चाडपर्वको मौका पारेर दोब्बरसम्म भाडा लिदै खोटाङ आवतजावत गर्ने सुमोहरु
खोटाङ, असोज २८ । खोटाङ आवतजावत गर्ने सावारी साधनहरुले चाडपर्वको मौका पारेर दोब्बरसम्म भाडा लिने गरेको पाइएको छ । बिशेषगरी सुमोहरुले यात्रुबाट दोब्बरसम्म भाडा लिने गरेको पाइएको हो ।
आउँदै गरेको दशैँ, तिहार तथा छट लगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले खोटाङमा शुरु गरेको विशेष सवारी जाँच अभियानको दोश्रो दिनमै बढी भाडा लिने चारवटा यात्रुबाहक सुमो (जीप) कारबाहीमा परेका छन् । सुमो चालकले यात्रुबाट निर्धारण गरिएको भाडादरभन्दा झण्डै दोब्बर बढी भाडा लिने गरेको पाइएपछि कारबाही शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले जानकारी दिनुभयो ।
सहायक निरीक्षक पौडेलका अनुसार दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार १० कायम गरेको भएपनि सुमो चालक तथा सञ्चालकले विभिन्न बहानामा यात्रुबाट रु २ हजार २०० देखि रु ३ हजार ५०० सम्म भाड...









