Thursday, August 27News That Matters

स्थानीय

जेठ २१ गते तुवाचुङ डाँडामा साकेला नाँच्न जाने हैन त ?

जेठ २१ गते तुवाचुङ डाँडामा साकेला नाँच्न जाने हैन त ?

Banner News 1, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ, जेठ १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ डाँडामा साकेला सिल्ली चण्डि नाँच प्रदर्शन हुनेभएको छ । जेठ २१ गते शनिबार वैशाख पुर्णिमाको औशिको पञ्चमी तिथीको अवसरमा साकेला नाँच प्रदर्शन हुन लागेको हो । किराँत उद्गम आदिम भुमि तुवाचुङ जायजुम संरक्षण समितिको आयोजनामा हुन लागेको साकेला नाँचको प्रमुख अतिथिको रुपमा हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई र बिशिष्ट अतिथीको रुपमा उपप्रमुख रमेश कुमार राउत रहनु हुनेछ । नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई समेत सोही कार्यक्रम दिने आयोजकले जनाएको छ । जिल्लाका अन्य सबै पालिकाका प्रमुख र उपप्रमुखलाई समेत निम्ता गरिएको तुवाचुङ जायजुम संरक्षण समितीका केद्रिय अध्यक्ष राकेश राईले जानकारी दिनुभयो । २०७९ सालको उभौलि तोयामा खियामा रैछाकुलेको सामुहिक तिन चुला पुजा साकेला सिल्ली चण्डि नाच धामि झाक्रि ढोल झ्याम्टा सहित प्रदर्शन हुने अध्यक्ष राईले बत...
मेयर राई र उपमेयर राउतको नेतृत्वमा हलेसी क्षेत्रको सरसफाइ

मेयर राई र उपमेयर राउतको नेतृत्वमा हलेसी क्षेत्रको सरसफाइ

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १९ । त्रिधार्मिक तपोभूमि हलेसी बजार क्षेत्रको सरसफाइ गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकका मेयर विमला राई र उपमेयर रमेश कुमार राउतको नेतृत्वमा आज सो क्षेत्रको सरसफाइ गरिएको हो । सरसफाइको लागि मेयर राई, उपमेयर राउत स्वयं फिल्डमा खटिनु भएको छ । अब हरेक बिहिबार बिहान ९ देखि ११ बजेसम्म सरसफाइ गरिने मेयर राईले जानकारी दिनुभयो । मेयर राईले भन्नुभयो “आफुले नगरि अरुले गर्दैनन्, हरेक काममा सुरुमा आफै अघि सर्ने हो त्यसैले म आफै फिल्डमा खटिएर आजबाट सरसफाइको सुरुवात गरिएको छ ।” सुन्दर र स्वच्छ हलेसी तुवाचुङ नगरपालिका बनाउन दीर्घकालिन सोच सहित आगामि दिनमा काम सुरु गरिने पनि उहाँको भनाइ छ । जसकालागि सरसफाइका कर्मचारी थप्ने, डम्पिङ साइड व्यवस्थापन गर्दै जाने सोच पनि नगरपालिकाले अघि सारेको उहाँले बताउनुभयो । हलेसी बजार क्षेत्र मात्र नभएर नगरपालिका भित्रका सबै बजार क्षेत्रमा सरसफाइ गरिनेछ । “हले...
हलेसी तुवाचुङ : सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी

हलेसी तुवाचुङ : सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको छ । नगर प्रमुख विमला राईको अध्यक्षतामा बुधबार बसेको शिक्षा शाखा समितिको बैठकले यस्तो निर्णय गरेको हो । अंग्रेजी माध्यमबाट के कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा छलफलका लागि शुक्रबार सबै बिद्यालयका प्रधानाध्याप, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र ११ वटै वडाका वडाध्यक्षहरुलाई अन्तरक्रियाका लागि बोलाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपश्चात पहिलो पटक बसेको शिक्षा शाखा समितिको बैठकले शैक्षिक गुणस्तरकालागि अन्य ४ निर्णय समेत गरेको शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार अति न्यून विद्यार्थी भएका विद्यालयको समायोजन, कक्षा घटुवा गर्ने साथै बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवं शिक्षक व्यवस्थापन गर्ने निर्णय गरिएको छ ...
खोटाङमा पनि देखियो अमेरिकन फौजी किरा

खोटाङमा पनि देखियो अमेरिकन फौजी किरा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १८ । खोटाङमा यो वर्ष पनि अमेरिकन फौजी किरा देखिएको छ । जिल्लाको बिभिन्न ठाउँमा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि मकैमा फौजी किरा लागेको कृषकहरुले बताएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश ठाउँमा मकैमा फौजी किरा देखिएको छ । दिक्तलसँगै रावा बेसी, दिप्रुङ चुइचुम्मा र साकेला गाउँपालिकामा पनि फौजी किरा देखिएको छ । फौजी किरा देखिएपछि मकै उत्पादनमा कमी आउने डरले कृषकहरु चिन्तीत बनेका छन् । हुर्किरहेको मकैको पात खाएर छिद्रा बनाइदिएको, मकैको गुभोको हरियो भाग खाएर मकै नष्ट हुने अवस्थामा पुगेको कृषकहरुको दुखेसो छ । यस्तै घोका लाग्ने थालेका मकैको घोगामा समेत क्षती पु¥याएको कृषक बताउछन् । कृषकहरुको मकैमा फौजी किरा लागेको थाहापाएपछि यतिबेला किरा व्यवस्थापन अर्थात नियन्त्रणका लागि स्वयं स्थानीय तह र कृषी ज्ञान केन्द्र खोटाङ लागिपरेको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँप...
७ दिनभित्र दिक्तेलबजार सडक ढलानको काम सुरु गर्न अल्टिमेटम

७ दिनभित्र दिक्तेलबजार सडक ढलानको काम सुरु गर्न अल्टिमेटम

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १६ । खोटाङ सदरमुकाम दिक्तेलबजारभित्रको सडक ढलानको काम ७ दिनभित्र सुचारु गर्ने वातावरण मिलाउन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगा र निर्माण कम्पनीलाई ताकेता गरेको छ । सडकको ढलान कार्य लामो समयदेखि स्थगित भएका कारण यातायात अवरुद्ध भएको, हिँडडुल गर्नसमेत समस्या भएको, निर्माणाधनी बाटो अलपत्र रहेका कारण दुर्घट्नाको जोखिम भएको तथा स्थानीयबासीहरूबाट व्यापक जनगुनासो आएकाले हप्ता दिनभित्र पुनः काम सुचारु गर्नका लागि पहल गरिदिन मेयर तीर्थराज भट्टराईले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई सोमबार पत्रचार गर्नुभएको हो । मेयर भट्टराईले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई बोधार्थ राखेर निर्माण कम्पनी एससीएफ बिएनएस जेभीलाई भने ७ दिनभित्र निर्माण कार्य सुचारु गरी यथाशीघ्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । तोकेको समयामा पनि काम सुचारु...
दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १६ । बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ । उक्त जलविद्युत आयोजना निर्माणकालागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका दिएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त अयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण भइरहेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटमा उक्त आयोजना निर्माण गर्...
गणतन्त्र दिवसमा खोटाङका ६ जना कैदीबन्दीको सजाय मिनाहा

गणतन्त्र दिवसमा खोटाङका ६ जना कैदीबन्दीको सजाय मिनाहा

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, जेठ १५ । १५ औँ गणतन्त्र दिवसको अवसरमा खोटाङका ६ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । विभिन्न मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेकाहरूमध्ये असल चालचलन भएका ६ जनाको सजाय मिनाहा भएको हो । कर्तव्य ज्यान मुद्दाका ४ जना र ज्यान मार्ने उद्योग मुद्दाका २ जनाको सजाय मिनाहा भएको जिल्ला कारागार खोटाङका निमित्त जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार कर्तव्य ज्यान मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरिसकेका केपिलासगढी गाउँपालिका–७ सुङ्देलका सानकुमार राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका कैलाशबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पूर्णकुमार तामाङ र रावाबेँसी गाउँपालिका–६ हौँचुरका रामचन्द्र राईको सजाय मिनाहा भएको हो । यस्तै ज्यान मार्ने उद्योग मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरिसकेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका मनोज राई र सोही मुद्दामै...
पूर्वपत्रकार दाहालको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न आफन्त र प्रेस युनियनको माग

पूर्वपत्रकार दाहालको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न आफन्त र प्रेस युनियनको माग

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, जेठ १४ । खोटाङका पूर्वपत्रकार मणिराम दाहालको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले छानबिनको माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय दाहालको रहस्यमय मृत्यु भएको भन्दै आफन्तले शनिबार विरोध प्रदर्शन गरेका छन् । दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने मागसहित आफन्तले जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका हुन् । मृतकका आफन्तले ‘मणिरामलाई न्याय दे, मोबाइल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिए पनि आफन्तले बुझ्न मानेका छैनन् । दाहाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालयसँगै रहेको कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का ...
जालपा लफडामा दलहरूको विज्ञप्तिबाजी : गठबन्धन भन्छ टंक राई कुटिए, एमाले भन्छ पूर्ण राई

जालपा लफडामा दलहरूको विज्ञप्तिबाजी : गठबन्धन भन्छ टंक राई कुटिए, एमाले भन्छ पूर्ण राई

Banner News 3, राजनीति, स्थानीय
खोटाङ, जेठ १२ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा बुधबार राति भएको आक्रमणको घटनामा दलहरू विज्ञप्तिबाजीमा उत्रेका छन् । गठबन्धन दल र नेकपा एमालेले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको दोष एकअर्कालाई लगाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयु्क्त विज्ञप्ति जारी गरेर माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टंक राईमाथि सांघातिक आक्रमण भएको बताइरहँदा एमालेले भने टंकसहितको संलग्नतामा एमाले जालपा वडा कमिटी सदस्य पूर्णबहादुर राईमाथि आक्रमण भएको दाबी गरेको छ । ‘...केही अराजक उच्छृंखल व्यक्तिद्वारा गाली बेइज्जत गर्ने, सांघातिक आक्रमण गर्ने निन्दनीय कार्य भएकोप्रति हामी घोर भत्र्सना एवं निन्दा गर्दछौँ,’ नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘...
खोटाङमा जडिबुटीसहित ट्रक प्रहरीको नियन्त्रणमा

खोटाङमा जडिबुटीसहित ट्रक प्रहरीको नियन्त्रणमा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ ९ । खोटाङमा बिभिन्न जडिबुटीसहित ट्रकलाई प्रहरीले पक्राउ गरेको छ । हलेसी ट्राफिक चोकमा सवारीसाधन जाँच गर्नेक्रममा आज (सोमबार) साझँ ६ बजे जडिबुटी सहित ट्रकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोटाङबाट अन्यन्त्र जिल्ला जादै गरेको बागमती प्रदेश ०१–००६ ख ३३४७ नम्बरको ट्रकमा दरपीठ नभएको बिभिन्न जडिबुटीहरु फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । ट्रकसँगै, ट्रक चालक, सामान धनिलाई समेत पक्राउ गरी आवश्यक कारवाहिकालागी डिभिजन वन कार्यालय खोटाङमा पठाइएको प्रहरीले जनाएको छ ।...