Tuesday, April 28News That Matters

समाचार

सरकारी सेवामा प्रवेश गरेको खुशीमा गाउँका अशक्तलाई न्यानो कपडा उपहार

सरकारी सेवामा प्रवेश गरेको खुशीमा गाउँका अशक्तलाई न्यानो कपडा उपहार

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ३ । प्राय मानिसहरु कुनै कुरामा सफलता प्राप्त गर्दा नजिकका ब्यक्तिहरुलाई पार्टी दिने गर्छन । सफलताका खुशीहरु भोज भतेरमा बाँडिन्छन् । खोटाङका हरी खड्काले भने आफ्नो सफलताको खुशीलाई समाजसेवामा लगाएका छन् । खड्काले सरकारी सेवामा प्रवेश गरेको खुशीमा गाउँका अशक्त, अपाङ्गता भएका र सहाराविहिन १५ जनालाई न्यानो कपडा प्रदान गरेका छन् । आफु सरकारी सेवामा प्रवेश गरेको खुशीमा उनिहरुलाई न्यानो कपडा एक थान ज्याकेट उपहार स्वरुप प्रदान गरेको उनले बताए । रावा बेसी गाउँपालिका–६ हौँचुरका हरी खड्काले केही दिन अघि मात्र वागमती प्रदेशको स्वास्थ्य सेवा सहायक चौथो तह अहेवमा नाम निकालेका छन् । सोही अवसरमा सोमबार वडासम्म आउन सक्नेलाई वडामा र आउन नसक्नेहरुलाई घरमै पुगेर ज्याकेट प्रदान गरेको खड्काले बताए । ‘आफुले सफलता प्राप्त गर्दा भोज भतेरमा पैसा खर्च गर्ने चलन छ । तर मैले आफ्नो खुशी गाउँका अशक्त अपाङ्ग...
हलेसीका महिलाहरुलाई अचार बनाउने तालिम

हलेसीका महिलाहरुलाई अचार बनाउने तालिम

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरेको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत नगरपालिकाका २१ जना महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ७ महादेवस्थानमा १० दिनसम्म सञ्चालन भएको तालिमको सोमबार मेयर विमला राई र उपमेयर रमेश कुमार राउतले समापन गर्नुभएको छ । ब्यवसायिकरण र परिवारको आत्मनिर्भरताको लागि अचार बनाउने तालिम प्रदान गरिएको उपमेयर राउतले बताउनुभयो । ‘हलेसीमा सय भन्दा धेरै होटल छन्, जहाँ बाहिरबाट अचार आयत हुने गरेको छ । स्थानीय स्तरमा उत्पादन हुने कृषि उपचलाई अचार बनाउन सकियो भने राम्रो कमाइ हुने देखिन्छ । त्यसैले हामीले महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरेका छौँ ।’ उपमेयर राउतले भन्नुभयो । अचार बनाउन र आवश्यक कृषि उपज उत्पादन गर्न समहु बनाएर प्रस्ताव आए नगरपालिकाले त्...
खोटाङमा विद्यालयबाट घर फर्किदै गरेकी बालिका शंकास्पद अवस्थामा मृत फेला

खोटाङमा विद्यालयबाट घर फर्किदै गरेकी बालिका शंकास्पद अवस्थामा मृत फेला

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २ । खोटाङमा १७ वर्षिया बालिका शंकास्पद अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी रञ्जिता दाहाल घर नजिकै मृत अवस्थामा भेटिएकी हुन् । महेन्द्रद्धोय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रञ्जिता आईतबार विद्यालय गएर घर नफर्किएपछि खोजी गर्दा सोमबार बिहान घर नजिकै शंकास्पद अवस्थामा उनको शव भेटिएको हो । आइतबार अपरान्ह घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी बालिकाको शव घर भन्दा करीब २ सय मिटर टाढा खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको ओठ, आँखा, घाँटीमा चोट देखिएको, सलको एक टुक्रा घाँटीमा र एक टुक्रा रुखको हाँगामा रहेकाले घटना शंकास्पद देखिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । माघ ३ गतेदेखि विद्यालयमा आयो...

विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

Banner News 1, ताजा अपडेट, समाचार, समाज
१ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।...
खोटाङमा सौतेनी आमाको कुटाइबाट बालिका गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

खोटाङमा सौतेनी आमाको कुटाइबाट बालिका गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १ । खोटाङमा सौतेनी आमाको कुटाइबाट एक बालिका गम्भीर घाइते भएकी छन् । आँखा र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी विनिता आचार्यलाई उपचारका लागि काठमाडौं लगिएको छ । दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यानरत १५ वर्षिया विनिता आचार्य आफ्नै सौतेनी आमाको कुटपिटबाट घाइते भएकी हुन् । पुस २९ गते दिउँसो कोठामा बसेर पढिरहेको अवस्थामा सौतेनी आमा चन्द्रकला रिजाल आचार्य कुटपिट गरेको स्थानीयको भनाइ छ । पढिरहेकी विनितालाई जुत्ताले आँखा, टाउको लगायत विभिन्न ठाउँमा कुटेको देखिएको स्थानीय तथा आफन्त हिराप्रसाद आचार्यले बताउनुभयो । कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो । आँखा र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते विनितालाई जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार काठमाडौं लगिएको छ । सुरुमा तिलगंगा आँखा अस्पता...
मेयर तीर्थराज भट्टराई ७ दिने भ्रमणका लागि जापान प्रस्थान

मेयर तीर्थराज भट्टराई ७ दिने भ्रमणका लागि जापान प्रस्थान

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, माघ १ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई जापान भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । ७ दिने औपचारिक भ्रमणका लागि शनिबार राती मेयर भट्टराई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ड्राईगन एयरलाईन्सको उडानमार्फत जापान प्रस्थान गर्नुभएको भट्टराईको सचिवालयले जनाएको छ । भट्टराईलाई जापान भ्रमणको लागि मंसिर ९ गतेको मन्त्रीस्तरीय बैठकले निर्णय गरेको थियो । सोही अनुसार जापानको तोचिगि नगर भ्रमणमा भट्टराई प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा जापानको तोचिगि नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार निर्माणका लागि सौहार्दपूर्ण रुपमा सम्बन्ध स्थापित गरी भविष्यमा दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्धेश्य रहेको जनाइएको छ । मेयर भट्टराई जापानमा रहदा “मेयरसँग मेयर सम्बाद” कार्यक्रम लगायत विभिन्न शिक...
हलेसी तुवाचुङ : बाहुनीडाँडामा सामाजिक सुरक्षा भत्तादेखि योजना सम्झौता

हलेसी तुवाचुङ : बाहुनीडाँडामा सामाजिक सुरक्षा भत्तादेखि योजना सम्झौता

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडामा पुगेर सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । नागरिकको सहजताको लागि सोमबार ११ नम्बर वडा राजापानीमा सेवा दिएको नगरपालिकाले बिहिबार (आज) वडा नम्बर १ बाहुनीडाँडाका नागरिकलाई वडामै पुगेर सेवा प्रदान गरेको छ । नगरपालिका र वडाको संयुक्त पहलमा बिहीबार वडा कार्यालयमा एकिकृत सेवा प्रवाह कार्यक्रम राखेर भत्ता, योजान सम्झौता, स्वास्थ्य परीक्षण, परिचयपत्र जस्ता पाँच प्रकारको सेवा प्रदान गरिएको हो । कार्यक्रममा ७ वटा वडागत योजना सम्झौता, १६१ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । अन्य समयमा लाभग्राहीहरु भत्ता लिन वडाबाट हलेसी पुग्नुपर्छ । आफ्नौ घर आँगनमा बिना झन्झट भत्ता थाप्न पाउँदा खुशी भएका छन् । कार्यक्रममा ५६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जान...
हलेसिमा स्थानीय पर्यटक गाइड तालिम सुरु, रोजगारको सुनिश्चितता

हलेसिमा स्थानीय पर्यटक गाइड तालिम सुरु, रोजगारको सुनिश्चितता

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा स्थानीय पर्यटक गाइड तालिम सुरु भएको छ । हलेसीमा आउने पर्यटकहरुलाई त्यसको महत्व बुझाउन स्थानीय पर्यटक गाइड राखिने गरी तालिम सुरु गरिएको नगरपालिकाले जनाएको छ । बुधबारबाट हलेसी मन्दिर व्यवस्थापन समितिको सभाहलमा सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन हुने छ । नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेज्मेण्ट (NATHM) सँगको सहकार्यमा नगरपालिकाले तालिमको आयोजना गरेको हो । प्रशिक्षकको रुपमा (NATHM) का विभागीय प्रमुख अजय कुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह–प्राध्यापक तथा संकृत विद् डा.लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्धेता भोगीराज राई रहनुभएको छ ।  गाइड सम्बन्धि तालिमका लागि नगरपालिकाले मंसिर ८ गते सूचना निकालेको थियो । जसमा ३३ जनाको आवेदन परेकोमा २ जनाको प्रक्रिया नपुगेको महादेवस्थानका वडाध्यक्ष एवं नगर ...
वडामा योजना सम्झौतादेखि सामाजिक सुरक्षा भत्ता, घरमै पुगेर अपाङगता कार्ड

वडामा योजना सम्झौतादेखि सामाजिक सुरक्षा भत्ता, घरमै पुगेर अपाङगता कार्ड

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडामै पुगेर योजना सम्झौता देखि सामाजिक सुरक्षा भत्ता वितरणसम्मको सेवा प्रदान गरेको छ । नागरिकको सहजताका लागि नगरपालिकाले सोमबार वडा नम्बर ११ राजापानीको वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको हो । नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुको उपस्थितीमा वडागत योजना सम्झौता, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बालिका विकास बचत भौचर हस्तान्त्रण र ज्येष्ठ नागरिक तथा अपाङगता परिचयपत्र वितरण गरिएको छ । वंैकसँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता पनि वडामै वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता अन्तरगत बृद्ध भत्ता लिन बृद्धबृद्धाहरु लट्ठीको सहारामा वडा कार्यालयसम्म आएका थिए । सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण सुरु भएपछि भत्ता बुक्र्न बैंकसम्म पुग्नु पर्ने बाध्यता छ । राजापानीदेखि हलेसीसम्म पुगेर फर्किदा भत्ताको आधा रकम सकिएको सुनाउदै हाल...
छत्र पुरीको अध्यक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन

छत्र पुरीको अध्यक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २४ । छत्र पुरीको अध्यक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल दशनामी जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशनले आइतबार पुरीको अध्यक्षतामा सर्वसम्मत ९ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रमोद कुमार गिरी, सचिवमा भक्त बहादुर गिरी, कोषाध्यक्षमा रत्न बहादुर पुरी चयन हुनुभएको हो । सदस्यहरुमा नम्रता गिरी, सविता गिरी, समसेर गिरी, कमल पुरी र ज्ञान बहादुर पुरी चयन हुनुभएको छ । हलेसीमा सम्पन्न तेस्रो अधिवेशनमा केन्द्रबाट केन्द्रीय अध्यक्ष रुद्र गिरि, महासचिव तुलसिराज गिरि लगायतको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा खोटाङ जिल्लामा दशनामीबाट निर्वाचित जनप्रतिनिधि हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष कमल गिरी, १० अर्खौलेका वडाध्यक्ष अर्जुन कुमार पुरीलाई सम्मान गरिएको छ । यस्तै विभिन्न वडामा निर्वाचित वडा सदस्यहरु रत्न बहादुर पुरी, नन्दी के...