प्रधानमन्त्री देउवाद्वारा साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन
खोटाङ, चैत ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो ।
पुल उद्घाटनका लागि प्रधानमन्त्री देउवा, खानेपानी मन्त्री उमाकान्त चौधरी र नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङदेम्बे हेलीकप्टर मार्फत कार्यक्रम स्थल आउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रको हितमा रहेकाले संसदबाट पास गरिएको बताउनुभएको छ । एमसिसीको बिषयमा केहि व्यक्तिहरुले गलत प्रचार गरेपनि एमसिसी कुनै पनि हालतमा राष्ट्र हितको बिपरित नरहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
यस्तै, खानेपानी मन्त्री चौधरीले एमसिस...








