Sunday, October 25News That Matters

समाज

नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान

नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई वृहत पोषण प्याकेज सम्बन्धी आधारभूत क्षमता अभिवृद्धि तालिम दिन सुरु गरेको छ । स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गराई समुदाय स्तरमा पोषणको अवस्था सुधार गर्न सात दिने तालिम आयोजना गरिएको नगरपलिकाको स्वास्थ्य शाखाले जनाएको छ । पोषणको अवस्थाबारे जानकारी नहुँदा विभिन्न रोग लाग्ने तथा सोही कारण कतिपयले अकालमै ज्यान गुमाउने गरेको तथ्यलाई स्मरण गर्दैै कुपोषण घटाउने उद्देश्यका साथ तालिम दिन सुरु गरिएको नगर स्वास्थ्य प्रमुख तीर्थ आचार्यले जानकारी दिनुभयो । आजदेखि पुस ११ गतेसम्म सञ्चालन हुने तालिममा जिल्ला अस्पताल तथा नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी गरी २५ जना सहभागी छन् । सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा आयोजित तालिमका सहभागीहरूले तालिम सकिएपछि आफू कार्यरत क्षेत्रका महि...
खोटाङमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका  लागि ट्राफिक सप्ताह सुरु

खोटाङमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ४ । खोटाङमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु भएको छ । खोटाङसहित प्रदेश १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह विभिन्न कार्यक्रम गरी सुरु भएको हो । खोटाङमा सुरु सप्ताहको आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले रिबन काटेपछि एक बालिकालाई हेल्मेट लगाइदिएर उद्घाटन गर्नुभएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ र १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी, सुनसरीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्य र समन्वयमा आयोजित ट्राफिक सप्ताह एक हप्तासम्म विभिन्न ट्राफिक सचेतनामूलक कार्यक्रम गरी मनाइने जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीले बताउनुभयो । सप्ताहको पहिलो दिन आज जिल्ला सदमुकाम दिक्तेलस्थित रत्नपार्कबाट हाटडाँडासम्म प्रभातफेरी निकालिएको थियो...
खोटाङमा ट्राफिक नियम विपरीत सवारी चलाउनेको संख्या निरन्तर उकालो

खोटाङमा ट्राफिक नियम विपरीत सवारी चलाउनेको संख्या निरन्तर उकालो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ४ । खोटाङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या महिनैपिच्छे बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सवारी कारबाहीको तथ्यांकले जिल्लामा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेको संख्या बढ्दो अवस्थामा रहेको देखाएको हो । जिल्लामा मंसिर महिनामा मात्र ट्राफिक नियम विपरीत सञ्चालन गरिएका ९ सय ४५ वटा सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीका अनुसार कारबाहीमा परेका सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल ४ सय १० वटा रहेका छन् । यस्तै कार–जीप–भ्यान ३ सय २५ वटा, ट्रक १ सय ६ वटा, ट्याक्टर ८० वटा, अटो–टेम्पो १६ वटा, बस र टिप्पर ४/४ वटा कारबाहीमा परेका छन् । यी सवारी साधन कारबाहीबाट ७ लाख १० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको खत्रीले जानकारी दिनुभयो । सवारी चालक अनुमतिपत्र नलिएक...
खोटाङ : विदेशबाट फर्किएर गाउँमै स्वरोजगार बनेका पाँच जना सम्मानित

खोटाङ : विदेशबाट फर्किएर गाउँमै स्वरोजगार बनेका पाँच जना सम्मानित

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पौष ०३ । खोटाङमा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी स्वरोजगार बनेका पाँच जना सम्मानित भएका छन् । वैदेशिक रोजगारीको क्रममा सिकेको सीप उपयोग गरेर गाउँमै स्वरोजगार गरिरहेका पाँच जना उद्यमीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद तथा कदरपत्रसहित सम्मान गरेको हो । इलेक्ट्रिसियनको काम गरिरहनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, सोही स्थानका भोजकुमार श्रेष्ठ, प्लम्बिङको काम गरिरहनुभएका सोल्माकै काशकुमार राई, वेल्डिङ ग्रिल उद्योग सञ्चालन गरिरहनुभएका नगरपालिका–६ नेर्पाका रोशन राई र बंगुर फार्म सञ्चालन गरिरहनुभएका नगरपालिका–१४ वुईपाका दीपेन्द्र उदास सम्मानित हुनुभएको हो । बंगुर फार्म सञ्चालन गर्ने उदासलाई नगद २० हजारको चेक र अन्यलाई आफ्नो काममा प्रयोग हुने ५ हजार रकम बराबरको सामग्री र १५ हजारको चेक हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीबाट सिक...
किसानलाई बीमामा आकर्षित गर्न खोटाङमा तालिम सञ्चालन

किसानलाई बीमामा आकर्षित गर्न खोटाङमा तालिम सञ्चालन

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पौष ०१, खोटाङ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले खोटाङमा दुई दिने बिमा अभिकर्ता तथा क्षति मुल्याङ्कनकर्ता सम्बन्धी तालिम सञ्चालन गरेको छ । किसानलाई बाली तथा पशु बीमामा आकर्षित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी उपशाखा खोटाङका बाबुराम आचार्यले जानकारी दिनुभयो । सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा हिजो र आज सञ्चालन भएको तालिममा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौँको सहायक महाप्रबन्धक नवराज तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालकाको प्रमुख आतिथ्यता रहेको तालिममा पहिलो दिन हिजो ४० र दोस्रो दिन आज ३८ जना सहभागी भएका थिए । तालिमको अन्तिम दिन आज सहभागी विभिन्न पालिकाका पशुु तथा कृषि शाखामा कार्यरत कर्मचारी र स्थानीय कृषि पेशामा आबद्ध किसानमध्येक...
फोक्सिंटारमा बेलिब्रिज जडान, पक्की पुल निर्माण कछुवाको गतिमा

फोक्सिंटारमा बेलिब्रिज जडान, पक्की पुल निर्माण कछुवाको गतिमा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुष १ । दिक्तेल–गाईघाट सडकखण्ड अन्तर्गत उदयपुर र खोटाङको सिमाना फोक्सिंटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । बर्सेनि बर्खाको समयमा निकाल्ने गरिएको अस्थायी बेलिब्रिज जडानपछि आजदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको हो । फोक्सिंटारमा स्थायी पुल नहुँदा विशेष गरी जिल्लाको दक्षिणी भेगका बासिन्दालाई तराई आवतजावत गर्न समस्या हँुदै आएको छ । अहिले भने स्थायी पुल निर्माणको काम पनि धमाधम भइरहेको छ । यद्यपी समयमै पक्की पुल निर्माणको काम नसकिँदा यो वर्ष पनि बेलिब्रिज जडान गरिएको छ । दिगो समयसम्मको लागि पक्की पुल बन्न नसक्दा बर्सेनि अस्थायी रूपमा गाईघाट– दिक्तेल सडक योजनाले फोक्सिंटारमा बेलिब्रिज जडान गर्दै आएको छ । हिउँदमा मात्रै सञ्चालन हुने यो पुल बर्खामा कोशीमा पानीको बहाब बढेसँगै हटाउने गरिएको छ । यो वर्षको लागि करिब ७८ लाख बजेटमा बेलिब्रिज जडानको कार्य सम्पन्न गरिएको ग...
अग्निपीडित खड्कालाई गाउँपालिका र वडाबाट राहत प्रदान

अग्निपीडित खड्कालाई गाउँपालिका र वडाबाट राहत प्रदान

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
प्रेम श्रेष्ठ, खोटाङ, मङ्सिर २९ । रावाबेसी गाउँपालिका–६ हौँचुर निवासी अग्निपीडित ज्ञानेन्द्र खड्काको परिवारलाई गाउँपालिका र वडा कार्यालयले राहत प्रदान गरेको छ । गत सोमबार साँझ ७ः३० बजे विद्युत सर्ट भएर आगोलागि हुँदा खड्काको घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आज रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला र सोहि वडाका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले घटना स्थलमै पुगेर राहत प्रदान गर्नुभएको छ । गाउँपालिकाको तर्फबाट १२० केजि चामल, १० लिटर खानेतेल, ५ केजी नुन, ३ केजी दाल र १ थान त्रिपाल प्रदान गरिएको छ । यस्तै वडाको तर्फबाट ६० केजी चामल, २ लिटर तेल, आधा केजि जिरा, २ पोका नुन, १ केजि भुजा दालमोट र नुहाउने, कपडा धुने साबुन २\२ वटा प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष निरौलाले घर निर्माण गर्दा आवश्यक जस्तापाता पनि उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । सोमबार  विद्युत सर्ट भएर आगोल...
विद्युत सर्ट भएर हौँचुरमा एक घरमा आगोलागि

विद्युत सर्ट भएर हौँचुरमा एक घरमा आगोलागि

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २८ । जिल्लाको रावाबेसी गाउँपालिका–६ हौँचुर स्थित एक घरमा आगोलागि हुँदा लाखौँ बराबरीको क्षेती भएको छ । हिजो साँझ साढे ७ बजेको समयमा विद्युत सर्ट भई ज्ञानेन्द्र खड्काको ३ तले माटो ढुंगाले बनेको, जस्ताले छाएको घरमा आगो लागेको हो । घरसँगै नजिकै रहेको गोठमा पनि जलेर नष्ट भएको छ । आगोलागिबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन, ८ तोला सुन, १६ तोला चादी, ६ लाख नगद, मोबाएल ल्यापटप लगायत अन्य सामाग्री जलेर नष्ट भएको छ । प्रहरी र स्थानियको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आएको थियो । घर एकान्त बेँसीमा रहेको कारण आगो समयमै नियन्त्रण गर्न कठिन हुँदा धेरै क्षेती भएको स्थानीयले बताएका छन । क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ ।...
खोटाङ : वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी रोक्न अभिमुखीकरण

खोटाङ : वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी रोक्न अभिमुखीकरण

Banner News 3, समाज, स्थानीय
२७ मंसिर, खोटाङ । खोटाङमा वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी न्यूनीकरणका लागि सरोकारवाला निकायबीच छलफल भएको छ । रोजगारीको सिलसिलमा युवा ठगिएका घटना वृद्धि भइरहेको अवस्थामा बालसेवा समाज, नेर्पाद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना केन्द्र (सामी) खोटाङले जिल्लाका १० वटै पालिकाका प्रहरी प्रतिनिधिको सहभागितामा एक दिने अन्तरक्रिया तथा तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । जिल्ला सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालसहित दशवटै पालिकाका गरी २७ जना प्रहरी प्रतिनिधि सहभागी भएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरापालिकाका मेयर दीपनारयण रिजालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वैदेशिक रोजागरीलाई सुरक्षित र व्यवस्थित बनाउन सामी र प्रहरीले कसरी सहकार्य गर्न सक्छन् भन्ने विषयमा छलफल भएको परियोजनाका कार्यक्रम संयोजक सन्तोष राईले ब...
मौवाबोटेमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार

मौवाबोटेमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २४ । खोटाङको वराहपोखरी गाउँपालिका–६ मौवाबोटेमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार भएको छ । प्रदेश १ सरकार, वराहपोखरी गाउँपालिका र वडा कार्यालय मौवाबोटेको १ करोड ५० लाख बजेटमा वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो । विद्युतको आज वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच खोटाङ प्रदेशसभा ‘ख’ का सांसद रामकुमार राई ‘पासाङ’ ले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद राईले वराहपोखरी र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बङ्सिलाघाटमा चालु आर्थिक वर्षभित्रै पक्की पुल निर्माण गरिने बताउनुभयो । प्रक्रिया थालेको डेढ वर्षपछि वडाका ६० प्रतिशत भू–भागमा बिजुली बलेको वडाध्यक्ष दुर्गाबहादुर राईले बताउनुभयो । टेण्डर प्रक्रियामा सामग्री खरिद गरी स्थानीयको जनश्रमदानबाट वडाका करिब १ सय ५० घरधुरीमा बिजुली बाल्न सफल भएको वडाध्यक्ष राईको भनाइ छ । बिजुली पुग्न ब...