Tuesday, April 28News That Matters

समाचार

खोटाङ : सुनकोसीमा सडिसकेको शव फेला, एक युवा सुतेकै ठाउँमा मृत भेटिए

खोटाङ : सुनकोसीमा सडिसकेको शव फेला, एक युवा सुतेकै ठाउँमा मृत भेटिए

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, १५ फागुन । खोटाङस्थित सुनकोसी किनारमा शव फेला परेको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा सुनकोसी किनारमा पुरुषको सडिसकेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । साविकको च्यास्मीटार–६ बालुङबारीको राजदहमा सडिसकेको अवस्थामा नाम, थर र ठेगाना नखुलेको शव फेला परेको च्यास्मीटारका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिनुभयो । शवलाई प्रहरीको मुचुल्का उठाएर सदगद गरिएको उहाँको भनाइ छ । शव करिब दुई–तीन हप्ताअघिको भएको अनुमान गरिएको छ । हालसम्म कोही व्यक्ति हराएको, नदीले बगाएको वा हाम फालेको जानकारी नआएको प्रहरीले जनाएको छ । ओखलढुंगा, सिन्धुली, काभ्र्रे लगायतका छिमेकी जिल्लामा बुझ्दा कोही व्यक्ति हराएको जानकारी नआएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो । माझी समुदायले मृत शरीर नदीमा बगाएको अनुमान गरिएको छ । माझी समुदायमा मृत शरीर नदीमा बगाउने प्रचलन छ । यसैबीच, ऐसेल...
दिगो विकासका लागि हलेसी तुवाचुङले ल्यायो “नगर योजना आयोग तथा गठन सञ्चालन ऐन २०७९”

दिगो विकासका लागि हलेसी तुवाचुङले ल्यायो “नगर योजना आयोग तथा गठन सञ्चालन ऐन २०७९”

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ११ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले “नगर योजना आयोग तथा गठन सञ्चालन ऐन २०७९” ल्याएको छ । दिगो विकासका लक्ष्य प्राप्तका लागि नगारपालिकाले ल्याएको नयाँ ऐन १२ औँ हिउँदे नगर सभाले पास गरेको छ । नगरपालिकाको समग्र विकासको लागि नगर विकास सम्बन्धि नीति, योजना र कार्यक्रम तर्जुमा, सुशासन प्रवद्र्धन गर्दै दिगो विकासको लक्ष्य प्राप्त हुने गरी ठोस योजना तर्जुमा तयार गर्न, आवश्यक सल्लाह तथा परामर्श दिनका लागि नगर योजना आयोग गठन तथा सञ्चालन ऐन ल्याइएको मेयर विमला राईले बताउनुभयो । ‘हलेसी तुवाचुङ नगरपालिका धार्मिक पर्यटकीय हिसावले धनि छ, रिसर्चका लागि प्रयाप्त संभावना भएको ठाउँ छ, सुनकोशी र दुधकोशीले घेरिएको नगरपालिका प्राकृतिक स्रोतले धनि छ । यति धेरै संभावना बोकेको नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मात्र योजनाको विकासमा प्रयाप्त हुँदैन । त्यसैले अनुभव भएका विज्ञसँग छलफल गरेर, योजना...
केपिलासगढी : राष्ट्रपति रनिङ शिल्डमा पहिलो पृथ्वी मावि हुँदा, सुर्य मावि दोस्रो र सुक्रजित मावि तेस्रो

केपिलासगढी : राष्ट्रपति रनिङ शिल्डमा पहिलो पृथ्वी मावि हुँदा, सुर्य मावि दोस्रो र सुक्रजित मावि तेस्रो

Banner News 2, खेलकुद, समाचार, स्थानीय
खोटाङ, फागुन ११ । खोटाङको केपिलासगढी गाउँपालिकामा भएको पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिका भरीका आठ वटा माविको सहभागिता प्रतियोगितामामा सुर्य मावि सुङदेल दोस्रो भएको छ । १९ स्वर्ण, ८ रजत र ३ कास्य सहित प्रतियोगितामा पहिलो बनेको पृथ्वी माविले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सुर्य मावि सुङदेल ५ स्वर्ण, ८ रजत र ६ कास्य ल्याएर दोश्रो भएको छ । सुक्रजित मावि खार्ताम्छाले ५ स्वर्ण, २ रजत र ३ कास्य ल्याएर तेश्रो भएको गाउँपालिकाले जनाएको छ । दोश्रो भएको सुर्य माविले ३० हजार र तेश्रो हुने सुक्रजित माविले २० हजारका साथमा शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरे भने, सहभागी अन्य पाँच विद्यालयले आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप जनही १५ हजार र सहभागिताको प्रमाणपत्र पाएको शिक्षा संयोजक ...
खोटाङमा कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट पहिलो, दिप्रुङ चुइचुम्मा दोस्रो

खोटाङमा कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट पहिलो, दिप्रुङ चुइचुम्मा दोस्रो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ११ । कार्यसम्पादन सुचक मूल्यांकनमा खोटाङको १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रकाशित गरेको कार्यसम्पादन सूचक मूल्यांकन प्रतिबेदन अनुसार नगरपालिका ६६.७८ अंक प्राप्त गरेर पहिलो बनेको हो । यस्तै, आयोगका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५९.८४ अंक प्राप्त गरेको छ । दिरुमनपा पछि दोस्रो स्थानमा दिप्रुङ चुइचुम्मा रहेको आयोगले जनाएको छ । जन्तेढुंगा गाउँपालिकाले भने जिल्लाको सबैभन्दा कमजोर देखिएको छ । प्रकाशित कार्यसम्पादन सूचक मूल्यांकन प्रतिबेदन अनुसार जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा कम ४४.०८ अंक ल्याएको छ । अन्य स्थानीय तहले क्रमस ऐसेलुखर्क गाउँपालिकाले ५७.७८ अंक, हलेसी तुवाचुङ नगरपालिकाले ५५.३० अंक, खोटेहाङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरेको छ । यस्तै, साकेला गाउँपालिकाले ५१.१३ अंक, रावाबेँसी ग...
दिप्रुङ चुईचुम्मा गाउँपालिका विरुद्ध नेपाल शिक्षक संघ आन्दोलनमा उत्रियो

दिप्रुङ चुईचुम्मा गाउँपालिका विरुद्ध नेपाल शिक्षक संघ आन्दोलनमा उत्रियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ११ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेपाल शिक्षक संघ आन्दोलनमा उत्रिएको छ । शिक्षिकालाई राजनीतिक आस्थाको आधारमा अपायक पर्ने ठाउँमा सरुवा गरेको भन्दै संघ आन्दोलनमा उत्रिएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित राम्चे निकेतन मावि इजारामा प्राशि तृतीय (राहत दरवन्दी) पदमा कार्यरत शिक्षिक विमला पौडेललाई दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सितला माबि ओख्रेमा सरुवा गरिएको थियो । राजनीतिक आस्थाको सरुवा गरिएको भन्दै शिक्षक संघले संघर्ष समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगको सहकार्यमा चरणवद्ध आन्दोलन घोषणासमेत गरेका छन् । विरोधमा उत्रिएको शिक्षक संगठनले फागुन ११ र १२ गते गाउँपालिकाको कार्यालय अगाडि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना दिने जनाएको छ । सोही अनुसार बिहिबार संगठनमा आबद्ध शिक्षकहरु धर्नामा बसेका छन् । फागुन १३ गतेदेखि १५ गतेसम्म रिले अन...
दिक्तेलमा फागुन २४ र २५ गते मृगौला सम्बन्धि शिविर सञ्चालन हुने

दिक्तेलमा फागुन २४ र २५ गते मृगौला सम्बन्धि शिविर सञ्चालन हुने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ११ । फागुन २४ र २५ गते दिक्तेलमा मृगौला सम्बन्धि शिविर सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय मृगौला दिवसको अवसरमा निःशुल्क मृगौला रोग सम्बन्धि दुई दिने चेकजाँच शिविर सञ्चाालन गर्न लागिएको बताइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङको सहआयोजनामा शिविर सञ्चालन हुने भएको हो । सरस्वती मावि दिक्तेलको प्राङ्गणमा फागुन २४ गते बिहान ८ बजेबाट सञ्चालन गरिने शिविरमा मृगौला प्रत्यारोपण केन्द्र बनस्थली काठमाडौंका संस्थापक नेपालका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलीले मृगौला रोग सम्वन्धी चेकजाँच गर्ने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । पछिल्लो समय जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मृगौला रोगको समस्या बढ्दै गएकोले समयमा नै रोग तथा समस्याको पहिचान गर्न शिविरको आयोजना गरिने भएको न...
खोटाङमा सुँगुरको खोरजस्तो छाप्रोमा दृष्टि विहिन वृद्ध, दिसापिसाव पनि ओछ्यानमै

खोटाङमा सुँगुरको खोरजस्तो छाप्रोमा दृष्टि विहिन वृद्ध, दिसापिसाव पनि ओछ्यानमै

Banner News 3, ट्रेन्डिङ, संघर्षको कथा, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ८ । खोटाङमा ८३ वर्षिय वृद्ध विगत साढे दुई वर्षयता छाप्रोमा जीवन बिताइरहेको पाइएको छ । केपिलासगढी गाउँपालिका–३ बासपानी खोक्माका एकल तथा अशक्त वृद्ध जिरे राई ओछ्यानमै दिसापिसाव गर्ने अवस्थामा सामान्य छाप्रोमा जीवन बिताइरहेका छन् । जसको अगाडी पुग्दा मानिसको जीवन पनि यस्तो दर्दनाक अवस्थामा पुग्छर भन्ने लाग्नु स्वाभाबिक जस्तै छ । अढाई वर्षदेखि सुँगुरको खोरजस्तो छाप्रोमा राखिएका वृद्ध जसको दृष्टि गुमेको छ । तर दृष्टि हुनेहरुले पनि उनलाई अहिलेसम्म देखेका छैनन् । विगत आठ वर्षदेखि आँखाको दृष्टि गुमाएका राई तीन वर्षदेखि ओछ्यानमै दिसापिसाव गर्ने अवस्थामा पुगेका छन् । आफन्तकोमा बस्दै आएका राई दिसापिसाव नै ओछ्यानमा हुन थालेपछि आफन्तले अलग्गै छाप्रो बनाएर राखिदिएका छन् । विवाह नगरी बसेका राई वृद्धावस्थामा पुगेसँगै हिँडडुल गर्न सक्दैनन् । वृद्धावस्थामा उनी भतिजो निरकुमार राईको रेखदेखमा बस्...
रत्न राज्य लक्ष्मी माविको हीरक महोत्सव, वडा स्तरीय भलिबलदेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसम्म

रत्न राज्य लक्ष्मी माविको हीरक महोत्सव, वडा स्तरीय भलिबलदेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसम्म

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ८ । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो ६० औँ जन्मजयन्ती अर्थात हीरक महोत्सव मनाएको छ । विद्यालयले चार दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरेर मनाएको हीरक महोत्सवमा वडा स्तरीय भलिबल प्रतियोगितादेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसम्म रहेको थियो । प्रतिनिधि सभा सदस्य राम कुमार राई (पासाङ) ले बिहिबार उद्घाटन गर्नुभएको कार्यक्रमको आइतबार समापन प्रतिनिधि सभा सदस्य सरस्वती बजिमयले गर्नुभएको छ । हीरक महोत्सवमा आयोजना गरिएको गाउँपालिका भित्रका वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ डुम्रे धारापानीले जितेको छ । यस्तै वडा नम्बर १ कुभिण्डे दोस्रो भएको छ भने वडा नम्बर ५ दुवेकोल तेस्रो हुन सफल भएको छ । प्रथम, दोस्रो र तेस्रो समुहलाई क्रमस रु २५, २० र १० हजार नगदको साथमा शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको कुभिण्डेका वडाध्यक्...
केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, उद्घाटनमा जनप्रतिनिधि र कर्मचारीको भिडन्त

केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, उद्घाटनमा जनप्रतिनिधि र कर्मचारीको भिडन्त

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ७ । खोटाङको केपिलासगढी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका केन्द्र तथा वडा नम्बर ४ बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता आईतबारबाट सुरु भएको हो । प्रतियोगिताको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । तीन दिने प्रतियोगितामा छात्राछात्रतर्फ १५ विद्यामा अर्थात ३० स्वर्ण पदका लागि प्रतिस्पर्धा हुनेछ । जसमा १००, २००, ४००, ८००, १५००,३००० मिटरको दौड, रिले दौड दुई, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपाल जम्प, भलिवल र कबड्डी प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाभरीका आठ वटा माविको सहभागिता छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको चार लाखसहित ५ लाखमा प्रतियोगित...

१० स्वर्ण पदका लागि जन्तेढुंगामा सुरु भयो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ७ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । १० स्वर्ण पदका लागि गाउँपालिकाको वडा नम्बर ५ स्थित चिसापानी माध्यमिक विद्यालयमा आइतबारबाट प्रतियोगिता सुरु भएको हो । गाउँपालिका भित्रका ६ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा ५ विद्यामा प्रतिस्पर्धा हुनेछ । जसमा महिला, पुरुष भलिबल, १०० र २०० मिटर दौड, हाई जम र लङ जम गरी ५ विद्यामा १० स्वर्ण पदका लागि प्रतिस्पर्धा हुने गाउँपालिकाका शिक्षा शाखा प्रखुक सुर्य बहादुर दाहालले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सञ्चालनका लागि संघीय सरकारबाट प्राप्त १ लाखमा गाउँपालिकाले ३ लाख थपेर जम्मा ४ लाख बजेटमा प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागि प्रत्येक बिद्यालयलाई व्यवस्थापन खर्चका लागि रु २०/२० हजार र प्रमाणपत्र गाउँपालिकाले उपलब्ध गराएको छ । बिजेता वि...