Friday, August 28News That Matters

स्थानीय

सल्लेका ९२ जना जेष्ठ नागरिक सम्मानित

सल्लेका ९२ जना जेष्ठ नागरिक सम्मानित

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत ६ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ९२ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडाका ५१ जना महिला र ४१ जना पुरुष गरी ९२ जना जेष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको हो । जेष्ठ नागकिरलाई सम्मान गर्न वडा कार्यालयले आज कार्यक्रमनै आयोजना गरेको थियो । वडा कार्यालयद्वारा आयोजीत कार्याक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले दोसल्ला ओडाएर सम्मापत्रले सम्मान गर्नुभएको मेयर राईको सचिवालयले जानकारी दिएको छ ।...
खोटाङ : ५ सय सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन

खोटाङ : ५ सय सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन

Banner News 3, अर्थ, समाज, स्थानीय
खोटाङ, चैत्र ०६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले फागुन महिनमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन गरिएका ५ सय वटा सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीका अनुसार उक्त महिना सबैभन्दा बढी १ सय ९२ वटा मोटसाइकल कारबाहीमा परेका छन् । यस्तै कार–जीप–भ्यान १ सय ७२, टयाक्टर ६८, ट्रक ४६, बस १०, अटो–टेम्पो ८ र टिप्पर ४ वटालाई कारबाही गरिएको छ । मादक पदार्थ सेवन गरी चलाइएका ४, बिना लाइसेन्सका ६९, साथमा कागजात नबाकेका २ सय ८८, लापरबाही गरी चलाइएका १ सय ३६ र बिना रुट अनुमति चलाइएका ३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी इन्चार्ज खत्रीले जानकारी दिनुभयो । ती सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।...
१५ दिनमा हलेसी मन्दिरको आम्दानी ४ लाख ४३ हजार

१५ दिनमा हलेसी मन्दिरको आम्दानी ४ लाख ४३ हजार

Banner News 3, अर्थ, समाज, स्थानीय
खोटाङ, चैत्र ०६ । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १५ दिनको अवधिमा ४ लाख ४३ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको छ । फागुन १६ देखि ३० गतेसम्मको अवधिमा उक्त रकमको भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार उक्त अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ३ लाख ३३ हजार ३ सय ५०, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४१ हजार ६ सय ५, बसाहाथान दान पेटिकाबाट ५० हजार ९ सय ७५ र गणेश मन्दिरको दान पेटिकाबाट १३ हजार ३ सय आम्दानी भएको छ । यस्तै ढ्याक्के सटहीबाट ४ हजार रुपैयाँ जम्मा भएको सूचना केन्द्रले जनाएको छ । आम्दानीको रकमबाट बिजुली, पानी, शिवरात्री मेला व्यवस्थापनमा खटाइएका अस्थायी कर्मचारीको तलब भत्ता, शिव–पार्वती थानमा गहना पहि-याउँदा, नौमती बाजा बजाएको पारिश्रमिक, शान्ति सुरक्षा खर्च, भेटी ...
शारदा मावि हौँचुरलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त

शारदा मावि हौँचुरलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत ५ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुर स्थित शारदा माध्यमिक विद्यालयलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त भएको छ । रु २ लाख २५ हजार मूल्य बराबरको विद्यालयमा प्रयोग हुने डेस्क बेन्च लगायत अन्य फर्निचर निशुल्क प्राप्त भएको प्रधानाध्यापक हर्कबहादुर कार्कीले जानकारी दिनुभयो । रावाबेसी गाउँपालिकामा जन्मिएर हाल राजधानी काठमाडौमा रहनु भएका जीवन पोखरेल, मणि नेपाल र नरेश न्यौपानेले संयुक्त रुपमा सो सामाग्री निशुल्क विद्यालयलाई प्रदान गर्नुभएको हो । तीन जनाले विद्यालयलाई प्रदान गर्नुभएको फर्निचर सामुदायिक सिकाइ केन्द्र हौंचुरले निशुल्क ढुवानी गरिदिएको प्रधानाध्यापक कार्कीले बताउनुभयो ।...
शारदा मावि हौँचुरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

शारदा मावि हौँचुरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत्र ०५ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित शारदा माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व प्रधानाध्यापक भद्रबहादुर राईले वार्षिक रूपमा गरिब तथा जेहेनदार ५ जना विद्यार्थीलाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गर्नुभएको हो । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच राईले विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु कार्की र प्रधानाध्यापक हर्कबहादुर कार्कीलाई अक्षयकोषका लागि १ लाख १ हजार १ सय रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । अक्षयकोषको रकम बैंकमा जम्मा गरी त्यसबाट प्राप्त हुने ब्याजको रकमले प्रत्येक वर्ष विद्यालयका गरिब तथा जेहेन्दार एक जना छात्र र एक जना छात्रा तथा विद्यालय प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रलाई पुरस्कृत गरिनेछ । कार्यक्रममा प्रमुख अतिथि रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले विद्यालयको शैक्षिक ग...
छापडाँडास्थित किराना पसलमा आगलागी, ५ लाख बराबरको क्षति

छापडाँडास्थित किराना पसलमा आगलागी, ५ लाख बराबरको क्षति

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत ०३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, छापडाँडास्थित एक किराना पसलमा आगलागी भएको छ । बिहिबार बिहानको राति २ बजेतिर स्थानीय ३५ वर्षकी सरिता राउतको किराना पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । आगलागीबाट जस्ता र काठले बनेको एक तल्ले पसलसहित पसलभित्रका सामान जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय हलेसीबाट परिचालित प्रहरी टोली र स्थानीयको सक्रियतामा बिहानको राति २ः४५ बजे पूर्ण रूपमा आगो निभाइएको छ । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।...
दिक्तेल र साकेलामा आज दिउँसो विधुत आपूर्ति बन्द हुने

दिक्तेल र साकेलामा आज दिउँसो विधुत आपूर्ति बन्द हुने

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केही भाग र साकेला गाउँपालिकाको केही भागमा आज दिउँसो विधुत आपूर्ति बन्द हुने भएको छ । दिक्तेल फिडर अन्तर्गत छिप्ती, कट्टी, दिखुवा खोला वारीको ११ केभी हाईटेन्सन लाइनको तार अपग्रेड गर्ने क्रममा विधुत आपूर्ति बन्द हुने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । उक्त फिडरमा पूरानो तार हटाएर नयाँ तार लगाउने र ईन्सुलेटेड कभर कन्डक्टर तान्ने काम गरिने हुंदा आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म दिक्तेलबजारसहित, बाम्राङ, लफ्याङ, खाल्ले, नेर्पा, चिउरीडाँडा, निर्मलीडाँडा र साकेला गाउँपालिकाको अधिकांश स्थानमा विधुत आपूर्ति बन्द हुने प्राधिकरण प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।...
चैत ५ भित्र विद्युत महसुल बुझाइसक्न प्राधिकरण खोटाङको ताकेता

चैत ५ भित्र विद्युत महसुल बुझाइसक्न प्राधिकरण खोटाङको ताकेता

Banner News 2, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत ०१ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले चैत ५ गतेभित्र विद्युत महसुल बुझाइसक्न ग्राहकलाई ताकेता गरेको छ । लामो समयसम्म महसुल नबुझाएका ग्राहकलाई चैत ५ गतेभित्र अनलाइन मार्फत तथा कार्यालयमै गई विद्युत महसुल बुझाइसक्न केन्द्रले समयसीमा तोकेको हो । तोकिएको मितिमा पनि बक्यौता रकम नबुझाए सम्बन्धित ग्राहकको लाइन काटिने विद्युुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । सरकारी कार्यालय, स्थानीय निकाय, स्वास्थ्य चौकी, खानेपानी लिफ्टिङ र गार्हस्थ ग्राहकले विद्युत उपभोग गरे बापत बुझाउनुपर्ने महसुल लामो समयदेखि नतिरेको उहाँको भनाइ छ । चैत ५ गतेभित्र पनि महसुल नबुझाए लाइन काट्ने प्राविधिक टोली परिचालन गरेर महसुल बुझाउन बाँकी ग्राहकको लाइन काट्न सुरु गरिने केन्द्रले चेतावनी दिएको छ । ५ हजार रुपैयाँ बढी महसुल तिर्न बाँकी रहेका र महसुल नतिरेको २ महिना ...
खोटाङ : बच्चाले खेलाएको लाइटरबाट सल्केको आगोले घर खरानी

खोटाङ : बच्चाले खेलाएको लाइटरबाट सल्केको आगोले घर खरानी

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत ०१ । खोटाङको साकेला गाउँपालिका–५ चुम्लुङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । घरमा अभिभावक नभएको समयमा बच्चाले लाइटर खेलाउने क्रममा घरमा आगो सल्किँदा जडिमान राईको घर जलेर नष्ट भएको स्थानीय खियामा राईले जानकारी दिनुभयो । मंगलबार दिउँसो १ः३० बजेको समयमा बच्चाले लाइटर खेलाउने क्रममा घरमा आगो सल्किएको थियो । आगलागी भएको केही समयपछि स्थानीयले थाहा पाएर बच्चालाई जोगाए पनि फुसले छाएको बाँस र माटोबाट बनेको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । घर जल्दा घरभित्र रहेको एक तोला सुन, ५० हजार नगद, अन्नपात, लत्ताकपडा र भाडावर्तन जलेर नष्ट भएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।...
खोटाङ कोरोना संक्रमणोन्मुख

खोटाङ कोरोना संक्रमणोन्मुख

Banner News 1, समाज, स्थानीय
खोटाङ, फागुन २९ । खोटाङ कोरोना भाइरस संक्रमणोन्मुख दिशामा पुगेको छ । शनिबारसम्म ७ जना सक्रिय संक्रमित रहेका जिल्लामा पछिल्लोपटक संक्रमण पुष्टि भई होम आइसोलनसमा रहेका ६ जना संक्रमित निको भएसँगै जिल्ला संक्रमणमुक्त हुने दिशामा पुगेको हो ।जिल्ला स्वास्थ्य कार्यालय खोटाङका अनुसार जिल्लामा अब एक जनामात्र सक्रिय संक्रमित छन् । संक्रमित ती व्यक्ति अहिले होम आइसोलेसनमा रहेका र उनको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।  ...