Friday, October 23News That Matters

समाज

खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १ गते : खोटाङमा कोरोना बिरुद्धको थप खोप असोज ४ र ५ गते लगाईने भएको छ । ४५ बर्ष माथीका नागरिकले एस्ट्राजेनिका खोपको पहिलो मात्रा असाज ४ र ५ गते लगाउँन पाउँने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । ४५ बर्ष माथीका नागरिकसँगै यस अघि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाकी रहेकाहरुले पनि लगाउन सक्ने जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । यस्तै १८ बर्ष माथीका बिद्यार्थीले पनि उक्त एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाउन सक्ने उहाँको भनाई । जसको लागि एस्ट्राजेनिका खोप ६ हजार ५ सय मात्रा जिल्ला आएको छ । खोटाङ जिल्लामा हाल सम्म कोरोना बिरुद्धको खोपको पहिलो मात्रा मात्र ३९ हजार ९ सय ८६ जनाले लगाएका छन भने २० हजार १ सय ७४ जनाले दोसो मात्राको खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।...
खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि

खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज २ गते : खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि भएको छ । एक हप्ताको अवधिमा जिल्लाको तीन स्थानीय तहका आठ जनामा डेंगु रोग पुष्टि भएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले जानकारी दिनुभयो । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, सोहि नगरपालिका–६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेंगु लागेको पूष्टि भएको उहाँले बताउँनु भयो । डेंगु रोग लागेको पुष्टि भएका ६ जनालाई शरीरमा रगत कम भएकाले जिल्ला अस्पताल खोटाङले रेफर गरेको छ । बाकी दुई जनाको घरमै उपचार भईरहेको छ । यो सिजनमा खोटाङमा विगतका वर्षमा पनि डेंगुका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।...
हलेसी तुवाचुङले लगातार तीन दिन संविधान दिवस मनाउने

हलेसी तुवाचुङले लगातार तीन दिन संविधान दिवस मनाउने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १ गते : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले संविधान दिवस २०७८ लाई लगातार तीन दिन मनाउने निर्णय गरेको छ । नगर प्रमुख इवन राईको अध्यक्षतामा भदौ ३० गते बसेको नगरकार्यपालिकाको बैठकले यो बर्षको संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नेपालको संविधान, २०७२ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई नेपालमा संविधान दिवस मनाउने गरिन्छ । सोहि अवसरमा यो बर्षको संविधान दिवस हलेसी तुवाचुङ नगरपालिकाले असोज २,३ र ४ गते लगातार तिन दिन मनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी रवि किरण आचर्यले जानकारी दिनुभयो । नगरपालिका भीत्रका वडा कार्यलय, स्वास्थ्य संघसंस्थाहरु, सामुदायिक तथा संस्थागत बिद्यालयहरु, सरकारी तथा गैरसरकारी निकायहरु, वित्तिय तथा सहकारी संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको कार्यलयमा ३ दिन दिप प्रज्ज्वलन गरेर संविधान दिवस भब...
आत्महत्या रोकथामको लागि स्थानीय तहले बार्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ-मानव अधिकार आयोग खोटाङ

आत्महत्या रोकथामको लागि स्थानीय तहले बार्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ-मानव अधिकार आयोग खोटाङ

Banner News 2, ताजा अपडेट, विचार, समाचार, समाज, स्थानीय
खोटाङ भदौ ३१ गते : खोटाङमा पछिल्लो समय बढ्दै गएको आत्महत्याका घटना रोकथाम एवं न्युनिकरणको लागि स्थानीय तहले बिशेष भुमिका खेल्नु पर्ने मानव अधिकार आयोगले जनाएको छ । आत्महत्या रोकथामाको लागि स्थानीय तहले बार्षिक निति तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. १ शाखा कार्यालय दिक्तेलले पत्रचार गरेको कार्यलय प्रमुख श्यामबाबु काफ्लेले जानकारी दिनुभयो । प्रमुख काफ्लेको भनाई अनुसार जिल्ला समन्वय समिति खोटाङ मार्फत स्थानीय तहहरू, जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य संघसंस्थाहरू, शिक्षा विकास तथा समन्वय इकाई मार्फत शिक्षण संघसंस्थाहरू, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ जिल्ला अदालत बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघलाई पत्राचार गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भदौ २५ गते दिक्तेलमा आ...
सोल्मा वडा कार्यलयमा स्थानीयले ताला लगाए

सोल्मा वडा कार्यलयमा स्थानीयले ताला लगाए

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ २९ गते : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन । वडा कार्यलयको भवन अपायक पर्ने ठाउँमा निर्माण गरेको भन्दै स्थानीयले ताला लगाएका हुन । जनता समाजवादी पार्टीका जिल्ला सदस्य धनीराम नछुङ, कांग्रेसका वडासभापति पदम पुरी र नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष सप्तमनी राईको अगुवाईमा सोमबार गएका स्थानीयले कर्मचारीलाई वडा कार्यलय बाहिर निकालेर ताला लगाएको बताईएको छ । वडा कार्यलय अपायक पर्ने ठाउँमा निर्माण गरेको, एउटा प्लट जग्गा वडाको नाममा देखाएर अन्य दुई ठाउँको जग्गा वडा कार्यलयको नाममा पास गरेको लगाएतका बिषयमा नागरिकलाई सधै ढाँट्ने काम भएको कारण ताला लगाउँन बाध्य भएको जिल्ला सदस्य नछुङले बताउनु भयो । सोल्माको होस्माटोल साकेलाथान नजिकै भाडाको घरबाट सञ्चालन हुँदैआएको वडा कार्यालयलाई डाँडागाउँस्थित बसपार्क नजिकै निर्माण गरिएको न...
खोटाङका अधिकांश बिद्यालय सञ्चालनमा

खोटाङका अधिकांश बिद्यालय सञ्चालनमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ २८ गते : कोरोना भाईरस संक्रमणका कारण लामो समय बन्द रहेका खोटाङका अधिकांश बिद्यालयहरु सञ्चालनमा आएका छन । जिल्लामा कोरोनाका संक्रमितको सङ्ख्यामा कमि आएसँगै बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन गर्ने गरी बिद्यालयहरु सञ्चालनमा आएका हुन । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश वटा स्थानीयतहरु रहेका छन । जस मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना भाईरसको संक्रमणबाट बच्न उचित स्वास्थ्य मापदण्ड पालना गर्दै आईतबार बाट बिद्यालयहरुमा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु भएको नगरपालिकाका शिक्षा शाखा संयोजक तिर्थ बहादुर बिकले जानकारी दिनुभयो । यस्तै जिल्लाको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा पनि आईतबार बाटै पठनपाठन सुरु भएको गाउँपालिकाले जनाएका छन । अनलाईन कक्षा सञ्चालन गरेर बिद्यार्थीको पठाईलाई निरन्तरता दिईरहेको भएपनि अनलाई कक्षा सोचे अनुसारको प्रभावक...
खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा प्रहरीले बाल विवाह रोकेको छ । दुलहीको उमेर नपुगी विवाह गर्न लागेको सूचना आएपछि ऐसेलुखर्क गाउँपालिका २ बाकाचोलमा प्रहरीले बाल विवाह रोकेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका २ बाकाचोलकी १७ बर्षिया बालीका र सोहि गाउँपालिका ४ जलेश्वरीका २१ बर्षका युवक बिच शुक्रबार विवाह हुन लागेको थियो । दुलही लिन जन्ती आएपछि दुलहीको उमेर नपुगि विवाह हुन लागको भन्दै गाउँलेले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यलय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उक्त विवाह रोकेको प्रहरी निरिक्षक एवं जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता सागर शाहले बताउँनु भयो । दुलहीको उमेर १७ बर्ष मात्र भएको र यस्तो विवाह कानुन बिपरीत भएको कारण विवाह गर्न नमिल्ने भनेर दुवै परिवारलाई प्रहरीले सम्झाएको उहाँको भनाई छ । विवाह प्रहरीले रोकेपछि दुलहा र जन्ती घर फर्केको प्...
खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर महिलाको हेलीकप्टर मार्फत उद्धार

खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर महिलाको हेलीकप्टर मार्फत उद्धार

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर एक महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथाका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आज हेलिकप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी २९ वर्षीया तारा राईको जिल्लामा उपचार सम्भव नभएको भन्दै जिल्ला अस्पताल खोटाङले जिल्ला प्रसाशनलाई पत्र पठाएको थियो । जस अनुसार प्रसव व्यथाका कारण गम्भिर राईको हेलिकोप्टरमार्फत बिराटनगर उद्धार गरिएको उहाँले बताउँनु भयो । बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत जिल्लाबाट हालसम्म १५ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको जिल्ला प्रसाशन कार्यलय खोटाङले जनाएको छ ।...
खोटाङमा करेण्ट लागेर ट्याक्टर चालकको ज्यान गयो

खोटाङमा करेण्ट लागेर ट्याक्टर चालकको ज्यान गयो

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा करेण्ट लागेर एक ट्याक्टर चालकको ज्यान गएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित (बृहत पम्पिङ) खानेपानी आयोजनाका ट्याक्टर चालकको करेण्ट लागेर हिजो साँझ ज्यान गएको हो । नगरपालिकाको वडा नम्बर ७ काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी ल्याएर खसाउने क्रममा करेन्ट लाग्दा चालकको ज्यान गएको बताईएको छ । १९ बर्षीय चालक पुष्प परियारको घर नगरपालिका ६ मंगलटार रहेको वडाध्यक्ष रमेश राउतले जानकारी दिनुभयो । डालामा पानी बोक्ने ट्यांक जोडिएको ट्याक्टरमा पानी बोकेर क्रसरमा पु¥याएपछि पानी खसाल्नका लागि ट्यांकीमा चढेर पाईप जोड्नलाई उभिँदा माथि उनले झुण्डिएको विद्युतको तार छुन पुगेका थिए । हाइटेन्सन लाईन छुदा गम्भीर घाईते भएका चालकलाई उपचारको लागि दुर्छिम स्वास्थ्यचौकी लगिएको थियो । तर स्वास्थ्य चौकी पु¥याउँने बित्तिकै चालक परियारलाई मृत घोषणा गरिएको थियो ।...
हलेसी तुवाचुङले गरेको निर्णय बिरुद्ध परेको मुद्धा अदालतद्धारा बदर

हलेसी तुवाचुङले गरेको निर्णय बिरुद्ध परेको मुद्धा अदालतद्धारा बदर

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
हलेसी तुवाचुङ नगरपालिकाकाकाले गरेको प्रधानाध्यपक नियुक्ति बिरुद्ध परेको मुद्धा उच्च अदालत ओखलढुंगाको अस्थाई इजालसले बदर गरिदिएको छ । नगरपालिकाले माध्यमिक बिद्यालयमा माध्यमिक दरबन्दीकै शिक्षक प्रधानाध्यपक हुने गरी ल्याएको शिक्षा ऐन बिरुद्ध परेको मुद्धा अदालतले बदर गरिदिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शिक्षा ऐन जारी गर्दै प्रत्येक माध्यमिक बिद्यालयमा माध्यमिक तहका दरबन्दी शिक्षकलाई प्रधानाध्यपक नियुक्ति गरेको थियो । त्यसको बिरुद्धमा लक्ष्मी माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष चेस कुमार पौडेल, पिपलडाडा माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अकिल कुमार राई र दुर्छिम माध्यमिक बिद्यालयका अभिभाबक प्रदिप राईले उक्त निर्णय खारेजीको माग गर्दै मुद्धा दर्ता गराउँनु भएको थियो । सो मुद्धामा नगरपालिकाको निर्णयलाई सदर गर्दै उच्च अदालत ओखलढुंगाको अस्थाई इजालसले आज (बिहिबार) फैसला गर...