देशभरका चाम्लिङ राईहरुको खोटाङमा भेला, मेयर भट्टराई सम्मानित
खोटाङ, फागुन २२ । देशभरका चाम्लिङ राईहरु खोटाङमा भेला भएका छन् । चाम्लिङ राई भाषा सम्बन्धि कार्ययोजना निर्माणका लागि पुर्वको ईलाम, झापा, धनकुटा, सुनसरी, उदयपुरदेखि काठ्माडौंसम्मका १२ जिल्लाका चाम्लिङ राई दिक्तेलमा भेला भएका हुन् ।
किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एबं किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेलामा पुर्व–पश्चिमका चाम्लिङ राई एउटै थलोमा भेला भएका हुन् । चाम्लिङ राई समुदायको बाहुल्यता रहेको ठाउँका विद्यालयमा चाम्लिङ भाषाको पठन–पाठनलाई व्यापक बनाउने र चाम्लिङ भाषी समुदायको बाहुल्यता रहेको स्थानीय तहमा चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने कार्ययोजना निर्माणका लागि तीन दिने भेला आयोजना गरिएको खाम्बातिमका खाम्वातिमका महासचिव जितकुमार राईले बताउनुभय...








