Sunday, October 25News That Matters

स्थानीय

हलेसी तुवाचुङ : सेनेटरी प्याड निर्माणमा रोजगार, महिलाहरूलाई निशूल्क वितरण

हलेसी तुवाचुङ : सेनेटरी प्याड निर्माणमा रोजगार, महिलाहरूलाई निशूल्क वितरण

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ११ । हलेसी तुवाचुङ नगरपालिकामा महिलाहरुलाई निशूल्क सेनेटरी प्याड वितरण गरिने भएको छ । नगरपालिकाले आफ्नै मातहतमा प्याड निर्माण गरेर नगर भित्रका महिलाहरुलाई वितरण गर्ने तयारी गरेको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । नगरपालिकाले केही समय अगाडि सेनेटरी प्याड निर्माण गर्ने तालिमसमेत दिएको थियो । उक्त तालिममा सहभागि केही महिलाहरुले यतिबेला धमाधम प्याड निर्माण गरिरहेका छन् । उनिहरुले स्थानीय स्तरमा निर्माण गरेको प्याड नगरपालिकाले खरिद गरेर महिलाहरुलाई निशूल्क वितरण गरिने नगर प्रमुख राईले बताउनुभयो । अहिले हलेसी तुवाचुङ नगरपालिकाको वडाहरु ३ च्यास्मिटार, ५ दुर्छिम, ६ मंगलटार, ७ महादेवस्थान र ८ धितुङका महिलाहरुले तालिम पश्चात प्याड निर्माण गरिरहेका छन् । “स्थानीय स्तरमै सेनेटरी प्याड निर्माणकालागि हामीले तालिम प्रदान गर्यौ । तालिममा सहभागि महिलाहरुलाई सिलाई मेशीन र कटिङ मेशीन पनि ...
साउन १३ गते दिक्तेलमा रक्तदान कार्यक्रम हुने

साउन १३ गते दिक्तेलमा रक्तदान कार्यक्रम हुने

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन ११ । साउन १३ गते शुक्रबार दिक्तेल स्थित जिल्ला अस्पताल खोटाङमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी खोटाङसँगको सहकार्यमा नेकपा एमाले संबद्ध विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रगत जम्मा गर्ने जिल्ला अस्पताल खोटाङको ब्लड बैंकको क्षमता अनुसार १० जनासम्मले रक्तदान गर्न सक्ने रेडक्रसले जनाएको छ । जिल्लामा रगतको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताउनुभयो । रक्तदान गर्न इच्छुक व्यक्तिले उक्त दिन जिल्ला अस्पतालमा आउन अनेरास्ववियुले अनुरोध गरेको छ । ब्लड बैंकको क्षमता अनुसार इच्छुक १० जनाले सोही दिन रक्तदान गर्न पाउने छन् भने अन्य व्यक्तिको रगत परिक्षण गरिने र आवश्यक परेको अवस्थामा रक्तदान गर्न बोलाईने रेडक्रसले जनाएको छ । यस्तै, ३१ औँ मनोज स्मृति दिवस सप्ताह...
राष्ट्रिय भूमि आयोग र खोटाङका स्थानीय तहबीच सम्झौता

राष्ट्रिय भूमि आयोग र खोटाङका स्थानीय तहबीच सम्झौता

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ४ । राष्ट्रिय भूमि आयोग र खोटाङका स्थानीय तहहरुबीच सम्झौता भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार (आज) एक कार्यक्रमका बीच भूमिहिनहरुलाई भूमि दिलाउने विषयको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जिल्लाका दशै वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रसाशकीय अधिकृत अर्थात प्रतिनिधि र सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा आउनुभएका राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कार्यकालागि अभिमुखीकण पनि प्रदान गर्नुभयो । नेपाली नागरिक भएपनि कुनै भूमि आफ्नो नाममा नरहेको अवस्था छ । त्यस्ता व्यक्तिहरुलाई भूमि दिलाउनकालागि उक्त आयोगले काम गर्ने खड्काले बताउनुभयो । “संविधानमा, कानुनमा लेखिएका कुराहरु व्यवहारमा लागु भएका छैनन्, कानुनलाई कागजमा मात्र सिमित राख्ने ...
खोटाङ : बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

खोटाङ : बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ । वडा नम्बर–३ बाम्राङको गिद्धेभीरतर्फ जाने गोरेटो बाटोमा करीब ६५–७० वर्षका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शनिबार (आज) दिउँसो २ः३० बजेको समयमा बेवारिसे शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पश्चात घटना स्थलमा पुगेर घट्नास्थलको मुचुल्का तयार गरी शवलाई परीक्षण गर्न जिल्ला अस्पलात दिक्तेलमा ल्याईएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोमन राज अर्यालले जानकारी दिनुभयो । घट्नाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक अर्यालको भनाइ छ ।...
खोटाङमा भेटियो ५ मिटर लामो अजिंगर

खोटाङमा भेटियो ५ मिटर लामो अजिंगर

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा अजिंगर भेटिएको छ । डिकुवाको छोम्पाङ स्थित एक स्थानीयको घर भित्रको खाटमुनी (खाटको खुट्टामा) बेरिएको अवस्थामा फेला परेको सोही ठाउँका स्थानीय रमेश राईले जानकारी दिनुभयो । राईको भनाइ अनुसार शुक्रबार साँझको समयमा खाटको खुट्टमा बेरिरहेको अवस्थामा अजिंगर भेटिएको थियो । केही समयसम्म पनि अजिंगर कतै नगएपछि स्थानीयले पुजाँ गरेर पुच्छरमा समातेर बिस्तारै नजिकैको जंगलमा लगेर छाडिदिएको राईले बताउनुभयो । अजिंगर करीब ५ मिटर लामो रहेको उहाँको भनाइ छ । अजिंगर ठूलो सर्प हो । यो प्रायः घना वन जंगलमा बस्छ । यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्दछ । यो कहिलेकाहीँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्ने जानकारहरु बताउँछन । खोटाङमा भने आजसम्म यति ठुलो अजिंगर नदेखिएको नागरिकको भनाइ छ ।...
हलेसी तुवाचुङको शिक्षा ऐन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज

हलेसी तुवाचुङको शिक्षा ऐन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २५ । हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको शिक्षा ऐन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । नगरले निर्माण गरेको शिक्षा ऐन, शिक्षा ऐन २०२८ सँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्च अदालमा असार २४ गते शुझबार बसेको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको हो । संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ । जसअनुसार स्थानीय तहहरुले शिक्षा ऐन निर्माण गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले पनि आफ्नो छुट्टै नगर शिक्षा ऐन २०७६ निर्माण गरेर लागु गरेको छ । उक्त ऐन, शिक्षा ऐन २०२८ सँग बाझिएको भन्दै अखिल नेपाल शिक्षक संघ खोटाङको हकमा इच्छराम राईले करीब एक वर्ष अघि नगरको शिक्षा ऐन नै खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । राईले नगरपालिकाको शिक्षा ऐन निर्माण भएसँगै गरिएका सबै कामहरु बदर गरीपाउ भन्दै...
खोटाङ : अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा

खोटाङ : अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार २४ । खोटाङमा अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा लिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ स्थित सुनकोशी नदिबाट रातको समयमा नदिजन्य बालुवा अवैधरुपमा उत्खनन् गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अवैधरुपमा बालुवा ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा धितुङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान राती २ बजेको समयमा ट्याक्टर नियन्त्रणमा लिएको हो । सुनकोशी भाडवेँसीबाट धितुङ तर्फ आउदै गरेको लु ४ त ६९७४ नम्वरको बालुवासहितको ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहिकालागि हलेसी तुवाचुङ नगरपालिकालाई बुझाईएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । नगरपालिकाले रु १५ सय जरिवाना तिराएर छाडिएको उपमेयर रमेशकुमार राउतले जानकारी दिनुभयो । आगामि दिनमा पुनः सोही गल्ती गरेमा थप कारवाहि गरिने उपमेयर राउतले बताउनुभयो ।...
हलेसी तुवाचुङमा बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रम

हलेसी तुवाचुङमा बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २३ । हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुवात गरेको छ । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारबाट यस कार्यक्रमको सुरुवात गरिएको हो । जसका लागि नगर प्रमुख विमलाई राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई नगद रु ५५ हजार समेत प्रदान गरिसक्नु भएको छ । अब बालविवाह रोक्न विद्यालयमा किशोरीहरुको समुह निर्माण हुनेछ । सोही समुहले बालविवाह रोक्न विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्नेछन् । “पहिले घरबाट दिएर बालविवाह हुन्थ्यो भने अहिले आफै भागेर बाविवाह गर्ने चलन बढिरहेको छ ।” नगर प्रमुख राईले भन्नुभयो, “त्यसैले अब बालविवाह रोक्नका लागि बालिकाहरु आफै सचेत हुनुपर्ने भएकाले उनिहरुकै नेतृत्वमा कार्यक्रम सुरु गरिएको हो ।” बालविवाह किन गर्न हुँदैन ? गर्दा कस्ता समस्या हुन सक्छन ? भन्ने विषयमा उनिहरु आफैमा चेतना हुन आवश्यक रहेकाले यस कार्यक्रम प्रभावकारी हुने प्रमुख...
हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले गरे खोटाङ प्रहरीलाई सम्मान

हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले गरे खोटाङ प्रहरीलाई सम्मान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २३ । हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले खोटाङ प्रहरीलाई सम्मान गरेका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल सुनसरीको इटहरीमा बस्दैआउनुभएकी ७७ वर्षीय तुलसा खड्काको हत्या अभियोगका दोषीलाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले आज प्रहरीलाई सम्मान गरेका हुन् । गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै नातीले हजुरमालाई साथमा लिएर सुनसरीबाट २६ वैशााखमा खोटाङतर्फ हिँडेका थिए । तर नातीसँगै हिँडेकी तुलसाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोसी बगरमा खाल्डोभित्र शंकास्पद र सडिसकेको अवस्थामा फेला परेको थियो । घटना पश्चात फरार रहेका नाती निरबहादुर खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राविधिक सहयोगमा असार ८ गते झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपालभारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा प...
खोटाङ : दलित महिला वडा सदस्य झुण्डिएको अवस्थामा मृत फेला

खोटाङ : दलित महिला वडा सदस्य झुण्डिएको अवस्थामा मृत फेला

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार २२ । रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी निर्वाचित दलित महिला वडा सदस्य मेनुजा विश्वकर्मा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । नजिकै रहेको माईती घरमा आज बिहान ३४ वर्षिया विश्वकर्मा झुण्डिरहेको अवस्थामा फेला परेको वडाध्यक्ष बिरेन्द्र मगरले जानकारी दिए । उनको घर र माईतिघर नजिकै रहेको छ । हिजो माईतिघर गएकी विश्वकर्मा आज बिहान झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । विश्वकर्मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन । उनी रावा बेसि गाउँपालिकाको कार्यपालिका सदस्य पनि हुन् । पहिलो स्थानीय तहको चुनावमा विजयी भएर पाँच वर्ष कार्यकाल पुरा गरेकी विश्कर्मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनमा केही समय अघि देखि डिप्रेसनको बिमार रहेको स्थानीयको भनाइ छ । उनका दुई जना छोरी रहेका छन भने श्रीमान् बिदेशमा छन । मृतकको शवलाई परीक्षण गर्न जिल्ला अस्पत...