Thursday, August 27News That Matters

स्थानीय

हलेसी तुवाचुङमा एकै दिन चार कार्यक्रम, जेष्ठ नागरिक र महिलाहरुको मुहारमा देखियो खुशी

हलेसी तुवाचुङमा एकै दिन चार कार्यक्रम, जेष्ठ नागरिक र महिलाहरुको मुहारमा देखियो खुशी

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १९ । हलेसी तुवाचुङ नगरपालिकामा शनिबार एकै दिन चार वटा कार्यक्रम सम्पन्न भएका छन् । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारमा बालिका, महिला र जेष्ठ नागरिक लक्षित चार कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको ११ लाख लगानिमा निर्माण सम्पन्न चार कोठे आरसिसि च्यास्मिटार महिला कृषि सहकारी भवनको मेयर विमला राईले उद्घाटन गर्नुभएको छ । महिलाहरुलाई जीविकोपार्जनका लागि नगरपालिकाले सुरु गरेको ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था अवधारण अनुसार उक्त भवनको निर्माण गरिएको हो । महिलाहरुलाई एकताबद्ध गराएर आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले केही वर्ष अगाडि ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था कार्यक्रमको सुरु भएको हो । आवश्यकताका आधारमा भवन निर्माणकालागि नगरपालिकाले बजेट विनियोजन गरिरहेको छ भने हाल सम्म, च्यास्मिटार, दुर्छिम, र सल्लेमा भवन निर्माण भइसकेका छन् । हलेसीमा भवन निर्माणको काम निरन्...
हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिममा

हौँचुरमा भीषण पहिरो, १ घर बगायो, दुई पशुचौपाया पुरिए, १० घर उच्च जोखिममा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १८ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित डाँँडागाउँमा भीषण पहिरो गएको छ । शुक्रबार साँझबाट परेको अभिरल वर्षाका कारण रातको समयमा करीब ५ सय मिटर लामो भीषण पहिरो गएको हो । पहिरो अझै पनि निरन्तर गइरहेको स्थानीयको भनाइ छ । पहिरोले बलराम खत्रीको घर बगाएको छ । घरमा मानिस नरहेका कारण मानवीय क्षेती भने भएको छैन् । भैरब बहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको छ । भैरब राई, हरी राई, पर्शुराम राई लगायत १० घर उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । कार्कीले भन्नुभयो, “पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै करीब १० घर उच्च जोखिममा छन् । त्यसैले जोखिममा परेका घरका मानिसहरुलाई अन्यन्त्र सार्ने सोँचमा छौँ ।”  ...
पालिकाका न्यायिक समितिले उल्लेखनीय काम गरेनन्, विद्यालयमा कानुनका कुरा पठनपाठन हुनुपर्छ

पालिकाका न्यायिक समितिले उल्लेखनीय काम गरेनन्, विद्यालयमा कानुनका कुरा पठनपाठन हुनुपर्छ

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १७ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले यातना विरुद्धको अधिकार सम्बन्धि अभिमुखीकरण गरेको छ । नेपाल प्रहरी, नेपाल ससस्त्र प्रहरी, पत्रकार लगायतका विभिन्न संस्थाका प्रतिनिधि राखेर आयोगले अभिमुखीकरण गरेको हो । दिक्तेल स्थित होटल शुभदिनमा शुक्रबार (आज) आयोजना गरिएको कार्याक्रममा यातना, यातना विरुद्धका प्रयास र राज्यले गर्नुपर्ने दायित्व सम्बन्धि आयोकका कार्यालय प्रमुख श्यामबाबु काफ्लेले अभिमुखीकरण गर्नुभएको थियो । यस्तै, यातना रोकथाम र नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका सम्बन्धि जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोमनराज अर्याल र यातनाजन्य कसूरमा अभियोजन सम्बन्धि व्यवस्थाका विषयमा सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता संगिता न्यौपाने ढुंगेलले अभिमुखीकरण गर्नुभएको हो । यातना कसरी हुन्छ र राज्यले गर्नुपर्ने दायित्व के ...
खाल्लेका कृषकलाई तरकारी खेती सम्बन्धि ७ दिने तालिमसँगै टनेल प्रदान

खाल्लेका कृषकलाई तरकारी खेती सम्बन्धि ७ दिने तालिमसँगै टनेल प्रदान

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १६ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषकहरुलाई तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम (मेड्पा)ले प्रांगारिक मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरेको हो । सात दिन सम्म सञ्चालन भएको तालिमको समापन आज भएको छ । मेयर तिर्थराज भट्टराई, वडाध्यक्ष खगेन्द्र राई लगायतको उपस्थितीमा कार्यक्रमको समापन गरिएको बताइएको छ । २२ जना कृषक सहभागि रहेको तालिममा तरकारीको बेर्ना उत्पादन गर्ने, टनेल निर्माण गर्ने, जैविक मल, जैविक बिषाधी बनाउने लगायतका कुराहरु फिल्डमै गएर सिकाइएकोे खाल्लेका अघुवा कृषक भिम श्रेष्ठले जानकारी दिनुभयो । तालिम प्राप्त गरेसँगै व्यवसायिक तरकारी खेती गर्नेहरुलाई सहज भएको उहाँको भनाइ छ । तालिमसँगै ११ जना कृषकलाई टनेल, सात किसिमको तरकारी बिउ, दुई किसिमको जैविक विषाधी पनि बितरण गरिएको छ । तीन वर्षसम्म स...
खोटाङमा ५ वर्षिया बालिका बलात्कृत, १६ वर्षिय बालक पक्राउ

खोटाङमा ५ वर्षिया बालिका बलात्कृत, १६ वर्षिय बालक पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १६ । खोटाङमा ५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षिय बालक पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सीलाका १६ वर्षिय बालक पक्राउ परेका हुन् । उनि बालक नै रहेका कारण नाम प्रहरीले सार्वजनिक गरेको छैन् । उनले सोही गाउँकी ५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप छ । बालिका आफ्नै घरमा खेलिरहेको अवस्थामा ललाई फकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्तीकरणी गरिरहेको अवस्थामा बालिकाको आमाले देखेपछि बालक फरार भएका थिए । परिवारले प्रहरीलाई खबर गर्नसाथ खटिएको बाक्सीला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहिबार (आज) बिहान २ बजे राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पक्राउ परेका बालकलाई जबरजस्तीकरणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी कार्यालयको निगरानी कक्षामा राखेर थप अनुसन्धान भइरहेको सूचना अ...
हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्रका १५ महिना सम्मका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै हलेसी तुवाचुङ नगरपालिकालाई आज (बुधबार) एक कार्यक्रमका बिच बाजागाजा सहित पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । वि.स. २०७८ वैशाख देखि ०७९ वैशाखसम्ममा नगरपालिका भित्रका ५ सय ११ जनाले पुर्ण खोप प्राप्त गरेका छन् । जसमा ९६ प्रतिशत नगरपालिका आफैले खोप प्रदान गरेको हो भने अन्य ४ प्रतिशत बालबालिका नगरपालिका भन्दा बाहिर रहेका तर उनिहरुले पनि खोप प्राप्त गरिसकका नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचर्यले जानकारी दिनुभयो । १६ देखि २३ वर्षसम्मका बालबालिकाको तथ्याङकका आधारमा सबै बालबालिकाले १५ महिना भित्रमै खोप प्राप्त गरिसकेका उहाँले बताउनुभयो । सबै बालबालिका पूर्ण खोप प्राप्त गरेसँगै आज एक कार्यक्रमका बिच, “पूर्ण खोप सुनिश्चत भविष्य, स्थानीय...

मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा अनेरास्ववियु खोटाङले गर्यो वृक्षारोपण

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १४ । नेकपा एमाले निकट अनेरास्ववियु खोटाङले दिक्तेल बहुमुखी क्याम्पस वरीपरी वृक्षारोपण गरेको छ । मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा आज अनेरास्ववियुले विभिन्न प्रजातीका विरुवा रोपेको हो । वि.स. २००९ साल असार १४ गते जन्मनु भएका भण्डारीको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परि निधन भएको थियो । नेकपा एमालेको तत्कालीन महासचिव रहनु भएका भण्डारीको सम्झनामा क्याम्पसमा विरुवा रोपिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताउनुभयो । अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन पोखरेल, सचिव उपरकोटी र सहसचिव सुनिता राई लागायत विद्यार्थीको समुहले धुपि, रुद्राक्ष र सिन्कौलीका विरुवा रोपिएको बताइएको छ । “विकासकालागि आवश्यक परे रुख काट्नु पनि पर्छ तर रुख काट्ने मात्र हैन, एक ठाउँमा काटेपनि अन्य ठाउँमा वातावरणको संरक्षण गर्ने हरेक नागरिकको कर्तव्य हो । त्यसैले हामीले आज हाम्रा स्व. नेता मदन भण...
पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान

पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान

Banner News 1, अर्थ, ताजा अपडेट, धर्म संस्कृति, समाज, स्थानीय
खोटाङ, असार ११ । पर्यटक तथ्याङ्क संकलनकालागि हलेसी मन्दिरमा मेसिन जडान गरिएको छ । त्रिधार्मिक तपोभूमि हलेसी महादेव मन्दिर दर्शनका लागि आउने पर्यटकको गणनालागि मन्दिरको गेटमा मेसिन जडान गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । माछापुच्छ्रे बैंक हलेसी शाखाको सहयोगमा मासिक तथा वार्षिकरुपमा हलेसिमा भित्रने धार्मिक पर्यटकको तथ्याङ्क संकलन गर्न मानिस गणक मेसिन जडान गरिएको हो । जडान गरिएको उक्त मेसिनको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले आज रिबन काटेर उद्घाटन गर्नुभएको छ । मेसिन उद्घाटन कार्यक्रममा प्रमुख राईसँगै उप–प्रमुख रमेश कुमार राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरी लगायतको उपस्थिती रहेको थियो ।...
गोरखनाथ गण मुडे ब्यारेकमा ३ सय बढी फलफुलका बिरुवा रोपिए

गोरखनाथ गण मुडे ब्यारेकमा ३ सय बढी फलफुलका बिरुवा रोपिए

अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार ११ । गोरखनाथ गण मुडे ब्यारेकमा ३ सय बढी फलफुलका बिरुवा रोपिएका छन् । कृषि ज्ञान केन्द्र खोटाङकोे आर्थिक सहयोगमा उक्त फलफुलका बिरुवा रोपिएको हो । जापानिज नास्पाती १०५, ओखर १५०, हलुवावेद ५० र कागतिका ५० वटा बिरुवा रोपिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राम नन्दन यादबले जानकारी दिनुभयो । ब्यारेक प्रमुख कर्नल (प्रमुख सेनानी श्री सृजन गुरुङ, मेजर (सेनानी) तथा कृषि ज्ञान केन्द्र खोटाङका कर्मचारीहरुको उपस्थितीमा बिरुवा रोपिएको उहाँले बताउनुभयो । यसरी नै खाली रहेका सरकारी जग्गामा विभिन्न प्रजातीका बिरुवाहरु रोपेर हरीयाली बनाउदै लगिने बाली संरक्षण अधिकृत यादबको भनाइ छ ।  ...
दिक्तेल नगरले ल्यायो ८६ करोड ३ लाख बजेट, दिक्तेल बजारमा फ्री वाइफाइ, बाँदर व्यवस्थापन गरिने

दिक्तेल नगरले ल्यायो ८६ करोड ३ लाख बजेट, दिक्तेल बजारमा फ्री वाइफाइ, बाँदर व्यवस्थापन गरिने

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १० । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८६ करोड बढीको बजेट ल्याएको छ । आज सम्पन्न आठौं नगरसभामा उपमेयर विशन राईले ८६ करोड ३ लाख ७७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजित कुल बजेटमध्ये चालू खर्चतर्फ ६१ करोड ३९ लाख ३६ हजार र पूँजीगत खर्चतर्फ २४ करोड ६४ लाख ४१ हजार छुट्याइएको छ । आगामी आर्थिक वर्षमा नगरपालिकाले किसानलाई हैरान बनाइरहेको बाँदर नियन्त्रण, घरघरमा विद्युतीय चुल्हो जडान, दिक्तेल बजार क्षेत्रमा फ्री वाइफाइको व्यवस्था, बेसहारा नागरिकको निःशुल्क स्वास्थ बीमा गर्नेलागायतका नीति अघि सारेको छ । दुई विधेयक र तीन प्रस्ताव सर्वसम्मत पारित नगरसभामा पेश भएका सबै विधेयक र प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२, सोल्माका वडा अध्यक्ष ध्रुवविक्रम राईले पेश गर्नुभएको अर्थसम्बन्धी...