Sunday, October 25News That Matters

समाज

पाथेकामा चाडै विद्युतीकरण गरिने, दिक्तेलबजारका नांगो तार पनि हट्ने

पाथेकामा चाडै विद्युतीकरण गरिने, दिक्तेलबजारका नांगो तार पनि हट्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १९ । नेपाल विद्युत प्राधिकरण प्रदेश १ कार्यालयका निर्देशक राजन ढकालले खोटाङको दिक्तेल रुपाकाट मझुवागढी नगरपालिका–१० पाथेकामा विद्युतीकरणका लागि आवश्यक बजेट व्यवस्थाका लागि पहल गर्ने बताउनुभएको छ । प्राधिरकरणको प्रादेशिक कार्यालय विराटनगरमा भएको छलफलमा निर्देशक ढकालले पाथेकाका प्रत्येक घरधुरीमा विद्युत विस्तार गर्न १ करोड ८६ लाख बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आज नेपाली कांग्रेस खोटाङका जिल्ला सचिव ज्ञानेन्द्र जोशी र कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर सभापति प्रकश श्रेष्ठ र विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मी माग लिएर प्राधिरकणको प्रादेशिक कार्यालय विराटनगर पुग्नुभएको थियो । सो क्रममा भएको छलफलमा करिब ८ सय घरधुरी रहेको पाथेकामा एउटा मात्र ट्रान्सफर्मर रहेको र सबै घरमा विद्युतीकरणका लागि अझै ५÷६ वटा ट्रान्सफर्मर आवश्यक पर...
खोटाङका चार युवतीद्वारा ‘उठ छोरी परिवर्तनका लागि’ अभियान सुरु

खोटाङका चार युवतीद्वारा ‘उठ छोरी परिवर्तनका लागि’ अभियान सुरु

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का, खोटाङ, मङ्सिर १९ । जिल्लाका चार युवतीले महिला हिंसा विरुद्ध ‘उठ छोरी परिवर्तनका लागि’ नामक अभियान सुरु गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी निर्मला आचार्य ‘सुनाखरी’, सोही स्थानकी यशोदा रिजाल, सोही नगरपालिका–१ दिक्तेलकी सुलोचना आचार्य र ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलकी रोजिना दमाईको अगुवाइमा उक्त अभियान सुरु भएको हो । आज कालिका माध्यमिक विद्यालय, नेर्पामा कार्यक्रम गरी अभियानको सुरुवात गरिएको अभियन्ता निर्मला आचार्यले जानकारी दिनुभयो । ‘घर–घरबाट उठौँ, सबै महिला जुटौँ’, ‘हिसां गर्नेभन्दा हिंसा सहने दोषी हुन्छ । त्यसैले सधैँको लागि हिंसा विरुद्ध लागौँ’ भन्ने नारा तय गरिएको अभियानमा साथ दिन चाहनेलाई जोड्दै लैजाने निर्मलाले बताउनुभयो । महिलाहरूमा हिंसा विरुद्ध चेतना जागृत गर्दै महिला पनि सबै काम गर्न सक्षम रहेको सन्देश प्रवाह गर्नु अभियानको मूल उद्देश्य र...
खोटाङमा समय अगावै सुत्केरी व्यथाले गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङमा समय अगावै सुत्केरी व्यथाले गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १९ । सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ की ३० वर्षीया शान्ता वि.क.लाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो । सामान्यतया गर्भ बसेको ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा वि.क.लाई त्यस अगावै व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि अस्पतालले उहाँको उद्धारका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको डा. सवन कोइरालाले बताउनुभयो । अस्पातलबाट प्राप्त पत्रका आधारमा जिल्ला प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि सिफारिस गरेको र मन्त्राल...
पत्रकारमाथी हातपात गर्नेलाई विभिन्न संघसंगठनद्धारा कारबाहीको माग

पत्रकारमाथी हातपात गर्नेलाई विभिन्न संघसंगठनद्धारा कारबाहीको माग

Banner News 2, ताजा अपडेट, समाचार, समाज
मङ्सिर १५ : सोलुखुम्बुको सल्लेरीमा रिपोटिङका क्रममा संचारकर्मीमाथि हातपात भएको घटना प्रति विभिन्न संघसंगठनले आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानविन गरि दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रदेश १ शाखा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बु लगाएतले विज्ञप्ती जारी गरेका हुन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिका लागि मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रिपोटिङमा गएका सोलु एफ.एम.कर्मी सुवास दर्नाल र सोलु एफ.एम.मै कार्यरत रमन वन माथि हातपात भएको थियो । पीडित पत्रकारले जाहेरी दरखास्त दिएको बताएका छन् । हातपात गर्नेहरुमा नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राईको समुह रहेको पत्रकार दर्नालले बताउनुभयो । मतगणना स्थल बाहिर ...
खोटाङमा प्रहरीद्वारा १४ सय बढी गाँजाका बोट नष्ट

खोटाङमा प्रहरीद्वारा १४ सय बढी गाँजाका बोट नष्ट

ताजा अपडेट, समाचार, समाज, स्थानीय
१४ मंसिर, खोटाङ । प्रहरीले हलेसी तुवाचुङ नगरपालिका वडा नं. ३ स्थित पिपलटार, बालुङमारी गाँउको विभिन्न स्थानमा खेतबारीमा उम्रिएका लागुऔषध (गाँजा) नष्ट गरेको छ । सोमबार बिहान ११ बजे प्रहरी सहायक निरीक्षक बमबहादुर कोइरालाको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले ६ रोपनी जग्गामा उम्रिएको १४ सय ३० भन्दा बढी गाँजाका बोट फँडानी गरी नष्ट गरेको हो । सामाजिक अपराधलाई निस्तेज पार्न, लागुऔषध गाँजा कारोबार रोकथाम र अपराध नियन्त्रण गर्न गस्तीलाई तीव्रता दिएको प्रहरीले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा गाँजा नष्ट गरेको थियो ।...
मालपोत कार्यालय खोटाङमा राजश्व संकलन बढ्यो

मालपोत कार्यालय खोटाङमा राजश्व संकलन बढ्यो

Banner News 1, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ मंसिर ११ : जिल्ला मालपोत कार्यालय खोटाङले चालु आर्थिक वर्ष २०७८\०७९ को चार महिनामा ५२ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ५२ लाख ४० हजार ५ सय ८७ रुपेयाँ राजश्व संकलन गरेको हो । राजीनमा, बकसपत्र, अंशबण्डा, अंश भरपाइ, संगुलनामा, दर्ताफारी, हक छोडपत्र र धितोबन्धक–दृष्टिबन्धक (रोक्का) बापत उक्त रकमको राजश्व संकलन भएको कार्यालयको रजिष्ट्रेसन फाँटका खरिदार नवराज दाहालले जानकारी दिनुभयो । दाहालका अनुसरा यस अवधिमा सबैभन्दा बढी कात्तिकमा १५ लाख २९ हजार ७८२ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै सबभैन्दा कम साउनमा १० लाख ५४ हजार ६४५ रुपैयाँ राजश्व संकलन भएको छ । भदौ महिनामा ११ लाख ६९ हजार ७३७ रुपैयाँ र असोज महिनामा १४ लाख ८६ हजार ३८३ रुपैयाँ राजश्व संकलन भएको छ । कार्यलयको तथ्यकंका आधारमा प्रत्येक महिना राजश्व संकलन बढेको देखिएको छ । कोरोना महामारी...
आफ्नै भवन नहुँदा साँगुरो भवनमा कोचिएर बस्न बाध्य सोलुखुम्बु सशस्त्र प्रहरी

आफ्नै भवन नहुँदा साँगुरो भवनमा कोचिएर बस्न बाध्य सोलुखुम्बु सशस्त्र प्रहरी

Banner News 2, ताजा अपडेट, समाचार, समाज
सुबास दर्नाल सोलुखुम्बु मंसिर ११ : सशस्त्र प्रहरी बल नेपाल गुल्म सोलुखुम्बु(एपिएफ)लाई आफ्नै भवन नहुँदा समस्या भएको छ । करिब ४ बर्ष अघि जिल्लामा स्थापना भएको सशस्त्र प्रहरीको आफ्नै भवन नहुँदा सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पु स्थित तत्कालिन महिला विकास समितिको साँगुरो भवनमा कोचिएर बस्नुपरेको जनाइएको छ । सोलुखुम्बुमा वि.स २०७४ सालमा निर्वाचन सुरक्षा बेस हुँदै हाल गुल्मको रुपमा खडा भएको सशस्त्र बल नेपाल गुल्म सोलुखुम्बुले जनाएको छ । सुरुवातमा सल्लेरी स्थित कर्भड हलमा बसेको सशस्त्र प्रहरी करिब ३ बर्ष अघि दोर्पु स्थित तत्कालिन महिला विकास समितिले एक रोपनी जग्गामा निर्माण गरेको भवनमा सरेका थिए । तर मापदण्ड अनुसार भवन तथा जमिन नहुँदा दैनिक कार्यलाई सागँुरो क्षेत्रमा खुम्च्याउनु परेकोे सशस्त्र प्रहरीका डिएसपी दिनेश शर्माले बताउँनुभयो । उहाँका अनुसार मापदण्ड अनुसार कम्प्तीमा १५ रोपनी जग्गा आवश्यक ...
रक्तचन्दनको तेल बेचेको आरोपमा खोटाङका दुई सहित १० जना पक्राउ

रक्तचन्दनको तेल बेचेको आरोपमा खोटाङका दुई सहित १० जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर १० : रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा खोटाङका दुई सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । रक्तचन्दनको ३३ लिटर सुगन्धित तेलसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–६ का २३ वर्षीय घनश्याम आले मगर, हलेसी तुवाचुङ नगरपालिका–९ का २० वर्षीय जीवन थापा, सिन्धुली हरिहरपुर गाउँपालिका–४ का ५० वर्षीय हेमकुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ का नवीन भन्ने ३९ वर्षीय मंगलसिंह लो, काठमाडौं टोखा नगरपालिका–४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका–४ का ३१ वर्षीय कार्साङ्ग लामा, काठमाडौं महाराजगन्ज बस्ने, काठमाडौं महानगरपालिका–८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्न, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका–६ का २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपाल...
हरम्टारमा रा.वा. बैंकको शाखा विस्तारको लागि सम्झौता, पुस ७ गते उद्घाटन हुने

हरम्टारमा रा.वा. बैंकको शाखा विस्तारको लागि सम्झौता, पुस ७ गते उद्घाटन हुने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ९ : खोटाङको रावाबेसी गाउँपालिकामा पहिलोपटक बैंकको शाखा विस्तार हुने भएको छ । जिल्लाका अन्य सबै पालिकामा विभिन्न बैंकका शाखा विस्तार भइसक्दा रावाबेसीमा भने हालसम्म कुनै पनि बैंकको शाखा विस्तार हुन सकेको थिएन । जनप्रतिनिधि र कर्मचारीको लामो समयको पहलपछि गाउँपालिका केन्द्र हरम्टार कुभिण्डेमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार हुने भएको हो । राष्ट्रिय वाणिज्य बैंकले यसअघि जिल्लाका विभिन्न चार स्थानमा शाखा विस्तार गरिसकेको छ । रावाबेसीमा बैंकको ५ औँ शाखा विस्तार हुन लागको हो । त्यसका लागि आवश्यक सम्झौता भएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो । भवन निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन रा.वा.बैंक १ नं. प्रदेश कार्यालय विराटनगर, रा.वा. बैंक शाखा कार्यालय दिक्तेल र गाउँपालिकाबीच आज (बिहिबार) सम्झौता भएको छ । तत्काललाई पुस ७ गते बैंकको उद्घाटन गरेर गाउँ पालिकाको ...
खोटाङमा एक ग्रील पसलले चोरी गरी विद्युत प्रयोग गरेको भेटियो

खोटाङमा एक ग्रील पसलले चोरी गरी विद्युत प्रयोग गरेको भेटियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ९ : जिल्लामा एक ग्रिल तथा बिजुली पसलले विद्युत चोरी गरी प्रयोग गरेको पाइएको छ । नेपाल विद्यत प्राधिकरण दिक्तेल वितरण केन्द्रले गरेको छड्के अनुगमनका क्रममा जिल्लाको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा उक्त पसलले चोरी गरी विद्युत उपयोग गरेको भेटिएको हो । चोरी गरेर विद्युत प्रयोग गरिरहेको उक्त पसलको लाइन काटिएको र चुहावट विनियमावली नियमअनुसार कारबाही गरिने विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुुभयो । सोही क्रममा खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा पनि अनुगमन गरिएको तर त्यहाँ अनियमितता फेला नपरेको उहाँको भनाइ छ । वितरण केन्द्रका अनुसार जिल्लाभरि लस अत्यधिक बढेकाले विद्युत चुहावट नियन्त्रण गर्न अनुगमन तीव्र पारिएको छ । यस्तै ५ हजार बढी महसुल र महसुल नतिरेको ५ महिना बढी समय नाघेका ग्राहकहरूको लाइन काट्ने क्रम पनि जारी रहेको वितरण केन्दले बताएको छ ।...