Thursday, August 27News That Matters

स्थानीय

प्रसूति व्यथाले गम्भीर वराहपोखरीकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार

प्रसूति व्यथाले गम्भीर वराहपोखरीकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन २२ । खोटाङमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको छ । वराहपोखरी गाउँपालिका–१, भिरगाउँकी गर्भवती विष्णा मगरको आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको हो । स्थानीय बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेर स्वास्थ्य अवस्था गम्भीर बनेकी उनलाई जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी हेलिकप्टर झिकाउन लगाएर भिरगाउँबाटै उद्धार गरिएको वराहपोखरी–१, वराहपोखरीका वडा अध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । “बर्थिङ सेन्टरमा उहाँ सुत्केरी हुन सक्नुभएन । स्वास्थ्य अवस्था एकदमै नाजुक बन्दै गएको थियो,” वडा अध्यक्ष कार्कीले भन्नुभयो, “त्यसपछि तत्कालै गाउँपालिकाको स्वास्थ्य शाखालाई जिल्ला प्रशासनलाई पत्र लेखेर हेलिकप्टर झिकाउन भन्यौं र उहाँको उद्धार भयो।” सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले गर...
खोटाङमा सम्बन्ध विच्छेद गर्ने बढे, मूख्य कारण गरिबी

खोटाङमा सम्बन्ध विच्छेद गर्ने बढे, मूख्य कारण गरिबी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २० । खोटाङमा सम्बन्ध विच्छेद गर्नेहरु दुई वर्षको अन्तरालमा दोब्बरले बढेका छन् । आर्थीक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थीक वर्ष २०७८/०७९ मा सम्बन्ध विच्छेद गर्नेहरु दोब्बरभन्दा बढीले बढेका हुन् । जिल्ला अदालत खोटाङको तथ्याङ्क अनुसार आर्थीक वर्ष २०७६/०७७ मा ७० वटा मुद्दा परेका थिए । जसमा ३५ वटा मुद्दा फछ्र्यौट भएको छ । आर्थीक वर्ष २०७७/०७८ मा सम्बन्ध विच्छेद गर्ने भन्दै १ सय ६ जनाले मुद्दा दिए । जसमा ३४ वटा फछ्र्यौट भएको छ । जिल्लामा सम्वन्ध विच्छेद गर्नेहरुको संख्या हरेक वर्ष बृद्धि भइरहेको छ । गत आर्थीक वर्ष २०७८/०७९ मा यो संख्या ह्वात्तै बढेको छ । विभिन्न कारण देखाउदै सम्बन्ध विच्छेद सम्बन्धि १ सय ८४ मुद्दा दर्ता भएका छन् । जसमध्ये १ सय ३८ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत खोटाङको प्रशासन शाखामा कार्यरत नायब सुब्बा सोनाम श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अदालतमा उक्त आर्थीक ...
खोटाङमा ६ म्याग्निच्युडको भूकम्प, घरहरु सामान्य चर्किए, मानवीय क्षति भएन

खोटाङमा ६ म्याग्निच्युडको भूकम्प, घरहरु सामान्य चर्किए, मानवीय क्षति भएन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १५ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर आइतबार (आज) बिहान ८ : १३ बजे ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । खोटाङसँगै आसपासका जिल्ला साथै काठमाडौं उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) उमेश लम्सालले बताउनुभयो । “भूकम्पको धक्का राम्रै महसुस भएपनि मानवीय र कुनै पशुचौपायको क्षति भएको छैन् । केन्द्रविन्दु वरीपरी घरहरु सामान्य चर्किएका छन्, तर भत्किएको छैन् । के कती घर चर्किए भन्ने विषयको हामी खोजी गरिरहेका छौँ ।” डिएसपी लम्सालले भन्नुभयो ।...
खोटाङमा अब बिरामीले रगत निशुल्क पाउने

खोटाङमा अब बिरामीले रगत निशुल्क पाउने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १४ । खोटाङमा रगत निशुल्क पाइने भएको छ । रगत आवश्यक पर्ने बिरामीले जिल्लाका सबै स्वास्थ्य संस्थाबाट रगत निशुल्क पाइने व्यवस्था लागू भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोग र नेपाल रेडक्रस सोसाइटी खोटाङको व्यवस्थापनमा बिरामीलाई रगत निशुल्क गरिएको हो । नगरपालिकाले चालु आर्थीक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा रगत निशुल्क गर्ने घोषणा गरेको थियो । यस अघि १ पिन रगतको (३०० एमएलको १ पिन) ९ सय ५० रुपैयाँ लिने गरिएको नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्र बजिमयले बताउनुभयो । नगरपालिकाले आर्थीक व्यवस्थापन गरेसँगै साउन १ गतेबाटै रगत निशुल्क प्रदान गर्न थालिएको उहाँको भनाइ छ । “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोगमा रगत निशुल्क प्रदान गर्न थालिएको हो । जिल्ला अस्पताल खोटाङमा मात्र नभएर जिल्लाका अन्य जुनसुकै स्वास्थ्य संस्थामा रगत आवश्यक परेमा रेडक...
खोटाङ : खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु 

खोटाङ : खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु 

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १४ । खोटाङमा खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु भएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका रविन गुरुङको ९ वर्षिया छोरी रोमी गुरुङको खेल्ने क्रममा आफ्नै सलको पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गुरुङको परिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित भाडाको कोठामा बस्दै आएको छ । सोही कोठामा शुक्रबार साँझ बालिकाको मृत्यु भएको हो । मृतक बालिका र उनकी बहिनि घरको निदालमा सल बाँधेर खेल्नेक्रममा सोही सलमा पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंखर चौधरीले बताउनुभयो । दिदिले बोलाउनुभएको छ भन्दै बहिनि अन्य कोठामा पुगेपछि आएर हेर्दा भुण्डिरहेको अवस्थामा दिदि रोमी फेला परेकी थिइन् । मृतक बालिका दिक्तेलको एक निजि विद्यालयमा कक्षा–४ मा अध्ययनरत थिइन् ।...
अनेरास्ववियु खोटाङले गर्यो रक्तदान कार्यक्रम

अनेरास्ववियु खोटाङले गर्यो रक्तदान कार्यक्रम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १३ । नेकपा एमाले संबद्ध विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी खोटाङसँगको सहकार्यमा अनेरास्ववियुले शुक्रबार (आज) जिल्ला अस्पताल खोटाङमा रक्तदान कार्यक्रम गरेको हो । नेकपा एमाले खोटाङका उप–सचिव एवं विद्यालय बिभाग प्रमुख दिपनारायण रिजालले रक्तदान गरेर कार्यक्रमको सुरुवात गर्नुभएको हो । आवश्यकता अनुसार आज पाँच जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रिजालसँगै याम खड्का, राम बुढाथोकी, मुस्कान राई र सुजन पराजुली रहेका छन् । अन्य दश जनाले रक्तदानकालागि नाम टिपाएका छन् । उनिहरुलाई रगत आवश्यक परेको अवस्थामा सम्पर्क गरेर बोलाइने नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्र बजिमयले बताउनुभयो । जिल्लामा रगतको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताउनुभयो । रक्तदान गर्ने...
कर कार्यालय खोटाङमा एक वर्षमा १७ करोड बढी राजस्व संकलन

कर कार्यालय खोटाङमा एक वर्षमा १७ करोड बढी राजस्व संकलन

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन १२ । करदाता सेवा कार्यालय खोटाङले एक वर्षमा १७ करोड बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयले १७ करोड ८८ लाख ४८ हजार ५ सय ५ रुपैयाँ २५ पैसा राजस्व संकलन गरेको हो । कार्यालय प्रमुख कर अधिकृत भिमसेन दाहालका अनुसार गत आर्थीक वर्षमा उक्त राजस्व संकलन भएको हो । आय कर, मूल्य अभिवृद्धि कर र अन्त शुल्क गरी तीन शीर्षकमा राजस्व संकलन हुने गरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा कार्यालयले १६ करोड ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न कार्यालय सफल भएको उहाँले बताउनुभयो । २ हजार १ सय ८ नयाँ करदाता थपिए करदाता सेवा कार्यालय खोटाङमा एक वर्षमा २ हजार १ सय ८ नयाँ करदाता थपिएका छन् । व्यक्तिगत पानमा १ हजार ३ सय ३२, मूल्य अभिवृद्धि करमा २९, आय करमा ६ सय ७८, सरकारी निकाय तथा सार्वजनिक संघ संस्था ४७ र अन्त शुल्क तर्फ २२ नयाँ क...
खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा टोलटोलमा सामाजिक सुरक्षा भत्ता

खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा टोलटोलमा सामाजिक सुरक्षा भत्ता

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन ११ । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा टोलटोलमा साउनमा माजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता लिने कतिपय नागरिक बैंकसम्म पुग्न समस्या भएका कारण वडाले टोलमै पुगेर भत्ता वितरण गरेको वडाध्यक्ष जेफर राईले जानकारी दिनुभयो । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत प्रदान गर्न अनिवार्य गरेपश्चात स्थानीय तहहरुले विभिन्न बैंकसँगको सहकार्यमा भत्ता प्रदान गर्दैआएका छन् । तथापी पहाडी र हिमाली भूगोलमा बैंकसम्म पुगेर भत्ता लिन समस्या भएको नागरिकहरुले गुनासो गर्दै आएका छन् । सोही गुनासोलाई मध्यनजर गर्दै वडाको हरेक टोलमा पुगेर भत्ता प्रदान गरिएको वडाध्यक्ष राईले बताउनुभयो । “सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरु प्राय अशक्त हुनुहुन्छ । बैंक आउनजान समस्या हुन्छ । त्यसैले उहाँहरुको समस्यालाई मध्यनजर गर्दै हामीले बैंकसँगको सहकार्यमा टोलमै पुगेर सामाजिक सुरक्षा...
हलेसी तुवाचुङ : सेनेटरी प्याड निर्माणमा रोजगार, महिलाहरूलाई निशूल्क वितरण

हलेसी तुवाचुङ : सेनेटरी प्याड निर्माणमा रोजगार, महिलाहरूलाई निशूल्क वितरण

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ११ । हलेसी तुवाचुङ नगरपालिकामा महिलाहरुलाई निशूल्क सेनेटरी प्याड वितरण गरिने भएको छ । नगरपालिकाले आफ्नै मातहतमा प्याड निर्माण गरेर नगर भित्रका महिलाहरुलाई वितरण गर्ने तयारी गरेको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । नगरपालिकाले केही समय अगाडि सेनेटरी प्याड निर्माण गर्ने तालिमसमेत दिएको थियो । उक्त तालिममा सहभागि केही महिलाहरुले यतिबेला धमाधम प्याड निर्माण गरिरहेका छन् । उनिहरुले स्थानीय स्तरमा निर्माण गरेको प्याड नगरपालिकाले खरिद गरेर महिलाहरुलाई निशूल्क वितरण गरिने नगर प्रमुख राईले बताउनुभयो । अहिले हलेसी तुवाचुङ नगरपालिकाको वडाहरु ३ च्यास्मिटार, ५ दुर्छिम, ६ मंगलटार, ७ महादेवस्थान र ८ धितुङका महिलाहरुले तालिम पश्चात प्याड निर्माण गरिरहेका छन् । “स्थानीय स्तरमै सेनेटरी प्याड निर्माणकालागि हामीले तालिम प्रदान गर्यौ । तालिममा सहभागि महिलाहरुलाई सिलाई मेशीन र कटिङ मेशीन पनि ...
साउन १३ गते दिक्तेलमा रक्तदान कार्यक्रम हुने

साउन १३ गते दिक्तेलमा रक्तदान कार्यक्रम हुने

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन ११ । साउन १३ गते शुक्रबार दिक्तेल स्थित जिल्ला अस्पताल खोटाङमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी खोटाङसँगको सहकार्यमा नेकपा एमाले संबद्ध विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रगत जम्मा गर्ने जिल्ला अस्पताल खोटाङको ब्लड बैंकको क्षमता अनुसार १० जनासम्मले रक्तदान गर्न सक्ने रेडक्रसले जनाएको छ । जिल्लामा रगतको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताउनुभयो । रक्तदान गर्न इच्छुक व्यक्तिले उक्त दिन जिल्ला अस्पतालमा आउन अनेरास्ववियुले अनुरोध गरेको छ । ब्लड बैंकको क्षमता अनुसार इच्छुक १० जनाले सोही दिन रक्तदान गर्न पाउने छन् भने अन्य व्यक्तिको रगत परिक्षण गरिने र आवश्यक परेको अवस्थामा रक्तदान गर्न बोलाईने रेडक्रसले जनाएको छ । यस्तै, ३१ औँ मनोज स्मृति दिवस सप्ताह...