किसानलाई बीमामा आकर्षित गर्न खोटाङमा तालिम सञ्चालन
पौष ०१, खोटाङ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले खोटाङमा दुई दिने बिमा अभिकर्ता तथा क्षति मुल्याङ्कनकर्ता सम्बन्धी तालिम सञ्चालन गरेको छ । किसानलाई बाली तथा पशु बीमामा आकर्षित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी उपशाखा खोटाङका बाबुराम आचार्यले जानकारी दिनुभयो ।
सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा हिजो र आज सञ्चालन भएको तालिममा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौँको सहायक महाप्रबन्धक नवराज तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालकाको प्रमुख आतिथ्यता रहेको तालिममा पहिलो दिन हिजो ४० र दोस्रो दिन आज ३८ जना सहभागी भएका थिए ।
तालिमको अन्तिम दिन आज सहभागी विभिन्न पालिकाका पशुु तथा कृषि शाखामा कार्यरत कर्मचारी र स्थानीय कृषि पेशामा आबद्ध किसानमध्येक...









