ७ गते हलेसी मन्दिरको प्रांगणमा सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा स्थानीय कलाकारसँगै ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा पुग्न सफल खोटाङका राजेश राईको विशेष प्रस्तुति रहनेछ । इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राई फाइनलमा पुगेका छन् । फाइनलमा राईसँगै अन्य ५ जना प्रतिस्पर्धि रहेका छन् । फाइनलमा पुग्न सफल राईलाई उपाधि जिताऔँ अभियान अन्तरगत हलेसीमा कार्यक्रमको आयोजना गरिएको बताइएको छ । प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको उपाधिकालागि धमाधम भोटिङ भइरहेकाले राईले भोटको अपिल गरेका छन् । राईलाई उपाधि जिताउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईल...

थर्पुचोकस्थित बीच सडकमा ढल फुट्दा सवारी साधनसँगै स्थानीयलाई सास्ती

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २९ । जिल्ला अस्पताल–दोर्पा दुम्ली सडक खण्ड अन्तरगत थर्पुचोकस्थित बीच सडकमा ढल फुट्दा सवारी साधनसँगै स्थानीयलाई सास्ती भएको छ । सडकको बीचबाट बाहिर कटाएको ढल फुट्दा सवारी साधन वारपार गर्न र हिड्डुल गर्न समस्या भएको स्थानीयले बताएका छन् । करीब ५ मिटरको चौडाइ रहेको उक्त सडकको ३ मिटर जती भाग फुटेको छ । बीचमा गाडीको टायर राखेर सवारी साधान वारपार गर्ने गरिएको छ । पशुचौपाय हिड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरुको भनाइ छ । बिशेषगरी बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन हुनेगरेको स्थानीय हिरालाल रिजाल बताउनुहुन्छ । ढल निर्माण गर्नेदेखि प्राविधिकसम्मको कम्जोरीको कारण निर्माण भएको २ वर्षमै ढल फुटेको स्थानीय राधिका आचार्यको आरोप छ । ढल निर्माण गर्दैगर्दा स्थानीयहरुको असन्तुष्टि रहेको पाइएको छ । धान, कोदो लगायतका उब्जा हुने ठाउँमा ढल कटाइदा स्थानीयले असन्तुष्टि जना...
बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज २९ । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खकलुङ युनाइटेड क्लब बास्पानीको आयोजनामा कात्तिक–४ गतेबाट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा जिल्ला भरीका क्लब र खेलाडीले मात्र सहभागि जनाउन पाउने आयोजकले जनाएको छ । काक्तिक ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो र दोस्रो हुने समुहले रु ३० हजार र रु २० हजार, सेमिफाइनलिस्ट दुई समूहलाई रु १०÷१० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष प्रताप राईले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिनफिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँको भनाइ छ । प्रतियोगितामा सहभागी हुने समूहका लागि रु तीन हजार ९९९ दर्ता शुल्क तोकिएको र प्रतियोगितामा १५ समूह सहभागी हुने अनुमान ...
खोटाङमा अरिङगालको टोकाइबाट एकको मृत्यु

खोटाङमा अरिङगालको टोकाइबाट एकको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २८ । अरिङगालको टोकाइबाट खोटाङमा एक युवकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २६ वर्षीय बिनोद ठटालको आज अरिङगालको टोकाइबाट मृत्यु भएको हो । आज बिहान ७ बजे बाटोमा हिड्ने क्रममा गोलाबाट निस्केको अरिङगालले टोक्दा उनको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उनीसगै हिड्दै गरेका सोही ठाउका २५ वर्षीया सर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सर्मिला भने उपचारपछि घर फर्केका छ्न, नैनसिंको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।...
‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा खोटाङका राजेश राई, उपाधिकालागि भोटको अपिल

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा खोटाङका राजेश राई, उपाधिकालागि भोटको अपिल

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज २७ । इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राई फाइनलमा पुगेका छन् । फाइनलमा राईसँगै अन्य ५ जना प्रतिस्पर्धि रहेका छन् । प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको उपाधिकालागि धमाधम भोटिङ भइरहेकाले राईले भोटको अपिल गरेका छन् । राईलाई उपाधि जिताउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईले बताए । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–६ निशंखेमा जन्मिएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन् । करीब ५० वटा गीत रेर्कड गराइसकेका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा रोटी, तोडियो तोडियो १ र २, आइतबार र कालो कालो बादलु लगायतका गीतहरु चर्चामा छन् । भ्वाइस ...
च्यास्मिटारमा १४२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण, ४६ जनालाई चस्मा वितरण

च्यास्मिटारमा १४२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण, ४६ जनालाई चस्मा वितरण

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २७ । हलेसी तुवाचुङ नगरपालिकाले विश्व दृष्टि दिवसको अवसरमा बिहिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा १ सय बढीले सेवा लिएका छन् । वडा नम्बर तीन च्यास्मिटार स्वास्थ चौकीमा आयोजना गरिएको कार्यक्रमबाट १ सय ४२ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो । कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका र आँखा तथा कान उपचार केन्द्र हलेसीको संयुक्त आयोजनामा गरिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । कार्यक्रममा निशुल्क आँखा जाँच र चस्मा वितरण तथा जेष्ठ नागरिक लगायत अन्यको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । जसमा आवश्यकता अनुसार ४६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । आँखा परिक्षणबाट १४ जना मोतिबिन्दुका बिरामी फेला परेका छन् । यसैबिच, हलेसी तुवाचुङ नगरपालिकाले आगामि कात्तिक १९ देखि २१ गतेसम्म हलेसीमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी ग...