हलेसीका २८ जना महिलाको पाठेघर शल्यक्रियाका लागि निःशूल्क अस्पताल लगियो
खोटाङ, फागुन १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघरको समस्या भएका २८ जना महिलाको शल्यक्रियामार्फत उपचार गर्न निःशूल्क अस्पताल लगेको छ । शल्यक्रियामार्फत उपचार गर्नुपर्ने देखिएका ३२ जना मध्ये २८ जनालाई सोमबार भक्तपुरको बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको हो । अन्य ४ जना नगएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
पाठेघरको रोग पहिचान र उपचारका लागि माघ १ देखि ९ गतेसम्म नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । जसमा ३२ जनाको पाठेघर खसेका महिलाहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको संयोजक घिमिरेले बताउनुभयो । उहाँहरुलाई सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको सहयोगमा निःशूल्क उपचार गर्न लगिएको हो । अस्पताल पुगेका २८ जना मध्ये १० जनाको सोमबार बाट उपचार प्रक्रिया सुरु भएको छ । त्यसपछि अन्यको उपचार प्रक्रिया सुरु हुने घिमिरेको भनाइ छ ।
उपचा...







