बिदा सकिए पनि विद्यालयमा पठनपाठन भएन, हलेसी तुवाचुङले सोध्यो स्पष्टीकरण
खोटाङ, कात्तिक १३ । बिदा सकिए पनि पठनपाठन नभएको पाइएपछि हलेसी तुवाचुङ नगरपालिकाले विद्यालयलाई स्पष्टीकरण सोधेको छ । दसैँ बिदा सकिएर कात्तिक १२ गतेबाट विद्यालय सञ्चालन हुनु पर्ने भएपनि कतीपय विद्यालयमा पठनपाठन नभएको पाइएको हो ।
विद्यालय सञ्चालन भएको पहिलो दिन १२ गते अर्थात आइतबार नगरपालिकाको टोली अनुगमनमा पुग्दा विद्यालयमा पठनपाठन नभएको पाइएको बताइएको छ । नगरपालिकाका मेयर विमला राई, सामाजिक विकास शाखा संयोजक रुद्रकुमार राई लगायतको टोली आइतबार विद्यालय अनुगमनमा पुगेको थियो । तर, विद्यालयमा पठनपाठन ठप्प भएको पाइएको हो । सबै शिक्षक र विद्यार्थी उपस्थित नभएकाले विद्यालय समयसम्म पठनपाठन नभएको विद्यालयले जनाएका छन् ।
आइतबार ३ वटा विद्यालयमा अनुगमन गर्दा विद्यालय नै बन्द रहेको भेटिएको सामाजिक विकास शाखा संयोजक राईले बताउनुभयो । वडा नम्बर १ बाहुनिडाँडास्थित मालिकादेवी माध्यमिक विद्यालय, दुधकोशी आ...









