Sunday, October 25News That Matters

समाज

कर्मचारी संक्रमित भएपछि खोटाङका दुई पालिकामा नियमित सेवा बन्द

कर्मचारी संक्रमित भएपछि खोटाङका दुई पालिकामा नियमित सेवा बन्द

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, माघ ११ । खोटाङका दुई स्थानीय तहमा अत्यावश्यक बाहेकका नियमित सेवा बन्द भएको छ । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका र रावाबेसी गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको सम्बन्धित पालिकाले जनाएका छन् । दुवै पालिकाका केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसकारण भाइरस फैलिन नदिन माघ १० गते हिजो सोमबारदेखि १५ गतेसम्मका लागि हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय बन्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । यस्तै रावाबेसी गाउँपालिकाले १७ गतेसम्मका लागि आजदेखि कार्यालय बन्द गरेको सूचना प्रकाशन गरेर जानकारी गराएको हो । नियमित सेवा बन्द भए पनि अत्यावश्यकका सेवा भने प्रवाह गरिने दुवै पालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख छ । यस्तै पुनः कोरोना भाइरस गाउँसम्म फैलिएको हुँदा यसको रोकथामको लागि सबैले आवश्यक स्वास्थ्य मापदण्ड प...
खोटाङमा अहिलेसम्म ४८ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत, सबैमा पुग्न ३ वर्ष लाग्ने

खोटाङमा अहिलेसम्म ४८ प्रतिशत घरमा मात्र केन्द्रीय विद्युत, सबैमा पुग्न ३ वर्ष लाग्ने

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ९ । खोटाङमा हालसम्म ४८ दशमलव ७३ प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा ४२ हजार ६ सय ६४ घरधुरी रहेका छन् । जसमध्ये माघ ८ गतेसम्मको तथ्याङ्क अनुसार २० हजार ७ सय ८९ घरधुरीमा केन्दी्रय प्रसारण लाइनको विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दश स्थानीय तह रहेका छन् । दशै वटा स्थानीय तहका कार्यालयमा केन्दी्रय प्रसारण लाइनको विद्युत पुगिसकेको छ भने कतिपय वडा कार्यालयमा अहिलेसम्म विद्युत पुगेको छैन । जिल्लाको रावाबेसी गाउँपालिकामा सबैभन्दा धेरै घरधुरीमा विद्युत विस्तार भएको छ । गाउँपालिकाको वडा नम्बर ३ लामीडाँडाका केही घरधुरीमा मात्र विद्युत विस्तार हुन बाँकी रहेको कार्यालयका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक...
कोरोनाका कारण हलेसी मन्दिर बन्द

कोरोनाका कारण हलेसी मन्दिर बन्द

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रिधार्मिक स्थल हलेसी मन्दिर बन्द भएको छ । कोरोना भाइरस तीव्र रूपमा फैलिएकाले मन्दिर बन्द गर्ने निर्णय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने नियमित हुुनेछ । यसअघि दोस्रो लहरमा पनि कोरोना नियन्त्रणका लागि बन्द गरिएको करिब ८ महिनापछि मन्दिर खुलेको थियो ।...
छुट्टाछुट्टै जबरजस्ती करणी मुद्दामा खोटाङमा दुई जना पक्राउ

छुट्टाछुट्टै जबरजस्ती करणी मुद्दामा खोटाङमा दुई जना पक्राउ

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । छुट्टाछुट्टै जबरजस्ती करणीको मुद्दामा खोटाङमा दुई पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र सोही नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हिङमाङले पुस २५ गते बेलुका ५ बजे दोर्पा चिउरीडाँडाकै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । छिमेकीको घरमा पितृ कार्य (श्राद्ध) को निम्तो मानेर घर फर्कँदै गर्दा एक्लै भएको मौका छोपेर किशोरीलाई डर धम्की देखाई जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा आएको जाहेरीका आधारमा हिङमाङ बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, खोटाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले गोप्य रूपमा खोजतलास गर्दै जाँदा लुकिछिपी बसेको अवस्थामा दोर्पा चिउरीडाँडाबाटै बुधबार उनलाई पक्राउ गरेको हो । यस्तै राईले पुस ३० गते बिहान ११ बजे पा...
प्रसव व्यथाले गम्भीर दिक्तेलकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार

प्रसव व्यथाले गम्भीर दिक्तेलकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ४ । खोटाङमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २५ वर्षीया रोजिना खड्काको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको हो । सामान्यताया गर्भ रहेको ३७ हप्तासम्ममा सुत्केरी व्यथा लाग्नु सामान्य मानिए पनि खड्कालाई गर्भ रहेको ३४ हप्तामै सुत्केरी व्यथा लागेपछि सोमबार उपचारका जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । स्वास्थ्य जाँचमा उनको पाठेघरको पानीको फोका समय अगावै फुटेको पाइएको जिल्ला अस्पतालका डा. मनिष पौडेलले बताउनुभयो । त्यस्तो अवस्थामा गर्भवती र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्य जोखिमपूर्ण हुने र त्यसको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई उद्धारको पहलका लागि पत्र पठाएको थि...
बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २ । बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ परेका छन । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पाका ३१ बर्षिय किशोर पोखरेल पक्राउ परेका हुन । पोखरेल खार्पा स्थीत भाषा आधारभुत विद्यालयमा अत्यापन गराउदै आएका छन । सोहि गाउँकी १३ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ ९ गतेबाट पटक पटक बलत्कार गरेको भन्दै बिहिबार परिवारको उजुरी पश्चात पोखरेललाई उदयपुरको रामपुरबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखेर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पीडित किशोरीको २० हप्ताको गर्भ समेत रहेको बताइएको छ ।...
खोटाङमा २५ जनाभन्दा बढी भेला हुन निषेध, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

खोटाङमा २५ जनाभन्दा बढी भेला हुन निषेध, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ३० । जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने सबै खालका गतिविधिमा रोक लागएको छ । प्रुमख जिल्ला अधकिारी फणिन्द्र दाहालले जारी गरेको आदेशमा २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायतका कार्यहरु गर्न नपाइने उल्लेख छ । बिहिबार राति १२ बजेदेखि लागु हुने गरी प्रजिअ दाहालले कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन ७ बुँदे आदेश जारी गर्नुभएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी प्रजिअ दाहालले अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गर्नुभएको हो । आदेशमा राजनीतिक, आ...
भोली देखि माघ १५ गते सम्म नेपालका सबै विद्यालय बन्द

भोली देखि माघ १५ गते सम्म नेपालका सबै विद्यालय बन्द

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
पुस २५ । माघ १५ गतेसम्मका लागि नेपालका सबै विद्यालय बन्द हुने भएका छन । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । प्रवक्ता नेपालका अनुसार यो निर्णय भोलिदेखि नै लागू हुने छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उहाँको भनाई छ । माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।...
भ्रष्टाचार र कालोबजारी विरुद्ध एमाले खोटाङ सशक्त रूपमा प्रस्तुत हुने

भ्रष्टाचार र कालोबजारी विरुद्ध एमाले खोटाङ सशक्त रूपमा प्रस्तुत हुने

Banner News 2, ताजा अपडेट, राजनीति, समाज, स्थानीय
खोटाङ, पुस २५ । नेकपा एमाले खोटाङले भ्रष्टाचार र कालोबजारी विरुद्ध सशक्त आवाज उठाउने भएको छ । आज दिक्तेलस्थित होटल शुभदिनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टी जिल्ला सचिव कुमार आचार्यले पार्टीको नवनिर्वाचित कमिटीले भ्रष्टाचार र कालोबजारी विरुद्ध आवाज बुलन्द पार्ने बताउनुभएको हो । कार्यक्रममा सचिव आचार्यले २३औँ जिल्ला अधिवेशनले सर्वसम्मत पारित गरेका प्रतिवेदनहरू सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदनमाथि उठेका प्रश्नको एमाले केन्द्रीय सदस्य उषाकला राई र जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जवाफ दिनुभएको थियो । दिक्तेल माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा हिजो सम्पन्न पार्टीको २३औँ जिल्ला अधिवेशनमा रामप्रसाद दंगालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, कुमार आचार्यले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन, दीपनारायण रिजालले प्रस्तुत गर्नुभएको ‘खोटाङ जिल्लाका समृद्धिका आधार...
पब्जी खेलका कारण खोटाङकी एक युवतीको ज्यान गयो

पब्जी खेलका कारण खोटाङकी एक युवतीको ज्यान गयो

Banner News 3, ताजा अपडेट, समाचार, समाज
पुस २३ । पब्जी खेलका कारण खोटाङकी एक युवतीको ज्यान गएको छ । पब्जीबाट नजिएका खोटाङकी २२ वर्षीया युसिना राई र संखुवासभाका २५ वर्षीय अनिस जिमी २०–२२ दिन देखि सँगै बस्दै आएका थिए । गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनिहरु दुवैजना मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिए लिभिङ टुगेडर बसेका थिए । घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ । गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए । ’उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे । खेल खेल्दा हानहान, मारमार भन्ने जस्तो शब्द बोल्थे । तर राति भने अरूबेलाको जस्तो आवाज थिएन । झगडा गरेकोजस्तो आवाज आएको रहेछ,’ प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भन्नुभयो, ’१२ बजेतिर आम...