खोटाङबाट जिल्ला अध्यक्षसहित ठुलो संख्यामा जसपा परित्याग
खोटाङ, साउन ३० । जनता समाजवादी (जसपा) खोटाङका जिल्ला र प्रदेस समितिमा रहेका नेता कार्यकर्ताले ठुलो संख्यामा पार्टी छाडेका छन् । जसपाका केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक बहादुर थापा लगायत ३८ जनाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।
केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृति हावी भएपछि आफुहरुले पार्टी छाड्न बाध्य भएको नेताहरुले बताएका छन् । नेतृत्वले सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेकाले उक्त पार्टीमा बसिरहन उचित नरहेको उनिहरुको निष्कर्ष छ ।
जसपा खोटाङको ५३ सदस्य रहेको सचिवालयमा २३ जनाले पार्टी छाडेका छन् । केन्द्रिय सदस्य मदन राई र सुर्य राईले यस अघि नै पार्टी परित्याग गरेको घोषणा गरिसकेका हुन् । सि...









