Monday, August 24News That Matters

समाज

पत्रकारमाथी हातपात गर्नेलाई विभिन्न संघसंगठनद्धारा कारबाहीको माग

पत्रकारमाथी हातपात गर्नेलाई विभिन्न संघसंगठनद्धारा कारबाहीको माग

Banner News 2, ताजा अपडेट, समाचार, समाज
मङ्सिर १५ : सोलुखुम्बुको सल्लेरीमा रिपोटिङका क्रममा संचारकर्मीमाथि हातपात भएको घटना प्रति विभिन्न संघसंगठनले आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानविन गरि दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रदेश १ शाखा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बु लगाएतले विज्ञप्ती जारी गरेका हुन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिका लागि मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रिपोटिङमा गएका सोलु एफ.एम.कर्मी सुवास दर्नाल र सोलु एफ.एम.मै कार्यरत रमन वन माथि हातपात भएको थियो । पीडित पत्रकारले जाहेरी दरखास्त दिएको बताएका छन् । हातपात गर्नेहरुमा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राईको समुह रहेको पत्रकार दर्नालले बताउनुभयो । मतगणना स्थल बाहिर ...
खोटाङमा प्रहरीद्वारा १४ सय बढी गाँजाका बोट नष्ट

खोटाङमा प्रहरीद्वारा १४ सय बढी गाँजाका बोट नष्ट

ताजा अपडेट, समाचार, समाज, स्थानीय
१४ मंसिर, खोटाङ । प्रहरीले हलेसी तुवाचुङ नगरपालिका वडा नं. ३ स्थित पिपलटार, बालुङमारी गाँउको विभिन्न स्थानमा खेतबारीमा उम्रिएका लागुऔषध (गाँजा) नष्ट गरेको छ । सोमबार बिहान ११ बजे प्रहरी सहायक निरीक्षक बमबहादुर कोइरालाको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले ६ रोपनी जग्गामा उम्रिएको १४ सय ३० भन्दा बढी गाँजाका बोट फँडानी गरी नष्ट गरेको हो । सामाजिक अपराधलाई निस्तेज पार्न, लागुऔषध गाँजा कारोबार रोकथाम र अपराध नियन्त्रण गर्न गस्तीलाई तीव्रता दिएको प्रहरीले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा गाँजा नष्ट गरेको थियो ।...
मालपोत कार्यालय खोटाङमा राजश्व संकलन बढ्यो

मालपोत कार्यालय खोटाङमा राजश्व संकलन बढ्यो

Banner News 1, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ मंसिर ११ : जिल्ला मालपोत कार्यालय खोटाङले चालु आर्थिक वर्ष २०७८\०७९ को चार महिनामा ५२ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ५२ लाख ४० हजार ५ सय ८७ रुपेयाँ राजश्व संकलन गरेको हो । राजीनमा, बकसपत्र, अंशबण्डा, अंश भरपाइ, संगुलनामा, दर्ताफारी, हक छोडपत्र र धितोबन्धक–दृष्टिबन्धक (रोक्का) बापत उक्त रकमको राजश्व संकलन भएको कार्यालयको रजिष्ट्रेसन फाँटका खरिदार नवराज दाहालले जानकारी दिनुभयो । दाहालका अनुसरा यस अवधिमा सबैभन्दा बढी कात्तिकमा १५ लाख २९ हजार ७८२ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै सबभैन्दा कम साउनमा १० लाख ५४ हजार ६४५ रुपैयाँ राजश्व संकलन भएको छ । भदौ महिनामा ११ लाख ६९ हजार ७३७ रुपैयाँ र असोज महिनामा १४ लाख ८६ हजार ३८३ रुपैयाँ राजश्व संकलन भएको छ । कार्यलयको तथ्यकंका आधारमा प्रत्येक महिना राजश्व संकलन बढेको देखिएको छ । कोरोना महामारी...
आफ्नै भवन नहुँदा साँगुरो भवनमा कोचिएर बस्न बाध्य सोलुखुम्बु सशस्त्र प्रहरी

आफ्नै भवन नहुँदा साँगुरो भवनमा कोचिएर बस्न बाध्य सोलुखुम्बु सशस्त्र प्रहरी

Banner News 2, ताजा अपडेट, समाचार, समाज
सुबास दर्नाल सोलुखुम्बु मंसिर ११ : सशस्त्र प्रहरी बल नेपाल गुल्म सोलुखुम्बु(एपिएफ)लाई आफ्नै भवन नहुँदा समस्या भएको छ । करिब ४ बर्ष अघि जिल्लामा स्थापना भएको सशस्त्र प्रहरीको आफ्नै भवन नहुँदा सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पु स्थित तत्कालिन महिला विकास समितिको साँगुरो भवनमा कोचिएर बस्नुपरेको जनाइएको छ । सोलुखुम्बुमा वि.स २०७४ सालमा निर्वाचन सुरक्षा बेस हुँदै हाल गुल्मको रुपमा खडा भएको सशस्त्र बल नेपाल गुल्म सोलुखुम्बुले जनाएको छ । सुरुवातमा सल्लेरी स्थित कर्भड हलमा बसेको सशस्त्र प्रहरी करिब ३ बर्ष अघि दोर्पु स्थित तत्कालिन महिला विकास समितिले एक रोपनी जग्गामा निर्माण गरेको भवनमा सरेका थिए । तर मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा दैनिक कार्यलाई सागँुरो क्षेत्रमा खुम्च्याउनु परेकोे सशस्त्र प्रहरीका डिएसपी दिनेश शर्माले बताउँनुभयो । उहाँका अनुसार मापदण्ड अनुसार कम्प्तीमा १५ रोपनी जग्गा आवश्यक ...
रक्तचन्दनको तेल बेचेको आरोपमा खोटाङका दुई सहित १० जना पक्राउ

रक्तचन्दनको तेल बेचेको आरोपमा खोटाङका दुई सहित १० जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर १० : रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा खोटाङका दुई सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । रक्तचन्दनको ३३ लिटर सुगन्धित तेलसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–६ का २३ वर्षीय घनश्याम आले मगर, हलेसी तुवाचुङ नगरपालिका–९ का २० वर्षीय जीवन थापा, सिन्धुली हरिहरपुर गाउँपालिका–४ का ५० वर्षीय हेमकुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ का नवीन भन्ने ३९ वर्षीय मंगलसिंह लो, काठमाडौं टोखा नगरपालिका–४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका–४ का ३१ वर्षीय कार्साङ्ग लामा, काठमाडौं महाराजगन्ज बस्ने, काठमाडौं महानगरपालिका–८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्न, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका–६ का २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपाल...
हरम्टारमा रा.वा. बैंकको शाखा विस्तारको लागि सम्झौता, पुस ७ गते उद्घाटन हुने

हरम्टारमा रा.वा. बैंकको शाखा विस्तारको लागि सम्झौता, पुस ७ गते उद्घाटन हुने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ९ : खोटाङको रावाबेसी गाउँपालिकामा पहिलोपटक बैंकको शाखा विस्तार हुने भएको छ । जिल्लाका अन्य सबै पालिकामा विभिन्न बैंकका शाखा विस्तार भइसक्दा रावाबेसीमा भने हालसम्म कुनै पनि बैंकको शाखा विस्तार हुन सकेको थिएन । जनप्रतिनिधि र कर्मचारीको लामो समयको पहलपछि गाउँपालिका केन्द्र हरम्टार कुभिण्डेमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार हुने भएको हो । राष्ट्रिय वाणिज्य बैंकले यसअघि जिल्लाका विभिन्न चार स्थानमा शाखा विस्तार गरिसकेको छ । रावाबेसीमा बैंकको ५ औँ शाखा विस्तार हुन लागको हो । त्यसका लागि आवश्यक सम्झौता भएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो । भवन निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन रा.वा.बैंक १ नं. प्रदेश कार्यालय विराटनगर, रा.वा. बैंक शाखा कार्यालय दिक्तेल र गाउँपालिकाबीच आज (बिहिबार) सम्झौता भएको छ । तत्काललाई पुस ७ गते बैंकको उद्घाटन गरेर गाउँ पालिकाको ...
खोटाङमा एक ग्रील पसलले चोरी गरी विद्युत प्रयोग गरेको भेटियो

खोटाङमा एक ग्रील पसलले चोरी गरी विद्युत प्रयोग गरेको भेटियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ९ : जिल्लामा एक ग्रिल तथा बिजुली पसलले विद्युत चोरी गरी प्रयोग गरेको पाइएको छ । नेपाल विद्यत प्राधिकरण दिक्तेल वितरण केन्द्रले गरेको छड्के अनुगमनका क्रममा जिल्लाको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा उक्त पसलले चोरी गरी विद्युत उपयोग गरेको भेटिएको हो । चोरी गरेर विद्युत प्रयोग गरिरहेको उक्त पसलको लाइन काटिएको र चुहावट विनियमावली नियमअनुसार कारबाही गरिने विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुुभयो । सोही क्रममा खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा पनि अनुगमन गरिएको तर त्यहाँ अनियमितता फेला नपरेको उहाँको भनाइ छ । वितरण केन्द्रका अनुसार जिल्लाभरि लस अत्यधिक बढेकाले विद्युत चुहावट नियन्त्रण गर्न अनुगमन तीव्र पारिएको छ । यस्तै ५ हजार बढी महसुल र महसुल नतिरेको ५ महिना बढी समय नाघेका ग्राहकहरूको लाइन काट्ने क्रम पनि जारी रहेको वितरण केन्दले बताएको छ ।...
विपन्न र दीर्घरोगीको साहारा बन्दै जनप्रतिनिधि

विपन्न र दीर्घरोगीको साहारा बन्दै जनप्रतिनिधि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ९ : जिल्लाको बराहपोखरी गाउँपालिका–३ साउनेचौरका जनप्रतिनिधि विपन्न र दीर्घरोगीको साहारा बनेका छन । उनिहरुले वडा कार्यलयबाट बजेट बिनियोजन गरेर वडा भित्रका विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिदिएका छन । आर्थीक बर्ष २०७६\७७ बाट सुरु भएको उक्त कार्यक्रमबाट अहिलेसम्म वडा भित्रका ६७ जना विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष शम्भु निरौलाले जानकारी दिनुभयो । यस्तै वडा क्षेत्रमा कार्यरत १५ जना स्वयंसेविकाको पनि वडा कार्यालयले ५० प्रतिशत रकम बेहोरेर स्वास्थ्य बीमा गराएको उहाँको भनाई छ । वडाध्यक्ष निरौलाले भन्नु भयो, “२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावबाट वडाको नेतृत्व गर्न नागरिकले हामीलाई जिताएर पठाए, त्यसबेला हामीले जितेका मात्र थिएनौँ कि हाम्रो काधमा ठुलो जिम्मेवारी पनि आएको थियो” । सोहि अनुसार वडाको बिभिन्न क्षेत्रमा निरन्तर विकास ग...
जिल्ला अदालत खोटाङबाट चार महिनामा ५१ वटा मुद्दाको फैसला

जिल्ला अदालत खोटाङबाट चार महिनामा ५१ वटा मुद्दाको फैसला

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
०८ मंसिर, खोटाङ । जिल्ला अदालत खोटाङले चालु आर्थिक वर्ष २०७८/०७९ को चार महिनामा ५१ वटा मुद्दाको फैसला गरेको छ । एक आर्थिक वर्षभित्र २४१ वटा मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएको अदालतले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म विभिन्न प्रकृतिका ५१ मुद्दा किनारा लगाएको हो । अदालतका नायब सुब्बा बाबुराम बस्नेतका अनुसार एक आर्थिक वर्षभित्र २८८ वटा मुद्दा दर्ता हुने अनुमान गरिएकोमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १२९ वटा र नयाँ ९३ वटा गरी यस अवधिमा २२२ वटा मुद्दा दर्ता भएका छन् । दुनियावादी देवानी १२० मध्ये ३५ वटा, सरकारवादी फौजदारी ८८ मध्ये १४ वटा र दुनियावादी फौजदारी १४ मध्ये २ वटा मुद्दाको फैसला भएको र बाँकी प्रक्रियामा रहेको नासु बस्नेतले जानकारी दिनुभयो । अदालतले हालसम्म वार्षिक लक्ष्यको २१ दशलमव १६ प्रतिशत मुद्दा फस्र्यौट गरिसकेको छ । १७१ वटा मुद्दा चालुु अवस्थामा रहेको अदालतले जना...
मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल

मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ५ : मलेसीयाको एक जेलमा रहेका खोटाङका पुर्ण बहादुर राईलाई नेपाल फर्काउन सहयोगको अपिल गरिएको छ । जिल्लाको केपीलासगढी गाउँपालिका ७ सुङदेलका राई बिगत चार बर्ष अघि बैदेसिक रोजगारीको शिलसिलामा मलेसीया पुग्नु भएको हो । मलेसीयाको एक सेकुरेटी कम्पनीमा काम गर्दै आउनु भएका राईको मानसिक सन्तुलन मन्द भएपछि करीब ३ महिना अघि देखि सुंगोगाई ब्लु जेलमा रहनु भएको पारीवारिक श्रोतले बताएको छ । परिवारको आर्थीक अवस्था न्युन रहेको कारण मलेसीया जेलमा रहनु भएका पुर्ण बहादुरलाई नेपाल फर्काउन परिवारले अनुरोध गरेको छ । राईको परिवारमा श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन । सहयोग गर्न चाहानेले राईकी श्रीमती ममता राईलाई लाई ९७४२४२५७७१ मा सम्पर्क गर्न सकिने छ । ...