Friday, April 17News That Matters

स्थानीय

पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । खोटाङमा यहि पुस २५ गते भित्र कोरोना बिरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई लगाइसकिने भएको छ । सोहि योजना अनुसार हाल जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भेरोसेल, एष्ट्राजेनिका कोभिशिल्ड गरी तिन प्रकारको खोप जिल्ला भित्रिएकोमा हाल सम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो मात्रा र ५२ हजार ३ जनाले पुर्ण मात्रा खोप लगाएका छन । २५ गते भित्र सबै नागरिकलाई पहिलो मात्रा खोप लगाइसकिने योजना रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । जिल्लामा अहिले १२ देखि १७ बर्षका बालबालिकालाई लगाइने मोर्डना खोप कार्यक्रम पनि सञ्चालन भईरहेको उहाँको भनाई छ । जिल्लाको रावाबेसी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा, बराहपोखरी, साकेला, ऐसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा खोप कार्यक्रम सम्पन्न भइसकेको छ ...
कोरोनामुक्त बनेको एक महिनापछि खोटाङमा फेरि भित्रियो संक्रमण

कोरोनामुक्त बनेको एक महिनापछि खोटाङमा फेरि भित्रियो संक्रमण

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २१ । कोरोना भाइरस संक्रमणमुक्त जिल्ला बनेको झण्डै एक महिनापछि खोटाङमा एक जनामा संक्रमण पुष्टि भएको छ । गत मंसिर २३ गतेयता जिल्ला संक्रमणमुक्त बनेको थियो । लामो समय पश्चात जिल्लाको रावाबेसी गाउँपालिका–१ कुभिण्डेका एक १६ वर्षीय किशोरमा संक्रमण देखिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा उनमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका किशोर रावाबेसी–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । संक्रमण पुष्टि भएका किशोरले कोरोना विरुद्धको खोप नलगाएका र उनी अहिले होम आइसोलेसनमा बसेका कार्यालयले जनाएको छ । विद्यार्थीमा संक्रमण पुष्टि भए पनि स्वास्थ्य सावधानी अपनाएर विद्यालय भने सञ्चालन भइरहेको खार्पाका वडाध्यक्ष कालिदास पोखरेलले बताउनु...
माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । मगर जातिको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा खोटाङको वराहपोखरी गाउँपालिका–१ भञ्याङमा यो वर्ष पनि भव्य मेला लाग्ने भएको छ । मगर जातिको भाषा, कला र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले जनजागृति युवा क्लब खोटाङ र नेपाल मगर संघ, वराहपोखरी गाउँपालिकाले यही माघ १ गते मेला आयोजना गरेको हो । सो अवसरमा सामूहिक मौलिक नृत्य र खुल्ला पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । कार्यक्रममा प्रदेश नं १ का सांसद नारायणप्रसाद बुर्जा मगरको प्रमुख र नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज थापा मगरको विशेष आतिथ्यता रहने नेपाल मगर संघ खोटाङका सह–सचिव प्रकाश खपांगी मगरले जानकारी दिनुभयो । उहाँका अनुुसार भलिबल प्रतियोगिता पुस २९ र ३० गते र सामुहिक नृत्य प्रतियोगिता माघ १ गते सञ्चालन हुनेछ भने मेलाको मुख्य दिन माघ १ गते मगर जातिको मौलिक नृत्य हुर्रासहितका जातीय पहिचान झ...
हलेसी मन्दिरमा १७ दिनमा ३ लाख ८१ हजार बढी भेटी संकलन

हलेसी मन्दिरमा १७ दिनमा ३ लाख ८१ हजार बढी भेटी संकलन

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको त्रिधार्मिक आस्थाको केन्द्र हलेसी मन्दिरमा १७ दिनको अवधिमा ३ लाख ८१ हजार रुपैयाँ बढी भेटी संकलन भएको छ । दर्शनार्थी तथा पर्यटकबाट मंसिर २३ गतेदेखि पुस ११ गतेसम्ममा ३ लाख ८१ हजार ५ सय ९० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार महादेव मन्दिरको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ६ सय ६५ रुपैयाँ र मन्दिरको प्रांगणमा रहेको दानपेटिकाबाट ४७ हजार ९ सय २५ रुपैयाँ संकलन भएको हो । साथै बिजुली, पानी, इलाका प्रहरी कार्यालय हलेसीको गाडी मर्मत, मन्दिरभित्र रहेको पिलर रङरोगन, गणेश मन्दिर रङरोगन, मन्दिर व्यवस्थापन समितिबाट ट्राफिक चोकमा निर्माण गरिएको मन्दिर प्रवेश गेट रङरोगन तथा लेखन, भेटी गणना, अतिथि सत्कार, खाजा, विभिन्न आर्थिक सहयोग ल...
निजमाती कर्मचारी संगठन वराहपोखरीको अध्यक्षमा नवराज राई

निजमाती कर्मचारी संगठन वराहपोखरीको अध्यक्षमा नवराज राई

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस १८ । नेपाल निजमाती कर्मचारी संगठन वराहपोखरी गाउँपालिकाको अध्यक्षमा नवराज राई सर्वसम्मत चयन हुुनुभएको छ । पालिका स्तरको अधिवेशनबाट राईको अध्यक्षातमा संगठनको वराहपोखरी गाउं इकाइ कार्यसमिति सर्वसम्मत गठन भएको हो । समितिको उपाध्यक्षमा दीलिप राई, सचिवमा पूजा अधिकारी र कोषाध्यक्षमा रेनुका राई चयन हुनुभएको छ । सदस्यहरूमा अनिमा श्रेष्ठ, जयदेव पौडेल, जितबहादुर राई, सरिता मगर, असल विक, द्रोणराज रेग्मी र कोपिला राई चयन हुनुभएको छ । यस्तै सल्लाहकार समिति संयोजकमा छत्र बानियाँ र सल्लाहकार सदस्यमा शत्रुधन सेठ र बालेश्वर यादव चयन हुनुभएको छ ।...
खोटाङमा विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटियो

खोटाङमा विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटियो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । खोटाङमा लामो समयसम्म विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटिएको छ । ५ हजार बढी बक्यौता तिर्न बाँकी रहेका र दुई महिनासम्म महसुल नतिरेका दिक्तेलबजार क्षेत्रका ती ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । आइतबार लाइन काटिएकामध्ये ८ जना ग्राहकले ४० हजार ७ सय २ रुपैयाँ बक्यौता रकम तिरेपछि पुनः लाइन जडान गरिएको छ । लाइन काटिएका अन्य ९ ग्राहकबाट अझै ८३ हजार ५ सय २२ रुपैयाँ ७१ पैसा महसुल उठ्न बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । महसुल असुली अभियान निरन्तर जारी रहने भएकाले बेलैमा बक्यौता तिरेर ग्राहक अनुशासन कायम गर्न पनि केन्द्रले आग्रह गरेको छ ।...
दिक्तेलमा मह भन्दै अखाद्य वस्तु बिक्री, सचेत रहन आग्रह

दिक्तेलमा मह भन्दै अखाद्य वस्तु बिक्री, सचेत रहन आग्रह

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ । खोटाङ सदरमुकाम दिक्तेलबजारमा मह भन्दै एक तराई मूलकी महिलाले अखाद्य वस्तु बिक्री गर्दै हिँडेको पाइएकाले सचेत रहन उद्योग वाणिज्य संघ खोटाङले आग्रह गरेको छ । महको नाम गरेर अपरिचित एक महिलाले आफू खोटाङबासी भएको बताउँदै अखाद्य वस्तु बिक्री गरेको जानकारीमा आएको संघका महासचिव मनोज बजियमले बताउनुभयो । कोही कसैलाई पनि खरिद नगर्न र ती महिला भेट्नेलाई उद्योग वाणिज्य संघमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।...
वराहपोखरीमा सम्पन्न भलिबलको पुरुष उपाधि त्रियुगा–१५ र महिला उपाधि रामप्रसाद राई–८ को पोल्टामा

वराहपोखरीमा सम्पन्न भलिबलको पुरुष उपाधि त्रियुगा–१५ र महिला उपाधि रामप्रसाद राई–८ को पोल्टामा

खेलकुद, समाचार, स्थानीय
खोटाङ, पुस १७ । खोटाङको वराहपोखरी गाउँपालिकामा आयोजित डम्बर राना मगर (शुक्र) दोस्रो स्मृति कप अन्तर वडास्तरीय भलिबलमा पुरुषतर्फको उपाधि उदयपुरको त्रियुगा नगरपालिका–१५, कुभिण्डेले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सो टिमले प्रतियोगिताको प्रथम उपाधि जितेको हो । यस्तै आयोजक वराहपोखरी–२ सुन्तले ‘ए’ दोस्रो र वराहपोखरी–४ फाक्टाङ तेस्रो भएको छ । पुरुषतर्फको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद रु.५१ हजार १ सय ११, ३१ हजार १ सय ११ र २१ हजार १ सय ११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका आयोजक खेलकुद विकास समिति सुन्तलेका सचिव प्रदीप लुङ्गेली मगरले जानकारी दिनुभयो । यसैगरी महिलातर्फको भलिबल खेलको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ ले जितेको छ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–४ बतासेले दोस्रो र वराहपोखरी–४ फाक्टाङले तेस्रो स्थान हासिल गरेको छ । महिला भलिबलतर...
कांग्रेस रावाबेसी काठमाडौँ सम्पर्क समितिको सभापतिमा घनश्याम श्रेष्ठ

कांग्रेस रावाबेसी काठमाडौँ सम्पर्क समितिको सभापतिमा घनश्याम श्रेष्ठ

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस १७ । नेपाली कांग्रेस रावाबेसी काठमाडौँ सम्पर्क समितिको सभापतिमा घनश्याम श्रेष्ठ चयन हुनु भएको छ । आज सम्पन्न नेपाली कांग्रेस रावाबेसी काठमाडौँ सम्पर्क समितिको भेलाले श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपसापतिमा कैलास के.सी र चन्द्र दर्लामी, सचिवमा एलिना पाण्डे, सह–सचिवमा ददिराम भट्टराई र कोषाध्यक्षमा जय मगर सर्वसम्मत चयन हुनु भएको नेपाली कांग्रेस रावाबेसी गाउँपालिका सचिव चिरन्जीवी कार्कीले जानकारी दिनुभयो ।...
अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन संग्राम र सचिवमा बिष्णु उपरकोटी निर्वाचित

अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन संग्राम र सचिवमा बिष्णु उपरकोटी निर्वाचित

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस १७ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको अध्यक्षमा मोहन संग्राम (पोखरेल) निर्वाचित हुनुभएको छ । अनेरास्ववियु खोटाङको २३ औँ जिल्ला  सम्मेलनले संग्रामको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत निर्वाचित गरेको हो । अनेरास्ववियुको जिल्ला उपाध्यक्षमा यम खड्का, सचिवमा बिष्णु उपरकोटी, उपसचिवमा घनश्याम ढकाल, सुरेश प्रधान र सुनिता राई, कोषाध्यक्षमा मुस्कान राई सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै संगठन बिभाग प्रमुखमा अभिषेक घिमिरे, रचनात्मक बिभाग प्रमुखमा विप्लव कोइराला, प्रचार प्रसार बिभाग प्रमुखमा प्रकाश पौडेल र प्रशिक्षण बिभाग प्रमुखमा शंकर खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । दिक्तेल समिक्षालय हलमा आज भएको जिल्ला सम्मेलनमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुनिता बराल, नेकपा एमालेका केन्द्रिय सदस्य एवं प...