रावा बेसीका खेतमा लहलह तोरी, तेल पेल्न मिल खरिद गर्दै गाउँपालिका
खोटाङ, फागुन २० । खोटाङको रावा बेसी गाउँपालिका क्षेत्रमा तोरीका बोट लहलह देखिएका छन् । ६ वटा वडा रहेको पालिकाको बेँसी क्षेत्रका खेतहरुमा प्राय तोरी लहलह भएको देख्न सकिन्छ ।
वडा नम्बर १ कुभिण्डेको खैरेनि, चालिसे, कुखुरे र वेल्टार, वडा नम्बर २ खार्पाको दसमुरे र जलजले, वडा नम्बर ३ लामिडाँडाको तिर्पा बेँसी, वडा नम्बर ४ डुम्रे धारापानीको कटहरे बेँसी र खार्पाटार, वडा नम्बर ५ दुवेकोलको राउटार र वडा नम्बर ६ हौँचुरको हौँचुर बेँसी, गिद्दे बेँसी र टार बेँसीमा यतिबेला मनै लोभ्याउने गरी तोरी फुलेका÷फलेका छन् । बेँसीसँगै गाउँका खेतबारीमा पनि कतीपय कृषकले तोरी लगाएका हुन् ।
अघिल्ला वर्षहरुमा पनि कृषकले थोरै मात्रमा तोरी खेती गर्दै आएका थिए । तर यो वर्ष गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेर उन्नत जातको बिउ वितरण गरेपछि अहिले प्राय कृषकको खेतबारीमा तोरी लहलह भएको छ । चितवन लोकल र म...









